×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

संयोगमात्र होइन कु र मार्चपास

  •  गोरखा समाचार
  • मङ्गलबार, माघ २०, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबू भाग्यवादी होइनन् । हमेसी संयोगले नै सबै कुरा जुर्छ भन्नेमा उनी सहमत छैनन् । तर पनि कन्टिर–बाबूलाई आफू पूर्वीय दर्शन–संस्कृतिको अनुयायी भएकोमा चाहिँ गर्व छ । नचाहँदा–नचाहँदै पनि नियमित आकस्मिकताको तर्क र अस्तित्वलाई उनी अस्वीकार गर्न सक्दैनन् ।

    ज्ञानलालले प्रजातन्त्र निलम्बनसहित कु गरेको दिन माघ १९ सँग जोडिएका बिर्सनलायक धेरै घटनाको संयोग मिलेको धेरैलाई थाहै छ । हुँदाहुँदा म्यानमार पनि त्यही संयोग–शृङ्खलामा जोडिन आइपुगेको देखेर भने कन्टिर–बाबू चकित छन् ।

    म्यानमार भन्या सुची दिदीको त्यही बर्मा हो, जहाँ सेनाले फेरि राजनीतिक कु र जनअधिकार हरण गरेको छ, नेताहरूलाई थुनेको छ । सञ्चार सम्पर्क अवरुद्ध पारेको छ । त्यहाँ सेनाले यस्तो हर्कत यसअघि पनि गरेको थियो । अरे, आजको लोकतान्त्रिक जमाना पनि सैनिक कु ? क्या अचम्म ?

    तर कन्टिर–बाबू बर्माको कुरामा खासै अचम्भित हुने पक्षमा छैनन् । यहीँ नेपालमा ओल्बाले लोकतन्त्रको नाममा संविधानलाई र ताजा भनिएको जनादेशलाई लोप्पा खुवाएर ‘सफ्ट कु’ भ्याइदिए । बर्मामा त सधैँ सेनाकै हालिमुहाली छ ।

    उता बर्मेली सेनाले ताजा जनादेशका लागि फेरि चुनाव गराउने घोषणासमेत गरेको छ, जसरी हाम्रा ओल्बाले चुनाव गराउने घोषणा गरेका छन् । हरेक निरङ्कुश शासकले जनताका आँखामा छारो हाल्न चुनावलाई हतियारका रूपमा प्रयोग गर्छ नै, यसलाई लोकतान्त्रिक अभ्यास र संयोग कसरी मान्ने भन्ने प्रश्न कन्टिर–बाबूले सुरुदेखि नै गर्दै आएका छन् ।

    यता नेपाली सेनाको माघ १९ कै कुसाइत पारेर चक्रपथमा बख्तरबन्द हतियारसहित मार्स–पास गरेको छ । यसलाई सेनाले नियमित अभ्यासका लागि गरेको काम बताएको छ । यत्रो वर्ष गर्नु नपरेको अभ्यास माघ १९ मै किन गर्नुपरेको भनी कन्टिर–बाबूले चिनेका सरकार पक्षधर एक ठुलै नेतालाई सोध्दा उताबाट जबाफ आयो– नचाहिने कुरा नगर्नू, यो त संयोग परेको मात्र हो ।

    तर यो घटनालाई कन्टिर–बाबू ज्ञानलालले कु गरेकै दिनको सम्झना नेपालीलाई दिलाउन सेना अभ्यासको नाममा जानीजानी सडकमा आएको ठान्छन्, संयोगमात्र मान्न तयार छैनन् ।

    कहिले नेपालमा, कहिले बर्मामा १९ गतेको भूतले मान्छे तर्साएको–तर्सायै छ तर कन्टिर–बाबू तर्सिनेवाला छैनन् । यसबेला यदि कोही राजनीतिक रूपमा तानाशाह बनेर उठ्न खोज्दै छ भने त्यस्तो हुर्किन खोजेको तानाशाहले कन्टिर–बाबूको यो सल्लाह चाहिँ जहिल्यै हेक्का राख्नू– पात्रोमा माघ १९ मात्र छैन, फागुन ७, जेठ १५ जस्ता थितिमिति पनि छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, माघ २०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.