×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गायक सत्यराजले भनेछन्, ‘माग्ने बुढालाई यो रुपमा देख्नुअघि किन म मरिनँ ?’

  •  
  • सोमबार, असोज ३०, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • कामकाजी केदारलाई सरकारले बनायो ‘माग्ने बुढा’

    शिव मुखिया

    ‘ग्वार्को चोकबाट एक किलोमिटर इमाडोलतर्फ आउने । त्यहाँ ‘किरण केसीको घर कहाँ ?’ भनेर सोध्ने । सबैले देखाइदिन्छन् । किरण केसीको घरबाट सोझै अघि बढेपछि ठोक्किने घर मेरो हो ।’

    दूरी छोटो भए पनि नागबेली आकारको बाटोमा ‘पजल’ खेलेजस्तै घरि यता र घरि उता गर्दै हामी उनको निवाससम्म पुगेका थियौं ।हास्य कलाकार माग्ने बुढाले यसरी आफ्नो घरको ‘लोकेसन’ दिएका थिए तर उनले भनेजस्तो सजिलै इमाडोलको त्यो घर भेटिएन ।

    घरको अघिल्तिर मारुती वागन-आर पार्किङ गरिएको थियो । सँगै, स्कुटर पनि । चेनगेटमै कुकुर तैनाथ ।

    ‘ढोका खोलेर सोझै माथिल्लो तलामा आउनुहोस्’ भन्ने उर्दी शिरोधार्य गर्दै हामी भित्र प्रवेश गर्‍यौं । सिंढीमाथि एकपछि अर्को  मिङ गरिएको ‘मायाको चिनो’, ‘सम्मान पत्र’ झुन्ड्याइएको थियो । सिलसिलावद्ध ।

    तीन तला उक्लिएपछि माग्ने बुढाको अवतार उतारेर सोफामा ढल्किरहेका केदार घिमिरे भेटिए । थकित मुद्रामा । बेस्सरी भारी बोकेर चौतारोमा सुस्ताइरहे जसरी ।

    तपाईंले पकाउने मीठो परिकार के हो ?

    उसिनेको अण्डा ।

    बिहान उठ्नासाथ के गर्नुहुन्छ ?

    म उठ्दा दिउँसो हुन लागेको हुन्छ । त्यसबेला मर्निङवाक जान मिलेन ।

    व्यायाम गर्नुहुन्न ?

    गर्छु, साँझतिर । पहिले कराँते पनि सिकेको हो, त्यही गर्छु । यो मेरो रेगुलर रुटिन हो ।

    पसिना चुहिनेगरी ?

    अँ, पसिना निस्कने-निस्कने बेला हुन्छ । त्यसअघि मै निस्कन्छु ।

    बाहिर हिँड्दा कति चिरिच्याँट्ट भएर हिँड्न मन लाग्छ ?

    मेरो लुगा लगाउने ढंग देखेर साथीहरु भन्छन्, ‘माग्नेको यस्तो गति देख्नुअघि म किन मरिनँ ।’

    यो प्रश्नोत्तरपछि माग्ने बुढा ‘हा..हा..हा’ गर्दै कस्मेटिक्स हाँसो हाँसे ।

    माग्ने बुढाले ट्राउजरमा पार्टी सुज लगाएको देखेपछि गायक सत्यराज आचार्यले जिल्लिँदै भने, ‘हे भगवान, यस्तो देख्नुअघि किन म मरिनँ ?’

    गोलाकार सोफामा ज्यानलाई अडेस लगाएर ल्यापटपको किबोर्डमा औंला नचाइरहेका माग्ने बुढाले काँचको पारदर्शी टेबलमा लमतन्न खुट्टा पसारेका थिए ।

    प्रश्नोत्तर चलिरहँदा उनले फेसबुकमा आफ्नो फोटो अपलोड गर्न भ्याइसकेछन् । फोटो मुन्तिर छिनछिनमा आउने लाइक र कमेन्ट हेर्दै मख्ख थिए ।

    सादा जीवन

    ‘कुरा गर्ने कुरै छैन, के कुरा गर्ने’ भन्दै उनी सुरुमा तर्कन खोजे, ‘मेरो कुरा सबै भनिसकें, भन्न बाँकी कुरै छैन ।’

    हामीले उनको दिनचर्याबारे चासो राख्यौं ।

    ‘बिहान १० बजे उठ्ने, एकसरो मुख पखाल्ने, जनै समातेर मन्त्रोच्चारण गर्ने, तातो भात खाने, दिनभर काममा निस्कने, साँझ फर्केर धूपवाती बाल्ने, व्यायाम गर्ने, प्राणायाम गर्ने, दालभात खाने, सुत्ने । बस्,’ उनले एकै सासमा नौ घण्टे दैनिकी ओकले ।

