×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

महारथी, अपमानित सम्बन्ध

  •  
  • शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – सफल घिमिरे, काठमाडौं

    माघ २९, २०७२- अघिल्लो साता बुधबार प्रधानसेनापति राजेन्द्र क्षेत्री भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट ‘मानार्थ महारथी’ को दर्ज्यानी थाप्दै थिए । ठीक अघिल्लो दिन भने ब्रुनाई पुगेका भारतीय उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीले नेपाली युवालाई ब्रुनाईको रक्षार्थ खटाउने प्रस्ताव गर्दै थिए ।

    क्षेत्रीलाई त्यो बैठकबारे थाहा भयो/भएन कुन्नि ? थाहा हुन्थ्यो भने सम्मानित महसुस गर्थे होला कि अपमानित ? किनभने त्यो नेपाली नागरिकलाई दोस्रो मुलुकले तेस्रो मुलुकको रक्षार्थ खटाउने कुरा थियो ।

    नेपाली युवाको सामरिक परिचालनबारे यो छलफलमा नेपाल आफैं भने सहभागी थिएन । भला यो दिन आउनुमा नेपाली सेना उति दोषी छैन । दोषी छ त हामीले खिया पारेर राखेको राज्य संयन्त्र ।

    भारतीय उपराष्ट्रपतिले ब्रुनाई पुगेर द्विपक्षीय रक्षा सम्झौतामा हस्ताक्षर गरे । चीनसँग चिढिएको ब्रुनाई भारतसँग संयुक्त सैन्य अभ्यास तथा तालिम गर्न तम्सिँदा बेइजिङमा कम्पन पैदा भयो । लन्डन पनि तरंगित भयो, किनभने दिल्लीको प्रस्ताव ब्रुनाईको सुरक्षाका लागि भारतीय गोर्खा रेजिमेन्टका सिपाहीलाई पठाउने भन्ने थियो ।

    यसले लन्डनको अर्बौं आम्दानी गुम्न सक्थ्यो र ब्रुनाईमा तैनाथ बेलायती फौजलाई एसियाबाटै प्रतिस्थापित गराउन सक्थ्यो । नेपालीसँग जोडिए पनि यो विषयले सिंहदरबारलाई भने फिटिक्कै छोएन ।

    ब्रुनाईमा बेलायतले अहिले खटाएका वा भारतले खटाउने भनेका दुवै सेना नेपाली गोर्खा हुन् । शिर झुकाएर भन्नुपर्छ, आफ्ना नागरिकलाई कहाँ, किन र कसरी सामरिक प्रयोग गरिँदै छ भन्ने छलफलमा नेपाल सरकार स्वयं संलग्न छैन । यहाँ हाम्रो सार्वभौमिकता र स्वाधीनता दुवैले पुच्छर लुकाएका छन् ।

    चीनले आफ्नो भनेका दक्षिण चीन सागरका टापुहरूमा ब्रुनाईसहित पाँच मुलुकको दाबी छ । भारत यो विवादको पात्र हैन, तर बेला–बेला मुछिन रुचाउँछ । एक महिना मात्रै भयो चीनले भारतलाई संकेत गर्दै ‘भित्री मुलुक’ को सुरक्षा सल्लाहलाई ‘बाहिरी मुलुक’ ले नउराल्न भनेको ।

    तर ब्रुनाईसँगको सैनिक सहकार्यले यो घर्षण बढ्ने निश्चित छ । प्रस्ताव सफल भएमा यो सामरिक तनावमा नेपालका सयौं युवा पनि मिसिने स्थिति छ । दुई छिमेकीबीच विग्रह बढ्दा नेपालले अंगीकार गर्ने र नगर्ने नीतिबारे असंख्य प्रश्न अनुत्तरित छन् । तीभन्दा अझै अनुत्तरित छन्, नेपाली युवालाई भारत र बेलायतका लागि लड्न पठाइराख्ने आधारहरू के हुन् ?

    पठाएपछि तिनका हकअधिकार, चासो–खाँचो र परिचालनसम्बन्धी नेपालको अपेक्षा वा जिम्मेवारी के हुन् ? अहिले बेलायती सेनामा गोर्खा सैनिकका आधारभूत अधिकार र समानतामै प्रश्न उठेका छन् । यसको न्यायिक हल खोज्ने हाम्रो पहल के हो ?

    गोर्खा भर्तीको अन्यायपूर्ण आधार सन् १८१६ को सुगौली सन्धिले तयार पारेको थियो । सन् १९२३ को नेपाल–बेलायत सन्धिले सुगौली सन्धि खारेज गरे पनि गोर्खा भर्ती जारी नै रहयो । सन् १९४७ को नेपाल–भारत–बेलायत त्रिपक्षीय सम्झौतामार्फत यसलाई झनै बलियो बनाइयो ।

    अझै बर्सेनि २८ हजार नेपाली युवाबाट दसैंमा च्याङ्ग्रा छानिएझैं दुई सय जना छानिन्छन् । केहीलाई सिंगापुर प्रहरीमा पुर्‍याइन्छ । केहीलाई महारानीको सेवा गर्ने कसम खुवाएर बेलायत लगिन्छ । केही अरूलाई ब्रुनाई पठाइन्छ ।

