×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अझै तंग्रिएन केरौंजा

  •  
  • शुक्रबार, चैत २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चैत्र २६, २०७२- ‘बास खोज्दै हिँडेको एक वर्षै पुग्न लाग्यो, कहाँ बस्ने अझै ठेगान छैन,’ उत्तरी गोर्खाको दुर्गम गाउँ केरौंजा–३ की कान्छीमाया गुरुङले दुखेसो पोखिन्, ‘न बस्ने ठाउँ छ, न त जाने ठाउँ नै ।’ भूकम्पले ल्याएको पहिरो अझै नरोकिएपछि केरौंजा गाउँवासीलाई न दिनमा चैन छ, न रातमा निद्रा ।

    ‘गाउँमाथिको पहाडबाट ढुंगा खसेर त्रसित बनाइराख्छ, बसाइँ सरूँ त जाने ठाउँ पनि कहीँ छैन,’ उनले भनिन् । भूकम्पले थला परेको केरौंजा त्यसपछिका बाढीपहिरो, हिमपात र हुरीबतास जस्ता विपतले अझै पनि तंग्रिन सकेको छैन ।

    गाउँको फेदी र गाउँ माथिको पहाडमा पहिरो खसिरहन्छ । ‘दिउँसै सुक्खा पहिरो जान्छ,’ गुरुङले सुनाइन्, ‘पानी पर्न थालेपछि त झन् कहाँ जाने, कसो गर्ने हुन्छ ।’

    केरौंजा गाउँबाट सुरु भएको पहिरो केरौंजा बेंसीको अर्को बस्ती हुँदै बुढीगण्डकी नदीमा मिसिएको छ । पहिरोले गाउँका ४ सय ७५ र बेंसीका ४६ घर जोखिममा छन् । ‘अन्त पनि आफ्नो जग्गा हुनेहरू भत्केको घर छाडेर गए,’ त्रिपालमुनि अस्थायी टहरोमा भेटिएका ७६ वर्षीय कामी गुरुङले भने, ‘जग्गा नहुने पहिरोकै मुन्तिरै जोखिममा बसेका छौं ।’

    हावाहुरीले च्यातेको पाल टालटुल पारी ओत लाग्दै आएका उनले दुखेसो सुनाए, ‘पहिरो झर्न थालेपछि बल हुनेहरू त भाग्छन्, तर बुढापाका भगवान् भरोसामा बस्छौं ।’ पहिरोको अति जोखिममा रहेका २ सय २० घरपरिवार थातथलो छाडेर अयन्त्र सरिसके ।

    ‘जग्गा हुने अस्थायी टहरो बनाएर बसेका छन्, पैसा हुनेले जग्गा किनेर घर बनाउन थालेका छन्,’ नाङछिरिङ घलेले भने, ‘केही नहुने त्रिपालमुनि नै छौं ।’ गाउँकै केरौंजा माविको भवन पहिरोबाट झरेको ढुंगा लागेर भत्कन थालेपछि अन्यत्र सारिएको छ ।

    ‘भूकम्पले केही नभएका पक्की भवनहरू पनि ठूल्ठूला ढुंगा झरेर भत्किए,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकबहादुर गुरुङले भने । ९ लाख ऋणमा जग्गा किनेर अन्यत्रै विद्यालय सारिएको उनले बताए ।

    ‘भूकम्पले बस्ती ढलायो, हिउँदमा हिउँले सेक्यो, पहिरोले अझै तर्साउन छाडेको छैन, झरी, वर्षा र हावाहुरीले घरबास उडाउँछ,’ उनले केरौंजावासीलाई कहिल्यै विपत्तिले नछाडेको पीडा सुनाए, ‘सबै कुराले हामीलाई नै सतायो ।’

    टहरा र त्रिपालमा भए पनि ओत लाग्न पाइएको त्यही बस्तीसमेत मुनिबाट गइरहेको पहिरोले कुनै पनि बेला तहसनहस हुनसक्ने जोखिम बढेपछि गाउँ जोगाउन बस्ती तलको क्षेत्रमा तारजाली लगाउन थालिएको छ ।

    ठाउँ पाए पहिरोको जोखिममा रहेका केरौंजावासी थातथलो छाड्न तयार छन् । ‘यसपालि सरकारले नुन, चामल, कपडा दिएर पाल्यो,’ धावा छिरिङ गुरुङले भने, ‘बास बस्ने घडेरी दिए घर आफैं बनाउथ्यौं ।’ सरकारले घर बनाउन दिने दुई लाखले दुर्गममा ढुवानी भाडा पनि नपुग्ने उनले बताए ।

    सडक सञ्जाल नपुगेका दुर्गमका गाविसमा ढुवानी भाडा सामानको मूल्यभन्दा दोब्बर बढी पर्छ । ‘गाउँ आउने बाटोमा पनि पहिरैपहिरो छ,’ उनले भने, ‘पानी पर्न थालेपछि हिँडडुल गर्न सकिँदैन ।’

    लापुबेंसीबाट दुर्गमका झन्डै १० गाविस जोड्ने बाटोको ठाउँ/ठाउँमा पहिरोको जोखिम रहेको गुम्दा माछिखोलाका प्रदीप गुरुङले बताए । ‘अहिले त बुढीगण्डकी नदीको बगरमा बाटो बनाएर हिँडेका छौं,’ उनले भने, ‘नदी भल आउन थालेपछि बाटो थुनिन्छ ।’

    वर्षामा बाटो अवरुद्ध हुने अनुमान गरेर स्थानीयवासीले अत्यावश्यक सामग्री जोहो गर्न थालेको उनले बताए । ‘धेरै अन्न फल्दैन,’ उनले भने, ‘खच्चडबाट बोकाएर ल्याएर भण्डार गर्न थालिएको छ ।

    केरौंजा र सिर्दिबास गाविस जोड्ने यारुबगरको पैदल बाटो बुढीगण्डकी नदीको कटानले बगाएपछि आउजाउ गर्न काठे पुल निर्माण गरिएको छ । यारुबगरको काठे पुल बाढी आएपछि बगाउने भन्दै स्थानीयले पक्की पुल बनाउन माग गरेका छन् । ‘झरी पर्नुअघि नै पुल नबने उत्तरी क्षेत्रमा नाकाबन्दी हुन्छ,’ सिर्दिबास जगतका बलबहादुर कार्कीले भने ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.