×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ५३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखा भूकम्प र पराकम्प

  •  
  • शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    यदु अधिकारी

    नेपालमा मात्र नभई विश्वमा भूकम्प गएका इतिहासहरु प्रशस्त पाइन्छन् । मानव जातिले प्राषण युग, आखेट युग, शिकारी युग, पशुपालनको युग र कृषि युग व्यतित गर्दै अद्यौगिक युगमा प्रवेश गर्न थालेको छ । परापूर्व कालमा संसार जलमग्न थियो बिस्तारै–बिस्तारै हिमालय पर्वत महाभारत हुँदै चुरे पहाड बने । महादेशहरु र देशहरुमा संसार विभाजित हुन पुग्यो । नेपालको प्राचीन इतिहास विचित्र लाग्दो छ । यो देश कुनै पनि विदेशीको अधीनमा परेन । पश्चिममा बाइसे राज्य गण्डकी क्षेत्रमा चौबीसे राज्य र उपत्यकामा तीन राज्य संचालित थिए । प्राकृतिक दृश्यले रमणीय यस देश राजनैतिक घटना विचित्र लाग्दो छ । नेपालको इतिहासमा ५५१ मा प्राप्त चाँगुनारायणको स्तम्भमा मानदेवको उल्लेख छ । त्यस्तै गरी ७९० मा अंशुवर्मा देखि जयदेव दितियको बारेमा पशुपति शिलालेखमा उल्लेख छ । लिच्छवि काल हुँदै अघि बढेको नेपालको राजनैतिक अवस्थाले नारीलाई विवाह गर्ने, छोडपत्र गर्ने र स्वच्छाले सति जाने चलन थियो । १५८१ मा मुकुन्द सेनले तनँहु, गोरखा र धादिङ्गमा अधिकार जमाए । उनका छोराले ती जिल्लालाई अधीनमा लिन सकेन । द्रव्य शाहले दौडिएर लिगलिगमा ऐतिहासिक रुपमा राजा हुने सौभाग्य पाए । नरभूपाल शाहसम्म गोरखामा राज्य गरेको शाह वंशका महत्वाकाङछी पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरी विशाल राज्यको निर्माण गरे । उनका उत्तराधिकारी ज्ञानेन्द्रको पालामा शाह वंशको अन्त्य भयो । विशाल नेपालमा मात्र नभई विश्वमा बेला बेलामा भूकम्प जाने गर्दछ । भूकम्पको भविष्यवाणी कसैले गर्न सक्दैन । संसारका ७ वटा प्लेटमा ठक्कर खाँदा भूकम्प जान्छ भनी भूकम्पविद् डिपी अधिकारीले बताएका छन् । भूकम्पविद्हरुले जुन ठाउँमा भूकम्प गयो त्यही ठाउँको नामबाट भूकम्पको नामाकरण गर्ने गरेका छन् । नेपालमा १२८०, १३१० देखि ८० वर्ष वा १०० वर्षको अन्तरालमा भूकम्प जाने गरेको कुरा वैज्ञानिकहरुले बताएका छन् । १८९० र १९९० मा नेपालमा गएको भूकम्पले ठूलो क्षति गरेको थियो । त्यसबेला सञ्चारको माध्यम नभएको हुनाले काठमाण्डौं मात्र बढी चर्चा गरिएको थियो । २०७२ साल बैशाख १२ गते बारपाकको सेन्द्रा, मान्द्रे बारपाक गाउँ हुँदै काठमाण्डौं, दोलखासम्म अपुरणीय क्षति पु¥याएको भूकम्पको नाम गोरखा भूकम्प राखिएको छ । ७.६ रेक्टर स्केलको यस भूकम्पले धेरै जनधन र भौतिक सम्पत्तिको क्षति पु¥यायो । भूकम्प गएपछि जमीनको सतह मिल्नको लागि शक्ति क्षण हुन पराकम्पन जानु राम्रो हो भनी भूगर्भ शास्त्री लोकविजय अधिकारीले सञ्चार माध्यममा बताएको सुनिन्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण गोरखालाई वैशाख १२ गते र २९ गतेको भूकम्प र पराकम्पनले ठूलो क्षति पु¥यायो । जनघनत्व १ जना बराबर प्रति वर्ग कि.मी. ७५, महिलाको नाममा जग्गा १७.२१, कृषि पेशा ८०.८२, परिवार आकार ४.०८, मानवीय सूचाङ्कमा ०.४८१, शौचालय प्रयोग ७२.