×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कोरोनाको समयमा कसरी गर्ने गर्भवतीको हेरचाह (भिडियो सहित)

  •  
  • शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गर्भावस्था स्वाभाविक रूपमा संवेदनशील हुन्छ, त्यसमा पनि अहिले कोभिड–१९ संक्रमणको समयमा यस्तो बेला के गर्ने–के नगर्ने भन्ने दुविधा हुनु स्वाभाविक हो । यस्तो बेला नआत्तिइकन शारीरिक र मानसिक रूपमा गर्भवतीलाई सबल बनाइराख्नु जरुरी हुन्छ । नियमित परीक्षण गर्ने कि नगर्ने ? गर्भवती महिलाले नियमित परीक्षण गर्नुपर्छ । कतिको चिकित्सकसँग भेट्ने कार्यतालिका पनि बनिसकेको हुन्छ । समयमा परीक्षण गराउन नजाँदा गर्भमा असर पर्ने त होइन भन्ने डर हुनु स्वाभाविक हो । त्यस्तै अस्पताल जाँदा संक्रमितहरूको सम्पर्कमा पुगिन्छ कि भन्ने डर हुन्छ ।

    त्यसैले नयाँ समस्या देखिएको छैन भने नियमित परीक्षणका लागि अस्पताल जानु उपयुक्त छैन । यस्तो अवस्थामा चिकित्सकले सिफारिस गरेको आइरन, क्याल्सियम तथा अन्य केही भए सो नियमित सेवन गरी घरमा नै बस्नु राम्रो हो । तर, गर्भावस्थामा केही आकस्मिक जटिलताहरू आउन सक्छन् । त्यस्तो बेला समयमा अस्पताल पुगिएन भने आमा र बच्चा दुवैलाई खतरा हुनसक्छ । सामान्यत: गर्भको बच्चाको चाल गर्भवतीले महसुस गर्नुपर्छ । गर्भको बच्चा राम्ररी चलिरहेको छ भने तत्कालै अस्पताल जानु पर्दैन । तर, ६ महिनाभन्दा बढीको गर्भ छ र चलेको महसुस नभए तुरुन्त अस्पताल जानुपर्छ । त्यस्तै व्यथा लागेमा, रगत वा पिसाब जस्तो पानी बगेमा, धेरै नै पेट दुखेमा अस्पताल जानै पर्छ ।

    पहिलो तीन महिना

    गर्भ रहेको पहिलो तीन महिना कष्टकर नै हुन्छ । यस अवस्थामा खाना मन नलाग्ने, वाकवाक लाग्ने, कब्जियत हुने जस्ता समस्याले पिरोल्ने गर्छन् । गर्भावस्थामा एचसीजी हार्मोनको मात्रा बढ्छ । यसैले सामान्यत: खानामा अरुचि हुन्छ । गर्भमा धेरै पानी हँुदा, दुई वा सोभन्दा बढी बच्चा हुँदा, मोलार प्रिग्नेन्सी हुनु यो हार्मोन निकै बढ्छ । हार्मोनको मात्रा सामान्यभन्दा बढी भएमा धेरै वान्ता हुनसक्छ । यसबाहेक भिटामिन बी वा प्रोटिनको कमी र मानसिक समस्याले वान्ता गराउन सक्छ । पिसाबको संक्रमण, पेटको अल्सर, एपेन्डिसाइटिस, पित्त थैलीको संक्रमण, कलेजोको संक्रमण जस्ता स्वास्थ्य समस्याहरूले पनि वान्ता गराउन सक्छ ।

    गर्भावस्थामा वाकवाक लागेमा तथा १–२ वान्ता हुँदैमा चाहिँ आत्तिनु पर्दैन । यस अवस्थामा थोरै–थोरै गरेर धेरै पटक सुक्खा खानेकुरा खाने गर्नुपर्छ साथै चिकित्सकको सल्लाहमा वान्ताको औषधि सेवन गर्दा हुन्छ । तर, वान्ता धेरै भएमा उपचार गर्न ढिला गर्नु हँुदैन । धेरै वान्ताको कारण शरीरमा लवण, पानी र ग्लुकोजको कमी हुन सक्ने भएकाले यसले गर्भ र गर्भवती दुवैलाई असर गर्न सक्छ । त्यस्तो अवस्थामा एकातिर वान्ता रोक्ने तथा खेर गएका लवण र पानीलाई पूर्ति (रिहाइड्रेसन्) गर्नुपर्ने हुन्छ भने अर्कातिर वान्ताको कारण पत्ता लगाउनु पर्ने हुन्छ । वान्ताको कारण पत्तालगाउन बिभिन्न परीक्षणहरू (रगत, पिसाब, भिडियो एक्स रे) गर्नुपर्छ । यस्तो अवस्थामा अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने हुनसक्छ ।

