×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ८ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सिद्धान्त एउटा, व्यवहार अर्कै

  •  
  • बिहिबार, पुष ३०, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    लेखनाथ न्यौपाने

    नेता बिग्रेपछि सिंगो पार्टी र समग्र आन्दोलन विघटन भएको प्रमाणित
    बोल्सेभिक पार्टीको अठारौँ महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा स्टालिनले भनेका थिए, ‘संसारमा भएका सारा बहुमूल्य पुँजीमा बहुमूल्य र सबभन्दा निर्णायक तत्व मानिस अथवा कार्यकर्ता हुन्। वर्तमान स्थितिमा कार्यकर्ताले नै सबै कुराको फैसला गर्छन्।
    उद्योग, कृषि, यातायात र सेनामा हामीसित असल र असंख्यक कार्यकर्ता भएमा हाम्रो मुलुक अजेय हुनेछ। हामीसित त्यस्ता कार्यकर्ता भएनन् भने हामी दुवै खुट्टा नभएको अपांग हुनेछौँ।’ कार्यकर्तासम्बन्धी विषय नेपाली कम्युनिस्ट आन्दोलन मुख्यतः माओवादी पार्टीले पनि स्टालिनले भनेका छन् भन्दै माथिको भनाइ प्रतिवेदनमा धेरै लेखेका छन् तर यो लेखाइ मात्र सिद्धान्तमा सीमित गरियो वा व्यवहारमा कहिल्यै उतारिएन अथवा उतार्ने कोसिस गरिएन।
    कार्यकर्ता नीति सिद्धान्तमै सीमित गर्नुको कारण कम्युनिस्ट पार्टीमा एकाध नेता व्यस्त जस्ता तर कार्यकर्ता बेरोजगार भएर बरालिने, केही नेता सक्षमजस्ता तर बहुसंख्यक कार्यकर्ता लफंगा, नेता सबै विषय र विधिमा निर्णायक तर बहुमूल्य भनिएका कार्यकर्ता किनाराको साक्षी मात्र हुने गरेको तीतो यथार्थ नेपाली कम्युनिस्ट आन्दोलनको जीवन बनेको छ।
    यसैकारण कम्युनिस्टप्रतिको जनसमर्थन व्यापक हुँदाहुँदै पनि जनताका बीचमा राजनीति पुर्याोउने र राजनीति गर्ने मामला निकै कमजोर छ। परिणाम जनमतका दृष्टिले कम्युनिस्ट बाहुल्य देशमा बुर्जुवा राजनीतिक संस्था जहिल्यै पनि बलियो र सत्ताधारी बन्ने गरेको छ, जुन नेपालको अर्को तीतो यथार्थ हो।
    हामी कम्युनिस्ट सिद्धान्तका कुरा त गर्छौँ, तर सिद्धान्तलाई कहिल्यै जीवन, व्यवहार र दैनिकीसँग जोड्ने कोसिसै गर्दैनौँ। हामी भविष्यको निकै जमेर बहस गर्छौं, तर आजका ज्वलन्त समस्या समाधानतिर लाग्दैनौँ।
    हामी आदर्शका विषयमा छिमलेरै कुरा गर्छौँ, तर आफूले लागू गर्ने सर्तमा होइन कि अरूका लागि भनेर आदर्शलाई आशीर्वादको वस्तु बनाउँछौँ। यसकारण कम्युनिस्ट पार्टीले नेता र कार्यकर्ता, संस्था र सदस्य, वर्तमान र भविष्यका बीचमा विश्लेषणको सीमा रेखा कोरेर क्रान्तिकारी, सर्वहारावादी र भविष्यप्रति विश्वाससहित आज क्रियाशील हुने जस्ता राम्रा पक्षलाई संस्थागत गर्ने र गैरक्रान्तिकारी, गैरसर्वहारावादी र भविष्यप्रति शंकासहित आजको गतिलाई सम्बोधन गर्न नसक्ने जस्ता नकार पक्षको सुधार गर्ने गरी योजना केन्द्रित गर्न सकेको छैन।
