अर्पण ढकाल
‘स्तनपान:जीवनको आधार’ नारा का साथ बिभिन्न कार्यक्रमहरु गरेर विश्व स्तनपान सप्ताह यो वर्षपनी विश्व भरि मनाइदै छ । आमा र बच्चाको स्वास्थ्य र पोषण सुधारमा स्तनपानको ठुलो भूमिका हुने भएकोले नेपालमा समेत अगष्ट महिनाको पहिलो हप्तालाई हरेक वर्ष पोषण सप्ताहको रुपमा बिशेष महत्वको साथ विभिन्न कार्यक्रमहरु गरेर मनाइने गरिन्छ । शिशु जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराए शिशुलाई संभावित अकाल मृत्यु र अन्य जोखिम बाट समेत बचाउन सकिन्छ । त्यसो त जन्मिने बित्तिकै शिशुले स्तनपान गर्न पाउनु उसको मौलिक अधिकार पनि हो । विश्वब्यापी रुपमा हेर्ने हो भने ५ जना शिशु मध्ये ३ जना शिशुलाई मात्रै एक घण्टा भित्रमा स्तनपान गराइरहेको अभ्यास रहेको छ । नेपालको हकमा भने २०१६ मा भएको नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणको प्रतिवेदन अनुसार त्यो संख्या ५५ प्रतिशत रहेको छ । आमाको दुध शिशुको लागि पहिलो खोपको रुपमा रहेको छ जसले विभिन्न रोग संग लड्नको लागि ठुलो भूमिका खेल्ने गर्दछ ।
शिशुलाई विभिन्न हानिकारक रोग बाट बचाउनको लागि शिशु जन्मेको केहि दिन सम्म आमाबाट उत्पादन हुने पहिलो बिगौती दुधको धेरै ठुलो महत्व हुने गर्दछ । पहेलो बिगौती दुधमा रोग संग लड्नको लागि एक बिशेष प्रकारको प्रतिरोधात्मक तत्व हुने भएकोले बिगौती दुध खुवाउन सके शिशुलाई विभिन्न किसिमको संक्रमण बाट बचाउन सकिन्छ । तथ्यांकले समेत बिगौती दुध सेवन गरेका शिशुहरुमा विभिन्न रोग र संक्रमण बाट सुरक्षित राखी २५ प्रतिशतले शिशु मृत्युदरमा कमि आएको देखाएको छ । स्तनपान गराउंदाको फाइदा शिशुलाई मात्रै नभएर आमालाई पनि हुन्छ । स्तनपान गराउने आमाहरुमा पाठेघरमा हुने समस्या, क्यान्सर र अन्य जटिल रोगहरुको जोखिम समेत कम हुने अध्ययनले देखाएको छ । जन्मेको एक घण्टा भित्र स्तनपान गराएसंगै आमाले आफ्नो शिशु ६ महिना नपुगुन्जेल निरन्तर रुपमा स्तनपान गराउनु पर्दछ र यो बेलामा बच्चालाई आमाको दुध बाहेक पानी समेत दिनु हुदैन । बच्चालाई यो अवस्थामा चाहिने सम्पूर्ण खाना, पानी एवं पोषणको आवश्यकता आमाको दुधबाटनै प्राप्त हुन्छ । ६ महिना सम्म निरन्तर आमाको दुध मात्रै खुवाईरहने अवस्थालाई पूर्ण स्तनपान भनेर बुझिन्छ । हाम्रो देशमा अझै पनि विभिन्न संस्कार रितिरिवाज को नाममा बच्चालाई पूर्ण स्तनपान नगराई ६ महिना अगाडीनै मह, घिउ, चिनी चटाउने गरेको पाइन्छ । नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०१६ को प्रतिवेदन अनुसार पनि नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत रहेको छ । शिशुलाई कहिले पनि स्तनपान नगराएको संख्या भने १ प्रतिशत मात्रै रहेको छ ।आमाको दुध शिशुको लागि तयारी खाना भएकोले जहिले र जहाँ जुनै अवस्थामा खुवाउन सकिन्छर पूर्ण स्तनपानले शिशु हरुको शारीरिक एवं मानसिक बृद्दि र बिकाशमा समेत ठुलो भूमिका खेल्दछ र जन्मान्तर कायम राख्न समेत सहयोग पुर्याउदछ । ६ महिनासम्म स्तनपान मात्रै गराए संगै बच्चा कम्तिमा पनि २ बर्ष नपुगुन्जेल सम्म पुरक खाना लगाएत आमाको दुध नियमित रुपमा खुवाउनु पर्दछ । स्तनपान गराउदा शिशुलाई कम्तिमा पनि दिन र रात गरेर १० पटक दुध खुवाउनु पर्दछ । शिशुलाई एउटा स्तनबाट एकपटकमा कम्तिमा पनि १५ मिनेट र दुवै