    गर्भावस्थामा पिसाबको स्टासिस् अर्थात पिसाबथैलीमा बढी पिसाब जम्ने भएकाले सामान्यभन्दा बढी पिसाबको संक्रमण हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा पेट दुख्ने, छिनछिनमा पिसाब लागिरहने हुन्छ । कसै–कसैलाई ज्वरो पनि आउन सक्छ । पिसाबको संक्रमणलाई जति सक्दो चाँडो पत्ता लगाएर उपचार गर्नु आवश्यक हुन्छ । तर, गर्भावस्थामा प्रयोग गरिने औषधि गर्भलाई असर नगर्ने हुनुपर्छ । यस अवस्थामा प्रसस्त पानी पिउनाले पिसाबको संक्रमण हुन पाउँदैन ।

    पहिलो तीन महिनामा भएको सानो समस्याले पनि गर्भ तुहिने सम्भावना रहन्छ । त्यसैले नियमित रूपमा स्वास्थ्य परीक्षणको महत्व छ । तर, अहिले अस्पताल जानु थप खतरा हुन सक्ने भएकाले घरमा नै बसेर प्रसस्त मात्रामा पानी, झोलिलो तथा पोषिलो खानेकुराहरू पटक–पटक गरेर खानुपर्छ । चिकित्सकसँग फोन तथा नेटबाट सम्पर्क गर्ने, फोलिक एसिड औषधि प्रयोग गर्ने गर्नुपर्छ । यस अवस्थामा मानसिक तनाव लिनु, धूमपान तथा मद्यपान सेवन गर्नु हुँदैन ।

    दोस्रो तीन महिना

    सामान्यत: गर्भावस्थाको दोस्रो तीन महिना सामान्य अर्थात समस्याविहीन हुन्छ । यस अवस्थामा खानामा रुचि बढ्ने, तौल बढ्ने तथा पेट देखिन थाल्ने हुन्छ । यस अवस्थामा रगतको मात्रा बढाउन आइरन तथा गर्भवती महिलामा क्याल्सियमको कमी हुन नदिन क्याल्सियम चक्की दिने गरिन्छ । यही समयमा टीडी भ्याक्सिन पनि दिइन्छ । तर, यो भ्याक्सिन ढिला लगाउँदा कुनै अप्ठयारो वा नराम्रो नहुने भएकाले लकडाउन खुलेपछि लगाउन सकिन्छ ।

    गर्भ रहेको ४–५ महिनापछि भने धेरै महिलाहरूलाई ढाड (कम्मर) दुख्ने समस्याले सताउने हुन्छ । करिब ५० देखि ७० प्रतिशत गर्भवतीलाई गर्भको चार महिनादेखि कम्मरको दुखाई सुरु हुने गरेको अध्ययनहरूले देखाएको छ । गर्भावस्थामा सामान्यत: १० देखि २० किलोग्रामसम्म तौल बढ्ने हुन्छ । यो तौललाई कम्मरले थाम्नु पर्ने हुन्छ । त्यस्तै पाठेघर तन्किएर बढेको हुन्छ, जसले तल्लो नशाहरूलाई दबाब दिएको हुन्छ । त्यसैले कम्मर दुख्छ । यसमा आत्तिनु पर्दैन । यस्तो अवस्थामा दुखाई कम गर्ने औषधि सेवन गर्नुभन्दा सामान्य व्यायाम गर्ने, तातोले सेक्ने तथा दुखाई कम गर्ने मल्हमहरू (डीएफओ जेल, डाइक्लोटल जेल, निन्जा जेल आदि) प्रयोग गर्नु राम्रो मानिन्छ ।

    गर्भावस्थाको दोस्रो तीन महिना नबित्दै जन्मिने अर्को एउटा समस्या हो, एसिडिटी । मुखमा अमिलो पानी आउने, वान्ता हुन खोज्ने, पेट पोल्ने वा दुख्ने एसिडिटीका लक्षणहरू हुन् । नियमित रूपमा सन्तुलित भोजन गर्ने, चिल्लो, पिरो, अमिलो कम खाने तथा धेरैबेर भोकै नबस्ने गर्नाले यो समस्या कम गर्न सकिन्छ । यसबाहेक कसै–कसैलाई केही औषधिहरू नै सेवन गर्नुपर्ने पनि हुनसक्छ ।

    अन्तिम तीन महिना

    गर्भको अन्तिम अवस्थामा आएर पनि बिभिन्न किसिमका स्वास्थ्य समस्याहरू आउन सक्छ । यस्ता समस्या आमा र बच्चा दुवैका लागि खतरा साबित हुनसक्छ । त्यसैले कुनै समस्या आएमा चिकित्सकको सल्लाह लिनुपर्छ । प्रसवको समय नजिकिँदै जाँदा आफूलाई चाहिने सम्पूर्ण चिकित्सकीय कागजात तथा रिपोर्ट तयारी अवस्थामा राख्नुपर्छ । व्यथा सुरु भएपछि के गर्ने, कहाँ जाने जस्ता तयारी गर्नुपर्छ । यस अवस्थामा तनाव लिनुहुँदैन । बच्चा राम्ररी चलेको महसुस नभएचाहिँ अस्पताल जानुपर्छ ।

