केशव रेग्मी
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु खुल्ने क्रम तिब्र छ । मुलुक आर्थिक समृद्वीको बाटोमा लम्की रहेको भनि रहेको बेला ति बैंक तथा बित्तीय संस्थालेहरुले भने कृषि र उत्पादनशिल क्षेत्रमा लगानि गर्न हिचकिचाइ रहेका छन । यसै सन्दर्भमा गोरखा समाचार दैनिककले ओंम डेभलम्पमेन्ट बैंकका गोरखा शाखाका प्रबन्धक केशव रेम्मी संग कुराकानी गरेका छौ ।
राष्ट्रिय स्तरको बैक भयो त्यसमा कस्तो अनुभूति भएको छ ?
देशमा रहेका विीतय संस्थाहरुलाई अनुगमन र सुपरिवेक्षण गर्न सहजहोस् र तिनले दिने सेवामा पनि परिवर्तन होस, तिनको क्षमतामा वृद्धि हुन सकोस भन्ने उदेश्यका साथ नेपाल राष्ट्र बैकले नेपालमा वितिय सस्था मर्जरको नीति ल्यायो । त्यसमा बैकहरुले कि आफ्नो पँुजि वृद्धि गर्नु पथ्र्यो कि मर्जरमा जान पथ्र्यो । हाम्रो बैंकले विकल्प मध्य उपयुक्त बैंक पाएकोले मर्जमा गएको हो । यसवाट हामीलाई गौरवको अनुभुती भएको छ । फागुन मसान्त सम्मको बैकको निक्षेप रु १८ अर्व १५ करोड,कर्जा रु १६ अर्व ३२ करोड रहेको छ । बैंकको हाल सम्म ५२ शाखा,११ एटिम छन् । बैंकमा हाल सम्म २ लाख ३१ हजार ग्राहकले सेवा लिइरहेका छन् भने ४०० भन्दा वढि कर्मचारी छन् । बैंकले निःशुल्क सी(आश्वा सेवा दिईरहेको छ। बैंकले साना ७५हजार देखि ७५ करोड सम्मको कर्जा लगानी गरीरहेको छ । बैकले १५ लाख सम्मको विना धितो प्रोफेशनल कर्जा प्रदान गरिरहेको छ ।
मनास्लु विकास बैकको केन्द्रिय कार्यालय रहेको गोरखामा हाल शाखा हुँदा कारोवारमा केहि फरक आएको छ कि ?
त्यस्तो फरक आएको छैन झन वढेको छ,हिजो तिन जिल्लामा हुने कारोवार आज देश भरी गर्न मिलेको छ । कर्जा लगायतका कुराहरुमा धेरै जोखिम हुन्छ यस्को सिस्टमका कुराहरु केन्द्रवाट नै हुने हुँदा केहि ढिला भएको हो कि जस्तो लागेको हो । जोखिमलाई न्यूनिकरण गर्न यो आवश्यक पनि छ तथापी ग्राहकलाई त्यस्तो अनुभुति हुन दिएको छैन । कर्जा लगायतका बैंकिङ्ग सुविधा पहिले जसरी नै सहज र सरल किसिमवाट नै पाईरहनु भएको छ ।
मर्ज पछिको अनुभव कस्तो छ ?
मर्जले समग्रमा फाइदा नै धेरै भएको छ, एउटा राष्टिूय स्तरको वलियो बैंक वनेको छ यसले दिर्घकालिन रुपमा शेयर होल्डर कर्मचारी ग्राहक सवैलाई राम्रै गरिरहेको छ । हिजो कुनै ग्राहक ठुलो कर्जा माग्न आउदा डराउन पथ्र्यो आज त्यो अवस्था छैन हामी नै ७५ करोड एउटै कम्पनी वा ब्यक्तिलाई लगानी गर्न सक्छौं । यसरी नै हरेक कुराहरुमा पनि सहजता भएको छ ।
गोरखाको वित्तिय अवश्यकता चाँहि कस्तो छ ?
