×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ८ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

प्रचण्डमा उपलब्धि खोसिने भय

  •  
  • बिहिबार, चैत ११, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मनमोहन भट्टराई

    हरेक क्षेत्रमा पाइला–पाइलामा अभाव देखिन थालेको छ
    कमरेड प्रचण्डलाई पीडा भो, ठूलो बलिदानबाट प्राप्त भएको उपलब्धि कतै गुम्छ कि ? यो भयबाट उहाँ ग्रसित हुनुभएको छ । यो भनाइभित्र पस्दा अरू नेपालीलाई पनि उत्तिकै पीडा हुने बोली जस्तो सुनिन्छ । कमरेडका यी आँसु कमरेडसँगै काम गर्ने उहाँकै मित्रहरूले बढी बुझ्नुहुन्छ । तर छापामा आएको कुरा हेर्ने हो भने उहाँले गणतन्त्र, धर्म निरपेक्षता, संघीय राज्य पद्धतिलाई पो संकेत गर्नुभएको हो कि जस्तो देखिन्छ ।
    पहिलो कुरो त, उहाँले पटक–पटक प्रयोग गर्ने बलिदान भन्ने शब्दले के बुझाउँछ भन्ने कुरो नै हामीले हेर्नुपर्ने हुन्छ । अंग्रेजीबाटै त्यसलाई अनुवादित गर्ने हो भने त्यसको अर्थ यज्ञ हुन्छ, त्याग हुन्छ, होम हुन्छ, हवन हुन्छ, मेध हुन्छ, नरमेध्य–यज्ञ पनि हुन्छ । यस्ता धेरै अर्थ निस्किन्छन् तर उहाँको नेतृत्वमा भएको भने नरमेध्य–यज्ञ नै हो । त्यसो त पशुलाई उपहारका रूपमा देवीदेवतालाई चढाउनुलाई पनि बलि नै मानिन्छ । परित्यागलाई पनि बलि नै भनिन्छ ।
    यी सबै शब्दहरूमाझ उहाँले खोजेको भने नरबलि नै हो । राज्य पक्ष र प्रचण्डको कथित जनयुद्ध भनिएको पक्ष झन्डै बीस हजार नेपालीको बलि चढाएकै हो । त्यसलाई गर्वका साथ स्विकार्न उहाँ कहिल्यै पनि चुक्नु भएन र उहाँको दाबीमा त्यही कारणले मुलुकमा गणतन्त्र, धर्म निरपेक्षता, संघीयता प्राप्त भएको हो ।
    यति नै कुरो प्राप्त गर्न बीस हजार नेपालीले आफूलाई बलिवेदीमा राख्नुपर्‌यो । उहाँले भन्न खोज्नुभएको यति नै हो । यो कत्रो महान् कर्म हो भन्ने प्रश्न सुरुमा राख्नेहरूले यसलाई यस अर्थमा लिए भने र नलिएकै कारण हुन सक्छ यहाँको दल पाँच टुक्रामा खण्डित भो । अहिले उहाँको पार्टीबाहेकका कुनै अर्का नेताले यसमाथि फेरि हामी दोहोर्‌याएर सोचौँ भन्यो भन्दैमा उहाँ यति भयभीत देखिनुपर्ने थिएन होला । कमरेड प्रचण्ड यसमा भयानक चलखेल देख्नु हुन्छ ।
    तर लोकतन्त्रमा आस्था राख्नेहरूले कसैले बोल्ने गरेको वाणीलाई नकारात्मक बोलीका रूपमा लिने व्यवहार हुँदैन । कमरेडको राजनीतिमा जबसम्म यी कुरा अटाउँदैनन्, त्यसपछि उहाँको राजनीति पनि बाँकी छैन भन्ने उहाँको सोच हुन सक्छ । यथार्थ त्यसो होइन, कुनै पनि विषयमा बहस सधैँ भइरहन्छ र लोकतन्त्रको सौन्दर्य पनि त्यही नै हो । कुन प्रकृतिको बहसले नागरिकलाई प्रभावित गर्दछ, यी राजनीतिकर्मीबीचको प्रतिस्पर्धात्मक वैचारिक सोच राख्छ भन्ने कुरा मात्र नेतृत्वले केलाउने र एउटा निक्र्योलमा पुग्नु हुन्छ ।
