×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

घेराभित्रको जिन्दगी कहिलेसम्म बाँच्ने ?

  •  
  • बुधबार, चैत २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नितु नायक
    अल्छी मान्दै उठें,ओछ्यानबाट उठ्दा बिहानको पौने ९ बजिसकेको थियो। खोइँ अल्छीपनाले हो कि शनिवारले गर्दा छिटो उठ्नै मन लागेन। ६ दिन काम गरेपछि बल्लबल्ल बिदाको दिन आउने भएकाले पनि अल्छीपन हुनु स्वभाविकै हो, सायद। ओछ्यानबाट नझरिकनै मोबाइल अन गरें अनि वाइफाइ कनेक्ट गरेर ‘ह्वाट्स एप’ खोल्दा मेरो प्रिय साथी रेश्मीको म्यासेज आएको रहेछ। उसले कृषि अधिकृतमा नाम निकालिछे। त्यसैको खुशी बाड्दै थिई मसँग। म्यासेज पढेपछि खुशीको सीमा रहेन।

    उसलाई बधाई छ भनेर सन्देश फर्काए। ऊ अहिले भारतको राँचीमा बस्छे। ऊ लगायत हामीसँगै अलहाबादमा पढ्ने अरु ३–४ जना साथीले पनि कृषि अधिकृतमा नाम निकालेछन्। सबै जनालाई ग्रुपमा बधाइ दिए। ओछ्यानबाट ओर्लिए, मुखधोएर चिया लिएर बनाए। चियाको हरेक चुस्कीले मेरो दिमागमा झस्का दिन थाल्यो। उसको म्यासेजले म जति खुशी थिएँ, त्यो भन्दा धेरै प्रश्नहरु मेरो दिमागमा घुम्न थालेको थियो। म सोंच्नथालें, के अब मेरो प्रिय साथीको जिन्दगी यतिकैमा स्थिर हुन्छ? कलेजमा हुँदा म, सुस्मिता र रेश्मी सबै भन्दा बढी मिल्ने साथी थियौं। हामी तीनजनाको मित्रता पुरै कलेजमा प्रख्यात थियो।

    उनीहरु पहिलेदेखि नै खुव पढ्ने खालका थिए। म चाहिँ पढाइमा मात्रै सीमित कहिल्यै भइनँ। पढाइसँगै म बाहिरी कुराहरुमा पनि चासो राख्थें। तर उनीहरुलाई किताब घोकेर कण्ठ पार्न पाए पुग्थ्यो। न त बाहिरी कुराहरुमा चासो दिन्थे न त केही सिर्जनात्मक कामहरु गर्ने सोंचाइ। म आफ्नै तरिकाको मान्छे थिए। मलाई जहिले पनि कसैले नसोचेको र नगरेको काम गर्न मन लाग्थ्यो। सबै हिड्ने बाटोबाट मलाई हिड्नै मन लाग्दैन थ्यो। कलेज बिदा भएपछि सबैजना ह्वाररर निस्कन्थे र जान्थे। म अलि परको बाटोबाट घुमेर जान्थें। अरु हिड्ने बाटोबाट म कहिल्यै हिडिनँ। मलाई आफ्नै बाटो बनाउन मनपथ्र्यो। म आफ्नो लागि छुट्टै बाटो बनाउथें र आफ्नो प्रिय साथी सुस्मिता र रेश्मीलाई पनि त्यही बाटोबाट हिड्न लगाउथें। कहिलेकाँही उनीहरु भन्थे,‘तिमीसँग हिड्दा हिड्दै हामी पनि तिमी जस्तै हुन लाग्याैं।’

    समय कति चाडै बित्दो रहेछ, ४ वर्ष बितेको पत्तै भएन। कलेज पनि सकियो। ४ वर्षमा अरु केही गर्न नसके पनि आफ्नो लागि बाटो आफैले बनाउनुपर्छ भन्ने कुरा बुझाउने कोशिश गरें। पढाइ सकेर म नेपाल आए । जागिर पनि खाएँ। आफ्नो पढाइ अनुसार आफैंले रोजेको क्षेत्रमा काम गर्न पाएर निकै खुशी छु। खुशीसाथ काम गरिरहेको छु।

    आफ्नो जीवन सोचेजस्तो भएर मात्रै कहाँ हुँदो रहेछ र? आफ्नो जिन्दगीको खुशीले मात्रै मान्छे बाँच्न सक्दैन रहेछ। मेरा साथीहरुको जीवन अब त्यही कृषि अधिकृतमै रोकिने हो कि भन्ने कुराले मन पिरोलिरहन्छ। अब उनीहरुलाई नयाँ बाटो बनाउन कसले सिकाउला? अनि फरक फरक बाटोको अनुभव लिन कसले प्रेरित गर्ला?अरुको निर्देशनमा होइन आफ्नै मर्जी अनुसार जिन्दगी बाँच्नुपर्छ भन्ने कुरा बारबार अब उनीहरुलाई कसले सम्झाउँला? यस्तै कुरा सोंचेर म छट्पट्टिन्छु।

    महिलाहरु पढाइमा अब्बल हुन्छन्। किनकी पढाइ भन्ने कुरा ‘इनडोर’ हो। तर जागिर…जुन ‘आउटडोर’ र ‘इनडोर’ दुवै हो। जसमा छिरेपछि फरक फरक अवस्थाहरु आउँदा रहेछन्। कामको सिलसिलामा बाहिर गइराख्नु पर्ने हुन्छ। कहिलेकाहीँ घरभन्दा बाहिर बस्नु पर्ने पनि हुन सक्छ। तर हाम्रो समुदायमा यसका लागि घरबाट अनुमति पाउन निकै गाह्रो हुन्छ। त्यसैले होला हामी कहाँ महिलाहरुको अब्बलता पढाइसम्म मात्र सिमित हुन्छ र त्यही रोकिन्छ। मेरो कुरालाई कसैले अस्वीकार गर्नपनि सक्लान्। तर २३ वर्षसम्म मैले देखेको र भोगेको अनुभव हो, यो।

