तिलक पौडेल
यो वर्ष वास्तवमै कृषिकर्ममा नयाँ अनुभव सँगाल्ने वर्ष बनेर आएको रहेछ मेरा लागि । गत असारमा स्मरणीय असारे दिनको अनुभव गरेको थिएँ भने यतिखेर स्मरणीय मङ्सिरे याने हिउँदे दिनको अनुभव सङ्गाल्ने अवसर मिल्यो । व्यहोरा मङ्सिरको पहिलो हफ्ताको हो । म जन्मघर गएको थिएँ । दाजीले दाइँ हाल्ने मेसो मिलाएको दिन परेछ । मलाई पनि सरिकिने रहर पल्हायो । यथासमयमा उठी प्रभातकालीन नित्यकर्महरु सम्पादन गरें । सनातनी नित्यकर्ममा ४–४:३० सम्ममा उठ्ने हिसाबले मोवाइलमा अलार्म राखेको छु तर प्रायशस् जैविक घडीको अलार्मले उठाउने काम गर्दछ । यदि मोवाइलकै अलार्म पर्खनु पर्योर भने गुणरत्नमालाको ए आलस्य तँ कप्टी झट्ट पर जा, लौ निस्की जा, मुन्टिजा । ठ्याक्कै दिन्न म टिक्न यो शरीरमा, जो काट्नु काटिस् मजा लाई मुखाग्र गर्दै सिरकलाई मिल्क्याएर विस्तारा छोड्दै उठ्ने व्यहोराले अब त बानीकै रुप लिईसक्यो ।
उठेर दुई गिलास मनतातो पानी पिउने, रपनि शौचादि कर्मले निम्ता नगरे मनपर्ने लोकधुनमा नृत्य चिकित्सा गरी निम्तापत्र माग्ने चलन चलाएकोछु । शौचालयमा हतारको कार्यसम्पादन गरी कब्जियतको पछुताउमा नपर्न बरु बाथरुम रिडिङ् गर्नु उपयुक्त भन्नेव्यहोरा नेपाली युवा दार्शनिक, संसारलाई बदल्नु छ, शुरु आफैंबाट गर्नु छ का अभियन्ता, मेरा लागि रेकी उपचार पद्धतिका गुरु, डा। योगी विकाशानन्दबाट प्राप्त भएपछि म पनि आज्ञाकारी चेलाको रुपमा नामाङ्कन गरेकोछु । तत्पश्चात् दाह्री काट्ने र नुहाउने कार्य सम्पादन गर्दा करिब ५:३० बज्दछ । बाहिरको जाडोपनलाई मध्यनजर गरी यात छतमा नत्र झ्यालढोका खुला गरी कोठामा गनेरै ५०० पटक जगिङ् गर्ने, हातका औंला, हत्केला, नाडी, कुहिना, कुम, गर्दन, हिप, घुँडासम्म उठेरै हल्लाएर सबैलाई हाम्रो काम यो शरीरका लागि सकिएको छैनु भन्ने सन्देश दिन्छु । त्यसपछि बसेर खुट्टाका औंला, गोलिगाँठालाई हल्लाई पुतली आसनगर्दै मुण्डुकासनसम्मका योगासन सकाई अनुलोम–बिलोम, भस्त्रिका, कपालभाँती, भ्रामरी, ॐकारसम्म मात्रका प्राणायाम गर्ने कर्मलाई यथासम्भव नियमितता दिने गरेकोछु । भ्रामरी गर्दा ४र४ पटक गर्ने, जसमा पहिला मस्तिष्कमा, अनि क्रमशस् फोक्सो, मुटु, कलेजो, फियो, मृगौला हुँदै मुत्राशयसम्म, आमाशयमा, सानो–ठूलो आन्द्रा हुँदै गुदद्वारसम्म सफा गर्न डस्टर चलाउने र ॐकार गर्दा पुनस् उनै ठाउँहरुमा उपयुक्त लुब्रिकेन्सु को कल्पना गरी चिल्लोपदार्थ लगेर उल्लिखित सबै भित्री अङ्गहरुलाई घसेर छाड्ने गर्दछु । त्यसपछि अनुहार, गर्दन, छाती, हात–पाखुराहरु, कम्मर, खुट्टाहरुलाई ११र११ पटक मालिस गर्ने, चिम्लिएका आँखाहरुलाई हल्कासँग आठैकोणतिर घुमाएर ११र११ पटक मालिस गरी कानमा औंला राखी ५१ पटक हल्लाउँदै टाउकामा पनि कन्याउँदै मुड्कीको हल्का ठटाईबाट आफ्ना कर्महरुलाई समापन गर्दा बाहिर सूर्योदयको समय भएको हुन्छ । बाहिर निस्केर ॐभूर्भूवस्व लाई औलाका निर्धारित चक्रहरुमा अक्युप्रेशर (?) कल्पँदै १० पटक जपी निहुरिएर जमीनको दर्शन गर्ने र यही सूर्याम् लाई १० पटक जपी सूर्यदर्शन गर्ने गर्दछु ।
