×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

ह्यारी खोज्दै हिँड्दा

  •  
  • शनिबार, चैत १३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    किरण लोहनी/गाेरखा ।

    चैत १३ – त्यसो त नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीको त्यो नितान्त ब्यक्तिगत भ्रमण थियो र उनले त्यसलाई गोप्य राख्न चाहेका थिए । तर अतिरिक्त ६ दिनको नेपाल बसाईंका क्रममा भूकम्प प्रभावित कुनै एउटा विद्यालयको पुननिर्माण गर्ने बताएका उनी गोरखा आएको अनुमान गरियो ।

    उनी ११ गते काठमाडौंबाट सेतो कार चढेर पृथ्वी राजमार्गतिर लागेको जानकारी पाएपछि गोरखासहित आसपासका भूकम्पप्रभावित जिल्लाका सञ्चारकर्मीहरु चनाखो थिए । उनी गोरखा आउँछन् भन्ने सम्भावना अलि बलियो किन थियो भने वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु जिल्ला थियो यो । मैले पनि ११ गते बेलुकातिरबाट उनी कहाँ छन् भनेर पत्ता लगाउने उपाय सोच्न थालें ।विद्यालयको पुननिर्माण गर्ने भनिएकाले विशेष गरि वारपाक र आसपासका विद्यालयहरुमा सम्पर्क गरियो । त्यसमा पनि माध्यमिक र उच्च माध्यमिक विद्यालयको त अलि ब्यवस्थित भवन बनिसकेका थिए, त्यसैले मलाई लाग्यो, उनको प्राथमिकता विपन्न समुदायको बसोबास रहेको कुनै प्राथमिक विद्यालय पर्छ होला भनेर । सुरक्षा निकायसहित कतैबाट विश्वस्त जानकारी नआएपनि हल्ला यसरी फैलियो कि, ह्यारी गोरखामै छन् । उनले काठमाडौं छाडेको दिनको राति कहाँ पुगे भन्ने कुनै जानकारी कतै आएन । चैत १२ गते बिहान मिलन तिमिल्सिना दाईसँगको सल्लाहमा उनी गोरखा आएको सामग्री लेखियो । त्यो सामग्री उज्यालोको फेसबुकमा पनि शेयर भयो ।

    मैले काम गर्ने च्वाईस एफएमको बिहानी सत्रका काम सकेर उज्यालोले शेयर गरेको ह्यारी सम्बन्धी सामग्रीमा कसले के कमेन्ट गरे भनेर हेर्दै थिएँ, आरुघाटका ब्यवसायी धर्मेन्द्रजीले उनी आरुघाटमा छन् भनेर कमेन्ट लेखेका रहेछन् । उनको फेसबुक टाइमलाइन खोलें, त्यहाँ ह्यारी जस्तै देखिने युवक कुनै पसलमा मास्क किन्दै गरेको फोटो पोष्ट गरिएको रहेछ ।

    उज्यालोको राजधानीस्थित कार्यालयबाट र मैले पनि धर्मेन्द्रजीलाई सम्पर्क गरें । उहाँपनि सतप्रतिशत ढुक्क त हुनुहुँदो रहेनछ, तर ह्यारी हो कि क्या हो भनेर साथीहरुबिच कुरा गर्दा उनले सुनेको र सुटुक्क उठेर हिँडेको थाहा पाएपछि फोटोमा देखिएका ब्यक्ति ह्यारी हुन् भन्नेमा झन् ढुक्क भइयो । आरुघाटबाट उनी थूमी गाविसको आर्खेत र सोती बजार हुँदै मनासलु पदमार्ग तिर लागेको जानकारी आयो ।

    मोटर पुग्ने अन्तिम बजार आर्खेतका सबैजसो होटल ब्यवसायीसँग सम्पर्क गर्र्दा ति ब्यक्ति ह्यारी नै हुन् भन्ने आधार बलियो हुँदै गयो । उनी टिम रुबिकन नामक बेलायती स्वयम सेवीहरुको संस्थासँग मिलेर पुननिर्माणमा लाग्दैछन् भन्ने सुनेको थिएँ । मनासलु पदमार्ग आसपासको कुनै विद्यालयमा त्यो नामको कुनै संस्थाले पुननिर्माणको काम गर्दैछ कि भनेर सोध्दै जाँदा लापु गाविसको प्रभातकिरण माविमा उनीहरुले गएको कात्तिकदेखिनै आंशिक काम थालेको र पछिल्लो समय विद्यालय भवन बनाउने सुरसार गरेको थाहा भयो । स्थानीय बासिन्दाले यो पनि भने कि, पहिलेदेखि नै आउजाउ गरिरहेका स्वयमसेवीहरुले वेलायती सेनाको ठूलो मान्छे आउँदैछन् भनेर भनेका रहेछन् । ति ब्यक्ति ह्यारीनै हुन् र उनी सोही विद्यालयमा पुगेका छन् भन्ने कुरामा करीब करीब ढुक्क भएपछि स्थानीय बासिन्दासँग कुराकानि गरेर सोही ब्यहोराको अर्को समाचार उज्यालो अनलाइनमा पठाएर म त्यतै लागें ।

