×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

रामहरि जोशी भन्छन्– बाहुबल, पैसा र गुटले कांग्रेस कमजोर भयो

  •  
  • शुक्रबार, फागुन १४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाल्गुन १३, २०७२- रामहरि जोशी नेपाली राजनीति क्षेत्रमा चिनाई राख्नुपर्ने नाम होइन । अझ नेपाली कांग्रेसका लागि त जीवित इतिहास नै हुन् । उनका समकालीन नेताहरुको देहान्तपछि कांग्रेसको स्थापनाकालदेखिको आरोह अवरोहका साक्षी थोरै मध्येका बाँकी नेता हुन् जोशी ।

    नेपाली कांग्रेस १३ औं महाधिवेशनमा होमिएका बेला देशभरका कांग्रेस कार्यकर्ताहरुलाई जस्तै उनलाई पनि महाधिवेशनले छोएको छ । ९१ वर्षिय जोशीलाई पार्टी, कुनै गुट वा कुनै नेताले महाधिवेशनका लागि सम्झेको छैन । तर, उनले पार्टीलाई सम्झिरहेका छन् । कांग्रेसलाई थप सशक्त र प्रभावकारी बनाउन महाधिवेशनमा नेता र कार्यकर्तालाई दिने सुझाव लेख्न व्यस्त छन् जोशी ।

    १२ फागुनमा ललितपुरस्थित उनको निवास पुग्दा उनले महाधिवेशनमा बोल्न पाए पार्टीलाई सच्याउन आफ्नो मनभित्र लागेका सबै कुरा पोख्ने र त्यसका लागि सम्झेका कुराहरुको टिपोट बनाउँदै गरेको देखाए ।

    तस्बिरहरु : अंगद ढकाल

    सन् १९४७ (वि.स २००३) मा कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाकालदेखि कांग्रेसको राजनीतिमा सक्रिय नेता हुन जोशी । पार्टीको नवौं (०५३) र दशौं (०५७) महाधिवेशनमा पार्टी सभापतिमै उम्मेवारी दिएका र १२ औं महाधिवेशनसम्म सक्रिय सहभागी जोशी यसपटकको महाधिवेशनमा मतदाता भने छैनन् । उनी महाधिवेशन वा महासमिति सदस्य चुनिएका छैनन् । ‘उमेर र स्वास्थ्यका कारण जिल्ला(सर्लाही)को अधिवेशनमा जान सकिनँ,’ उनले भने, ‘फेरि, युवाहरुसँग निर्वाचनमा प्रतिस्पर्धा गर्न पनि उचित लागेन । अब उनीहरुले मौका पाउनुपर्छ ।’ केन्द्रले सम्झेर मनोनित गर्‍यो भने मात्र उनको यसपटक महाधिवेशनमा औपचारिक सहभागिता हुनेछ ।

    पार्टीमा मौलाएको गुट, गुटभित्रको पनि उपगुटले कांग्रेस कमजोर बन्दै गएकोप्रति चिन्तित छन् उनी । कमजोर बनेकै कारण संविधान घोषणापछि कांग्रेसका नेताहरु मधेसमा छिर्न नसकेको उनको बुझाई छ ।
    ‘गुटबन्दीले कार्यकर्ता पंक्ति विभाजित छन्, युवाहरु अन्यौलमा छन्, उनीहरुमा जुझारुपन छैन्,’ जोशी भन्छन्, ‘०४६ पछि पञ्चहरु डराएर, लुकेर बसेजस्तै कांग्रेसको अवस्था नबनोस् ।’ विगतमा पनि पार्टीमा नेताहरुबीच मतभेद नभएको होइन, जोशी सम्झन्छन, तर अहिलेको जस्तो उठापटक होइन कि वैचारिक मतभेद हुन्थ्यो नेताहरुबीच । एकअर्काप्रतिको सम्मान कायम रहन्थ्यो ।

