×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

स्कुल नै नदेखेका बालबालिकाको गाउँ

  •  
  • आइतबार, चैत २८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ


    फोटो :राहत बुझेको भरपाईमा ल्याप्चे लगाउँदै बिही ९ ड्याङकी स्थानीय महिला ।
    शिवप्रसाद उप्रेती
    बिही (गोरखा) : बिही ९ ड्याङगाउँमा एक संस्थाले सोलार बिजुली बाँड्यो । ४० घरपरिवारका सदस्य बिजुली बत्तीको उपकरण लिन उपस्थित भए । संस्थाले बुझिलिएको भरपाई गराउँदा चालीसै घरका सदस्यले ल्याप्चे सही गरे ।
    ‘हाम्रो गाउँका सबैले ल्याप्चे गरे, मलाई साह्रै लाजमर्दो भयो’, अघिल्लो साता भएको कार्यक्रमबारे स्थानीय बिही युवा मैत्री क्लबका सल्लाहकार नवीन गुरुङले भने, ‘गाउँमा विद्यालय छैन त्यसैले कसैले पनि पढ्न पाएनन् ।’ बिही गाविसका नौवटै वडामा विद्यालय नभएको उनले बताए । गाउँका केही युवा पढ्न काठमाडौं र सदरमुकाम गोरखा गएका छन् । उनीहरू गाउँ फर्कन मान्दैनन् । ‘गाउँका शतप्रतिशत ल्याप्चे छन्’, उनले भने, ‘अरूले देख्दा पनि लाजमर्दो, हामीले भन्दा पनि लाजमर्दो ।’
    बिही २ मा गुम्बा हिमाली प्रावि थियो । शिक्षक कहिल्यै पनि विद्यालयमा नजाने गरेपछि विद्यार्थी शून्य भएका कारण चार वर्षदेखि विद्यालय बन्द भयो ।
    क्य्राकमा रहेको शृङ्गी हिमाली प्रावि पनि शिक्षक, विद्यार्थी नभएपछि बन्द भएको चार वर्ष भइसक्यो । ‘स्कुलमा सर पनि कहिल्यै नआउने, विद्यार्थी पनि नजाने, स्कुल पनि कहिल्यै नखुल्ने तर सरकारको पैसाचाहिँ बगेको बग्यै’, नवीन गुरुङले भने, ‘त्यसैले सरकारले दुवै विद्यालय बन्द गर्‌यो । यस वर्षदेखि नयाँ विद्यालय स्थापनाका लागि पहल गरेको छु ।’
    पहिले स्कुल रहेको ठाउँमा अहिले भग्नावशेष पनि छैन । ‘त्यहाँ त भूकम्पपीडितलाई ओसार्न र राहत ओसार्न हेलिप्याड बनाइएको छ,’ उनले भने । गाउँका शतप्रतिशत बालबालिका गोठालो जाने, मकै रोप्ने, बाँदर हेर्ने, घाँसदाउरा गर्ने, खाना पकाउने गरेरै दिन काटिरहेका छन् ।
    स्कुल नदेखेका बालबालिका
    बिही ९ ड्याङकी साम्दान छुकी १२ वर्षकी भइन् । उमेरअनुसार उनी यतिबेला ६ कक्षा उत्तीर्ण गरी सातमा पुग्नुपथ्र्यो । तर उनले स्कुल देखेकी छैनन् । उनीसँगै खेल्ने, सँगै गोठालो हिँड्ने उही उमेरकी दोर्जे सामोलाई पनि स्कुल कस्तो हुन्छ, त्यहाँ के हुन्छ थाहा छैन । पासाङ्छुकीले बिहीकै पाखा पखेरामा गोठालो बनेर २० वटा हिउँद बर्खा कटाइन् । ११ वर्षकी ङिमा डोल्मा पनि उनीसँगै गोठमा बस्छिन् । सँगै खर्कमा गोठालो जाने गर्छिन् ।
