×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपाली फिल्मकर्मीः चल्दा मसक्क, नचल्दा चसक्क !

  •  
  • शनिबार, माघ २६, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एकछिन केही बर्ष अगाडि फर्किऔं । जतिबेला राजेश हमाल, आर्यन सिग्देल र जीवन लुइटेलका चलचित्रले बजारमा शुन्य कारोबार गरिरहेका थिए, चलचित्रकर्मी आत्तिए । चलचित्र नै चल्न छाडेपछि अब के गर्ने कसो गर्ने भन्ने ठूलै बहस भयो । यही बहसको बिचमा चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रमा संकटकाल घोषणा गर्ने तयारी गरेको थियो । तर, बोर्डको तयारी चलिरहँदा निर्देशक निश्चल बस्नेतको ‘लुट’ चलचित्र रिलिज भयो । यो चलचित्रले  बम्पर व्यापार मात्र गरेन, चलचित्र क्षेत्रमा सुख्खायाममा मनुसुन नै बनेर बषिर्यो । सबैजना लुटको व्यापारले मसक्क भए । चलचित्र नचलेर चसक्क भएको चलचित्रकर्मीको छाती दुख्न छाड्यो । सबै जना लुट किन चल्यो भनेर विश्लेषण गर्न छाडेर यस्तै खालको चलचित्र बनाउन कस्सिए ।

    लुटको व्यापारले चलचित्र क्षेत्रलाई फाइदा मात्र भएन, विकृती पनि निम्तियो । दुई अर्थ दिने शब्द राखेर जो पनि निर्देशक भए । यही बेलामा हो, एटीएम, जिगिलो, बर्बाद जस्ता तल्लो स्तरका चलचित्रको निर्माण भएको ।

    चलचित्र क्षेत्रका लागि सेलिव्रेटी निर्देशक बनेका निश्चललाई चलचित्र क्षेत्र हाँक्ने ड्राइभरदेखि थुप्रै उपमा लगाएर विश्लेषण गरियो । निश्चलले दोश्रो चलचित्र टलकजंग भर्सेस टुल्के राम्रै बनाए, लुट २ सम्म आइपुग्दा चिप्लिए । अहिले उनी चलचित्र बनाउन भन्दा पनि खेल्न र आइटममा नृत्य गर्न बढी व्यस्त छन् ।

    नेपाली चलचित्र क्षेत्र थोरै कुरामा रमाउने र थोरै कुरामा दुखी हुने ठाउँ हो । यहाँ, कसैले मैले केही नयाँ गरौ भनेर नै सोच्दैनन् । एउटाले जे कुरामा पैसा कमायो, त्यसकै पछि लाग्ने ठूलो रोग छ । हो, यही रोगले हो चलचित्र क्षेत्रलाई कहिले पनि उभो लाग्न नदिएको ।

    लुटको ह्याङबाट मुक्त हुन नपाउँदै सिरियलमा जमेका दिपक-दीपाको जोडी ठूलो पर्दामा आयो । उनीहरुले कमेडी कथामा चलचित्र बनाएर पैसा कमाउन थाले । अब, अरुलाई पनि यस्तै चलचित्र चाहियो । चलचित्रकर्मीले यो वुझेनन् कि कसले हसाउँदा दर्शक हाँस्छन्, कसले रुवाउँदा दर्शक रुन्छन् । हसाउँनै नजान्ने पनि कमेडी कलाकार भए, कमेडीको क नवुझेका पनि चलचित्रका निर्देशक भए । अहिले फेरि चलचित्र क्षेत्रमा दर्शक हराएको सूचना जारी गर्नुपर्ने अवस्था आएको छ ।

    छक्का पन्जा ३ चलेपछि सुस्ताएको चलचित्र बजार चलमलाउन सकेको छैन । बरु, हलमा दर्शक आएनन् भनेर निराशा सुरु भएको छ । छक्का पन्जा ३ चल्दा चलचित्रले बम्पर कमाउन थाल्यो भनेर उफि्रएका चलचित्रकर्मी अहिले २-४ वटा चलचित्र नचलेपछि फेरि दुखेसो पोख्दै टाउकोमा हात राख्न थालेका छन् । कसैले पनि कस्तो चलचित्र बनाउँदा चल्छ भनेर विश्लेषण गरेका छैनन्, मात्र चलचित्र चल्न छाड्यो भनेर चिन्तित छन् ।

