×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

उल्टै प्रश्नले हायलकायल छन् पत्रकार

  •  गोरखा समाचार
  • मङ्गलबार, माघ २७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    घुम्दै–फिर्दै जाँदा कन्टिर–बाबूले सोमबार धनगढीमा सुदूरपश्चिमका पत्रकारहरूको एउटा जलसा देखे । सम्मुखको दृश्यबाट उनमा उत्पन्न कौतूहल भनिसाध्य रहेन । आखिर सन्दर्भ के रहेछ भनेर जान्न कन्टिर–बाबू बडो उत्सुक देखिए ।

    कन्टिर–बाबूले जलसानजिकै जाने प्रयत्न गरे तर त्यसैमा मिसिने कोसिस भने गरेनन् । अरू देखिजान्नेमार्फत उनले जलसाबारे बुझ्ने प्रयत्न गरे । त्यो त ओल्बाका नकटवर्ती पत्रकारहरूको विशेष जमघट रहेछ । प्राप्त जानकारीका आधारमा उनको मनमा प्रश्न उव्जियो– आखिर यस्तो किसिमको जलसा र भिड–भडक्का प्रदर्शनको औचित्य के छ ?

    त्यो जलसामा भाग लिन हावा–जहाजमा हुइँकिँदै काठमाडौँबाट पनि ढेरीढाकी मानिस आएका थिए । यहाँसम्म त बात ठीकै थियो । तर कन्टिर–बाबूलाई अचम्म त्यस बखत लाग्यो जब उनले थाहा पाए कि त्यस जलसामा फोटो–सुट गर्न केही मन्त्रीहरू पनि आएका थिए । भट्टजी र चौधरीजीलाई त कन्टिर–बाबूले नाम सुन्नासाथ चिनिहाले ।

    अरे, जलसा बडो सानको थियो । हावा–जहाजबाट आएका मन्त्रीलाई स्वागत गर्न पत्रकारको लाबा–लस्कर धनगढी धावन–मार्गमै पुगेको थियो । त्यस बेला धावन–मार्ग धाउनेहरूको अपेक्षा के थियो थाहा छैन कन्टिर–बाबूलाई तर उनलाई लागेको थियो, जलसामा भाग लिन आएका मन्त्रीहरूले पत्रकारिताको केही नयाँ बात सिकाउनेछन्, मर्यादित पत्रकारिताको कुरा गर्नेछन् ।

    तर ले घाँस ‘ मन्त्रीले त खाली राजनीतिक बात गरे । सरकारलाई कामै गर्न दिइएन भन्दै झप्रमहरूलाई गाली गर्दागर्दै निर्धारित समय सिद्धिएछ । बीचमा सरकारले पत्रकारहरूका लागि राम्रो गर्न खोजेको थियो, विधेयक संशोधन गर्न चाहेको थियो तर पत्रकार महासङ्घले कामै गर्न दिएन पनि भनेछन् ।

    कन्टिर–बाबूलाई यो कुरा खासै राम्रो लागेन । यसअघि झप्रमसमर्थक पत्रकारहरूको यस्तै जलसा देखेका कन्टिर–बाबू बुझ्न खोज्दै छन्– आखिर लाल–पत्रकारहरू एकातिर झप्रम र अर्कोतिर ओलीको फोटो हुबहु कपी–पेस्ट किन गरिरहेछन् ? उनीहरू आफैँ मुख्य जिम्मेवार भएर एक–अर्कालाई गलाउन शक्ति–प्रदर्शनको होडबाजीमा किन लागेका होलान् ?

    सबै पत्रकारलाई कोरोना खोप दिन लागिएको कुरामा पनि कन्टिर–बाबू त्यति सहमत छैनन् । उमेरदार, बलिया–बाङ्गा पत्रकारलाई होइन कि पुराना, दीर्घरोगी नागरिकलाई प्राथमिकतामा राख्नुपर्ने कन्टिर–बाबूको धारणा छ । बलिया–बाङ्गा पत्रकारलाई प्राथमिकतामा परिएकोमा जनताले कुरा काटेका छन् । कन्टिर–बाबू जहिले पनि जनताको सही गुनासोलाई जायज मान्ने गर्छन् ।

    ओल्बा समर्थक पत्रकारहरूको धनगढी भेलाबारे पनि मानिसले कुरा काटेका छन् । खयर यसमा कन्टिर–बाबूलाई धेरै मथ्था–दुखाइ छैन । तर जब समाजमा कुनै प्रश्न उठ्छ भने समाजले त्यसको उत्तर त खोज्छ नै ।

    यस्तो ब्याक–ग्राउन्डमा कन्टिर–बाबू कपारमा बामा हात राखेर सोचिरहेछन्– जब अरूलाई प्रश्न सोधेर हायल पार्नुपर्ने पत्रकारहरू आफैँ अरूले सोधेका प्रश्नले कायल हुन्छन् भने त्यस अवस्थालाई मैथिली भाषामा के भनिन्छ ?

    साभार :koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, माघ २७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.