×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

राजनीति छाडेर गाईपालन

  •  
  • शनिबार, असार २५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शिवप्रसाद उप्रेती

    राजनीतिमा अन्तरसंघर्षबाट माथि उक्लिनै नसकेर थचारिनेहरू पाइन्छन् । एउटा उचाइमा पुगिसकेपछि आफ्नै इच्छाले शून्यमा पुग्ने युवा नेताहरू दुर्लभै छन् । उदाउँदो राजनीतिक भविष्यबाट फेदीमा ओर्लिएर यानप्रसाद भट्टले गोरखाको समाजमा नयाँ परिचय बनाएका छन् । माओवादी क्रान्तिको अग्रमोर्चामा परिचय बनाएका उनले अहिले नयाँ पहिचान बनाएका हुन्ः एक पूर्णकालीन गाईपालक किसान ।

    राजनीतिक आन्दोलनको अग्रपंक्तिमा, सभा, सम्मेलनको मञ्चमा देखिने उनी २०७० सालको पुस महिनाबाट एकाएक गायब भए । अहिले उनलाई खोज्दै जाने हो भने गोठमा १८, २० वटा गाईको दूध दुहिरहेको, गोबर सोहोरिरहेको, घाँस, पानी खुवाइरहेको वा औषधिमुलो गरिरहेको भेटाइन्छ । साँझ बिहान पर्खेर बस्ने हो भने गोरखा बजारको सडकमै मोटरसाइकलमा दूधको क्यान दुईतिर बोकेर कुदिरहेको, लिटरको नापोले दूध भर्दै बेचिरहेको भेटिन्छ ।

    काम गरिरहेको थलोमा भेट्दा उनी इतिहास र वर्तमान जीवनको कत्ति पनि तुलना नगरी व्यवहार गर्छन् । मानौं उनी वर्षौंदेखिका व्यावसायिक दूध किसान हुन् । भन्छन् ‘जे गरिरहेको छु, मलाई त्यसमै गर्व छ । हिजो जे गरेँ, त्यसमा पनि गर्व छ ।’

    उनी अहिले १८ वटा उन्नत जातका गाई पालिरहेका छन् । दिनमा एक सय ५० लिटर दूध बेच्छन् र दिनमै १० हजार रुपैयाँ कमाउँछन् । ‘६ हजार दिनमा खर्च हुन्छ । चार हजार रुपैयाँ बच्छ’, उनी भन्छन्, ‘सबै खर्च कटाएर महिनामा एक लाख रुपैयाँ कमाइ हुन्छ ।’ गाउँमै बसेर महिनामा एक लाख कमाउनु राम्रै भएको उनी विश्लेषण गर्छन् । भन्छन्, ‘हामी जस्तो मध्यमवर्गीयलाई यो कमाइ सन्तोषजनक हो । युवाहरूले स्वरोजगार गर्न सके बिदेसिनु पर्दैन भन्ने यहाँबाट सिक्नुपर्छ ।’

    जनयुद्धका बेला गाउँलेलाई सिकाएको पाठको अहिले आफैंले उपयोग गरेका छन् । जनयुद्धमा किसानलाई टुक्रे उत्पादन छाडेर व्यावसायिक उत्पादनतिर लाग्न उनले सुझाव दिने गरेका थिए । ‘अरूलाई उपदेश दिएरमात्र मुलुक परिवर्तन हँदैन । संसार बदल्न आफूबाटै सुरु गर्नुपर्छ भनेर म व्यवसायतिर लागेको हो’, उनले भने ।

    उनले अघिल्लो वैशाख १ गतेदेखि गोरखा सदरमुकाममा गाईपालन सुरु गरेका हुन् । यसअघि २०६८ सालदेखि सहकारीमार्फत देउरालीमा व्यवसाय गरेका थिए । सहकारीले फर्म बेच्ने निर्णय गरेपछि उनले २०७० सालको पुस ९ गते ३० लाख रुपैयाँ लगानी गरेर गाई फर्म एक्लौटी बनाए । अहिले उनको ऋण ७३ लाख रुपैयाँ छ । देउरालीमा गाई फर्म हुँदा उनले ३० महिनासम्म मासिक एक लाख रुपैयाँका दरले नोक्सानी बेहोरे । केही गाई र दूध बेचेर ऋण घटाएका हुन् ।