    कलेजको समयमा अब्बल साथीहरु जागिरमा अब्बल हुन नचाहेको त पक्कै होइन होला। तर खै थाहा छैन के कारणले हुन सक्दैनन्। तर यति चाहिँ थाहा छ जागिरमा जति फ्रिडम पुरुषले पाउँछन् त्यति महिलाले कहिल्यै पाउँदैनन्। घरबाट र लोग्नेबाट कहिल्यै अनुमति पाउँदैनन्। धेरै बाधा र कर्तव्यको घेरामा बस्नु परेकोले होला काममा अब्बल हुन उनीहरुलाई निकै गाह्रो हुँदो रहेछ। निकै सङ्घर्ष गर्नुपर्दो रहेछ। (यसो भनेर मैले महिलाहरु कामको मामिलामा कमजोर हुन्छन् भनेर भन्न खोजेको भने पटक्कै होइन।) यति सङ्घर्षका बाबजुत पनि जब महिलाहरुले निकै प्रशंसनीय काम गर्छन्, मलाई गर्व लाग्छ।

    ‘अब मेरा साथीहरुको जिन्दगी कृषि अधिकृतमै सीमित हुनेछ’ मेरो मनले यस्तै सोचिरहेछ। किनकी हामी कहाँ कुनै पनि परिवारले चाहँदैन, छोरीहरु बाहिर डुल्न जाउन्। आफ्नो मन लागेका कामहरु स्वतन्त्र भएर गरुन्। देशका कुनाकुना घुमुन्,धेरै कुरा थाहा पाउन्, देशका बारेमा अनि नागरिकका बारेमा। अहँ….यस्तो पटक्कै चाहँदैनन्। चाहन्छ त केबल छोरी बुहारी पढ्न जाउन्, स्कुलको देबाल भन्दा बाहिर नजाउन्। स्कुल र क्याम्पस तहको पढाइ पुरा गरुन् तर साँझ बिहान घरबाट बाहिर ननिस्किउन्।

    जब घरको चौघेरो र स्कुल ÷क्याम्पसको देबाल भन्दाबाहिर निस्कन पाउँदैनन् हाम्रा छोरी÷बुहारी अनि कसरी सिक्छन् बाहिरी कुरा? डाक्टर, इन्जिनियर पढेका थुप्रै छोरी बुहारीले अझैपनि आफ्नो इच्छा अनुसार जागिर खान पाउँदैनन्। किन थाहा छ? किनकी डाक्टरले काम जतिबेला पनि गर्नुपर्ने हुन सक्छ, साँझ, बिहान वा राति। यदि कुनै परिवारले छोरी बुहारीलाई जागिर खान दिएछ भने पनि बिहान घरको सबै काम भ्याएर अनि बेलुकी काम भ्याउने गरी सबेरै आओस् भन्ने चाहन्छ। अर्थात् १०-५ को जागिर खाओस् भन्ने चाहन्छ। मलाई सोध्न मन लाग्छ आफ्नो पढाइ अनुसारको काम गर्न नपाएपछि हामीले पढेको के काम? समाजको अगाडि मैले मेरो छोरीलाई वा बुहारीलाई यति पढाएको छु भनेर देखाउनलाई मात्रै?

    तर म यसरी कहिल्यै बस्न सक्दिन। अहँ, साँच्चै सक्दिनँ। किनकी म कहिल्यै चाहन्न कोहीभन्दा पछि परुँ। मात्र एउटा काममा सीमित भएर बसुँ। राम्रो अङ्क ल्याएका महिलाहरु पेशामा आएपछि आफूभन्दा कम अङ्क ल्याएका पुरुष साथीहरु भन्दा पछाडि हुन्छन्। उनीहरुले पुरुष साथी भन्दा तलब पनि कम पाउँछन्। अझैपनि विभेद छ महिला र पुरुषले पाउने पारिश्रमिकमा। महिलाहरु शारीरिक रुपमा पुरुषभन्दा भिन्न छन्। तर मानसिक रुपमा पुरुषभन्दा निकै मेधावी पनि। कार्यालयमा जति स्थिर  र प्यासनले महिला बस्न सक्छन् र काम गर्न सक्छन् सायद पुरुषले कहिले गर्न सक्दैनन् होला। तुलनात्मक रुपले हेर्दा महिलाहरु बढि काम गर्छन् तर तलब कम पाउँछन्।

    महिलाहरुले अगाडी बढ्नका लागि आफ्नै घरपरिवार, आफन्त र साथीभाइबाट हौसला र साथ निकै कम पाउँछन्। पुरुषले जति स्वतन्त्रता पाउँदैनन्। जसले गर्दा हरेक क्षेत्रमा चाँहे त्यो पढाइ, जागिर, रिसर्च या अन्य कुरामा उनीहरुले राम्रो प्रगति गर्नका लागि निकै सङ्घर्ष गर्नुपर्छ। म त्यो दिनको पर्खाइमा छु, जुनदिन छोरीहरुले आफूले मन लागेको वा मनले आँटेको काम गर्न कसैको अनुमति लिन नपरोस्, अरुको निर्णय पर्खिन नपरोस्। अनि आफ्नो जिन्दगीलाई कसैको निर्देशनमा अघि बढाउन नपरोस्।

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.