×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नेपाली डर्टी पिक्चरको झुर कास्टिङ

  •  गोरखा समाचार
  • आइतबार, माघ २५, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबू नाकको डाँडीमा दाहिने हातको चोर र बूढी–औँला राखेर सोचमग्न छन्– खत्तम त खत्तम ‘ उल्टो पटिबाट खत्तम भयो ।

    पुस ५ देखि माघ २३ सम्म कति दिन हुन्छ भनी एक–दुई गर्दै गन्दै जाँदा कन्टिर–बाबूले ठ्याक्क ४८ दिन पुर्‍याए । ती ४८ दिन लगातार डर्टी पिक्चरको राजनीतिक सिरियल हेरेका कन्टिर–बाबू अहिले आएर छक्क परेका छन् ।

    उनी त डर्टी पिक्चर क्लाइमेक्समा पुगिसक्यो र चाँडै खत्तम होला भन्ने सोचिरहेका थिए । तर कन्टिर–बाबूको विश्वासमा कुठाराघात गर्दै ओल्बाले घोइ–पखाली चिटिक्क पारेको सडक कुल्चिएर घोषणा गरे– यो त कास्टिङमात्र हो पिक्चर अझै बाँकी छ । ओल्बाले पिक्चरको बाँकी भाग फागुन १ गते बटौली र ८ गते घोगापुल छेउछाउ मान्छे भेला पारेर देखाउने रे !

    अरे यार, यो के खालको होडबाजी भइरहेको छ सडकमा ? सरकारमा भएको राजनीतिक दल आफैँले सडक प्रदर्शनको होडबाजी गर्नुलाई कन्टिर–बाबूले अनौठो मानेका छन् । अल्कोमुनियामा त यस्तो हुँदैनथ्यो । लोकतन्त्रमा यो कहीँ नभएको जात्रा कसलाई देखाउन गरेको हो ?

    हिजोका दिनमा पञ्चहरू र्‍याली गर्थे, सडक सफा गर्थे, राजाका फोटो टाँस्थे र राजालाई देखाउँथे । अहिले ओल्बाले कसलार्ई देखाउनु र खुसी पार्नु छ ? आफ्नो फोटो दरबारमार्गका पोल–पोलमा टाँस्न लगाएर आफैँ हेर्दै दङ्ग पर्ने ओल्बाको भित्री चाहना थियो भने कन्टिर–बाबूलाई भन्नु केही छैन । तथापि ओल्बा र समर्थकलाई कन्टिर–बाबू भन्न चाहन्छन् कि दरबारमार्ग अघि उभिँदैमा, पोलमा फोटो टाँस्दैमा केही राजा हुँदैन ।

    तीन वर्षयता ओल्बामा बढेको फोटो र शक्ति–प्रदर्शन मोह थामिनसक्नुको छ । आफ्नो फोटो मोह गर्ने यस्ता नेता विरलै देखिन्छन् । यस्त मान्छेलाई सर्वहाराको नेता भन्ने कि सामन्ती–पुँजीपतिको ? कन्टिर–बाबू दोधारमा छन् ।

    कन्टिर–बाबू नारायणहिटीसामु कहिले नभएको त्यस प्रकारको कार्यक्रम व्यवस्थापनको भने प्रशंसक हुन् । यसअघि राजाको सवारीमा समेत यति मजाले बाटो पखालिँदैनथ्यो, फोटो कटिङ र स्क्रिन सेट पनि गजब नौलो थियो । ओल्बाको शक्ति प्रदर्शनको सकारात्मक पक्ष भनेकै घुम्ती शौचालयको पर्याप्तता, स्वास्थ स्वयमसेवक, आपतकालीन शिविर, खानेपानीको व्यवस्था, सादापोशाकवाला सुरक्षाकर्मीको बाहुल्यता, समापन पश्चातको सरसफाइ थियो ।

    बाँकी त हात्ती र हात्तीछाप चप्पल उस्तै भयो । ओल्बाबाट ठुलै राजनीतिक घोषणा हुने बहु–प्रचारित अपेक्षा थियो । तर भइदियो टायँ–टायँ फिस ! उही डर्टी घोचपेच र खोक्रो भाषणमा कास्टिङको कुरा मिसाएर महत्त्वपूर्ण समय बिताए बाबैले ।

    अझ अस्थिरता चाहिँदैन, स्थिरताका लागि पाँच वर्षमा तीन पटकसम्म पनि चुनाव गर्नुपर्छ, त्यही हो लोकतन्त्र भनेर ओल्बाले भन्दा पनि ताली बजाए पछुवाहरूले । होइन, मान्छेहरू ओल्बाका पछाडि कुरा बुझेर लागेका छन् कि नबुझी लागेका हुन् ? कन्टिर–बाबूले कुरा बुझ्न सकेका छैनन् ।

    उनलाई सडक प्रदर्शन क्रममा रहेको नेपाली राजनीतिक डर्टी पिक्चरको कास्टिङ भने झुर लागेको छ । किनभने चिसो लागेर हो कि नमिठो लागेर हो कास्टिङमै आँसु पुछापुछ भयो !

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, माघ २५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.