    जति अलोकप्रिय, बद्नाम र विघटित भए पनि हाम्रो महान् तथा गौरवशाली पार्टी भन्न र म फलानो तहको नेता भन्दै मञ्चमा बसेर जुँगा मुसार्न पनि छोडेका छैनौँ। यसको अर्थ के हुन्छ भने हामीसँग न नेतासम्बन्धी नीति छ, न त कार्यकर्ता नीति नै व्यवहारमुखी बनाइएको छ।
    परिणाम नेता बिग्रेपछि पूरै पार्टी र समग्र आन्दोलन नै विघटित हुने र कार्यकर्ता नराम्रा हुँदा जनसम्बन्ध बिग्रेर तलबाट पार्टी विस्थापित हुने प्रक्रिया हाम्रो नियति बन्यो, जुन माओवादी आन्दोलनलाई मसिनोसँग अध्ययन गर्दा गज्जबसँग प्रमाणित हुन्छ।
    कम्युनिस्ट पार्टीको सदस्य एकपटक नेता भएपछि आजीवन नेता बनिरहने प्रक्रिया नेता नीतिकै अभावको परिणाम हो। नेताको जाँच, पडताल र निगरानी गर्ने न संस्कार छ, न त संरचना नै।
    कार्यकर्ताले नेताको बारेमा टिप्पणी गर्योर भने त्यसलाई सकारात्मक रूपमा लिने पद्धतिको अभावमा नेता मुखिया र आलोचना गर्ने कार्यकर्ता रैती बन्ने गलत प्रयोग कम्युनिस्ट पार्टीमा जब्बर छ। यसकारण कार्यकर्ता तहबाट नेताको आलोचना हुने वातावरण नै बन्दैन र भइहालेमा विषयान्तर भएर भ्रष्टीकरण हुन्छ, जुन प्रशंसा, चाकरी र गुणगानमा अभिव्यक्त हुन्छ।
    यसैकारण कम्युनिस्ट नेता बिग्रेपछि आन्दोलन नै धराशायी हुने गरेको हो। आलोचना सुन्ने, आलोचक कार्यकर्ताको चेतलाई विधिमा प्रोत्साहित गर्ने र आलोचनाबाट नेता सुध्रने प्रक्रिया जीवन्त नबन्दासम्म नेताजति सडे, गले र बिग्रिए पनि उसका बारेमा कतैबाट प्रश्न उठ्ने सम्भावना रहँदैन।
    नीतिको ठीक ढंगले कार्यान्वयन गर्ने जिम्मा भएको नेतृत्व नै बेठीक र नीतिविहीन भएपछि त्यो कम्युनिस्ट पार्टी बद्नाम मात्र हुँदैन कि लाखौँ जनता र हजारौँ कार्यकर्तासँगै देशकै बिचल्ली हुन्छ, जुन माओवादी आन्दोलन पढ्दा प्रस्ट हुन्छ।
    यो समस्या समाधान गर्ने सन्दर्भमा चिनियाँ कम्युनिस्ट नेता चेन युनले ‘नेताहरू आफूले नबुझेका र स्पष्ट नभएका विषयप्रति सधैँ होसियार हुनुपर्छ। त्यस्ता विषयमा तलका कार्यकर्ता वा विशेषज्ञ जनताबाट सिक्ने हिच्किचावट हुनु हुँदैन’ भन्दै नेता नीतिमाथि जोड दिएका थिए, तर हाम्रोमा यस्तो अभ्यास वा प्रयोग कहिल्यै पनि भएन।
    विषयकेन्द्रित ज्ञान वा विशेषज्ञको सीप पार्टी केन्द्रीय सदस्यको भन्दा बढी हुन सक्छ, त्यो ज्ञान केन्द्रीय नेताले सिक्नुपर्छ र आन्दोलनका लागि तल्लो तहको ज्ञान, सीप उपयोग गर्नुपर्छ भन्ने नाङ्गो सत्य कहिल्यै स्वीकार भएको छैन। हाम्रोमा पद र कार्य विभाजनले ज्ञान, सीप नाप्ने संस्कार संस्थागत छ।
