×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अरिंगालले बालुवाटारमा बबुराहरुको बबण्डर

  •  
  • शनिबार, असोज ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

     मिलन तिमिल्सिना

    पार्टी अध्यक्षले अरिंगाल बन्नु भनेपछि बबुराहरुलाई आपद आइलाग्यो । अरिंगाल कसरी बन्ने भनेर सोच्न नभ्याउँदै अरु नै अरिंगाल बन्न थाले । आफ्ना अध्यक्षले अरिंगाल भएर खनिने निर्देश दिएपछि आफ्नै ज्यानमा अरिंगाल खनिने डरले गाउँमा बस्नै गाह्रो भएपछि तीन प्रदेशका तीनजना बबुराहरु अध्यक्षलाई भेट्न काठमाडौं आए ।

    अनेक प्रयत्नपछि अध्यक्षसँग भेट मिल्यो । सबैलाई लागेको थियो, अध्यक्षलाई एक्लै भेट्न पाइने भयो । तर संयोग कस्तो भने बालुवाटारको गेटमा पुग्दा त अर्को बबुरो, गेटभित्र पस्दा अर्को बबुरो । तीन बबुराहरु अध्यक्ष तथा प्रधानमन्त्रीलाई भेट्न सँगसँगै बालुवाटार भित्रिए ।

    अध्यक्ष पर्खेर बसेको देख्दा दंग परे । अध्यक्ष चाहिँ आफ्ना बबुराहरुलाई देखेर एकाएक निराश भए । सबै बबुराले जुवा हारेको जुवाडेकोजस्तो थकित र निराश अनुहार लिएर अध्यक्षलाई सलाम गरे । पार्टी अध्यक्षले जवाफमा टाउको हल्लाएर कडकदार प्रश्न गरे ‘तिमीहरु अझै अरिंगाल बनेनौ ?’

    ‘बन्न सकिएन हजुर ?’ ६ नम्बर प्रदेशबाट आएको बबुरोले हात जोड्दै रुन्चे स्वरमा भने ।

    अध्यक्षले चश्मा उतारेर पालैपालो एक नम्बर र दुुई नम्बर प्रदेशबाट आएका बबुरालाई हेरे । दुुईको जवाफ पनि ६ नम्बरबाट आएको बबुरोकै जस्तो हो भन्ने बुुझेको भाव देखाए । तीनै जना बबुराहरु अमिलो अनुहारमा मुस्काए ।

    ‘मैले झन् अरिंगाल बन्नु भनेको होइन ? यस्ता जाबो झिंगे अनुहार लिएर मकहाँ किन आएको ?’ अध्यक्ष कड्किए ।

    बबुराहरु सामान्य पार्टी कार्यकर्ता । गाउँमा सबैले र्याखर्याख्ती पार्छन्, ‘खै त तिमीहरुको पार्टीले दुई तिहाईको सरकार बनाएर पनि केही गर्न सकेन । प्रधानमन्त्री, मन्त्री र नेताहरु गफ मात्रै दिन्छन् । यही तालले सुखी नेपाली, समृद्ध नेपाल बन्छ त ?’

    अलि पहिलेसम्म त बबुुराहरु भन्थे ‘हेरिराखन न केही दिन, अब छिटै देशले कोल्टे फेर्छ । रेल गुड्छ । पानीजहाज आउँछ । सबैले रोजगारी पाउँछन् । अब सुखका दिन फिरे ।’

    तर अहिले यी बबुराहरुलाई पनि यी सबथोक होला भनेर पत्यार लाग्न छाडेको छ । त्यसैले कसैलाई जवाफ दिने उत्तर नभेटेर रन्थनिएका छन् । अनुहारमा पहिलेजस्तो चमक र उत्साह छैन । गाउँमा हिँड्दा ६ महिना अघिको जस्तो ईज्जत पनि पाईदैन । उल्टो पछाडिबाट कसैले प्याच्च कुनै बचन लाउँछ कि भनेर नदेखे जस्तो गरि हिँड्नुपर्छ ।

    बदलिएको यो परिस्थिति विश्लेषण गरी विश्लेषण उपयुक्त देखिने निराश र थकित अनुहार लिएर बबुराहरु पार्टी अध्यक्ष र देशकै प्रधानमन्त्री बस्ने ठाउँ बालुवाटारमा पुगेका हुन् ।