गोरखा भौगोलिक विविधता भएको जिल्ला हो यहाँ धेरै दुर्गम र धेरै सुगम ठाउँहरु छन् । सदरमुकाम आसपासको क्षेत्रमा जनताका बैंकिङ्ग पहुँच पुगेको छ भने धेरै जसो गाँउपालिकामा बैंकहरु पुग्न सकेका छैनन्,प्रक्रियामा छन् । ति शाखाको स्थापना पछि ति वरीपरी चहलपहल वढ्नेछ । यसले जिल्लाको समग्र बैंकिङ्ग चेतनाको विकास गर्ने छ । अर्को पक्ष यहाँको राजमार्गको मापदण्डको कारण धेरै धितो योग्य जग्गा यसमै पर्दछ । समथर जग्गाको अभाव, ठुला उद्योग कलकारखानाको नभएको कारण यहाँको ब्यवसाय भनेको उहि सामान्य ब्यापार नै हो । अहिले आएर पर्यटन क्षेत्र, कृषि क्षेत्रमा लगानी वढि रहेको छ । होटल ब्यवसाय वढि रहेको छ । यसले आन्तरिक पर्यटनमा ठुलो टेवा पुर्याउने देखिन्छ । गोरखाको विकासमा पर्यटन धेरै महत्वपूर्ण छ घुम्न हिडेको नेपाली लगभग सवैको गोरखा आउने चाहना हुन्छ । गोरखा आएका आन्तरिक पर्यटकलाई रात वस्न सक्ने गरी घुम्ने र वस्ने ठाउँको ब्यवश्था गर्न सके मात्र पनि गोरखाले धेरै रोजगारी सृजना गर्न सक्दछ ।
जर्मनीको बैंकसंगको सम्झौता अनुसार गोर्खामा लगानी ?
केएफडक्लु जर्मनको सबैभन्दा ठुलो सरकारी बैंक हो । केएफडब्लु डेभलपमेन्ट बैंकसंग भएको सभ्झौता अनुसार ओमले कर्जा लगानी शुरु गरिसकेको छ । सम्झौता अन्तर्गत केएफडब्लुले ओमलाई सम्झौतामा तोकिएको क्षेत्र अन्तर्गत साना तथा मझौला उद्यममा २ लाख देखि ४० लाख सम्मको कर्जा लगानीको गर्न १० बर्षको लागि ३ मिलियन युरो रकम उपलब्ध गराउने छ जसमध्ये पहिलो चरणको रकम उपलब्ध गराईसकेको छ । सम्झौता अनुसार केएफडब्लुले ओमलाई यस कार्यक्रमको लागि आवश्यक कर्मचारी तालिम, बृत्ती विकास, शाखा कार्यालय तथा लगानीको सम्भाब्यता अध्ययन कार्यको लागि १ मिलियन युरो रकम सहयोग समेत गर्नेछ । केएफडब्लु बैंकसंगको सम्झौता अनुसार हामीले गोर्खावासीहरुलाई लगानी गर्ने प्राथमिकतामा राखेका छौं ।
गोरखाका जनतामा बैंकिङ्ग सचेतनाको कमि छ, यसमा बैंकको भुमिका के हुन्छ ?
ठिक कुरा उठाउनु भयो, हाम्रो जस्तो अविकसित अशिक्षित गाउहरु भएको जिल्लामा बैंकिङ्ग सचेतनाका कार्यक्रमहरु गाँउ गाँउ लिएर जानु पर्छ । यसका लागि गाउँपालिकाले नेतृत्वदायी भूमिका खेल्नु पर्दछ । अको कुरा गाँउपालिकामा नै बैंकका शाखा भए पछि तिनिहरुसँग सहकार्य गरेर बैकिङ्ग सचेतना फैलाउन सकिन्छ । जसवाट घर घरमा रहेको पैसा बैंक सम्म आउँछ र बैंकले सो पँुजि अन्यत्र लगानी गर्न पाउँछ अर्को तर्फ केहि गरु भन्नेलाई बैकले उत्प्ररित गराई ब्यवसायी वनाउन सक्दछ ।
बैकहरुले तरलताको अभाव देखाएर कर्जा माग गर्ने ग्राहकलाई फिर्ता गरिरहेका छन् भन्छन नि के हो ?
त्यस्तै चाँहि होइन, बैंकहरु केहि समय पहिला पर्ख र हेरको अवश्थामा थिए । कति पय बैंकलाई कर्जा र वचतको नियमअनुसारको अनुपात मिलाउन गार्हो परेको थियो । अहिले सुध्री सकेको छ त्यस्तो छैन । तर हामीले चाँही कर्जा लगानी रोकेनौ उत्पादनशिल क्षेत्र खोजेर लगानी गरीरहेका छौं ।
उत्पादनशिल क्षेत्रमा भन्दा अन्य क्षेत्रमा लगानी वढि भईरहेको छ किन हो ?
