×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

हाय रे नेपाल ! हाय रे नेपालका नेता ! हाय रे तिनका चाकर !

  •  गोरखा समाचार
  • सोमबार, माघ २६, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अरे यार, यो देश कहाँ गइरहेको छ, कन्टिर–बाबूले बुझ्न सकिरहेका छैनन् । उनको प्रश्न छ– यहाँ कोही पनि सुरक्षित छैनन्, किन ?

    कन्टिर–बाबूको भनाइ छ– सुरक्षाको मामलामा बाँकी विश्व र नेपालमा धेरै फरक छ । त्यसमा एउटा टड्कारो फरक त यही हो कि अन्त अपराध भए अनुसन्धान हुन्छ, अपराधीलाई सजायको दायरामा ल्याइन्छ । तर नेपालमा अपराध हुँदा अनुसन्धान त हुन्छ तर अधिकतर घटनाका अपराधीलाई सजायको दायरामा ल्याइँदैन, अपराधी पत्ता लाग्यो भनिँदैन ।

    नेपालमा प्रायः बलात्कार, हत्या, हिंसाका घटनामा कि अपराधी अलप हुन्छन् कि बनाइन्छन् । कन्टिर–बाबूलाई नेपालको एउटा अर्को विशेषता पनि अचम्मको लाग्छ । दुनियाँमा नेपाल नै एउटा यस्तो देश हो, जहाँ अपराध अनुसन्धान गर्ने मुख्य जिम्मेवारहरूबाटै अपराधीलाई संरक्षण प्रदान गरिन्छ ।

    त्यसो भए के नेपालमा चेलीबेटीहरूले सुरक्षित भएर बाँच्न पाउने अधिकार छैन ? कन्टिर–बाबू सोध्छन्– २०७५ साउन १० गते सुदूरपश्चिम, महेन्द्रनगरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना के अब पुरानो भइसक्यो ? अढाइ वर्षदेखि जारी रहेको भनिएको अनुुसन्धानको क्रम कहिलेसम्म रहिरहने हो ? यसमा केही अनुसन्धान भइरहेको पनि छ कि भइरहेको भनेर झुठमुठमै भनिँदै छ ?

    कन्टिर–बाबूलाई थाहा छ, निर्मला पन्तको घटनामा राज्य नै आरोपित छ । अहिले पनि राज्य सञ्चालनको मूलधारमा रहेकाहरूकै नातागोताबाट अपराध भएको, अपराधीलाई राज्यले नै संरक्षण प्रदान गरिरहेको आशङ्का कन्टिर–बाबूलाई छ ।

    यही दुःखद् शृखङ्लामा सुदूरपश्चिम, बैतडीकी अर्की चेली भागरथी भट्टको नाम पनि थपिएको छ । यो घटनाले यो राज्यमा कोही चेलीबेटी पनि सुरक्षित छैनन् भन्ने थप पुष्टि भएकोमा कन्टिर–बाबू थप गम्भीर बनेका छन् ।

    अरे, ओल्बा के हुँदै छ हजुरद्वारा कब्जा गरिएको राज्यमा ? किन यहाँ हाम्रा चेलीबेटी सुरक्षित छैनन् ? अपराधी फेला पर्छन्, सजाय पाउँछन् भन्ने प्रत्याभूति किन छैन ? निर्मलाको मात्र होइन भागरथीको घटनामा पनि अनुसन्धानमा खटिएको कुकुर पानीछेउ पुगेर अलमलिएजस्तो सरकार अपराधी खोज्दाखोज्दै कुन ठाउँमा पुगेर अलमलिइरहेको छ ?

    बलात्कारपछि हत्या भएको यो घटनामा पनि निर्मला पन्तको घटनामा जस्तै ढाकके तीन पात हुन्छ कि के हुन्छ ? कन्टिर–बाबू अहिले किटान गरेर भन्ने पक्षमा छैनन् । तर यस्ता घटनापछि सार्वजनिक हुने ओल्बाका ट्वाइसी राथाको कुरा कन्टिर–बाबू सधैँ सम्झिरहेका छन् । राथाका अनुसार ‘बलात्कारपछि हत्या हुनु सामान्य घटना हो, यस्तो घटना विश्वमा जहाँ पनि हुन्छ,’ रे ! हे दैव हामी नेपालीले कस्ता नेता र प्रशासक पाएका छौँ ?

    अपराध जहाँ पनि हुन्छ भनेर बोल्दैमा दायित्व सकिन्छ मुख्य जिम्मेवारहरूको ? भारतको दिल्लीमा भएको बलात्कारपछि हत्या भएको घटना याद छ कि नाइँ ? त्यहाँ अनुसन्धान भयो, अपराधी पत्ता लाग्यो । कानुन संशोधन गरियो । मुद्दा चलाइयो र सबै अपराधीलाई मृत्युदण्ड दिइयो । तर हाय रे नेपाल ! हाय रे नेपालका नेता ! हाय रे तिनका चाकर ! दुनियाँका छोरीचेली बलात्कार गरिउन्, मारिउन् तिनलाई बाल मतलब छैन ।

    कन्टिर–बाबूलाई लाग्छ, निर्मला घटनाका दोषीलाई सार्वजनिक गरेर समयमै सजाय दिइएको भए शायद भागरथीले यसरी जीवन गुमाउनुपर्ने थिएन । मधेसतिर एक भनाइ प्रचलित छ– जसका छोरी छैनन्, तिनले छोरीको मर्म पनि बुझ्दैनन् । भगवान्सँग कन्टिर–बाबूको प्रार्थना छ– नेपाल सरकार र प्रशासकका सम्बन्धमा यो भनाइ सत्य सावित नहोस् !

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, माघ २६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.