    जसको कारण तल्लो कमिटी वा समर्थक जनतासँग भएको विषयकेन्द्रित ज्ञानलाई संस्थाले उपयोग गर्ने र नेताले सिक्ने नीति पूरै बेवास्तामा परेको छ। बेवास्ताको प्रयोग पार्टी केन्द्रीय समितिको बैठकमा गज्जबले हुने गर्छ कि कनिष्ठ केन्द्रीय सदस्यजति विषयविशेषज्ञ भए पनि ऊ शुद्ध श्रोता र पोलिटब्युरो र त्योभन्दा माथिको सदस्य कुनै विषयमा जति कमजोर भए पनि उसले घन्टौँ पुरानै कुरा बोलेर हैरान बनाउने प्रक्रिया सनातनी धर्मजस्तै बनेको छ।
    आजभोलि कम्युनिस्ट कार्यकर्ता मुख्यतः माओवादी कार्यकर्ता निकै निराश छन्। निराशा गाली, ग्लानी र पलायनता जस्ता रूपमा अभिव्यक्त भएका छन्। ग्लानी र पलायनता नदेखिएका बाँकी कार्यकर्तामध्ये एकाथरी भ्रष्ट छन् भने अर्काथरी राजनीति भविष्यप्रति खास विश्वस्त देखिँदैनन्।
    के गर्ने र के नगर्ने भन्ने घोर दुविधामा रुमलिएका यस्ता कार्यकर्ता न पार्टीका लागि उपयोगी भएका छन्, न आफ्नै जीवन र परिवारका लागि काम गर्ने खालका नै छन्। हिजो मर्न तयार भएको कार्यकर्तास्तरको बुझाइ आज अगाडि पहरो र पछाडि तारेभीर देख्ने अवस्थामा आखिर कसरी पुग्यो? यसका कैयौँ कारणमध्ये मुख्य कम्युनिस्ट पार्टीको ‘कार्यकर्ता नीति’को सिद्धान्त र व्यावहारिक वा व्यवस्थापकीय पक्ष जिम्मेवार देखिन्छ।
    पार्टीमा भर्ती हुनुअघि र पछि पनि कहिल्यै कार्यकर्तालाई द्वन्द्ववाद पढाएर आकर्षित गरिएन अथवा कर्यकर्तालाई आकर्षित गर्नका लागि कम्युनिस्ट पार्टीले घोर आदर्शका विषय घोकाइयो। पहिलो त्रुटि यहीँनेर भयो। दोस्रो, पार्टीविपरीतहरूको एकता हो। हरेक वस्तु एक दुईमा विभाजित हुन्छ। पार्टी, आन्दोलन र नेता पनि एकदुईमा विभाजित हुन्छन् भन्ने द्वन्द्ववादको ठाउँमा राम्रैराम्रो, उज्यालै-उज्यालो, विजय र भविष्य शतप्रतिशत ग्यारेन्टी, साम्यवाद नाकैअगाडि, नेता भनेकै दूधले नुहाएका हुन्छन् भन्ने जस्ता उग्र आदर्शवाद पढाएर आकर्षित र भर्ती गरिएका कार्यकर्ता जब द्वन्द्ववादको परिणाम आन्दोलनमा हार, गद्दारी र विघटनकारी चित्र देख्छ, ऊ छाँगाबाट खसेजस्तै हुन्छ। आदर्शवादी बुझाइबाट माओवादी आन्दोलनमा लागेका हजारौँ कार्यकर्ताको अवस्था आज ठीक यस्तै छ।
    कार्यकर्तालाई सिर्जनात्मक र आलोचनात्मक बनाउन पार्टी स्कुल अनिवार्य हुन्छ। स्कुलले सैद्धान्तिक ज्ञान बढाउँछ, जसले सही र गलत छुट्याउने चस्मा उपलब्ध गराउँछ। व्यावहारिक ज्ञान बढाउन पार्टी कारखाना चाहिन्छ, जसले उत्पादनसँगै सीपमा रेती लगाउने काम गर्छ।
    एक प्रकारको कल्पनाको दुनियाँ साम्यवादमा आफ्नै जीवन पुग्ने र आनन्दको सागरमा चुर्लुम्म डुब्ने बुझाइसहित त्यसका खातिर तत्कालको पढाइ, परिवार र व्यक्तिगत जीवन छोडेर हिँडेको कार्यकर्ता आज फेरि उही पुरानै पढाइ, परिवार र व्यक्तिगत जीवनतिर जब फर्कनुपर्ने हुन्छ, तब उसले कसरी आफूलाई सम्हाल्न सकोस्?
