×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

जिल्लाका ३ महत्वपूर्ण सडक स्तरोन्नती हुने

  •  
  • मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मिया

    गोरखा – जिल्लाका महत्वपूर्ण तिन सडक स्तरोन्नती हुने भएका छन् ।

    एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तरगत गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सोमबार छुट्टाछुट्टै कार्यक्रमका बिच सो सडकहरुको शिलन्यास गरेका हुन् ।

    गोरखा नगरपालिकाको ढुंगागाढे भञ्ज्याङ देखि शहिद लखन गाउँपालिकाको नामजुङ, अजिरकोटको सिमजुङ देखि भच्चेक बजार र सिरानचोकको चोरकाटे देखि अजिरकोटको भच्चेक सम्मको सडक शिलन्यास भएका हुन् ।

    दुई बर्षमा सम्पन्न गर्ने लक्ष्य सहितति सडकहरुको निर्माण कार्य सुरु भएको छ । १२ किलो मिटर दुरी रहेको ढुंगागाढे–नामजुङ सडक कालोपत्रे गर्नका लागि ३३ करोड ९१ लाख रकममा लामा कन्ट्रक्सन काठमाण्डौ संग सम्झौता भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख राम पराजुलीले बताए ।

    त्यस्तै चोरकाटे–भच्चेक सडकका लागि २१ करोड २९ लाख लागत लाग्ने उनको भनाई छ । जुन ९ दशमलव ५ किलोमिटर कालोपत्रे हुनेछ । त्यस्तै सिजमुङ–भच्चेक बजारसम्मको २२ किलोमिटर दुरीको सडक ग्राभेल र स्तरोन्नतीका लागि २० करोड ५६ लाख बजेटमा बिरुवा नाना गोरखा जेभी संग सम्झौता भएको बताइएको छ ।

    २०७८ कार्तिक मसान्त सम्म समयसिमा तोकिएको सो सडकहरु ५ दशमलव ५ मिटर चौडाईमा कालो पत्रे र स्तोन्नती हुने छन् । ‘७ मिटरको सडकमा साडे ५ मिटर पिच हुन्छ, अरु नाली बन्छ’ कार्यालय प्रमुख पराजुलीले भने ।

    गोरखामा रहेका ४ प्रदेश निर्वाचन क्षेत्रमध्ये ३ वटाको सोमबार एकै दिन शिलन्यास भएका हुन् ।

    बाँकी रहेको बारपाक–लाप्राक सडक खण्डको भने केहि दिनमा शिलन्यास गर्ने तयारी रहेको प्रमुख पराजुलीले बताए । त्यस्तै सोमबार नै मन्त्री बस्नेतले दरौदी नदी माथी बन्ने झोलुङ्गे पुलको समेत शिलन्यास गरेका छन् । गोरखा नगरपालिकाको कुमाल गाउँ देखी सिरानचोकको छोप्राक जोड्ने ३ सय मिटरको झोलुङ्गे पुल निर्माणका लागि गोरखा जगदम्बा जेभी संग ३ करोड २९ लाखमा सम्झौता भएको छ । जुन २०७७को चैत मसान्त भित्र निर्माण गरिसक्नु पर्ने छ ।

    गाउँको विकास गर्न संघियता आएको हो  मन्त्री बस्नेत

    गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गाउँको विकास गर्न संघियता आएको बताएका छन् ।

    ढुंगागाढे–नामजुङ सडक खण्ड कालोपत्रे गर्ने कामको शिलन्यास गर्दै मन्त्री बस्नेतले गरिब जनता र गाउँको विकासका लागि संघियता आएकाले अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् । ‘जनताले अनुभुतगर्ने खालको विकास संघियताले ल्याएको छ’ उनले भने ‘हातमा ठेला उठेकाजनता र दुर्गम गाउँको साथमा सरकार छ, अब ढुक्क हुनुस् ।’

    गण्डकी प्रदेश भरका ३६ सडकलाई एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तरगत स्तरोन्नतीगर्ने गरी अघि बढाइएको जानकारी दिदै मन्त्री बस्नेतले विकासका मुद्धामा एक हुन सबैलाई आग्रह गरे । अन्य राजनीतिक दल माथी संकेत गर्दै उनले अरुलाई शत्रु देख्ने प्रवृत्ति र चिन्तनबाट मुक्तहुनुपर्ने बताए । ‘हामीलाई चाहिएको विकास हो, त्यसका लागि अरुलाई शत्रु देख्ने हाम्रो सोच र चिन्तन बाट बाहिर निस्किन जरुरी छ’ उनले थपे ‘हाम्रो साझा सत्रु भ्रष्ट्राचार हो अब त्यसको विरुद्धमा लाग्ने बेलाआएको छ ।’

    राज्यको सम्पत्ति दुरुपयोग गर्नेलाई नागरिकले नै ठेगान लगाउनु पर्ने मा जोड दिदै मन्त्री बस्नतेले आफ्नो भोट बैंकमा मात्रै बजेट छर्ने प्रबत्तिको अन्त्य हुनु पर्ने तर्क गरे । शहिद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले सरकारका काममा सहयोग गर्न नागरिकलाई आह्वान गरे । ‘सबैलाई विकास चाहिएको छ, सम्बृद्धिको खाँचो छ, अब तिनै तहका सरकारले गरेका कामको अनुगमन जनताले गर्नुपर्छ’ नगर प्रमुख पन्तले भने ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.