७ प्रयोग गरिएको यस जिल्लालाई ठूलो क्षति पु¥यायो । भूकम्पबाट अति प्रभावित १४ ओटा जिल्ला मध्ये गोरखा पनि पर्दछ । हालसम्म गोरखा भूकम्पपछि रुकुम, हुम्लामा पनि भूकम्प गएको छ । पराकम्पन ३२० भन्दा बढी गई सकेका छन् । सबभन्दा धेरै दोलखामा ११० पटक भन्दा बढी देखिन्छ । त्यसपछि सिन्धुपाल्चोकमा ९५ पटक, नुवाकोटमा २४, धादिङ्ग २३ पटकसम्म पराकम्पन गएको कुरा भूगर्भ विभागले देखाएको छ । गोरखामा हालसम्म २७ पटकसम्म पराकम्पन गएको रेकर्ड गरेका छन् । संयुक्त रुपमा नौ पटक पराकम्पन गएको छ । हालसम्मको तथ्याङ्कलाई निम्नानुसार देखाउन सकिन्छ । २०७२÷१÷१२, ११ः५६ बजे ७.६ बारपाक केन्द्र, २०७२।१।१२ गते दोस्रो पटक ६.६ रेकर्ड गरिएको भूकम्पदेखि पराकम्पन मानेका छन् । १।१२ मा ४ पटक ५.२, ५.५, १।१३ मा ६ पटक ४.२, ४.५, ४.८, ४.५, १।१५मा ४.८, ४.२, ४.०, १।१६ मा १।१९ मा ५.१, १।२१ मा ४.०, १।२३ मा ४.२, १।२९ मा ४.१, १।३० मा ४.०, १।३१ मा ४.०, २।२ मा ४.०, २।४ मा २।११ मा ५.०, २।१४ मा ४.०, ४.०, २।१५मा ४.०, ४.८, २।२९ मा ४.६, ३।७ मा ४.०, ३।८ मा ४.२, ४।१ मा ४ रेक्टर स्केल गरी गोरखामा जम्मा २७ पटक, भूकम्प १ र पराम्पन २६ पटक भूगर्भ विभागले रेर्डक गरेको छ ।
    गोरखामा संयुक्त रुपमा पराकम्पन आठ पटक गएको देखिन्छ । त्यसपछि हालसम्म दोलखामा ११० पटक, गोरखामा २७ पटक, सिन्धुपाल्चोकमा १०९ पटक, तिब्बतमा ५ पटक, काठमाण्डौंमा १५ पटक, लम्जुङ्ग २ पटक, नुवाकोटमा २८, रसुवा २४ पटक, धादिङ्गमा २६, ललितपुरमा ४, काभे्र ५, मकवानपुर २, रामेछाप ४, बाग्लुङ १, दार्चुलामा ४.१ भूकम्प र बाजुरामा ४.६ रेक्टर स्केलको भूकम्प र पराकम्पन गएको कुरा राजेन्द्र खनालले उल्लेख गरेका छन् । हालसम्म ३६० वटा भूकम्प र पराकम्पन गएको छ । विशेष गरेर यस भूकम्पले उत्तरी क्षेत्र पहाडी भूभागमा धेरै क्षति गरेको देखिन्छ । जौबारीको चिप्लेटीदेखि माथि ताकु, सिम्जुङ्ग, मुच्चोक, सौरपानी, स्वाँरा, आरुघाट माथिका गा.वि.स.हरु बस्तीयोग्य ठाउँहरु चिरिएका छन् । केरौंजामा भूकम्प गए पछि असार १२ गते ५० घर सुख्खा पहिरोले बगाएको छ । १२ गते र २१ गतेको पहिरोले बुढी गण्डकी २० मिनेट जति थुनिएको थियो ।
    भूकम्पीय दृष्टि नेपाल ११औं स्थान, जलउत्पन प्रकोपको दृष्टिले ३१औं र जलवायुको दृष्टिकोणले ६औं स्थानमा रहेको नेपाल भूकम्प र पराकम्पनले कुरुप बनेको छ । यस भूकम्पले नेपालमा ८८९५ जनाको मृत्यु भएको छ । २२३०९ जना घाइते भएका छन् । गोरखा जिल्लामा ४४८ जनाको मृत्यु भएको छ । १८ जना बेपत्ता छन् । ९५२ जना घाइते भएको छन् । मृत्यु हुनेहरुमा १९७ जना महिला, १५० जना बालबालिका, बेपत्ता हुनेहरुमा ८ जना बालबालिका छन् । ५८,०१५ घर , ४९७ विद्यालय र कृषित तर्फ खाद्यान्न ३६ करोड ९२ लाख, तरकारी खेती ४० लाख, नहर १० करोडको क्षति भएको छ । गरिबीको रेखामुनि रहेका २५ जिल्ला मध्ये बाजुरा साहै्र गरिब देखिन्छ भने गोरखाका ५९६५४ घर मध्ये १०८०९ घरघुरी १७% गरिबीको रेखामुनि रहेको कुरा २०७२।३।२२ को नागरिकले उल्लेख गरेको छ । यस भूकम्पले गणेश हिमाल नुवाकोट सरेको छ, काठमाण्डौं उच्च भएको छ । मानव निर्मित भौतिक सुविधाहरुको धेरै क्षति भएको छ । प्रकृतिबाट सिजित हिमाल, पहाड र रमणीय डाँडाहरुमा पहिरो गएको छ । भूकम्पले क्षति बनाए पनि गोरखालीहरुको उत्साह घटेको छैन । गोरखालाई पयर्टकीय सौन्दयमय जिल्ला बनाउन अहोरात्र खटेका छन् । जिल्लाका ढङ्गो माटोका घरहरु भत्कन कुनै बाँकी छैनन् । यस जिल्लामा विभिन्न गा.