×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

उहियामा घरघरै विरामी,धमाधम धामीझाक्री लगाउदै

  •  
  • बिहिबार, चैत २५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शिवप्रसाद उप्रेती

    गोरखाको दुर्गम उहिया गाविसका बासिन्दामा एक महिनादेखि फैलिएको भाइरल अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । गाविसको वडा नम्बर ४, ५, ६ र ७ को करिब दुईसय घरका अधिकांश बिरामी छन् ।
    टाउको दुख्ने, ज्वारो आउने, हाडजोर्नी र ज्यान दुख्ने, रिङ्टा लाग्ने बिरामीहरु बताउँछन् । ‘हेल्थपोष्ट गएर सुई पनि लगाएको थिएँ’ बिरामी हस्तबहादुर गुरुङ भन्छन् ‘तर एकदुई दिन ठिक भएजस्तो भयो, फेरि उस्तै छ ।’ एकमहिना अघि झाडापखाला फैलिएर बिरामी परेकाहरुलाई फेरि ज्वारोले सताएको उनको भनाइ छ ।
    ‘मेरै घरमा चार जना बिरामी छन्’ उनले भने ‘पहिले झाडापखला चल्यो । एक महिना पनि भएको छैन, फेरि यो बेथाले सुताएको छ ।’ गरिखाने बेलामा गाउँले सबै बिरामी परेको उनले बताए ।
    केही दिनअघि टहरै उँडाउने गरी हावाहुरी चलेदेखि यो रोग फैलिएको अर्की बिरामी सार्किमा गुरुङ बताउँछिन् । ‘ठूलो हुरीले तल(सहरतिर)को रोग ल्यायो कि के हो’ उनी भन्छिन् ‘त्यो दिनदेखि गाउँका घरघरै बिरामी छन् ।’ गाउँका १५ बर्षभन्दा मुनिका र ४० बर्षभन्दा माथिकाहरु बिरामी भएका स्थानीय विश्व गुरुङको भनाइ छ ।
    युवाहरु भने बिरामी भएपनि कामको तनाबले मिचेको उनी बताउँछन् । ‘धेरैजसो बुढाबुढी बिरामी छन्’ समाजसेवी गुरुङ भन्छन् ‘६०, ७० बर्षभन्दा माथिका उमेरका तीन चार जना त मरि पनि सके । उमेर पुगेर पनि हुनसक्छन् ।’
    गाउँका बालबालिका सबै बिरामी भएपछि सहर बजारमा पढ्न गएका बालबालिकाहरु बार्षिक परीक्षा सकेर गाउँ फर्कन पनि डराएको उनी बताउँछन् । ‘सहरमा पढ्न गएका बालबच्चाहरु अहिले बार्षिक परीक्षा सकेर घर फर्कने बेला हो’ उनी भन्छन् ‘तर रोग फैलिएको छ भनेर गाउँमा आउन डराएर सहरमै बसेका छन् ।’रोग फैलिए पनि गाउँको स्वास्थ्य संस्थामा औषधी छैन । सिटामोटल, सिप्रो, एण्टिबायोटिक औषधी सकिएको उहिया स्वास्थ्य चौकीका इन्चार्ज कमलबहादुर रावत बताउँछन् । ‘दैनिक २० जना भन्दा बढि बिरामी आउँछन्’ उनी भन्छन् ‘हिजो अस्तिसम्म त सिप्रो दिने गरेको थिएँ । ज्यान दुख्यो भन्नेहरुलाई दुखाइ कम गराउने सुइ लगाएर पनि पठाएको थिएँ । तर अब औषधी सकियो ।’ धेरैजसो बिरामीको फोक्सो खराब भएको उनी बताउँछन् ।
    यसअघि पनि औषधी अभाव भएर उपचार गर्न समस्या भएको अर्का अहेब शुभनारायण दास बताउँछन् । ‘एक महिनाअघि पनि गाउँभरि बिरामी भए । औषधी अभाव भयो ।