    गाई फर्मका लागि उनले हालै २२ रोपनी जग्गा भाडामा लिएका छन् । नौ आना जग्गा मात्र आफ्नो नाममा छ । अब यान्त्रीकरण गर्दै व्यवसायलाई अगाडि बढाउने उनको लक्ष्य छ । दूध दुहुने मेसिन ल्याउन पेस्की दिइसकेका छन् । अब मेसिनले दुहुने, दूध बेच्न हिँड्ने पनि मान्छे राख्ने तयारी गर्दैछन् ।

    १८ वटा गाई एक्लैले दुहुँदा अत्यास लाग्ने, हात गल्ने हुन्थ्यो । अहिले बानी भइसकेको छ । यताउति हिँड्दा काम नरोकियोस् भनेर कामदार थप्ने, मेसिनहरू किन्ने तयारी गरेको उनले बताए । ‘मेरो भविष्य नै यही हो । त्यसैले भविष्य राम्रो बनाउन व्यवसायलाई राम्रो बनाउनु पर्छ’, उनी भन्छन् । यान्त्रीकरणले खर्चमा आधा कटौती हुने उनले विश्वास छ । ‘हामी बूढाबूढी र एकजना कामदार भए १८, २० वटा गाई सजिलै पाल्न सकिने रहेछ ।

    Yan-Prasad-Bhatta

    महिनाको एक लाख माथिको आम्दानी घरमै बसेर गर्न सकिने रहेछ भन्ने सन्देश दिनुछ’, उनी भन्छन्, ‘मैले एउटा वडाका करिब तीन सय जनालाई दूध पुर्‌याउँछु भने गोरखा नगरपालिकामा १५ वटा वडा छन् । १५ जना यस्ता दूध व्यवसायी निस्किए भने अरू नगरपालिका र वडाहरूमा पनि यसरी व्यवसाय गरे युवाहरू बिदेसिनु पर्दैन भन्ने यो प्रमाण बनेको छु ।’ युवाहरू यसरीमै व्यवसायमा लागे उत्पादन बढ्ने, उत्पादन लागत घट्ने, स्वदेशमै रोजगार पाउने, स्वदेशीवस्तुमै मुलुक आत्मनिर्भर हुने फाइदै फाइदा रहेको उनी बताउँछन् ।

    उनी दुहुँदा दुहुँदैका ताजा दूध बिहानको बिहानै, बेलुकाको बेलुकै उपभोक्ताको घरघरमा पुग्छ । दूधको बजारसँग भविष्य जोडिएकाले गुणस्तर खस्किनेमा चिन्ता रहेको उनको भनाइ छ । अहिले नेपालको दूधले मागको १५ प्रतिशत मात्र पूर्ति गरेकाले जति गाईपालन गरेपछि बजारको समस्या नहुने उनको भनाइ छ ।
    आफैंले बजारमा दूध लगेन भने व्यवसायीले भन्दा बिचौलियाले धेरै नाफा खाइदिन्छन् । ‘पहिला मलाई एक लिटर दूधको ३५ रुपैयाँ दिन्थे । बिचौलियाले बजारमा लिटरको ७० रुपैयाँमा बेच्थे । अहिले म आफैंले बजारमा लिटरको ७० मा बेच्छु । मलाई ३५ रुपैयाँ यसै पनि बच्ने भयो’ उनले भने ‘दूधमा त यस्तो छ भने अरू किसानलाई पनि बिचौलियाले यसरी मारिरहेका छन् ।’ उनी राजनीति बुझेका किसान हुन् । दूध व्यवसायमा देखिएको समस्या समाधान गर्न राज्यले बिचौलियाहरूको अन्त्य गर्नुपर्ने उनको सुझाव छ ।