    एकदम तल्लो तहबाट आएको मान्छे भएकाले अरुजस्तै सामान्य जीवन भएको उनले बताए । उनलाई न लाउनेको सौख छ, न खाने । एकसरो लुगाले आङ ढाक्न पाए पुग्छ, दुई छाक दालभात भए मनग्य ।


    लुगा ब्रान्डेड चाहिएन । महँगो पनि चाहिएन ।

    ‘आफूलाई कस्तोले सुहाउँछ भन्ने थाहा छैन,’ उनले भने ।

    लत्ताकपडा आफैं किन्दैनन् । परिवारका सदस्यले जस्तो ल्याइदिन्छन्, चित्त बुझाउँछन् ।

    ‘गुनासो गर्नका लागि या आफ्नै जाँगर हुनुपर्‍यो या त फेसनबारे जान्नु पर्‍यो । मसँग दुइटै छैन,’ उनी मस्त हाँसे ।

    ट्राउजरसँग पार्टी सुज

    ‘पब्लिक फिगर’ भइसकेपछि सबैकुरा आफ्नो मर्जीमा चल्दैन । पहिरन पनि । कम्तिमा गेटअपमा ध्यान दिनैपर्छ । उनलाई यस्तो कुराले घोच्न थालेको छ, कताकता ।

    उनको पहिरनमाथि साथीभाइले हदैसम्मको ठट्टा गर्छन् । छोराछोरीले समेत चोर औंला ठड्याउँछन् । यसरी ठट्टा गर्नेमा दीपाश्री निरौला नम्बर वानमा पर्छिन् । तर, उनको यो ठट्टामा ‘सुझाव’ पनि मिसिएको हुन्छ ।

    तक्मे बुढा अर्थात् विल्सनबिक्रम राई भेटैपिच्छे भन्छन्, ‘काका यस्तो लगाउनु, यसरी मिलाउनु न ।’

    छोराछोरी पनि ‘किन यस्तो लगाएको’ भन्दै सुधारको चेतावनी दिन्छन् । तर, उनले टेरपुच्छर लगाए पो ?

    एक पटक कार्यक्रम सिध्याएर माग्नेको टोली काठमाडौं आउँदै थियो । बाटोमा कालकारको अर्को टोलीसँग जम्काभेट भयो । ‘हाइ, हेल्लो’का लागि उनीहरु भ्यानबाट उत्रिए । माग्ने बुढालाई देख्नासाथ गायक सत्यराज आचार्यले जिल्लिँदै भने, ‘हे भगवान, यस्तो देख्नुअघि किन म मरिनँ ?’

    सत्यराजको यो ठट्यौलीको रहस्य थियो, माग्ने बुढाको हुलिया । त्यसबेला माग्ने बुढा ट्राउजरमा थिए । ट्राउजर मात्र भए त हुन्थ्यो, त्यससँगै पार्टी सुज पनि ।

    ‘गाडीमा आफ्नै टिमसँग बस्ने त हो नि भनेर ट्राउजरमा पार्टी सुज लगाएको थिएँ,’ माग्ने बुढाले हाँसो रोक्दै भने, ‘बाटोमा त्यसरी साथीभाइसँग जम्काभेट हुन्छ भन्ने के थाहा त ?’

    असफल भान्से

    श्रीमती माइती गएको बेला होस् वा महिनावारी भएकै बेलामा किन नहोस्, डाडुपन्यु माग्ने बुढाको हातमा आइपुग्छ । भान्साको हर्ताकर्ता उनै । खाना पकाउनमा उनी जाँगरिला होइनन् । तर, अल्छी मानेर पनि भएन । पकाउँछन् । तर, गाँसैपिच्छे ‘कम्प्लेन’ । कसैले यो पुगेन भन्ने, कसैले त्यो बढी भयो भन्ने ।

    भात पकाउन सुरिएर उनी भान्सामा पुग्दा छोरा पनि पछि-पछि आइपुग्छन् । किनभने, छोरालाई थाहा छ, ‘बुवाले पकाएको तरकारीसँग भात रुच्न गाह्रो हुन्छ ।’ छोरा आफैं पकाउँछन् । परिआएको खण्डमा छोरीले पनि पकाउँछिन् ।

    ‘चारै जना आलोपालो पकाइन्छ,’ माग्ने बुढाले भने, ‘हाम्रोमा एक से एक भान्से ।’