यहाँ जग्गा जमिन वाँझा छन् । यहाँ चाहिने तरकारी देखि खाद्यान्न सम्म सवै कुरा वाहिरवाट आयत हुन्छ । यहाँ आवश्यक पर्ने तरकारी, माछा, मासु धेरै वाहिरवाट आउछ । यहा प्रत्यक जसो घरको एक जना बैदेशिक रोजगारको रुपमा विदेशका मुलुकमा छन । भएका युवा पनि वाहिर शहरमा छन् यसले गर्दा गाउँमा युवाहरु नहुँदा कुनै पनि काममा मानिसहरुमा उत्साह छैन । जिविको पार्जनको लागि मात्र परम्परागत खेति प्रणाली चलिरहेको छ । अव यसरी विकास सम्भव छैन युवाहरुलाई रोक्न सक्नु पर्छ यहि काम गर्यो भने पैसा यहि छ भन्ने कुरा वुझाउन सक्नु पर्दछ । परम्परागत खेति प्रणालीवाट आधुनिक प्रणलीको नगदेवालीमा रुपान्तरण गर्नु पर्दछ । यहाँको उत्पादन यहिको वजारमा उपभोग गराउन सकियो भने अन्यत्र भौतारीरहनु पदैंन । जिल्लामा भएका फाँटहरु वाँझो राखेर उत्पादनको कुरा गर्न सकिन्न ति फाँटहरु हरियाली हुन थाले पछि यहि केहि हुन्छ हामी अहिले त्यस्तै युवाहरुको खोजीमा छौ जो काम गर्दछन् । अहिले हामीमा गरेर खाने भन्दा किनेर खानी वानी वढेर जाँदा समस्या आएको छ ।
बैंकिङ्ग क्षेत्रको विकासमा राज्यको कस्तो हुन पर्छ ?
कुनै पनि देशको बैंकिङ्ग क्षेत्रको विकासको लागि राज्य तथा सम्बन्धित देशको केन्द्रिय बैंकको अहंम भूमिका हुन्छ । सरकारको नीति तथा कार्यक्रम तथा नेपाल राष्ट्र बैंकको नीति, निर्देशन, मौद्रिक नीति आदिले बैंक तथा वित्तीय संस्थाहरुलाई मार्ग निर्देशन गरिरहेको हुन्छ जस्तै हालसालै नेपाल राष्ट्र बैंकले बैंकहरुलाई स्थानिय तहमा शाखा खोल्न गरेको निर्देशन । अझै पनि नेपालको बैंक तथा वित्तीय संस्थाहरुको विकासको लागि राज्य तथा नेपाल राष्ट्र बैंकले धेरै कुराहरु गर्नुपर्छ । वित्तीय स्थाईत्वको लागि स्थायी सरकार, राम्रो नियमन तथा सुपरिवेक्षण, राम्रो सुरक्षा ब्यवस्था तथा प्रविधि, राम्रो सूचना ब्यवस्था आदी ।
अन्तमा केही छ कि ?
सबै गाउपालिकामा बैंकका शाखाहरु स्थापना हुँदै छन् यस अवसरलाई गोरखाली जनताले अवसरको रुपमा लिएर यी बैंकहरुवाट फाइदा लिन सक्नु पर्दछ । हाम्रो ठाउँवाट उठाएको वचत हाम्रै ठाँउमा लगानी हुनु पर्दछ भन्ने आवाज उठाउन सक्नु पर्दछ । हाम्रो क्षेत्र चिया, अलैची, अदुवा, अम्रिसो, स्याउ, मासु अदिको उत्पादनको सम्भावना राम्रो भएकोले राज्यले उपयुक्त वजारको ब्यवश्था गरिदिनु पर्दछ । रोप्ने वेलामा वजार देखेर रोपेको चिज बेच्ने वेलामा वजार नपाएर कुहिएर जाने अवस्थाको अन्त हुनु पर्दछ र मात्र किसानले ढुक्क भएर लगानी गर्न सक्छ अनि बैंकहरुले ढुक्क भएर ती परियोजनामा लगानी गर्न सक्छन् ।
लेखक ओम डेभलपमेन्ट बैंक गोरखाका शाखाका प्रमुख हुन