    उनीहरू जस्तै बिही गाविसका ७ वर्षका टिस्युङ, ६ वर्षका चङयाल सबका सब घरमा खेलेर, बुबाआमासँग गोठालो गएर, साथीभाइसँग मेलापात गरेर दिन बिताइरहेका छन् । वृद्धवृद्धाले नपढेरै जुनी कटाए । युवाले पनि अहिलेसम्म विद्यालय देखेनन् । नयाँ युग हाँक्ने बालबालिका पनि शिक्षाको उज्यालो घामबाट वञ्चित छन् ।
    एउटै स्कुल नभएपछि गाउँका शतप्रतिशत बालबालिका गोठालो जाने, मकै रोप्ने, बाँदर हेर्ने, घाँसदाउरा गर्ने, खाना पकाउने गरेरै दिन काटिरहेका छन् ।
    ‘पढ्न मन त लाग्छ नि’, १२ वर्षकी साम्दान छुकी भन्छिन्, ‘गाउँमा स्कुल छैन । अर्को गाउँ दिनभरमा पनि पुगिँदैन ।’ बिही गाविसभर विद्यालय नभए पनि छिमेकी प्रोक गाविसको गप आवासीय विद्यालय छ । त्यहाँ पुग्न पाँच घन्टा लाग्छ । आउनेजाने गरेर पढ्न सकिँदैन । त्यहाँ बस्ने गरी पठाउन अभिभावक चाहँदैनन् । ‘बाआमासँग काम गर्नुपर्छ’, १२ वर्षकी दोर्जे सामो भन्छिन्, ‘हामीलाई टाढा पठाउन बाआमा मान्दैनन् ।’ गुम्बामा आनी बस्न जान लाग्दा पनि बाआमाले नपठाएको उनले सुनाइन् ।
    स्थानीय १५ वर्षकी छ्युक्याल दोर्जेलाई भने बिही गाउँमा पहिले स्कुल रहेको जानकारी छ । ‘बिहीमा स्कुल थियो रे’। उनी भन्छिन् ‘त्यहाँ जान आउन ६ घन्टा हिँड्न सकेन । सेराङ गुम्बामा पनि तिब्बती पढाउँथ्यो रे । त्यो पनि पढेन ।’ पढ्यो भने के हुन्छ, नपढे के हुन्छ भन्नेबारे थाहा नपाएको उनी बताउँछिन् ।
    फकाउँदै घरघरमा धर्मगुरु
    बिही १ बिहीफेदीका ४० वर्षीय नुर्बुग्याल्जेनले बेलामा पढ्न पाएनन् । मनास्लु पर्यटन पदमार्गमा पसल थाप्दा उनले नपढ्दा पाउने दुःख सबै भोगे । ‘हाम्रो बाआमाले पढेन । हामीलाई पनि पढाएन’, उनी भन्छन्, ‘पढ्न नपाउँदा अहिले मोबाइल चलाउन पनि जान्दिनँ । फोन आयो भने उठाउन मात्र जानेको छु । कसैलाई फोन गर्न पनि जान्दिनँ । टावर आउँछ भन्छन् । के हो थाहा हुँदैन । नपढेर, नजानेर जहाँ गयो, त्यही टाउको निहुराउनुपर्छ ।’
    त्यसैले सन्तानलाई पढाउनुपर्छ भन्ने मनमा थियो । धर्म प्रचार गर्ने क्रिस्चियन धर्मका टोली उनको घरमा पुगे । ‘हाम्रो धर्ममा आऊ हामी छोराछोरी पढाइदिन्छौं भने’, उनले भने, ‘गाउँमा पढाऊँ, स्कुल छैन । बजारमा राखेर पढाउन खर्च छैन । सन्तानको भविष्य बनाइदिन्छन् भने त उनीहरूको धर्ममा जाँदा पनि के हुन्छ र जस्तो लाग्यो ।’ उनले २१ वर्षकी एक छोरी चर्चमा पठाए । त्यो थाहा पाएपछि गुम्बाका टोली पनि आए । २३ वर्षका र १६ वर्षका दुई छोराचाहिँ लामा गुरुसँग पढ्न पठाइदिए । ‘अब यी तीन र चार वर्षका छोराहरू बाँकी छन् । यिनलाई पनि कतै पठाउनुपर्ला’, उनले भने ।