    ०५१ सालमा छत्तिसे र चौहत्तरे समूह बनेयता पार्टी एकत्रित हुन नसकेको उनको अनुभव छ । शीर्ष नेताहरुको व्यक्तिगत स्वार्थ र टकरावले कांग्रेसमा विभाजित मानसिकता बढेको उनी सुनाउँछन् ।

    ‘है वदी तकदीर जलती डार से
    आँसिया को छोड जाउँ कहाँ
    वेदना मन की सही जाति नही
    ये जहर लेकिन उगल आउ कहाँ’

    भारतीय प्रसिद्ध कवि दिनकरको एक कविता सुनाउँदै जोशी पार्टी भित्रको अवस्था चित्रण गर्न खोज्छन् ।

    चुनौतीको समना मिलेर
    विगतको भन्दा पार्टीका अगाडि धेरै चुनौति देखिरहेका पूराना नेता जोशी सिंगो पार्टी पंक्ति एक हुन सकेमात्र त्यसको सामना सहज हुने देख्छन् । छुट्टा छुट्टै कालखण्डमा राणा र राजासँग भिडेको कांग्रेसका अगाडि अहिले बलियो रुपमा आएका कम्युनिष्ट पार्टीहरु एमाले, एमाओवादी र क्षेत्रीय रुपमा उदाएका मधेसी दल चुनौती छन् । ‘पहिले कांग्रेसको प्रतिस्पर्धी कोही पनि थिएन, विरोधी कम्युनिष्ट घटक पनि सानो र कमजोर थिए,’ जोशीले भने, ‘उहिले र अहिलेको अवस्थामा आएको फरकलाई बुझ्दै सानो सानो कुरामा अल्झिने होइन नेताहरुबीच एकजुट्ताको आवश्यकता छ ।’

    नेता र कार्यकर्ता कांग्रेस बिर्सेर गुट मात्र सम्झेकोमा उनी चिन्तित देखिन्छन् । युवा पिंढी पनि नेता र केन्द्रमुखी राजनीतिमै होमिएकाले पार्टीमा थप संकट बढेको जोशीको बुझाई छ ।

    नेताहरु कुर्सीको झगडामा अल्झिदा कांग्रेसप्रति आस्था राख्नेहरु निराश भएको जोशी ठान्छन् । जोशी भन्छन्, ‘महाधिवेशनका बेला जाग्ने कांग्रेस बाँकी ५ वर्ष सुतेर हुन्न । कार्यकर्ता र जनतामाझ निरन्तर कार्यक्रमहरु लिएर जानुपर्छ ।’

    लोकतान्त्रिक प्रणालीमा पार्टीको महाधिवेशन अत्यन्तै महत्वपूर्ण पाटो रहे पनि यसमा बढेको विकृतिप्रति जोशीको गुनासो छ । उद्देश्य राम्रो भए पनि त्यसलाई प्राप्त गर्ने तरीका राम्रो छैन । महाविधेशनमा बढेको छलकपट, बाहुबली, पैसाको प्रयोगले पार्टी र लोकतन्त्रलाई हित नगर्ने भन्दै जोशी भन्छन् ‘साध्य मात्र होइन साधन पनि राम्रो हनुपर्छ ।’

    २०३३ साल तिर वीपीले व्यक्त गरेको चिन्ता प्रजातन्त्र आएपछि सुकिला मुकिलाको बर्चस्व बढ्ने कुरा अहिले सावित भएको तर, त्यसविरुद्ध युवा पिंढी लाग्नुपर्ने वीपीको सुझाव भने पूरा नभएकाले पार्टी पूँजीपति र बुर्जुवाहरुबाट ‘डोमिनेट’ हुन पुगेको उनी बताउँछन् ।

