×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘…तराईले सेक्नुपर्छ’

  •  
  • शुक्रबार, माघ ०८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दिनेशहरि अधिकारी, गीतकार
    सेलिब्रेटी सम्झना
    २०३६ सालको जनमतसंग्रहदेखि नै जनता विभाजित हुन थालेका थिए । विचार र सत्ताले मानिसको मन विभाजित हुनु स्वाभाविकै हो।
    अझ राजनीतिक आँखाबाट एकले अर्कोलाई हेर्ने दृष्टिकोण बनेपछि सामाजिक सद्भाव बिथोलिनु आश्चार्यको विषय भएन । पञ्चायती शासन व्यवस्थामा भएको जनमतमा यसका विरोधीलाई राज्यले उस्तै व्यवहार गरेन पनि।
    हुँदाहुँदा एउटा विचारधाराको मानिसको विवाहमा अर्को विचारधाराको छिमेकी जन्ती नजाने भयो, जन्ती त के मलामी जान पनि सोचनीय विषय बन्न थाल्यो। राजनीतिक दलका भ्रातृ संगठनबीच छुट्टाछुट्टै वृत्त देखियो । पञ्चायती शासन व्यवस्था विरोधी र बहुदल समर्थक भए पनि एकले अर्कालाई प्रतिद्वन्द्वी देख्थे।
    जताततै शान्ति र सद्भाव खल्बलिएको अवस्थामा त्यसलाई पुनः कायम गर्न देशभित्रै वातावरण बन्नु अपरिहार्य देखियो। सुदूरपूर्व र सुदूरपश्चिमबीच, हिमाल र तराईबीच, जातीय र सांस्कृतिक सम्बन्धबीच विभेद देखिए। एकले अर्काको अस्तित्व स्वीकार्ने कुरामा कन्जुस्याइँ हुन थाल्यो।
    २०४५ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय गीतको एल्बम निकाल्ने र १० मध्ये एउटा गीत मलाई लेख्ने जिम्मेवारीसहित जानकारी गरायो । मनमा गुम्सिएर अटेसमटेस भएको त्यही सन्दर्भलाई मलाई गीतमा ढालुँ भन्ने लाग्यो।
    पहिलो जनआन्दोलनका लागि पृष्ठभूमि त पर्याप्त थियो नै, आन्दोलन नै सुरुआत भइसकेको थियो। समाज नदेखिने गरी चिरिएको थियो । म लगनखेल बस्थें र ललितपुरको सरकारी वकिलमा जागिर खान्थेँ। २०४५ जेठ १८ गते लेख्न बसेँ। खाका मनमा थियो, सामान्यतः म गीत लेख्न लय यसरी हाल्ने भन्ने कल्पना गर्दै गुन्गुनाउँछु र लेख्छु।
    गीतमा समाजलाई एक बनाउने सन्देश दिनु थियो । देशको अखण्डता र सार्वभौमिकतामा जोड दिनु थियो। एक नेपालीले अर्को जुनसुकै जात, वर्ग, लिंग, भेषभूषा, क्षेत्र, धर्मकोलाई माया गर्नु पर्छ र एकअर्काको अस्तित्वको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिनु थियो।
    धनी देशका भए पनि गरिब र अभावमा बाँचेकाले विपत्तिमा एकजुट हुन सक्दा अर्को नेपालीलाई केही गर्न सक्छौं भन्ने पनि लागेको थियो । गाँसै काटेर विकल्प खोज्नु थियो।
    हमाल, पहाड, तराई, पूर्व, पश्चिम सबै–सबैलाई समेटेर गीत लेखेँ । गीतले प्रशस्त सामाजिक स्वीकृति पाएको महसुस गरेँ । गोपाल योञ्जनकोमा संगीतका लागि पुग्यो तर प्रोजेक्ट रोकियो । रेकर्डको साइत २०५९ माघमा मात्र आयो।
    फेरि विविध कुराले अलमल भयो । स्वरूपराज आचार्यको स्वर र आलोक श्रीको संगीत भएकाले आलोकले ‘राष्ट्रियता’ एल्बममा हालेछन्। २०६१ को अन्यदेखि बज्न थाल्यो । पछि मैले पनि मेरो एल्बम ‘देशको गीत’मा राखेँ। रेडियो र एफएममा बज्न थालेपछि सबैको प्रिय भयो।
    चितवनमा कालिका एफएम म्युजिक अवार्ड २०६२ प्राप्त भयो। भूकम्पपछि र नाकाबन्दीका सन्दर्भमा नेताहरूले भाषण गर्दा र अरूले पनि पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ बोल गुन्गुनाएको पाएँ।
    प्रस्तुति: गोपीकृष्ण ढुंगाना
    पहाडमा जाडो बढे तराईले सेक्नु पर्छ
    आँधी आए तराईमा पहाडले छेक्नु पर्छ
    होइन भने देशभक्ति छैन हाम्रो छातीभित्र
    माटोलाई चोट लाग्दा मुटुहरू रुनु पर्छ।
    बाँडीचुँडी खाउँ भन्छ फाटे मन सिउँ भन्छ
    विपत्तिको ठेस लागे साझा आँसु रोउँ भन्छ
    पूर्वतिर पैह्रो जाँदा पश्चिमले जुट्नु पर्छ
    दक्षिणका तिर्खाहरू उत्तरले मेट्नु पर्छ।
    अभावमा यौटै छाता दुइटाले ओढूँ भन्छ
    उजाडिए एउटा घर सबै मिली जोडूँ भन्छ
    भन्ज्याङको भोको पेट मधेसले भर्नु पर्छ
    बिघ्न परे फाँटलाई लेकहरू झर्नु पर्छ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ ०८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.