    गोरखाबाट ४ घण्टाको मोटरयात्रा र थप ४ घण्टाको पैदलयात्रा पछि त्यहाँ पुग्न सकिन्थ्यो । म सदरमुकामबाट निस्किँदा दिउँसोको १ बजिसकेको थियो, त्यस हिसावले म त्यहाँ पुग्दा रातिको नौ बज्थ्यो । त्यसमाथि भूकम्पपछि पदमार्गको धेरैजसो खण्ड क्षतिग्रस्त थियो, अनि सुनसान र एकान्त ठाउँ धेरै थिए । ह्यारीले काम गरिरहेको फोटो खिचेर ल्याउने एकमात्र उदेश्य लिएर म मोटरसाइकलमा त्यसतर्फ लागें ।

    मोटर चल्ने अन्तिम विन्दू सोती बजार पुगेर खाजा खान लाग्दा, सदरमुकामबाट अरु दुई जना पत्रकार साथी पनि त्यतै आउँदै गरेको थाहा पाएँ । खाजा खाँदै उहाँहरुलाई पर्खिएँ, अनि बेलुका साढे ५ बजेतिर सँगै उकालो लागियो । हामी लापू पुग्दा रातिको साढे आठ बज्नै लागेको थियो । बास बस्ने होटलको टुंगो गरेर ह्यारी बस्ने होटल लापू गेष्ट हाउसतिर गयौं ।

    होटल परिसरमा छिर्दा गेट नजिकैको प्रतिक्षालयमा एक टोली विदेशीहरु कुरा गरिरहेका थिए । ढलान गरिएको सिंढिमा बसेर हात हल्लाउँदै गफ गरिरहेका ह्यारीलाई हामीले चिनिहाल्यौं । झटपट फोटो खिचिहाल्ने कुरा पनि भएन, होटलका सञ्चालक सुरेश गुरुङसँग जानकारी लिन थाल्यौं । उनी ह्यारी सहितको टोलीले पुननिर्माण गरिरहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पनि रहेछन् । ह्यारी कता छन् त भन्ने हाम्रो प्रश्नमा आएर उनी अकमकिए । खै हामी त चिन्दैनौं भने तर हामीले चिनिसकेको कुरा उनलाई थाहै भएन ।

    बेलायती टोलीले दिनभर के के काम ग¥यो भन्ने जानकारी लिएपछि हामीलाई ह्यारीसँग भेटेर औपचारीक कुरा गर्ने रहर पलायो । साथी शिव उप्रेतीले १७ जनाको टोलीका ३ नेपाली मध्ये एकजनाको नाम लिएर बोलाइदिन आग्रह गर्नुभयो । अलिबेरमा दुई बेलायतीसहित उनी हामी बसेको ठाउँमा आए । हामीले काम गर्ने सञ्चारगृहका बारेमा सोधे, हामी किन ह्यारीलाई भेट्न चाहन्छौं भनेर पनि सोधे । यत्ति भएपछि त भेट्न पाइएला भन्ने लागेको त, कुरा त पुरै उल्टो भयो । उनीहरुले, ह्यारीको यो ब्यक्तिगत भ्रमण भएको र उनी मिडियासामू आउन नचाहेको बताए ।

    कुरा लम्बिँदै जाँदा उनको गोपनियताको अधिकारसम्मका सवाल उठ्यो । राजकुमारसँग भेट्नु त परै जाओस्, उनीहरुले काम गरेको फोटो समेत नखिच्न उनीहरुले आग्रह गरे । त्यसपछि हामी नजिकैको होटलमा फर्कियौं । त्यो होटलमा पनि स्थानीय बासिन्दा हाम्रा वरपर र नजिक बसेर हामी के कुरा गर्दैछौं भनेर सुन्ने प्रयास गरिरहेका थिए । जसले जे भनेपनि कुनै उपाय लगाएर भोलिपल्ट बिहान फोटो खिच्ने सोच बनाएर हामी सुत्यौं ।

    भोलीपल्ट बिहान म उनीहरुले पुननिर्माण गर्दै गरेको विद्यालय हेर्न गएँ । अरु साथीहरु पनि फोटो खिच्ने अरु प्रयासमा लाग्नुभयो । तर हिजो हामीसँग कुरा गरेका नेपालीले हाम्रा साथीहरुलाई तुरुन्त गाउँ छोड्न भनेछन् । गोपनियता भंग गरेको भनेर अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नसमेत सकिने उनीहरुको भनाई थियो । पत्रकारलाई नफर्काउने हो भने हामी पनि भवन नबनाई जान्छौं भनेपनि स्थानीय बासिन्दाले पनि हामीलाई दवाव दिन थाले । उनीहरु हामी बसेको होटल नजिकै जम्मा भएर स्थानीय भाषामा अलि रिसाएजस्तो गरि कुरा गरिरहेका थिए ।

    ‘उनीहरु पनि चाहिने, तपाईहरु पनि चाहिने’ स्थानीय सोम गुरुङले असजिलो ब्यक्त गर्नुभयो । हामी नफर्केसम्म ह्यारी पनि होटल बाहिर ननिस्कने कुरा आएपछि स्थानीय बासिन्दाले हामीलाई लगभग दवाव नै दिए अनि हामी सदरमुकामतिर फर्कियौं । ह्यारीसँग भेट्न र उनले काम गरेको फोटो खिच्न नपाएका हामीले तिनै ह्यारी हिँडेर गएको असजिलो बाटोमा भेटिएका खच्चडका हुलको फोटो खिचेर चित्त बुझायौं । फर्किदा ह्यारीले खाना खाएको आरुघाट बजारको होटलमा पस्यौं, होटल सञ्चालकका सानो छोरा कृत्युषलाई ह्यारीले दिएको मुखुण्डो हेरियो र अन्तिम फोटो खिचेर सदरमुकाम आइयो ।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत १३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.