गोरखा समाचारदाता
गोरखा – गोरखाको भिमसेन थापा गाउँपालिकामा महिलाहरुलाई लक्षित गरि निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ ।
गाउँपालिका र समाज बिकास सहयोग संस्थाको आयोजना निशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको हो ।
गाउँपालिका भित्रका अश्राङ्ग, बोर्लाङ, धावा, तान्द्राङ, बगुवा लगायतका ७ स्थानमा शिविर गर्न लागिएको गाउँपालिकाले जानकारी दिएको छ । स्थानिय सामाजिक संघसंस्था तथा सहकारी .संस्थाहरुको सहयोगमा शुरु भएको शिविरमा महिलाहरुको पाठेघर क्यान्सर, आङ खस्ने समस्या लगायतका बिभिन्न रोगको स्वास्थ्य परीक्षण हुने छ । स्त्रीरोग सम्बन्धी समस्या भएका महिलाहरुको स्वास्थ्य उपचारमा सहज पहुँच पुरयाउन शिविरको आयोजना गरिएको हो ।
मंगलबार गाउँपालिकाको वडा नम्बर ६ स्थित अश्राङ स्वास्थ चौकीमा शिविरको आयोजना गरीएको थियो । बुधबार ७ स्थित बोर्लाङ स्वास्थ्य चौकी, बिहीबार वडा नम्बर ८ स्थित महादेवटार स्वास्थ्य चौकी बोर्लाङमा शिविर हुने गाउँपालिकाले जनाएको छ ।