    प्रायः खाना त्यही हुन्छ, जो सामान्य भान्सामा पाक्छ । अर्थात्, दाल, भात, तरकारी, अचार ।

    खानपानमा माग्ने बुढाको आफ्नै ‘स्टाइल’ छ ।


    जस्तो, उनी सुरुमा पस्किएको भात दोस्रो पटक थप्दैनन् । भातमा कहिल्यै गुनासो गर्दैनन् । भात कति छिटो निल्छन् भने अरुले आधा खान भ्याएकै हुँदैनन् ।

    थाल छिटो रित्याउने प्रवृत्तिले कहिलेकाहीं अप्ठ्यारो पार्छ । खासगरी सार्वजनिक भोजमा ।

    ‘मलाई विस्तारै चपाएर वा थोरै-थोरै खान आउँदैन,’ उनले भने, ‘त्यही भएर अरु साथीभाइ वा कलाकारको माझमा खानुपर्‍यो भने अलि कुनातिर बस्छु ।’

    माग्ने बुढाको जिब्रोले मीठो-मसिनो खोज्दैन । नुन र रोटी मात्रै भए पनि मन अघाउँछ । तरकारीमा नुन चर्को भयो भने पानी घोलेर पनि काम चलाउँछन् ।

    ‘खानेकुरामा म साह्रै सजिलो मान्छे,’ यति भनिसकेपछि उनले अघिल्तिरको एक टुक्रा स्याउ टिपेर चपाए ।

    फुटपाथबाट लखेटिँदै सिंहदरबार

    आफ्नो जीवनशैली किन अति सामान्य छ भन्ने प्रसंगमा उनले त्यो विगत सम्भिmए, जतिबेला उनी फुटपाथमा टीका, काइँयो र नेलपालिस फिँजाएर ग्राहक कुर्थे ।

    जतिबेला, उनी खाक्सीले अरुको घरको भित्ता चिप्लो पारिरहेका हुन्थे । जतिबेला, उनी यात्रुको मर्जीअनुसार ट्याम्पुको एक्सेलेटर दाबिरहेका हुन्थे ।

    जतिबेला, उनी चार्जर, ब्याट्री, रेडियो, घडी, टर्च बेचिरहेका हुन्थे । ‘तर, सरकारले मलाई केही गर्नै दिएन,’ माग्ने बुढाले सुनाए, ‘यताबाट लखेट्यो, उताबाट लखेट्यो । सरकारले लखेटेरै मलाई कलाकार बनाएको हो ।’

    कलंकीको फुटपाथमा कस्मेटिक्स आइटम बिक्री गरिहेका बेला नगर प्रहरीले धपाउने । फुटपाथको व्यापार बन्द । सरसामान कुम्लो बनाएर भाग्दा भाग्दै उनलाई आइडिया फुर्‍यो, टेम्पो किन्ने । टेम्पोलाई फुटपाथमा राख्न नपर्ने, जता दौडाए पनि भयो । यस्तै सोचे ।

    तर, तीन वर्ष नपुग्दै सरकारको दृष्टि टेम्पोमाथि पर्‍यो । भाडामा कुद्ने सानो टेम्पो काठमाडौंको रुटबाट हटाइने भयो । दुःखजिलोले जोडेका तीन वटा टेम्पोलाई ‘बाई-बाई’ गर्नैपर्ने भयो ।

    अब सटर लिए र विद्युतीय सामग्री बेच्न थाले । तर, सडक बढाउने भन्दै डोजर चलाउन थालेपछि, सटर पनि साँघुरियो ।

    ‘बाटोले मिचेपछि सटर घटाउँदै लगें,’ माग्ने बुढाले भने, ‘पछि त, त्यो सानो चेप मात्र बाँकी रह्यो । पान पसलजस्तो ।’

    सरकारले ‘गरिखान’ नदिएपछि उनी संयोगले रेडियो नेपालमा नाटक स्वरांकन गर्न पुगे । त्यसअघि उल्कै कविता लेख्थे । गाउँमा छँदा कविता लेखेरै ‘फेमस’ भएका । त्यही कविताले तान्दै उनलाई सिंहदरबार पुर्‍यायो ।

    उनी सानोतिनो रेडियो नाटकमा अभिनय गर्न थाले । व्यापार-व्यवसाय थन्कियो । कलाकारिता तंग्रियो । उनी कलाकार भए । र, माग्ने बुढा बने ।

    उनै माग्ने बुढाले राजधानीमा तीनतले भवन ठड्याए । यतिबेला माग्ने बुढा त्यही घरको छतमा उभिएर फोटोका लागि ताल-तालको पोज दिँदै थिए ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज ३०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.