    चलचित्र चलेन भनेर संकटकाल लगाउँदैमा दर्शक हलसम्म आइपुग्ने होइनन् । यसका लागि राम्रो चलचित्र बनाउन आवश्यक छ ।

    बर्षमा बन्ने सय चलचित्रमा सबै चल्नपर्छ भन्ने छैन । यो कुनै पनि चलचित्र बजारमा संभव हुने कुरा होइन । दर्शकलाई मन परेको, हेर्न मन लागेको चलचित्र हेरेका छन् र ती चलचित्रले पैसा पनि कमाएका छन् ।

    एउटा चलचित्र चल्दा रमाएर अब बबाल नै हुन्छ जस्तो गर्ने चलचित्रकर्मी दुई वटा चलचित्र नचल्दा निराश भएर किन खुम्चन्छन् ? चलचित्र नचल्दा किन चलेन, कस्तो चलचित्र बनायो भने चल्छ, दर्शक के खोजिरहेका छन् भनेर न यहाँ कुनै चलचित्र सम्बन्धी संघसंस्थाले नै अनुसन्धान गर्न आवश्यक ठानेका छन्, न चलचित्रको कथा बनाउने समयमा ती चलचित्रकर्मीले नै सोच्न सकेका छन् । मात्र, हलमा रिलिज भएको चलचित्र  जस्तो सुकै होस्, बम्पर हुनुपर्छ भन्ने आशा राखेर चलचित्र चल्दैन ।

    नेपाली चलचित्र नचलेका होइनन्, राम्रा नबनेका हुन् । दर्शकको मन नछोएका हुन् । आफूले केही साथीभाइसँग हेर्दा राम्रो छ है भनेर मुस्कुराउँदैमा चलचित्र राम्रो हुँदैन । मानिसको मन र मस्तिष्कमा चलचित्रले प्रभाव पार्न सक्नुपर्छ ।

    अपवादको रुपमा हेर्दा, केही चलचित्र राम्रो बनेर पनि चलेका छैनन् । सायद, ती चलचित्रले दर्शकसम्म पुर्याउन आफूलाई नसकेको हुनुपर्छ ।

    राम्रो चलचित्र चलेका छन् र पैसा पनि कमाएका छन् । तर, बर्षमा बन्ने सय बढी चलचित्र, त्यसमा आधा भन्दा बढी झुर र केही औषत चलचित्र बोकेर चलचित्र चलाउँदैमा चल्दैन ।

    सबैभन्दा पहिले हामी कहाँ चुक्यौ विश्लेषण गरौं । एउटा चलचित्रकर्मीको चलचित्र चलेकै दिनमा त्यसलाई सक्नपर्छ भनेर दाह्रा किटेर नबसौ । कोही चलचित्रकर्मी बक्स अफिसमा नचल्दा बेलुकी मदिरा पार्टीमा रमाउन छाडौं ।

    सबैभन्दा पहिले चलचित्रकर्मी-चलचित्रकर्मीविच अर्काको बस्तुलाई सम्मान गर्ने बानी सिकौं । चलचित्र हेर्न आउने दर्शकलाई हलको गेटमा बसे, कुनै चीया पसलमा बसेर झुर छ भनेर विज्ञापन नगरौ ।

    यो मनोदशाबाट माथि नउठेसम्म बर्षमा चल्ने भनेका आधा दर्जन चलचित्र नै हुन् । बाँँकी चलचित्र किन चलेनन् भनेर विश्लेषण गर्नुभन्दा पनि थोरै तर गुणस्तरिय चलचित्र बनाउन कसरी सकिन्छ र त्यसको मार्केटिङ कसरी गर्न सकिन्छ भनेर सोचौ । आज सुटिङ सकेर भोली रिलिज गर्दैमा चलचित्र चल्दैन ।

    कमजोरी हामी आफैमा छ । पैसा तिरेर हेर्ने दर्शकले मन लागे हेर्छन्, मन नलागे हेर्दैनन् । चलचित्र हेर्ने संकृतीको विकास गराउन आवश्यक छ । यसका लागि सुरुवात चलचित्र क्षेत्रले नै गर्ने हो । एउटा चल्दा मसक्क, दुइटा चल्दा चसक्क हुने बानी छाडौं ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ २६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.