    उनीहरू मात्र होइन, धर्मगुरु पढाउने बहानामा धर्म परिवर्तन गराउनेहरू विकट गाउँमा जाने गरेका छन् । उनीहरूले बिहीका ११ जना बालबालिकालाई सदरमुकामको महेन्द्र उच्चमाविमा पढाउन राखेका छन् । ‘हामी त क्रिस्चियन भयौं’, १२ वर्षीया सोनाम डिकी भन्छिन्, ‘गुरुले हामीलाई चार कक्षामा पढाइदेको छ । गाउँको दोर्जे, छेदेन, धावा, छिरिङ, साङ्मो, चुम्बा, नवाङ, तेन्जिङ सबै हामीसँगै धर्म मानेर पढ्न गएका छन् ।’ उनीहरू गाउँमा विद्यालय पनि नभएको, पढ्ने वातावरण पनि नभएको बताउँछन् ।
    क्रिस्चियनले गाउँका बच्चा ओसार्न थालेपछि बौद्ध धर्मगुरुहरू पनि घरदैलो गर्न थाले । उनीहरूले पनि काठमाडौंका गुम्बामा लगेर बच्चा पढाउन थालेका छन् । भूकम्पपछि बिहीलगायतका हिमालपारिका दुई सयजना बालबालिका थानकोटको गुम्बामा पढ्न गएका छन् ।
    अलिअलि पढेका पनि गुम्बाकै भर
    बिही ९ का ६३ वर्षकी सोनाम साङ्मो ३० वर्षदेखि बिही ८ को छेक्तुम्बो गुम्बामा बस्छिन् । लामा पढ्न र धर्म कमाउन उनी आनी बन्न यहाँ आएकी हुन् । उनी वर्षमा दुईफेर दुईदुई महिनाका दरले हिमालको फेदको गुफामा बस्छिन् । उनीसँगै १०–१२ जना अरू आनी पनि छुट्टाछुट्टै गुफामा बस्छन् ।
    असार–साउन र कात्तिक–मंसिरमा त्यहाँ उनीहरू धर्म पढ्छन् । ‘गुफामा पढेपछि मनमा शान्ति आउँछ । आनन्द हुन्छ’, उनी भन्छिन् ।
    पढ्न पाइने आसले गुम्बामा जाने अरू पनि छन् । छेक्तुम्बा गुम्बामा मात्र गाउँका १० जना आनी र चारजना ढावा छन् । ११ वर्षको उमेरदेखि गुम्बामा ढावा बस्न आएका ३५ वर्षीय छिरिङ वाङ्दा भन्छन्, ‘पढ्न मन लाग्थ्यो । गाउँमा स्कुल थिएन । पढ्यो भने धर्म हुन्छ भनेर लामा पढ्न आएको हुँ ।’
    सरकारी स्कुल नपाएका अरू धेरैजना सेराङ गुम्बामा पनि पढिरहेको उनले बताए ।
    केही दिनअघि बिही गाविसको शैक्षिक अवस्थाबारे प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र जिल्ला शिक्षा अधिकारीले अनुगमन गरेर फर्केका थिए । बिहीको शैक्षिक अवस्था अत्यन्तै दयनीय रहेको जिशिअ दीपेन्द्र सुवेदी बताउँछन् । छरिएको बस्तीमा एउटा मात्र विद्यालय बनाएर समस्या समाधान नहुने भएकाले सबैको माझमा पर्ने ठाउँमा आवासीय विद्यालय आवश्यक रहेको उनले औंल्याए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत २८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.