    उता समाजमा रहेका अन्य समकक्षी युवा योग्यताको प्रमाणपत्र, जीविकोपार्जनको बाटो र परिवारलाई सापेक्षित व्यवस्थित गर्दै योग्य बनेर बसेको देख्छ। समाजको यो पंक्तिले माओवादीका यस्ता सदस्यलाई असफल, लफङ्गो र साम्यवाद देखियो भनेर घोच्ने एकातिरको चित्र भने अर्कोतिर निराश माओवादी कार्यकर्ताले समाजको त्यो नियमित जीवनचक्र र आफूप्रतिको तिखो नकारात्मक बुझाइ देख्छ।
    यसरी माओवादी कार्यकर्ता आफू असफल, धोका खाएको वा हिजो गल्ती गरिएछ कि भन्ने ठाउँमा पुगेको छ। यसकारण ऊ घोर निराशामा छ । परिणाम कि ऊ अरब वा मलेसियातिर भौँतारिएको छ कि त ऊ कुनै सीप, प्रमाणपत्र र भविष्य नभएको आबारा झैँ सडक नाप्दै हिँडिरहेको छ।
    एकाध आज सक्रिय देखिएका कार्यकर्ता असफल नेताको भजनकीर्तनमा दिन बिताइरहेका छन्। पद, पैसा र शक्तिलाई बाजा बजाएर पूजा गर्ने हाम्रो समाजको दोषको कारण पनि माओवादी कार्यकर्ता निराश बनेका हुन् । समय बदलिन्छ। परिस्थिति अर्को बन्छ।
    आन्दोलन एक रूपबाट अर्को रूपमा रूपान्तरण हुन्छ । समय, परिस्थिति र आन्दोलनको रूपअनुसार कार्यकर्ता बदल्ने जिम्मा पार्टीको कार्यकर्ता नीतिले अनिवार्य लिनुपर्छ। कार्यकर्ता बदल्नुको अर्थ क्षमता र सीप बदलिएको वस्तुगत दुनियाँसँग संघर्ष गर्नलायक बनाउनु हो, तर हाम्रोमा गम्भीर गल्ती यही विन्दुमा भएको छ।
    कस्ता कार्यकर्ता पार्टीमा भर्ती गर्ने? भर्ती भएका कार्यकर्ताका खास क्षमता के हो? आजको आवश्यकतालाई सम्बोधन गर्न कार्यकर्ताको थप क्षमता र सीप विकासका लागि कहाँ र कस्ता पाठशाला खोल्ने? आदि सर्वाधिक महत्वका विषय कार्यकर्तासम्बन्धी नीतिले निर्धारण गर्ने हो तर माओवादी आन्दोलनमा यस्ता मसिना, नियमित र भविष्य सुनिश्चित गर्ने काम किन गरिएन?