त्यसदिन पनि सदा झैं प्रातस्कालीन नित्यकर्म सकाएर चिया पिएर खलोतिर रमाना भएँ । ९६ वर्षीय बृद्ध बुवा र आमाले घर धुँवाइदिएको पनि गाउँ छाड्न मन नमान्नाले हो । आफैंले खेत कमाउन छाडेको धेरै भएछ क्यारे १ सिरौँला खान अँधियापात गर्दाको थोरै धानको कुनिउँ त आँगनमै बनाइन्थ्यो र दाइँ पनि आँगनैमा गरिन्थ्यो, परिणामतस् परालका भारी बाँध्ने र बोक्ने काम गर्नुपर्थेन । यस मानेमा खेतको खलोमा दाइँहाल्ने काम कहिले गरेथें भन्ने व्यहोरा स्मरण गर्नै सकिन । रपनि दाइ–भाउजूले गर्नुभएको रोपाईंको आज दाइँ हुँदा सरिकिन पाएकोमा रमाइलो अनुभव भैरहेको थियो । मुहाने गह्रातिरबाट बाटो लागें । डिलका सुन्तलाका बुटाबाट झरेका ८–१० दाना सम्हालेर खलोमा पुगें । दाइँ नारेर एउटा कुनिउँ आधा–आधी जति धान झाँटीरठटाई सकिएको थियो । आमाले सनातनी रुपमा लगाएका कपडाहरु बदल्न लगाई भाइ ज्ञानेन्द्रका ट्र्याकसुट दिनुभएकोले परालमा लडिबुडी गर्न पनि असजिलो थिएन । एक–दुई स्न्यापु लिई म पनि धान झाँट्ने, खैंचने . धान झाँटेको ठाउँको पराल सोहोर्ने, पराल छिट्ने, गोरु खेद्ने जस्ता काममा क्रमशस् सरिक भएँ । दाइ, छोरा सन्तोष र अन्य ४ जना युवा दयेँरा सक्रिय थिए । करिब १० बजे धान–पराल अलग्याई, केही पराल फालेर भारी बाँधी परालका भारी बोकेर दाइँभतेर खान घर गयौं । दाइले खलो कुर्नु भयो ।
मङ्ङ बसाउने साजी घिउ, नरम तातो भात, मुलाको अचार, हरियो राग सितको रायोको साग, लट्ठ बाक्लिएको महीले दूध, दाल त खानै बिर्साएछन्, सनातनी भन्दा धेरै भोजन गरेँ । शायद काममा नदाइएको शरीर भएर होला–भतेर खाई खलोमा फर्कंदापाखुरा, साँप्रा, पिंडौलातिरको मासु दुखेको महसुस भएको थियो । र पनि सबैको सारमा पराल फाल्ने, गोरु खेद्ने काम गरेँ । थोरै पराल बाँकी रहेपछि दाइँ फर्काइयो अर्थात् खुर मुनिका धान भुइँमा टक्टक्याई पराल माथि पारेर २र४ फन्का गोरु घुमाएर गोरु फोइयो । तव खलो सफा गर्ने र परालका भारी बाँध्नेमा जनशक्ति बाँडियौं । भाउजूले चिया बनाएर खलैमा लग्नुभयो । चिया पिएपछि आमा, भाउजूले पनि खलो बढार्नु भयो । म भने नातिनी रज्ञासाथ धान बोक्न ल्याइएका थैला ओच्छ्याएर पिठ्यूँमा घाम पारी स्व। राजीव दीक्षितलाई युट्यूबमा सुनेँ । आधा चम्चा जीरा, आधा कप पानीमा उमालेर चिसो बनाई चियाजस्तै पानी पिउने र जीरालाई पनि राम्रोसँग चपाएर खाएमा पित्त बिकारबाट हुने सबै प्रकारका रोगहरु अमिलचुकी डकार आउने, खाना नपच्ने, ग्याँस बढ्ने, हियो डढ्ने, वाकवाकी लाग्ने, वमीट हुने जस्ता रोगहरुका लागि रामवाणै हुन्छ रे १ उनीले बाग्बट्ट ऋषिले गरेका करिब सत्तरी हजार प्रयोगहरुको ३ वर्षसम्म गहन अध्ययन गरी हमारा भारत महानु अभियानमा सबैलाई जानकारी दिंदै हिंड्दाका व्यहोरा बहुत फलदायी महसुस हुन्छ ।
