गाेरखा । गाेरखा सदरमुकामकाे लक्ष्मी बजारमा हिजाे साँझ दिप प्रज्वलन गरिएकाे छ ।
भदाैं २३ र २४ गते भएकाे जेनजी आन्दाेलन तथा भदाैं १० गते रसुवाकाे भाेटेकाेशीमा आएकाे बाढीमा परी ज्यान गुमाउनेकाे सम्झनामा दिप प्रज्वलन गरिएकाे हाे ।
गाेरखा नगरपालि-९ काे लक्ष्मी बजारमा रहेकाे सेन्ट पिटर बिलिभर्स इस्टर्न चर्चकाे आयाेजनामा ज्यान गुमाउने नागरिकहरु प्रति सम्मान स्वरुप दिप प्रज्वलन गरिएकाे चर्चका रेभ.फादर दिपक गुरुङले बताए ।
दिप प्रज्वलमा चर्च तथा स्थानिय सर्व साधारणहरुकाे उपस्थिती रहेकाे थियाे ।
दिप प्रज्वलन संगै मृत्त आत्माकाे स्वर्गमा बासहाेस भन्दै प्रार्थना समेत गरिएकाे उनले जानकारी दिए ।