    यसरी सन् १९८४ देखि रोयल गोर्खा राइफल्सका एक हजार सेना ब्रुनाईमा छन् । रुखो शब्दमा भन्ने हो भने बेलायती यो काम दलालीजस्तो देखिन्छ । ऊ बर्सेनि नेपालीलाई छानेर लैजान्छ, ब्रुनाईको रक्षार्थ काममा लगाउँछ र त्यहाँका सुल्तानबाट बर्सेनि करोडौं डलर असुल्छ । नेपाल आफैंले त न ब्रुनाईसँग, न त सिंगापुरसँग नै सम्झौता गरेको छ । भारतीय सेनामा गोर्खा भर्ती पनि यही सिक्काको अर्को पाटो हो ।

    हामीले सन्धि–सम्झौता गरेको दुई शताब्दी बितिसक्यो । आज गोर्खा सेना भर्तीलाई नेपाल सरकारले दिने परिभाषा के हो ? के अझै पनि हामी अंग्रेजसँग हारेको युद्धको तिरो तिर्दै छौं ? यो सैन्य सहयोग हो भन्नलाई न्यायिक आधार छैनन् ।

    नेपाली युवा भाडाका सिपाही (मर्सेनरी) नै हुन् भन्नलाई पनि नियमन छैनन् । खाडी मुलुकमा श्रम गर्न जाने युवाका लागि त विभाग छन्, कूटनीतिक पहल हुन्छन् । तर गोर्खा भर्तीले वैदेशिक श्रम जति चासो पनि पाएको छैन ।

    कि परदेशी सेनाको चुस्ता लगाउनेबित्तिकै नागरिकसँग राज्यको सम्बन्धविच्छेद हुने हो ? हो भने भन्दिनुपर्‍यो । बेलायती राजदूतले त सैन्य सहकार्यको नयाँ आधार तय गर्न नेपालसँग ‘स्टेट्स अफ फोर्सेस अग्रिमन्ट’ (सोफा) बारे छलफलको आहवान गरिसके । आत्मसम्मानसहितको नयाँ सम्बन्धबारे हाम्रो धारणा राख्न ढिलाइ किन ?

    स्वाधीन मुलुकका नागरिकमाथि थोपरिएका यस्ता असमान परम्पराविरुद्ध केही सुनुवाइ नभएका हैनन् । नेपाली नागरिकलाई सिंगापुर र ब्रुनाईमा भर्ती गराउने प्रक्रियाविरुद्ध २०६१ पुसमा सर्वोच्च अदालतमा एउटा मुद्दा दायर भएको थियो । त्यसमा गोर्खा भर्तीले नेपाली युवामाथि आर्थिक शोषण र नेपाललाई राजनीतिक हानी गरेको दाबी थियो ।

    आपसी सहकार्यमा यस्ता भर्ती नियमन गर्न सर्वोच्चले २०६७ असारमा आदेश जारी गर्‍यो । तर, निष्प्रभावी राज्य संयन्त्रले गर्दा अझै पनि नागरिकको मानहानि र राज्यको आत्मसम्मान हरण भइरहेको छ । हाम्रा युवालाई बेलायतले अरू देशको सुरक्षार्थ भाडामा लगाउँछ र तिरो उठाउँछ । हाम्रै युवाबारे तेस्रो मुलुकसँग भारतले निर्णय लिन्छ ।

    सैन्य सहयोग र पदवीले नेपाललाई रिझाउने काम उहिलेदेखि चलेको हो । सन् १७९१/९२ को दोस्रो चीन–नेपाल युद्ध हारेको नेपाललाई फ्रान्सले हतियार कारखाना बनाउन सघायो । तर, १८१६ मा बेलायतले नेपालमाथि कुनै अमेरिकी वा युरोपेलीलाई काममा लगाउन नपाउने सर्त थोपर्‍यो । कारण थियो फ्रान्सेलीहरूलाई यहाँबाट हटाउनु । नेपाली सैन्य शासकलाई मानार्थ पद चीनले पनि दिन्थ्यो । प्रधानमन्त्री तथा मार्सल चन्द्रशमशेरलाई सन् १९०२ मा चिनियाँ बादशाहले ‘थोङ–लिन पिम्मा कोकाङ वाङ स्यान’ भनिने दर्ज्यानी दिएका थिए ।

    भारतसँग मानार्थ महारथी साट्ने यो चलन पनि सन् १९५० देखि थालियो । कम्मरको देब्रेतिर छडके तरवार भिर्दै मानार्थ दर्ज्यानी लिन सेनापतिहरू अझै एक–अर्काका मुलुक पुग्छन् । नेपाली सेनाध्यक्षले दिल्लीको अमर जवान ज्योति पुगी सम्मान अर्पण गर्छन् ।

    भारतीय सेनाध्यक्षले काठमाडौं सैनिक मञ्चको वीर स्मारिकामा आदरले माल्यार्पण गर्छन् । तर, पनि नेपाल–भारत वा नेपाल–बेलायत सम्बन्ध सहरथीजस्तो हैन, साहु र आसामीजस्तो छ । यो सम्बन्धलाई पुन:परिभाषित गर्न पहिले हाम्रा सैन्य सम्बन्धलाई नै पुनरावलोकन गर्नु जरुरी छ ।

    त्यसका लागि नेपालले आफ्ना नीति र दृष्टि स्पष्ट त पार्नु नै पर्छ । सँगसँगै बेलायत र भारतले पनि यस्ता असमान सम्बन्धलाई सच्याउने आँट देखाउनुपर्छ । होइन भने ‘मानार्थ महारथी’ जस्तो चलन अपमानपूर्ण सम्बन्धलाई छोपी राख्ने एउटा मीठो नाम मात्रै हुनेछ ।

    – घिमिरेले अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यु इंग्ल्यान्डबाट विद्यावारिधि गर्दै छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.