तिलक पौडेल

कोही भन्छन् – शेषनागले फण बदल्दा हो,
कोही भन्छन् – ह्वेलले काँध फेर्दा हो,
कोही भन्छन् – इण्डियन र तिवेटन प्लेट ठोकिएर हो,
तर, जसरी भएपनि –
भू भनेको पृथ्वीमा, कम्प भनेको हल्लाइ याने
पृथ्वीमा हुने हल्लाइ नै भूकम्प हो १
कारण जेसुकै वा जुनसुकै किन नहोस् ।
उद्गमस्थललाई इपिसेन्टर, झड्का आउने भूत्वकसम्म,
पृथ्वीलाई टाउको ठान्दा, भुसुनारुपी हामी १ बास बनाउने टम्माटम्म ।।
नापिने हो रेक्टर स्केलमा, उद्गमस्थलको झड्काधारमा,
कति गहिरोबाट शुरु भयो रु शक्ति महसूसिने त्यही आधारमा ।।
बहत्तर साल बैशाख मैना, बाह्र गते शनिबार,
ग्यार छपन्नमा गयो भूकम्प, नापो थियो सातपइन्ट नौ, संक्षिप्तमा यही हो सार ।।
शुरुको उठान गोर्खाको बारपाक्, त्यसपछीका ठाउँ अदल(बदल,
विश्व सम्पदाहरु क्षणमै नष्ट भए, त्रासदीमा परेऊँ जन सकल ।।
लगातार जस्तो आइरहँदा, अधिक जन्ताको त्रिपाल बास,
प्रभावित क्षेत्र मसान सरह, गुमीसक्यो धेरैको जिउने आस ।।
बाल(बृध्द के, स्त्री(पुरुष के रु अमीर(फकीर सबै समान,
त्रिपाल बन्यो घर(महल, बासिन्दा बन्यौं एकै जहान ।।
यसर्थ,
छाडौं फूर्ति, धाक, रवाफ, सेलाऊँ सबैले गर्विलो शान,
नाङ्गै जन्म्यौं, मर्ने रैुछ नाङ्गै, प्रकृति सामु सबै समान ।।
विपद्को यो दुःखद घडिमा, दिवङ्गतप्रति श्रध्दा सुमन,
घाइतेजनको ९शीघ्र० स्वास्थ्य लाभ होस्,
समवेदना प्रकटौं, उत्साही बनौं, शोक सन्तप्त जन ।।
राहत वितरण समानुपातिक होस्, उद्धार कार्यमा सफलता मिलोस्,
याचना गरौं मानवीयताको, समस्त धराबासीबाट सहायता मिलोस् ।।