    कुन कार्यकर्ताको सीप, क्षमता र दक्षता कुन विषयमा कति हो? अहिलेको दुनियाँसँग प्रतिस्पर्धा गर्न थप सीप, क्षमता र दक्षता विकासका लागि औपचारिक र अनौपचारिक शिक्षा र तालिम कसरी उपलब्ध गराउने? जसले पार्टीमा काम गर्दा पार्टी राम्रोसँग चल्छ, सरकारमा जाँदा सरकार सफल र परिणाममुखी बन्छ र स्वयं त्यस्ता कार्यकर्ता आफ्नो जिम्माबाट उत्साहित हुन्छन्।
    हाम्रोमा नेताको भाषणमा ताली हान्ने र चाकरीमा हात मुसार्ने कार्यकर्ता नै सक्षम भन्ने नेता बुझाइको परिणाम न पार्टी, न सरकार र न कार्यकर्ता नै सफल भएका छन् । यी तीनै क्षेत्र असफल हुनाका कारण पार्टीको सही कार्यकर्ता नीति नभएरै हो।
    कार्यकर्तालाई स्वतन्त्र रूपले बोल्ने र काम गर्ने, काममा सिर्जनशीलता देखिने र आलोचनात्मक बनाउने कार्यकर्ता नीति पार्टीको अनिवार्य हुन्छ। यसो भएन भने त्यस्ता कार्यकर्ता ‘हस् हजुर’ भन्ने खालका मात्र हुन्छन्, जसले कहिल्यै आफ्नो योग्यताको विकास सिर्जनात्मक ढंगले गर्न सक्दैनन्।
    कार्यकर्तालाई सिर्जनात्मक र आलोचनात्मक बनाउन पार्टी स्कुल अनिवार्य हुन्छ। स्कुलले सैद्धान्तिक ज्ञान बढाउँछ, जसले सही र गलत छुट्याउने चस्मा उपलब्ध गराउँछ। व्यावहारिक ज्ञान बढाउन पार्टी कारखाना चाहिन्छ, जसले उत्पादनसँगै सीपमा रेती लगाउने काम गर्छ।
    सैद्धान्तिक ज्ञानको चस्मा कार्यकर्तासँग भएन भने ऊ अरूको गलत तर्क, भ्रम वा दृश्यबाट छिट्टै प्रवाभित हुन्छ र आफ्नो स्वत्त नभएको वस्तुमा फेरिन्छ । द्वन्द्वात्मक राजनीतिको सैद्धान्तिक ज्ञान र प्रयोगबाट व्यावहारिक सीप आर्जन गरेको कार्यकर्ता कहिल्यै बेरोजगार हुँदैन र निराश पनि बन्दैन।
    ऊ लक्ष्यप्रति समर्पित हुन्छ र उज्यालो भविष्यप्रति निरन्तर लम्किरहन्छ। त्यस्ता कार्यकर्ताको यस्तो दृष्टिकोण बन्छ कि राजनीतिक आन्दोलन सधैँ एउटै लय र गतिमा अघि बढ्दैन । सजिलोमा आन्दोलनप्रति आकर्षित हुनुभन्दा अप्ठेरोमा आन्दोलनमा टिक्ने गरी सिक्ने कार्यकर्ता पार्टीका आधारशिला हुन् भन्ने बुझाइ विकास गर्छ।
    ‘मेरो नाम इतिहासमा नलेखिन पनि सक्छ, म पार्टीको प्रमुख नहुन पनि सक्छु, मेरै पालामा साम्यवाद नआउन पनि सक्छ तर म कम्युनिस्ट पार्टीको सदस्य हुनेको जिम्मेवारी राम्रोसँग काम सम्पन्न गर्ने, कामप्रति इमानदार हुने र लामो भविष्यप्रति निरन्तर लम्किरहने हो’ भन्ने बुझाइ भएका कार्यकर्ताको जबसम्म बटालियन बनाउन सकिँदैन र यस्ता कार्यकर्तालाई निर्णायक ठाउँमा पदस्थापन गरिँदैन तबसम्म नेपाली कम्युनिस्ट पार्टीभित्र जमेको पोखरी थप फोहोरसहित अरू जमिरहने पक्काजस्तै छ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष ३०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.