    ‘हैन किन स्यालको जस्तो अनुहार बनाएर बसेका तिमीहरु ? अरिंगाल बन्नुपर्यो भन्या ?’ अध्यक्ष फेरि बोले ।

    ‘हजुरले अरिंगाल बन्नु भनेपछि हामीभन्दा पहिले अरु नै अरिंगाल बने । फेसबुक, ट्वीटर त हेरिहाल्नुभएको होला । कति धेरै अरिंगाल भएका छन् । अरु नै अरिंगाल भएपछि हामी कसरी अरिंगाल बन्ने ?’ एक नम्बरबाट आएको बबुरोले व्यथा पोख्यो ।

    ‘थाहा छ, तिमीले भन्दा धेरै हेर्छु फेसबुक । त्यस्ता फेसबुकेको हावा कुरामा लाग्ने होइन । उनीहरु फेसबुकमा अरिंगाल बन्छन्, तिमीहरु साँच्चिकै अरिंगाल बन्ने । अरिंगाल बन्न नसके पनि बच्छ्युँ बन्नुपर्यो नि । अरिंगालभन्दा बच्छ्युँ ठूलो भन्ने थाहा छैन ?’ अध्यक्षले निर्देशन दिए ।

    ‘यस्तै पारा हो भने अरिंगाल र बच्छ्युँ होइन, बारुलो पनि बन्न सकिंदैन जस्तो छ हजुर ?’ २ नम्बरबाट आएको बबुरोले बारुलाको जत्ति पनि हैसियत देखाएन ।

    ‘तिमी त बारुलो होइन, झुसे बारुलो पनि बन्न नसक्ने पो देख्दैछु त’ अध्यक्षले शंका गरे ।

    ‘हजुरलाई थाहै होला अरिंगाल किन आक्रामक हुन्छ भनेर’ बबुरोले डराईडराई भने ।

    ‘किन थाहा नहुनु, एउटा अरिंगाललाई कसैले आक्रमण गर्यो भने अर्को अरिंगाल आक्रामक हुन्छ, अहिले ममाथि चारैतिरबाट प्रहार भएपछि तिमीहरु यस्तै अरिंगाल बनेर आक्रामक हुनु पर्यो नि’ अध्यक्षले साथ खोजे ।

    ‘हैन हजुर अरिंगालको गोलाभित्र केही मिठो खानेकुरा छ र कसैले त्यो खानेकुरा खाने लोभमा गोला चलाउन खोज्यो भने अरिंगाल आक्रामक हुन्छ । गोला बाहिर सडकमा भौंतारिएको एक्लो अरिंगाललाई कसैले चलायो भने अर्को अरिंगाल रमिता हेर्छ । सँगै भएको अरिंगाल पनि भाग्छ’ देखेको र थाहा भएको कुरा ६ नम्बरबाट आएको बबुरोले भाका बाँधेर सुनायो ।

    बबुरोको कुरा सुनेर र अरु बबुराको नूर गिरेको अनुहार देखेर अध्यक्ष टोलाउन थाले ।

    मौका यही हो भन्ने ठानेर १ नम्बरबाट आएको बबुरोले थप्यो ‘हजुर जस्तोले प्रष्टै बुझ्नुपर्ने हो । अरिंगाल र बच्छ्युँले त्यसै आक्रमण गर्दैन । गोलामा कुनै महत्वपूर्ण खजना या खानेकुरा छ र कसैले त्यसमाथि आँखा लगायो भने मात्र आक्रमण गर्छ । हजुरसित त्यस्तो महत्वपूर्ण खजना के छ ? ६ महिनासम्म यहाँ बसेर के गर्नुभयो ? कामलाग्दो के बनाउनुभयो ? कसले के खोस्न लाग्यो र अरिंगाल जस्तो बनौं हामी ?’

