×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नेतालाई सुथनीको मतलब !

  •  गोरखा समाचार
  • शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबूलाई बडो नमजा लागिरहेको छ– यता उनी काठमाडौँमा बसेर घाम तापिरहेका छन्, उता मधेसका जनसामान्य शीतलहरको मार खेप्दै छन् । जनजीवन अस्तव्यस्त छ ।

    एक साताभन्दा बढी भइसक्यो मधेसका अधिकतर जिल्लामा शीतलहरको कहर छ । मधेसका गाउँ–गाउँमा बिहान, दिउँसो, बेलुका जुनसुकै बेला घुर बलिरहेको देख्न सकिन्छ । घुरवरिपरि वृद्ध, युवा, बालबालिका झुम्मिएको देखिनु आम भइसकेको छ । तर जिम्मेवार लाउकेहरूको ध्यान त्यसतर्फ जान नसकेको देखेर कन्टिर–बाबू आहत छन् ।

    तर कन्टिर–बाबू आहत भएर के गर्नु ? आखिर उनी राज्य होइनन्, चाहेर पनि सोचेको जस्तो गर्न सक्दैनन् । यता जो सक्नेवाला छन्, उनीहरूलाई भने मतलब छैन । राज्य त त्यसै पनि उदासीन छ ।

    हुने–खानेलाई त समस्या भएन, उनीहरू हिटर जलाउलान्, मोटो–मोटो फाइबरिया सिरक खप्ट्याउलान् । त्यतिले नपुगे तातो–पानी मिसाएर नानाथरि चखनाका साथ चिसोपानी घुट्क्याउलान् । तर सामान्य–व्यक्ति नि ‘ उसको त बेहाल छ ।

    कन्टिर–बाबू भन्छन्, प्रशासनका मान्छे केही क्विन्टल दाउरा वितरण गरेर आगो सल्काउँदैमा जिम्मेबारीबाट उन्मुक्ति मिल्ने ठान्छन्, त्यस्तै प्रयासमा देखिन्छन् । नेताहरू वर्तमान राजनीतिक जटीलताको उपस्थिति दर्शाउँदै स्थानीय जनताका हक–अधिकार सुरक्षित गर्ने अन्त्यहीन बहसमा तल्लिन छन् । हुनेखानेहरू घाम खोज्दै पहाड उक्लिरहेका छन् । तिनमा नेता भनाउँदाको सङ्ंख्या सबैभन्दा बढी भएको कन्टिर–बाबूको ठहर छ ।

    उता मधेसमा चिसोबाट कठ्याङ्ग्रिएर समस्या भोग्नेको सङ्ख्या दिनहुँ बढिरहेको छ ।
    अरे यार जब नेता र तिनका परिवारलाई काठमाडौँमा घाम ताप्न पुगेकै छ भने उनीहरूलाई तराईको चिसोबारे सुथनीको मतलब ! उनीहरूलाई त खाली भोट भए भइहाल्यो । जे भए पनि भोटका बेलामा आइहाल्छन् । यत्रो कोरोना महामारी र शीतलहरको कहरबीच पनि दलका झोलेहरू बोलाउनासाथ ‘यस सर !’ भन्दै हाजिर हुने जनता भएपछि नेताहरू ढुक्कराम नहुन् पनि किन ?

    आखिर कन्टिर–बाबूलाई जस्तै नेतालाई पनि राम्ररी थाहा छ, कहाँ जाला मछरी मेरै ढडिया !

    त्यसबाहेक यतिबेला नेताहरूले लोकतन्त्र र सङ्घीयताको रक्षा नामक राजनीतिक मसला पाएका छन्, उनीहरू यही मसलालाई तताएर चिसो भगाउने पूरापूर प्रयत्नमा छन् । बाहिर घुर बलेकै छ, कसैको घरमा चुलो बलोस् कि नबलोस् ?

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.