खलो बढारी सकेपछि सन्तोष र पूर्णले धान बत्ताउन शुरु गरे । दाइले खुरमुनिका धान एकट्ठा गराउनु भएपछि वहाँले र मैले छप्के रास . नाङ्लो घुमाएर धान छिरल्ने, का ढाँचामा बत्ताउन थाल्यौं । दाइले हात दुखेको जनाउनु भएपछि अर्को बाबुसमेत भएर बत्ताउने काम समापन गरियो । तल्लो गह्रामा परालका भारी बाँध्ने काम पनि सकियो । समय पनि ५ बज्न थाल्यो । धानको रासमा खुर्पा आँसी गाडेर आडैमा सुन्तलाका दाना राखी सहकाल निम्त्याउँदै धान भर्ने काम शुरु गरियो । नौजवानले ३० पाथीका भारी बोकेर घर पुर्या्ए । १२ मुरी धान उठाएपछि सबै घरतिर लागियो । पीडाको कारण धान बोक्ने हिम्मत टुटेपछि परालको भारी भएपनि बोकेर जाने मानसिक शोच बनाएँ । तर शारीरिक हिसाबले नसकुँला जस्तो लागेपछि धान बत्ताउन लगिएका ४ वटा नाङ्लाहरु लिएर घर आएँ ।
धानका ठोसाले पैताला र चप्पलका बीचमा पनि ठाउँ लिएछन् क्यारे १ हिंड्दा ती ठाउँहरु पनि चस्कन थालेका थिए । घर पुगेपछि आमाले नुहाउन पानी तताइदिने जनाउनु भयो । मैले चिसै पानीले नुहाउने व्यहोरा अनुरोध गर्दै पाइप बाथरुममा फिट गरी नुहाउने कार्य सम्पादन गरें । पानी वास्तवमा चिसै थियो । दाइँको सायमकालीन भतेरका लागि मासु र अप्रत्यक्ष हिसाबमा बटारे (रक्सी) को चर्चा दिउँसै चलेको थियो । यदि म सरासरी गएमा सो कार्यक्रममा प्रतिकूलता सिर्जिएला भनेर उही राजीव दीक्षितजीलाई सुन्दै विस्तारामा सिरक भित्रै तातें ।
मनमा कृषि पेशा घाटा व्यवसायका रुपमा परिणत भएको महसुस भयो । मैले जान्दादेखि करिब एकदशक पहिलेसम्म श्रमिकको ज्याला नगदमा भन्दा जिन्सीमा मापन गरिन्थ्यो । एकजना पुरुष श्रमिकले एकदिनमा एक पाथी र महिलाले ४ माना (आधा पाथी) अन्न ज्यालाको रूपमा लिनेवप्रचलन थियो । तिनताका निस्सन्देह कृषि उत्तम पेशाका रुपमा परिचित थियो, अनि भएका खेतीयोग्य जमिन सबैको भरपुर प्रयोग भैरहेको थियो । अहिले त एकजना पुरुष श्रमिकको ज्याला रु ६००।– रहेछ भने एक पाथी धानको रु १००।– पर्दोरहेछ। यसरी हालको ज्यालालाई जिन्सीमा बदल्दा ६ पाथी धान हुँदोरहेछ । अन्धाधुन्ध रासायनिक मलको प्रयोगले जमिनको उत्पादन घट्दै गएकोछ । श्रमिकको अन्धाधुन्ध विदेश पलायनले काम गर्ने जनशक्तिको कमी हुँदा श्रमिकको ज्याला बढेको पाइयो–अर्थशास्त्रको नियम । परिणामस्वरूप खेतीयोग्य जमिनको पूर्णोपयोग हुन नसक्दा र उल्लिखित कारणसमेतले उत्पादनमा कमी हुनु अनि श्रमिक ज्याला बढ्दै जानुले स्पष्टतस् कृषि पेशा घाटा व्यवसायको रुपमा बदलिएको पाइयो । यसका लागि अहिले ल्याइएको युवा कृषकका लागि प्रोत्साहन प्याकेजले मात्रै खासै फरक पार्ला जस्तो लागेन । बरु तरकारी खेती, फलफूल खेती अझ भनौं नगदे खेतीको प्रवेशलाई अनिवार्य गरी कृषिमा संलग्न जनशक्तिलाई मौसम प्रतिकूलताप्रतिको क्षतिपूर्ति मात्र हैन निवृत्तिभरण समेतको व्यवस्था मिलाई कृषि पेशालाई सम्मानित पेशाको रुपमा स्थापित गर्नु वर्तमानको अत्यावश्यकता महसुस भयो ।
अरुले खाना खाइसकेपछि मलाई पनि खानाको खबर आयो । दाइले पनि खानुभएको रहेनछ । दुई दाजूभाइलाई भाउजूले खाना पस्किनु भयो । मलाई पर्याप्त घिउ दिंदै आज भाइले पनि बेसरी काम गरेु भन्दै हुनुहुन्छ दाइले पनि १ मासु पनि नखानेले खानुस् भो १ भन्नुभयो । मस्तसँग घिउ भात खाई मोहीले बिटमारी सायमकालीन भोजन समापन गरें । टिभी कक्षमा गई तात्तातो दूध पिउँदै साप्ताहिक हस्यौली भद्रगोलु हेरेर आजको र मुलतस् यस वर्षको हिउँदे दिनको स्मरण लेखी आराम गरेँ ।
सके सपारौं, नसके नबिगारौं
आँधीखोला – २, झारखोला, स्याँर्कोट ।


