×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भेट्रान जिद्दीहरूको भिडन्तमा रहलपहल अपेक्षा

  •  गोरखा समाचार
  • बुधबार, माघ २१, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबू अझै पनि मानिसका व्यावहारिक प्रकारका बारेमा कुनै धारणा बनाउन असहज महसुस गर्छन् । उनलाई लाग्छ, कोही–कोही मानिस बडा अजिबका हुन्छन् । बडा जिद्दी । त्यस्ता व्यक्तिहरू नयाँ ढङ्गले समाज रूपान्तरण र नवनिर्माणका दिशामा क्रियाशील हुने आकाङ्क्षा राख्छन् । यसो गर्दा उनीहरू व्यक्तिगत लाभ–हानिको ख्याल गर्दैनन् । ज्यानको मोह–माया राख्दैनन् ।

    कन्टिर–बाबूका अनुसार सदाबहार सत्याग्रही गोकेसी त्यस्तै एक अजिब व्यक्ति हुन् । आफ्नो अडानमा अडिग गोकेसीलाई राज्यको शक्तिले कहिल्यै पनि डगमगाउन र लोभ्याउन सकेन । गोकेसीले पुनः तीन साताको म्याद दिँदै पुनः आमरण अनशन बस्ने कुरा बताएका छन् । उनको यो ताजा घोषणासँग विभिन्न क्षेत्रमा पराकम्प गएको छ । पराकम्पित हुनेमा सरकारी पक्ष र पक्षधरहरू अग्रपङ्क्तिमा छन् ।

    वास्तविक सत्याग्रहीलाई सायद जनताका पक्षमा राखेको अडानका आधारमा शक्ति प्राप्त हुने गर्छ । कन्टिर–बाबू उनको अडानबाट अत्यन्त प्रभावित छन् र उनलाई सम्मान गर्छन् । कन्टिर–बाबू प्रायः अरूलाई निर्विवाद रूपमा सम्मान गर्ने सन्दर्भमा बडो जोखना हेर्ने गर्छन् । तर गोकेसीका सन्दर्भमा भने कुनै जोखना हेर्नुपर्ने आवश्यक ठान्दैनन् ।

    यता हाम्रा ओल्बा उही ड्याङका मूला हुन् । उनी न गोकेसीको बारेमा सोच्छन्, न कन्टिर–बाबूको बारेमा सोच्छन्, मात्रै आफ्नै बारेमा सोच्छन्, जुन तरिकाको तारिफ कम जगहँसाइ बढी भइरहेको कन्टिर–बाबूलाई थाहा छ ।

    ओल्बा आफूलाई व्यक्तिगत रूपमा हुने लाभ र हानिका आधारमा मानिसको मूल्याङ्कन गर्छन् । उनलाई समग्र समाज, देश र जनताको कल्याण एवम् हित सम्बन्धमा खासै मतलब छैन ।

    यतिबेला फेरि एक पटक दुई फरक–धारका जिद्दी भेट्रानहरू भिडन्तमा उत्रिने भएका छन् । एकातिर गोकेसी, अर्कोतिर ओल्बा । एक विधिको पक्षधर, अर्को व्यक्तिको पक्षधर । एक प्रकारले यो दीर्घ-कित्सक र दीर्घ-रोगी बीचको भिडन्त जस्तो देखिने टिप्पणी पनि कन्टिर–बाबूले सुनेका छन् ।

    आखिर भिडन्त जुनसुकै पात्र र प्रवृत्तिको होस्, कन्टिर–बाबूलाई थाहा छ– अन्तमा जित सत्यकै हुन्छ । त्यति हो बीचमा भिडन्तको दृश्य कस्तो हुन्छ ? कुन रूपमा अघि बढ्छ ? त्यो हेर्न भने कन्टिर–बाबू निकै जमजमाइरहेका छन् ।

    यतिमात्र होइन, हाम्रा ओल्बा अरूभन्दा एक कदम अघि बढेर उनलाई चित्त नबुझेका विभिन्न व्यक्तिलाई नानाभाँती उपाधि बाँड्दै देश दौडाहामा छन् । अजासु, बाजे, नर्कवासी, केटो आदि–इत्यादि । यतिबेला ओल्बाको एकल इजलासको त्यही सूचीमा गोकेसीको पालो–पेसी चढेको छ । माघ २३ गते नारायणहिटी गेटअगाडि हुने ‘कहीँ नभएको जात्रा’मा ओल्बाले निश्चय पनि गोकेसीतिर फर्केर तारो हान्नेछन् ।

    कन्टिर–बाबू थाहा पाउन प्रतीक्षरत छन्, ओल्बाले ‘जात्रा’मा गोकेसीको नाम किटेर के पदवी दिने हुन्, कुन उखान सुनाउने हुन् ? बुढो–मदारी, केसी कि बेसी, यायावर, तालु, असफल डा वा त्यस्तै केही नयाँ चिज ओल्बाको मुखबाट फुत्त बाहिर निस्किनेछ । त्यसमा रमितेहरूले पेट मिचीमिची निकैबेर ताली बजाएको हेर्न पनि कन्टिर–बाबू प्रतीक्षारत नै छन् !

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, माघ २१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.