    कमरेडको आस्थामा क्रान्तिको एउटा रूप हुन्छ भने लोकतान्त्रिक सोच भएका व्यक्तिहरूका आस्थामा त्यसभन्दा पृथक् सोच हुन सक्छ । कमरेडहरू व्यक्ति हत्याबाटै प्राप्त गरेको कथित उपलब्धिलाई महान् हुन्छ भन्ने ठान्नुहुन्छ भने लोकतन्त्रमा आस्था गर्नेहरूले त्यसभन्दा फरक बाटो देख्न पनि सक्छन् । या त्यसभन्दा पनि अतिवादी सोच राख्नेहरूले मुलुकको सिंगो जनसंख्यालाई आधामा झारेर आफ्नो विजय घोषणा गरेका उदाहरण पनि विश्व इतिहासमा नभएका होइनन् ।
    खोइ किन हो कामरेडले एउटा कसैको विचारलाई लिएर ठूलो जेहाद नै सुरु गर्नुभएजस्तै लाग्छ । जेहादको नाममा त अझै पनि विश्व समुदायमा व्यक्ति हत्या र आतंकका घटनाहरू हामी भोग्दै आएका छौँ ।
    उहाँले जनयुद्धका नाममा जे गर्नु भो त्यही नै सही थियो भने नेपालको राजनीति आज यो विन्दुमा प्रवेश गर्दैनथ्यो । आज त नेपाल शान्तिको मात्रै कामना गर्दछ । फेरि अर्को विग्रह र हिंसा नेपालीलाई स्वीकार्य भइदिएको भए संविधानसहित विधिको शासनको व्यवस्थामा यो मुलुक फर्किनु पर्दैनथ्यो । यस प्रकृतिका उत्तेजनापूर्ण बोली र व्यवहारले फेरि भोलिको नेपाल कस्तो हुने हो भन्ने चिन्ता लाग्नु सिंगो नेपालका लागि सहज भने छैन ।
    माथि उल्लेख भएका व्यवहारहरू एउटा समयको राजनीतिलाई सुहाउँथ्यो होला । नेपालको एकीकृत नेकपा माओवादीलगायत माक्र्सवाद, लेनिनवाद या माओवाद आफूलाई जेसुकै नामधारी बनाए पनि हामी अहिले बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिमा छौँ । बहसको विषय हुन सक्छ, हामी कुनै वाद विषयमा बाँडिएका कुनै दल छैनौँ, त्यसलाई चाहेर–नचाहेर सबैले झन्डैझन्डै विसर्जन नै भन्नुपर्ने हदसम्मै कतै सेलाइसक्यौँ ।
    व्यावहारिक राजनीतिकै कुरो गर्ने हो भने स्वयं एमाओवादी अहिले त्यस्तो सरकारमा बसेको छ, जसको कुनै स्पष्ट लक्ष र दिशा छैन । यो सरकारको आजसम्मको व्यवहारले प्रचण्डजीको चिन्ताजस्तै न संघीयता, न गणतन्त्र, न त धर्म निरपेक्षतालाई संस्थागत गर्न सक्ने लक्षण नै देखिएको छ ।
    मूल कुरो त यसले राजनीतिक स्थिरतासम्म पनि दिन सक्छ कि सक्दैन भन्ने नेपालीमाझ चिन्ताको विषय भइसक्यो । संविधानसभाद्वारा निर्मित संविधानलाई संस्थागत रूप दिने कुरो पनि खोइ कता हो कता । समाज व्यवस्थालाई पनि ठीक किसिमले राख्न नसकेको असफलता अहिले पूर्णतः देखिन थालिसकेको छ ।
    सामान्य राज्य व्यवस्थाको सञ्चालनसमेत सरकार असफलप्रायः हुँदै छ । यहीँबाट सुरु हुन्छ राज्यको असफलताको विषयहरूको गन्ती । एकातिर भ्रष्टाचारले चरमचुँली चुम्दैछ भने त्यसैगरी अभावको अवस्था पनि पाइला–पाइलामा देखिन थालेको छ । भ्रष्टाचारलाई खुलमखुला छुट दिने सरकारले कमसेकम मुलुकलाई अभावबाट मुक्ति दिन सक्नुपर्छ । सरकार दुवै मोर्चामा पराजित देखिन्छ ।
    व्यावहारिक राजनीतिकै कुरो गर्ने हो भने स्वयं एमाओवादी अहिले त्यस्तो सरकारमा बसेको छ, जसको कुनै स्पष्ट लक्ष र दिशा छैन । यो सरकारको आजसम्मको व्यवहारले प्रचण्डजीको चिन्ताजस्तै न संघीयता, न गणतन्त्र, न त धर्म निरपेक्षतालाई संस्थागत गर्न सक्ने लक्षण नै देखिएको छ ।