स्तन बाट पालो पालो गरी दुध चुसाउनुपर्दछ पर्छ । स्तनपानले सबै किसिमको कुपोषण हुन बाट बचाउनुको साथै बिपत् को अवस्थामा शिशुहरुमा खाद्य सुरक्षा समेत सुनिश्चित गराउंछ र बच्चाको पोषण सुधारको लागि सुनौलो हजार दिन महत्वपूर्ण रहेकोले त्यहि हजार दिन भित्र स्तनपानको भूमिका समेत महत्वपूर्ण रहेको छ । हुन त आज भोलि ूस्तनपान अमृत समान बोटलपान बिष समान भनेर स्तनपानको महत्वलाई बढावा दिएको पाइन्छ तर पछिल्लो समयमा बिशेषत सहरी क्षेत्रहरुमा बट्टाको दुध खुवाउने प्रचलन बढेको छ । यसको प्रमुख कारणहरुमा बढदो सहरीकरण, चेतनाको कमी, आमाको दुधको सट्टामा पाइने विभिन्न कृतिम खानेकुरा जस्तै सेरलक्ेस, लेक्टोजिन, आदीको प्रयोग रहेका छन् । कतिले सुरुमा स्तनपन गराउंदा दुध कम आएपछि बट्टाको दुध खुवाउने गरेको समेत पाइन्छ। सुरुमा आमाको दुध प्रयाप्त नआएपनि निरन्तररुपमा दुध चुसाउदै गर्योभने त्यसले आमाकोशरिरमा दुधउतपादनहुने हर्मोनको सक्रियताबृद्धिभइ पछि दुध मजाले आउने कुरामा धेरैजसो शिक्षीत व्यक्तिहरुपनी अनभिज्ञ रहेको पाइएको छ । आमाको दुध प्रतिस्थापन गर्ने विभिन्न पदार्थको बिक्री वितरण गर्न नपाउने कानुन नेपालमा बने पनि त्यसको पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । भुकम्प लगायत अन्य प्राकृतिक प्रकोपको बेला विभिन्न संघसंस्थाले समेत यस्ता पदार्थको वितरण गरिरहेको समेत पाइन्छ । बजारमा सहजै पाइने यस्तो दुग्धजन्य प्रतिस्थापक पदार्थको सेवनले शिशु तथा बालबालिकालाई बिभिन्न संक्रमण, कुपोषण र रोगको जोखिम बढाएको छ । तसर्थ यस्तो पदार्थको बिक्रीवितरण, बजारीकरणलाई रोक्न स्थानीय तहबाटनै शसक्त योजना बनाएर अगाडी बढ्न जरुरी देखिन्छ । विश्वभर संगै यो वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरेर स्तनपान सप्ताह मनाइदै छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा बिभाग पोषण शाखाको नेतृत्व साथै प्रदेश र स्थानीय सरकारको अगुवाईमा यो वर्ष समेत स्तनपान सप्ताह संचालन र स्तनपानको महत्वलाई प्रकाश पार्ने गरि देशभर कार्यक्रम भैरहेको छ । देश संघियतामा गए संगै यो कार्यक्रमको महत्व र जानकारी मुलक संदेश समुदायस्तर सम्म संचार गर्नको लागि स्थानीय तहको भूमिका महत्वपुर्ण रहेको छ । आफ्नो क्षेत्रमा कार्यरत विभिन्न सरकारी गैरसरकारी र अन्य संस्थाहरु संग समन्वय गरेर स्थानीय तहले समुदायस्तरमा बिभिन्न सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्न सकिन्छ । यसमा जिल्ला जनस्वास्थ्य कार्यालय, पोषण सम्पर्क व्यक्ति, स्थानिय तहका स्वास्थ्य संयोजक, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र पोषणमा काम गर्ने संघसंस्थाका कर्मचारीले श्रोत व्यक्तिको रुपमा सहयोग गर्नु पर्दछ । समुदायस्तरमा समेत महिला स्वास्थ्य स्वयम् सेविकालाई परिचालन गरेर आमासमूह र अन्य स्थानमा स्तनपानको महत्व, सहि सम्पर्क आशन बारेप्रदर्शनी र मातृ शिशु तथा बाल्यकालीन पोषण बारे छलफल चलाउन सकिन्छ । कार्यक्रमको मूल मर्मलाई बुझेर सबैले हातेमालो गरि एकीकृत तवर बाट कार्यक्रम संचालन गरि लक्षित वर्गमा सहि सन्देश संचार गरेर उनिहरुको व्यवहार परिवर्तन गर्न सके स्तनपान सप्ताह मनाउनको अर्थ सार्थक हुने देखिन्छ ।
ढकाल सुआहारा कार्यक्रम गोरखाका पोषण अधिकृत हुन