    कहिल्यै पार्टीको केन्द्रीय समितिमा नपुगेका जोशी पार्टीका लागि काम गर्न पद नै नचाहिने भन्दै कुर्सीका लागि चाकरी, चाप्लुसीका पछाडि दौडिने अहिलेको प्रवृतिले निष्ठावान कार्यकर्ताको मूल्यांकन हुन नसकेको देख्छन् । ‘व्यक्तिभन्दा पार्टी र पार्टीभन्दा राष्ट्र ठूलो’ भन्ने नारा गफमा मात्र समिति भएर ‘मै ठूलो’ भन्ने धारणा बढेकाले पार्टीमा गुटबन्दी मौलाएको र पार्टी कमजोर बन्ने दिशामा अग्रसर भएको जोशीको निष्कर्ष छ ।

    उनले आफूले पार्टीमा कहिल्यै पद नखोजे पनि गिरिजाप्रसाद कोइरालाको काम गर्ने प्रवृति र उनको हैकमविरुद्ध कसैले बोल्ने साहस नगर्दा २ पटक सांकेतिक रुपमा सभापतिमा उम्मेदवारी दिएको बताए । ‘मेरो उम्मेदवारी शक्ति आर्जन वा पद प्राप्तिका लागि थिएन, व्यक्तिगत रुपमा गिरजाबाबुविरुद्ध पनि थिएन,’ जोशी भन्छन्, ‘पार्टीभित्रको विकृति र सैद्धान्तिक विचलन विरुद्ध थियो ।’

    १३ औं महाधिवेशनको संघारमा जोशी आम कार्यकर्तालाई आत्माको आवाज सुनेर पार्टी हितमा निर्णय लिन सुझाउँछन् । निष्ठा र इमानदारि साथ काम गर्नुपर्छ त्यस्तो काम धेरैले हेरेका हुन्छन्, याद गरेका हुन्छन् । पार्टीका लागि काम गरोस् वा नगरोस् तर पद र शक्ति खोज्ने प्रवृति कार्यकर्तामा बढ्नु पनि पार्टीका लागि अर्को महत्वपूर्ण चुनौतीको विषय रहेको उनी भन्छन् ।

    पुरानो सोचले अब चल्दैन
    कांग्रेसको नेतृत्वमा नयाँ सोंच, प्रगितिशिल विचार, दुरदर्शी र केही गर्न सक्ने साहस भएको नेता पुग्नुपर्छ भन्ने उनी ठान्छन् । ‘नेतृत्वमा त्यस्तो गुण चाहिन्छ,’ जोशी भन्छन्, ‘अहिले पनि मुलुकमा राष्ट्रिय मेलमिलाप गराउन सक्ने नेतृत्वको खाँचो छ ।’

    ‘पहिलेको लक्ष्य ‘प्रजातन्त्र’ मात्रै थियो । प्रजातन्त्र र प्रजातान्त्रिक तरिका भए पुग्यो भन्ने बुझाइ थियो । अहिले संघीयता, समवेशी समानुपातिक जस्ता महत्वपूर्ण र नयाँ सवालहरु छन्,’ जोशी भन्छन्, ‘नयाँ नयाँ विषयको समाधान गर्न नेतृत्वमा नयाँ र फराकिलो सोंच चाहिन्छ ।’ नेतृत्वको संकृर्णता र पूरानै सोंचका कारण मधेसी मोर्चासँगको पटक पटकको वार्ता सफल हुन नसेको उदाहरण दिंदै जोशी ‘पूरानो सोंच अब इनफ छैन’ भन्छन् ।

    मधेसका विषयमा नेतृत्वबाट गल्ती भएको र त्यसलाई सच्याउनुपर्ने जोशीको सुझाव छ । ‘मधेसीको मनमा दुई अढाई सय वर्ष अगाडिदेखिको उकुसमुकुस थियो । उनीहरु गुम्सिएका थिए । सुरुदेखि नै मधेसीमाथि गरिएको विभेदकारी नीतिले समस्या भएको हो,’ उनले भने, ‘मधेसीको मनोभावना बुझ्न नसक्दा हामीबाट पनि गल्ती भयो ।’

    नेतृत्वले सही समयमा सही निर्णय लिन नसक्दा आज मधेसीले उठाएका सवाल सम्बोधन गर्नैपर्ने र जस पनि नपाउने अवस्था आएको छ जोशीले भने ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन १४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.