    ‘तिमीहरुलाई त्यति पनि थाहा छैन । ममाथि निरन्तर आक्रमण भैरहेको छ । काम गर्न दिएका छैनन्’ अध्यक्षले झ्वाँक चल्ने कुरा नसुनाओ भन्ने टोनमा भने । तर बबुराहरुको जोश भर्खर चढ्न थालेको थियो, अध्यक्षको टोनलाई वास्ता गरेनन् ।

    ‘खुरुखुरु काम गरे त साथ दिन्थे हजुर । कामभन्दा कुरो बढी भो । हुन र गर्न सक्ने काम पनि भएन । दुई महिनासम्म बलात्कारका दोषी पत्ता लाग्दैनन् । ६ महिना भैसक्यो, बाटाका खाल्डा पुरिदैनन् । अस्तव्यस्त, भद्रगोल उस्तै छ । दुई तिहाईको सरकारले गर्न सक्ने काम पनि गरेन, अनि हामी कसरी अरिंगाल बनौं’ बबुराहरुले बाध्यता पोखे ।

    अध्यक्ष फेरि चुप लागेपछि दुुई नम्बरबाट आएको बबुुरालाई पनि आफ्नो प्रतिभा देखाउने रहर लाग्यो । बबुरोले मौरीको उदाहरण दिन थाले ।

    ‘मौरीको घारमा एउटा मात्रै अरिंगाल गयो भने सबै मौरी मिलेर अरिंगाल मारिदिन्छन् । अहिले हाम्रो अवस्था यस्तै छ । अरिंगालको गोलामा कोही आउँदैनन् । अनि बाहिर एक दुईवटा अरिंगाल गएर बिनाकाममा निहुँ खोज्यो भने आफैं सकिन्छ । त्यसैले हजुर अरिंगाल नबनौं । बरु मौरी बनौं’ बबुरोले प्रस्ताव राखे ।

    ‘मौरी बनेर के गर्ने ? मह मौरीले खान नपाई अरुले नै खाइदिन्छन् । दुःख गर्ने मौरी, मह चाख्ने अरु ?’ अध्यक्षलाई चित्त बुझेन ।

    ‘तर दुई तिहाईको सरकारले त मौरीले जस्तो काम गर्नुपर्ने होइन र ? जनताको लागि मह बनाइदिने । हामी फूलको रस ल्याइदिन्छौं । हजुर रानी मौरी जस्तो भएर बस्नुहोस् । सबै मिलेर मह बनाऔं, अनि जनताले काढ्छन्, खान्छन्’ एक नम्बरबाट आएको बबुरो कार्यकर्ताले यति बोल्ने आँट गरे ।

    अध्यक्षलाई कुरो ठिक लागेन । ‘यो सबै भन्ने कुरा हुन् । भन्न जस्तो गर्न सकिंदैन । भन्नलाई त हामी मौरी बन्ने नै भन्ने हो, तर बन्न चै अरिंगाल नै बन्ने हो । मौरी होइन’ अध्यक्ष टसको मस भएनन् ।

    ‘कसरी बन्ने हजुर, अरु सबै पहिल्यै अरिंगाल बनिसके’ एउटा बबुरा बोलेपछि अरु दुुईटाले टाउको कन्याए ।

    ‘अरु कुरा थाहा छैन, तिमीहरु अरिंगाल बन । अरु अहिलेसम्म रातो अरिंगाल मात्रै देखिएका छन् । तिमीहरु कालो अरिंगाल बन । बच्छ्युँ बन । आक्रमण गर । जाउ’

    बालुवाटारबाट बबुरा कार्यकर्ताहरु निहुरिएको शीर लिएर लुरुलुरु फर्किए । गेट बाहिर बाटोमा रुखतिर हेरे । जताततै अरिंगालको गोलो मात्र देखिन्छ । हातमा भएको मोबाइल हेरे । फेसबुकभरि अरिंगाल मात्रै देखिन्छ ।

    रुखमुनि बसेर एकछिन टोलाए । अध्यक्ष आफै अरिंगाल जस्ता लागे बबुराहरुलाई । त्यसमाथि रुखको गोलाबाट एउटा अरिंगाल आएर टाउकोमाथि घुम्न थाल्यो । ‘लौ सकिंदैन प्रभु, अरिंगाल होइन बारुलो पनि बन्न सकिंदैन’ भन्दै उनीहरु तीनैजना बुर्कुसी मारेर आ–आफ्ना घर जान तीनतिर लागे ।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.