    सरकारमा सामेल दलहरू र उनका पात्रहरू आफ्नै बैठकहरूमा एकपटक होइन, पटक–पटक आलोचित हुँदा पनि न ती दलका नेताहरूले चेतावनीस्वरूप कसैमाथि कुनै कारबाही गर्न सक्छन्, न त त्यसलाई सुधार नै । आम जनमानसको उपभोगका लागि भने बेलाबखत सरकारमा पठाइएका आफ्ना पात्रहरूलाई काम नगरेको आरोप दिँदै दल त्यसभन्दा अलग बसेको बहाना गर्दछ ।
    सधैँ बहुदलीय पक्षमा वकालत गर्ने दलका नेतृत्वहरू पनि यो व्यवस्थामा भूमिकामा रहेका व्यक्तिबारे टिप्पणी गर्न सक्छन्, तर कठोर रूपले पाइला उठाउन भने सक्दैनन् । यो अकारण यस्तो भएको पनि होइन, यसको पछाडि पनि कारण छ । ती हरेक व्यक्तिबाट वैयक्तिक रूपमा कुनै न कुनै किसिमको लाभ नेतृत्वले लिएकै छ । अब त हुँदाहुँदा मुलुकमा भएका सबै दल मिलून्, त्यसलाई राष्ट्रिय सरकारको नामाकरण गरौँ ताकि कसैले सिंगो देशको राजनीतिज्ञ कसैमाथि औँलो ठड्याउन नपाऊन् या नसकून् ।
    दलहरू एउटा भ्रममा छन् । हामी सबै एउटै सरकारको भागबन्डाभित्र बसेको अवस्थामा हामीमाथि प्रश्न गर्ने कोही हुने छैनन् र अकन्टक रूपमा हामी सधैँ शासनमा भागबन्डा गर्दै आआफ्नो अभीष्ट पूरा गर्न सक्षम हुने छौँ । नेपालकै इतिहास होस् अथवा निर्दलीय इतिहास या अन्य कतिपय अधिनायकवादी शासन व्यवस्थामा अन्ततः जनता उठ्नुबाहेक उपाय हुँदैन । त्यस्तो अवस्था आएमा कस्तो नेतृत्व, कस्तो राजनीतिक व्यवस्था, कस्तो आदर्श र कस्तो निष्ठा भन्ने कुरोलाई निर्देशित गर्ने व्यक्ति पनि नहुन सक्छ । झन्डैझन्डै त्यही अवस्था हो, जहाँ राज्य मात्र होइन, राष्ट्र नै असफल हुन सक्छ ।
    यो अवस्थाबाट बच्ने हो भने व्यक्ति वा कुनै सोचलाई निषेधित गर्दैमा कथित उपलब्धि जो आफैँ स्थापित भएर असल–खराब के थियो भन्ने कुराको निक्र्योलमा पुग्न सक्दैन तबसम्म यस्ता टिप्पणीहरूको औचित्य छँदा पनि छैन । नेताका रूपमा आफूलाई देखेका या देख्न चाहने कोही पनि राजनीतिक व्यक्तित्वले कुनै पनि विचारमन्थनका लागि गरिएका अभिव्यक्तिमाथि यसरी टिप्पणी गर्दा त्यसको तरंग कहाँसम्म पुग्छ भन्ने हेक्का राख्नैपर्छ ।
    कमरेड प्रचण्डका अभिव्यक्ति जो उहाँले उपलब्धिका रूपमा देख्नुभएको छ । जनताको मतको कसीमा कति खरो उत्रिन्छ भनेर पंक्तिकार यस कारण भन्न सक्दैन कि ऊ आम मानिसका माझ गएर मत संकलन गर्ने काममा स्वयं एउटा अनुसन्धानदाताको रूपमा उपस्थित त छैन र तर उपलब्धिको उन्मादमा बसेको आजको समाजसित ऊ राम्ररी परिचित छ । उल्लिखित प्रचण्डका शब्दहरू र त्यसमा निहित राजनीतिक अर्थहरू आउने पाँच÷दस वर्षमा विस्तारै खुइलिँदै जानेछन् भन्नेमा शंका पनि छैन ।
    अर्थात् यसलाई यसरी पनि भन्न सक्छौँ, आज जे–जे शब्दावली प्रयोग गरेर हामीले मानेका छौँ, तिनै शब्दावलीका विपक्षमा उभिएका दलहरूसित आफूलाई क्रान्तिकारिताको आवरणभित्र राख्न चाहने एमाओवादी हुन् या एमाले, मजदुर किसान पार्टी हुन् या जनमोर्चा एउटा कांग्रेसबाहेक सबै त सहकर्मीकै रूपमा छन् । मुलुकलाई कता डोर्‌याउँदैछन् चिन्ता उनीहरूले गर्नुपर्ने हो । अरूलाई आरोपित गर्नुपर्ने विषय होइन ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत ११, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.