    पाठेघरभित्र रहेको बच्चा वा भ्रुणलाई एउटा पातलो झिल्ली (मेम्ब्रेन) ले ढाकेको हुन्छ । यस झिल्लीभित्र भ्रुणसँगै एक किसिमका पानी हुन्छ, जसलाई एम्नोटिक फ्लुड भनिन्छ । गर्भ २८ साताको भइसकेपछि जुनसुकै बेला पनि यो झिल्ली च्यातिन सक्छ र त्यस्तो अवस्थामा पानी बग्ने हुन्छ । यसलाई लिकिङ भनिन्छ । गर्भको बच्चा ३७ साता पुग्नुभन्दा अगाडि नै सो झिल्ली च्यातिनु गम्भीर अवस्था हो । करिब १० प्रतिशत गर्भवती महिलालाई यस्तो हुन्छ । यस्तो भएको २४ घण्टा भित्र बच्चा जन्मिसक्नुपर्छ । त्यसो नभएमा योनिमार्गमा रहेको ब्याक्टेरियाले पाठेघरमा रहेको एम्नोटिक फ्लुडलाई संक्रमण गर्छ ।

    यो अवस्थामा सामान्यत: ८० देखि ९० प्रतिशत महिलाले बिना अबरोध बच्चा जन्माउँछन् । तर, केहीलाई औषधि वा अन्य उपायहरू (फोरसेप तथा भ्याकुम) लगाउनु पर्ने हुनसक्छ । कुनै अवस्थामा शल्यक्रिया गरेर पनि बच्चा जन्माउनुपर्ने हुनसक्छ । बच्चा ३७ साताको हुनुभन्दा अगाडि जन्माउँदा जोगाउन गार्‍हो हुन्छ । त्यस्तो अवस्थामा बच्चाको अवस्था, गर्भवतीका अवस्था, अस्पतालमा उपलब्ध सुबिधाहरू र प्रसूति विशेषज्ञको सल्लाहअनुसार निर्णय लिन सकिन्छ । त्यस्तो अवस्थामा बच्चाको वृद्धि तथा जन्म रोक्न केही औषधिहरू प्रयोग गर्नुपर्ने हुनसक्छ ।

    गर्भवती महिलाहरूलाई दिएको ‘डेट’ मा प्रसव सुरु नहुनुलाई पनि समस्याका रूपमा लिन सकिन्छ । गर्भवस्थाको नियमित परीक्षणको क्रममा उनीहरूको महिनावारी रोकिएको मितिका आधारमा बच्चा जन्मिने मिति अनुमान गरिएको हुन्छ । अधिकांश (करिब ८० प्रतिशत) गर्भवतीले महिलाले आफ्नो निर्धारित मिति अघि नै बच्चा जन्माउँछन् । करिब १० प्रतिशत गर्भवती महिलाले आफ्नो निर्धारित मिति बच्चा पाउँछन् भने बाँकी १० प्रतिशतले मितिभित्र बच्चा पाउँदैनन् । उनीहरूका लागि भने परीक्षण गरेर १ सातासम्म व्यथाका लागि कुर्न सकिन्छ ।

    यो अवधिमा नियमित परीक्षण गरिरहनुपर्छ । गर्भको अवधि ४२ साताभन्दा बढी भएमा मृत बच्चा जन्मने तथा जन्मिएको २८ दिनभित्र नवजात शिशुको मृत्यु हुने सम्भावना दुई गुणाले बढ्छ भने ४३ साता पुग्दा तीन गुणाले बढ्ने अध्ययनले देखाएको छ । यस अवस्थामा शालमा खराबी आउने, नाल थिचिने, बच्चाले आफ्नै दिशा (मिकोनियम) खाने तथा बच्चा ठूलो हुने जस्ता खतरा बढ्छ । त्यसैले निर्धारित मिति नजिकिँदै गर्दा निरन्तर चिकित्सकको सम्पर्कमा रहनुपर्छ र समस्या देखिने बित्तिकै अस्पताल जाने मानसिकता बनाउनुपर्छ । कोभिड–१९ संक्रमणको जोखिम रहेको समयमा यी कुराहरूलाई जानकारीमा राखेर गर्भवतीको हेरचाह गर्दै घरमा नै सुरक्षित राख्न सहयोग गर्नुपर्छ ।लकडाउन र कोरोना संक्रमणवाट गर्भवतीहरु कसरी जोगिने ? भिडियोमा हेर्नुहोस् डाक्टरको सल्लाह :

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो
    ठूलो परिमाणको लागूऔषधसहित काठमाडौंको गाङखेलबाट ३ जना नियन्त्रणमा
    उत्तरी गाेरखाबाट सुत्केरी महिलाकाे उद्वारगरी पाेखरा लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.