वि.स.र वस्ती गरी ४३ वटा सार्नु पर्ने देखिन्छ । २०८२ घर तुरुन्त नसारेमा बर्खाले क्षति पु¥याउछ भनी जिल्ला दैवी प्रकोप समितिले गृह मन्त्रालयमा पत्राचार गरेको छ । सिंगो लाप्राक गा.वि.स.नै पहिरोले गर्दा गुप्सी डाँडामा सरेको छ (सन्तोष गुरुङ्ग) । गुम्दाको जुङकाकोट पूरै पहिरिएर ध्वस्त भएको छ । ६ वटा कलेज, ७० वटा निजि विद्यालय, २६ वटा काठे पुल भत्किएको छ ।
    भूकम्प गएपछि यस जिल्लामा धेरै स्वदेशी र विदेशी ग्रैह सरकारी संस्थाहरुले राहत बाँडन आए । ७ वटा ठूला विदेशी संस्था र ३० वटा भन्दा बढी अन्य ग्रैह सरकारी संस्थाले गोरखाका दुर्गम गा.वि.स.भन्दा पनि सुगम गा.वि.स.मा कर्मथलो बनाएका छन् । यिनीहरुले बजारका होटलहरु र गाडीहरु महङ्गो भाडामा लिएका छन् । गरिब भूकम्प पीडित गोरखालीको नाममा यिनीहरुले दिउँसो ४ बजेदेखि नै बियरका बोतल चुसेको देखिन्छ । गरिब गोरखालीहरुलाई पेटीबाट हिड्ने ठाउँ छैन । पेटीमा सेतो गाडी राखेको देखिन्छ । धार्मिक र साम्प्रदायिक किसिमले राहत बाडने गाडीहरु गुडेको देखिन्छ । गरिब पीडित नेपालीको नाउँमा उद्दार गर्न चाहे मृतकका परिवारको १ जनालाई योग्यता अनुसार जागिर दिनु पथ्र्यो । यिनीहरुले धनीमानी र आफन्तलाई जागिर दिएका छन् । सिभिल इन्जिनियरहरु गोरखामा बेरोजगार देखिनु त्यसको ज्वलन्त उदाहरण हो । योग्य व्यक्तिलाई निर्माण डिजाइनको लागि छान्ने भए गोरखाको सबै ग्रैह सरकारी संस्थाले इन्जिनियरलाई खोज्नु पथ्र्यो । विदेशबाट कसले कति राहत दिने भनेर उठायो । कसले कति राहत ल्याएर बाड्यो त्यसको लेखाजोखा केही छैन । महंगीले गरिबलाई झन् जीवन धान्न कठीन भएको छ । धर्म र सम्प्रदायको नाममा सोझा निमुखा गोरखालीहरुलाई थोरै राहत बाडेर परम्परादेखि चल्दै आएको सामाजिक सद्भाव र संस्कृतिलाई खलबल्याउन खोजेको देखिन्छ । टोल–टोलको बीचमा राहतको नाममा द्धन्द्व मचिने सम्भावना देखिन्छ (होमसिं बस्नेत)। उत्तरका आदिवासीहरु फलामको काम बाहेक सबै क्षेत्रमा स्वाभिमानी छन् । उनीहरुको सीप र विवेकलाई राज्यले सम्मान गरेर क्षणिक रुपमा जीवन धान्ने वातावरण बनाउनु पर्छ । स्वाभिमानी गोरखालीहरु आफूलाई शोक परेर पनि गाउँलेको उद्दारमा लागेका छन भनी सिम्जुङ्ग पात्लेका देवी गुरुङ्गले उदाहरण पेश गरेका छन भनी नारायण अधिकारीले उल्लेख गरेका छन् ।
    प्रकृतिबाट सिर्जित, मानवबाट निर्मित भौतिक र रमणीय गोरखाको हरेक क्षेत्रको भूकम्पले क्षति पु¥याएको छ । भूकम्पबाट पीडित गोरखालीले आफ्नो पीडालाई विस्तारै विर्सदै पुनःनिर्माणमा लागेका छन् । स्वाभिमानी नेपालीलाई कुहिएको चामल दिएर हेला नगर । विश्वयुद्धमा भिक्टोरिया क्रस पाउने, हिमाल चढ्ने, हिमपहिरोको उद्दार गर्ने संसारमा उल्लेखनीय काम गरेर ख्याति कमाउने गोरखालीलाई उद्दार गर्ने भए सच्चा मनले राम्रा सामग्रीहरु दिई सहयोग गर । दुर्गम क्षेत्रका पीडित घरबास विहिन मानवीय क्षति भएका परिवारको उद्दार गर । सच्चा रुपमा परोपकारीको उदाहरण स्वदेशी र विदेशी गैह्र सरकारी संस्थाले प्रस्तुत गर्नु पर्छ न कि नक्कली रुपमा होइन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.