×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

रिपोर्टरको डायरी: ह्यारीलाई पछ्याउँदै लापुबेसी

  •  
  • आइतबार, चैत १४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :बेलायती राजकुमार ह्यारीले श्रमदान गरेर निर्माण गरिरहेको लापुबेसीस्थित प्रभातकिरण माविको त्रिपालले बनेको छात्रावासमा विद्यार्थी।तस्बिर: शिवप्रसाद उप्रेती
    शिवप्रसाद उप्रेती
    लापुबेसी (गोरखा): अचानक नेपाल भ्रमण ६ दिन लम्ब्याएका राजकुमार ह्यारी बिहीबार एकाएक राजधानीबाट गायब भएपछि गोरखा पो आउलान् कि भनेर खोजी सुरु गर्यौं । खोजी भूकम्पको केन्द्रबिन्दु बारपाकबाट सुरु भयो। बारपाक नपुगेको पक्का भएपछि बूढीगण्डकी करिडोरतर्फ हाम्रो ध्यान गयो।
    उनले सेतो गाडी प्रयोग गरेको भन्ने सूचना आरुघाटमा सेतो गाडी आइपुगेको तथ्यसँग मेल खायो । टेलिफोनबाट आरुघाटदेखि माथिका गाउँबस्तीमा बुझ्दै जाँदा लापुबेसीस्थित प्रभातकिरण माविका जीव गुरुङ भेटिए। उनले आफ्नो विद्यालयमा बेलायती नागरिकले श्रमदान गरेर विद्यालय बनाइरहेको जानकारी पनि दिए।
    बिहीबार साँझ चार विदेशी थपिएको उनले बताए। उनले टोलीमा ह्यारी छन् कि छैनन् भन्ने आफूले थाहा नपाएको पनि बताए।पटकपटक सोध्दा टोलीले आफूलाई गाली गरेको उनले बताए। ‘हामी काम गरिरहेका छौं। तपाईंहरू पनि खुरुखुरु काम गर्नु न, किन बढी कुरा चाहियो भनेर उल्टै मलाई कराए’, उनले टेलिफोनमा भने, ‘ब्रिटिस आर्मीको ठूलो मान्छे भनेर गाउँले सबैले स्वागतचाहिँ गरेका थियौं तर हामीले चिनेनौं।’ त्यो समूहमा पक्कै ह्यारी हुनुपर्छ भनेर स्थानीय पाँचजना सञ्चारकर्मीको टोली तीनवटा मोटरसाइकलमा शुक्रबार दिउँसो दुई बजे गोरखाबजारबाट हिँड्यो।
    साढे दुई घन्टामा आरुघाट पुग्यौं । आरुघाटको होटेल थर्डस्टेपमा उनले खाना खाएका रहेछन्। उनीसहित पाँचजनाको टोली बिहीबार बिहान ११ बजे त्यहाँ पुगेको रहेछ। होटेलका कीर्ति श्रेष्ठले भने, ‘मैले साथीहरूलाई बोलाएर ह्यारीजस्तै मान्छे हाम्रो होटेलमा आएका छन् भनें। मैले दुईफेरसम्म ह्यारीको नाम लिएको थिएँ। उनी बसिरहेको ठाउँबाट उठेर अगाडिको फेन्सी पसलमा मास्क किन्न गए अनि मुख छोपिहाले ।’ नजिकैको पसलबाट ह्यारीले आफ्नो छोरालाई पनि मास्क किनेर उपहार दिएको कीर्तिले बताए।
    ह्यारीको टोलीले खाना खाएर होटेलमा डेढ घन्टा आराम गरेको थियो। तर कीर्तिले ह्यारी भनेर निक्र्योल गर्न सकेनन्। शनिबार अखबारमा समाचार पढेरमात्र ह्यारी नै रहेछन् भन्ने चिनेपछि उनलाई आफ्नो होटेलमा खाना खाएका ह्यारीको तस्बिर खिच्न नपाएकोमा पछुतो लाग्यो।
    त्यहाँबाट एक घन्टाको मोटरसाइकल यात्रामा सोती पुग्यौं। राजकुमार ह्यारीको टोली सोतीमा पुगेको बारे त्यहाँका होटेल व्यवसायी पनि अन्योलमा थिए । ‘ठूलो मान्छे आउने रे भन्ने त सुनेका थियौं’, स्थानीय होटेल व्यवसायी सपना गुरुङले भनिन्, ‘तर यसअघि पनि हिँडिरहने चिनिरहेकै गाइड थिए । टुरिस्ट पो हुन् कि।’