    भिलेज सपोर्ट अर्गनाइजेशन र मिलनालदाक भन्ने संस्थाले औषधी दिएर काम चलाएका थियौं’ उनले भने ‘अहिले पनि रोग फैलियो । एन्टिबायोटिक चाहिन्छ । छैन । एउटै बिरामीलाई छ, सात दिनको मात्रा चलाउनु पर्छ । तर चाहिने औषधी सकिएको छ ।’ बिरामीमध्ये ८० प्रतिशतलाई छातीको समस्या भएको उनको भनाइ छ । भन्छन् ‘समस्या ठूलै छ । हेल्थपोष्टको भरमा पनि हुदैन । तल(सहरमा) लैजानु पर्ने अबस्था छ ।’
    उहियाको समस्या बारे जानकारी नभएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी शाखा प्रमुख नानीबाबु दानीले जानकारी दिए ।
    गाउँभरि बिरामी भएको उहियाका बिरामीहरु धामी, झाँक्रीको भरमा छन् । चेतनाको अभावका कारण उनीहरु भाइरलका कारण बिरामी भएपनि झारफुक गरेर उपचार गरिरहेका छन् ।
    गाउँमा दिनहुँजसो घरघरै झाँक्रीले ढ्याङ्ग्रो ठटाएर उपचार गराइरहने स्थानीय स्वास्थ्य संस्थाका अहेब कमलबहादुर रावतको भनाइ छ । ‘सतप्रतिशत बिरामी घरेलु उपचारमै निर्भर छन्’ उनी भन्छन् ‘अहिले साँझ परेपछि घरघरमा ढ्याङ्ग्रो बज्न सुरु हुन्छ । बिरामीलाई टाइफाइड भएको छ, तर उनीहरु कुखुरा काटेर उपचार गरिरहेका छन् ।’
    बिरामीको अनुपातमा हेल्थपोष्ट आउनेको संख्या ज्यादै न्यून भएको उनको भनाइ छ । ‘हामीले त हेल्थपोष्ट आऊ उपचार गरिदिन्छौं भन्ने हो’ उनी भन्छन् ‘हामीले बाटो देखाइदिने हो, हात समातेर लैजान सकिदैन ।’ गाउँको चलनै घरेलु उपचार गराउने रहेको बिरामीका आफन्त डिलबहादुर सुनार बताउँछन् । ‘हुन त ज्यानभित्र बिग्रेको होला’ बिरामी सुनिता बिकलाई झाँक्री लगाएर उपचार गराइरहेका उनी भन्छन् ‘तर हाम्रो चलनचल्तीले यस्तै गरिरहेको हो । कहिलेकहीं प्याट्ट निको पनि भइदिन्छ ।’
    धामीझाँक्रीले नारी हेरेर देवती रिसाएर बिरामी भएको कि भूतप्रेत लागेर बिरामी भएको पत्ता लगाउने उनको विश्वास छ । ‘देवता रिसाएका भए भाले चढाएर पूजा गर्ने, भूतप्रेतले दुख दिएको थाहा भए पोथी काटेर उपचार गरिने उनले बताए ।
    गाउँमा जनचेतनाको अभाव र स्वास्थ्य सेवाको अभावका कारण धामीझाँक्रीको बिकल्प अपनाएको स्थानीय समाजसेवी बिश्व गुरुङको भनाइ छ । ‘बिरामी हुन्छ । जान्नेले जसोजसो गर भनेको छ, त्यही गर्ने त हो नि’ उनी भन्छन् ‘ठूलो अस्पताल लैजाउँ, हेलिकोप्टरमा लान पैसा छैन ।
    बोकेर लान तीन दिन लाग्छ । अनि गाउँले पुरानै तरिकाले उपचार गर्न बाध्य हुन्छन् ।’ गाउँमा स्वास्थ्य सम्बन्धी काम गर्न आएका संस्थाले पनि जनचेतना नजगाएको र हेल्थपोष्टमा सुबिधा थप नगरेको उनको गुनासो छ ।
    जिल्ला स्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीले बिरामीहरुले डाक्टर घरघरमा आइदियोस् भन्ने चाहेको बताए । ‘बिरामी स्वास्थ्यसंस्था जाँदैनन् । घरघरमा डाक्टर आइदियोस् भनेर अल्छी गरेर बस्छन्’ उनले भने ।

    daraundi

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.