    उनी आबद्ध पार्टीमा विचलन आयो र विभाजन पनि भयो । त्यसपछि उनलाई राजनीतिप्रति मन मरेर आयो । उनले बुझेको राजनीति भनेको समाज परिवर्तन गर्ने अभियानको नेतृत्व गर्ने हो । तर अहिले त्यसो भएन । समाज बदल्नु अघि पहिला आफैं बदलिनु पर्छ । पार्टीभित्रको राजनीति अघि बढाउन पहिला सबै साथीहरूसँग मित्रवत् व्यवहार गर्नुपर्छ । अन्तरपार्टी मित्रवत् व्यबहार भएमा सबैको जितको अनुभूति हुन्छ । त्यो भयो भने हीनता पैदा हुदैन । हीनता भएन भने कुण्ठा पैदा हुँदैन । त्यसो भएपछि उत्साह पैदा हुन्छ ।

    यसरी अघि बढेमा व्यक्ति सफल हुन्छ । व्यक्ति सफल हुँदा उसको राजनीति सफल हुन्छ । राजनीति सफल भए मुलुक सफल हुन्छ भन्ने उनको बुझाइ छ । तर त्यस्तो हुनै नसकेपछि उनी राजनीतिबाट विरक्तिए । राजतन्त्रको अन्त्य, गणतन्त्र स्थापना, धर्म निरपेक्ष, संघीय राज्य घोषणा त भयो । तर जुन गतिमा हुनुपथ्र्यो, त्यो हुन नसकेको उनी देख्छन् । बरु पार्टीभित्रै खिचातानी, सत्ताका लागि दौडधुप, व्यक्तिगत स्वार्थका लागि मरिहत्ते गर्ने प्रवृत्ति बढेको उनी देख्छन् । पार्टीको नीति, सिद्धान्त, मिसन के हो कसैलाई पर्वाह नभएको र साँघुरो घेराभित्र राजनीति अल्झिरहेकाले उनले यो बाटो रोजेको बताए ।

    राज्यको, राजनीतिको आडमा कमाइधमाइ गर्नेले पार्टीलाई प्रदूषित परेको उनको निष्कर्ष छ । राजनीति गर्ने मान्छेहरूले जनताको कुरा सुन्ने, बुझ्ने, तलको रिपोर्ट सुन्ने गर्नपर्छ भन्ने उनको सुझाव छ । कुरा तलको सुनेजस्तो गर्ने, काम चाहिँ आफू खुसी गर्ने नेताका कारण नेपालको राजनीति असफल नभएको उनी देख्छन् ।

    २०४४ सालदेखि अखिलको विद्यार्थी संगठनदेखि उनले राजनीति सुरु गरेका हुन् । तर तत्कालीन नेकपा (माओवादी) को पार्टी सदस्य भने २०५७ सालमा भएका हुन् । २०५९ सालमै उनले नवलपरासी जिल्लाको सचिव पद सम्हाल्ने मौका पाए । २०६२ सालमा फर्केर गोरखा आएका उनी यहाँको क्षेत्र नम्बर एकको इन्चार्ज बने । २०७० को पार्टीको जिल्ला अधिवेशनमा जिल्ला सदस्य पदमा निर्वाचित पनि भए । त्यसको अर्को वर्ष उनीहरू नेता डा. बाबुराम भट्टराईले गठन गरेको समानान्तर समितिको संयोजक रहेर काम गरेका थिए ।

    तर अहिले कुनै पार्टीमा पनि आबद्ध छैनन् । कुनै पार्टीको कार्यक्रममा पनि उनी सहभागी हँदैनन् । पुरानो पार्टी विचलन भएको र नयाँशक्तिमा राजनीतिक पृष्ठभूमि भएकाहरू अलि पछि परेका र कर्मचारी हावी भएका कारण उनको दुवैमा चित्त बुझेन । नीतिअनुसार नेतृत्व नभएको उनी बताउँछन् । पछि कुनै पार्टीप्रति चित्त बुझे पनि सामान्य सहभागीसम्म हुने उनको योजना छ । सक्रिय सहभागी कुनैमा पनि नहुने अठोट गरेका उनी बाँकी जीवन गाईपालनमै समर्पित गर्ने योजनामा छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.