    त्यहाँ मोटरसाइकल थन्क्याएर हाम्रो टोलीले साढे तीन घन्टाको पैदलयात्रा तय गर्यो । साँझ साढे सात बजे लापुबेसी पुग्यौं। ब्रिटिस आर्मीका १२ जना यसअघि नै लापुबेसीस्थित विद्यालयको ११ कोठे भवन बनाउने काममा श्रमदान गरिरहेका थिए। उनीहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश गुरुङको लापु गेस्टहाउसमा बस्छन् भन्ने जानकारी नजिककी अर्की होटेल व्यवसायी लक्ष्मी गुरुङले दिइन्।
    हामी त्यतै लाग्यौं । ब्रिटिस आर्मीको टोली पाँच बजे त्यस दिनको काम सकेर होटेलमा आराम गरिरहेको रहेछ । समूहमा राजकुमार ह्यारी चिनिहाल्यौं। उनी अरूभन्दा अलि अग्लो ठाउँमा बसेर साथीहरूसँग कुरा गरिरहेका थिए। हामीले प्रधानाध्यापक जीव गुरुङ र अध्यक्ष सुरेश गुरुङलाई भेट्यौं। उनीहरू ह्यारी यहीं छन् भन्न धेरै अन्कनाए। उनीहरू दोहोर्याइरहन्थे, ‘तपाईंहरूले नै भनेर थाहा पाएको हो हामीले पनि। हामीले सोध्यो भने खुरुखुरु काम गर्नु न अरू धेरै कुरा किन चाहियो मात्र भन्छन्। अरू कुरा भन्दैभन्दैनन्।’
    हामीले दोभासे ब्रिटिस आर्मीकै बहालवाला उमेश पुनलाई कुरा गर्न बोलायौं । उनले स्वतन्त्र रूपमा काम गर्न चाहेकाले डिस्टर्भ नगर्न अनुरोध गरे । हाम्रो काम पनि ह्यारीको राम्रो कामको प्रचारप्रसार गर्नु हो भनेर कुरा गर्न र तस्बिर खिच्न माग गर्यौं। तर पुन र अरू तीन विदेशीले हाम्रो अनुरोध स्वीकार गरेनन्। झन्डै ४५ मिनेटसम्म हामीले अनुरोध गर्यौं। हामीले बर्दिया, पोखरा र लमजुङ भ्रमणमा ह्यारीको त्यतिविघ्न प्रचारप्रसार भएको स्मरण गरायौं।
    उनीहरूले भने, ‘त्यो औपचारिक भ्रमण थियो । यो नितान्त व्यक्तिगत र सोखको काम हो । उनी बिल्कुलै सञ्चारमाध्यममा आउन चाहँदैनन् । उनको चाहनालाई सम्मान गर्नुहोस् । सञ्चारमाध्यममा आउन नचाहने उनको अधिकारको सम्मान गरिदिनुहोस् । भूकम्पले अत्यन्त पीडामा परेका गाउँलेसँग बसेर श्रमदान गर्ने उनको चाहना हो । सञ्चारमाध्यममा हल्लाखल्ला भएपछि सबै यहाँ झुम्मिन्छन् । डिस्टर्भ हुन्छ ।’ उनीहरूले त्यसैकारण ब्रिटिस सञ्चारमाध्यमलाई समेत थाहा नदिई यहाँ आएको पनि बताए।
    हामीले प्रधानाध्यापक र अध्यक्षसँग भएको कुराकानीका आधारमा टेलिफोनबाट काठमाडौंमा समाचार टिपायौं । हामी शनिबार बिहानै उठेर सोही विद्यालयको त्रिपालभित्रको छात्रावासको समाचार संकलनमा लाग्यौं । होटेलबाट केही माथि रहेको छात्रावासमा रिपोर्टिङ गरिरहेको ठाउँमा दोभासे पुन र अर्का ब्रिटिस आर्मीका स्वयंसेवक आए । उनीहरूको अनुहार कालोनिलो थियो । उनीहरू समाचार आएपछि रिसाएछन् । पुनले भने, ‘तपाईंहरूले समाचार छाप्नुभएछ। हामीले त सोचेका थियौं, तपाईंहरूले हिजै गाउँ छाड्नुभयो । आज तपाईंहरू हामी काम गरेको ठाउँवरिपरि नै नपर्नुहोला।’
    आज पनि हामीले अटेर गरे टोली फर्कनसक्ने चिन्ता व्यक्त गर्दै उनले भने, ‘यस्तै हो भने आज जे पनि हुनसक्छ।’ गाउँले पनि हामीसँग रिसाए। उनीहरूले हामीलाई भने, ‘तपाईंहरूले जतिसक्दो छिटो गाउँ छाडिदिनुहोला। तपाईंहरूले गाउँ नछाडेसम्म उनीहरू काम गर्न जाँदैनन्।’ गाउँलेले पनि यति भनेपछि शनिबार बिहान ८ बजे चिया पनि नखाई हामीले लापुबेसी छाड्यौं । पुनले व्यक्तिगत स्वतन्त्रताका लागि ह्यारी अदालतमा पनि जानसक्ने चेतावनी दिए।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत १४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.