×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अल्ट्राको पावर

  •  
  • बुधबार, फागुन २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राजु घिसिङ, काठमाडौं

    फाल्गुन २५, २०७२- नेपाली समाजलाई आमूल परिवर्तन गर्ने क्रान्तिकारी योजनासहित २०५२ सालमा सुरु भएको माओवादी आन्दोलन उत्कर्षमा पुग्दै थियो। त्यही बेला ६ कक्षामा अध्ययनरत मीरा राई माओवादीसँग नजिकिएकी थिइन्। ‘टिन एज’ प्रवेशसँगै उनी माओवादीको पूर्णकालीन कार्यकर्ता भएर घरबाट निस्किइन्।

    ‘महिलाहरू घाँस–दाउरामै सीमित थिए। त्यसैले माओवादीमा लागेर महिला र हाम्रो समाजका लागि केही गर्ने सपना देखेको थिएँ,’ सानोदुम्मा, भोजपुरकी मीरा भन्छिन्, ‘अहिलेको राजनीतिक अवस्था देखेर दु:ख लाग्छ। तर, दु:ख मानेर बस्नुहुन्न। म नकारात्मक सोच्दिनँ। सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ।’ सहयोगी छापामारका रूपमा माओवादीका केही मोर्चामा सहभागी भएकी उनी भन्छिन्, ‘युद्धमा पुरुष र महिलाले चलाउने हतियार एउटै हो। समाजमा पनि त्यस्तै समानता ल्याउन माओवादीमा गएकी थिएँ। युद्धमा थुप्रै महिलाले योगदान दिएका थिए। तर, अहिले समान अधिकार नदिएकामा चाहिँ दु:ख लाग्छ।’

    नेपाली समाजमा पुरुषले जस्तै महिलाले पनि सम्हालिने अवसर पाउनुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘पुरुषलाई पटक–पटक अवसर दिइन्छ। हाम्रो समाजले महिलालाई पनि फेरि सम्हालिने अवसर दिनुपर्छ। मौका पायो भने न अघि बढ्ने हो। महिलालाई अवसर दिने र त्यसलाई निर्धक्कसँग उपयोग गर्न पाउने वातावरण समाजले बनाइदिनुपर्छ। त्यसमा एकाग्र भएर लागेपछि महिलाले पक्कै पनि सफल भएर देखाउँछन्।’

    २०६२–६३ को जनआन्दोलनपछि माओवादीको सिन्धुली शिविरमा पुगेकी उनलाई नेपाली सेनामा समायोजन गर्दा संयुक्त राष्ट्रसंघीय मिसनले अयोग्य ठहर्‍याएको थियो। यसले आर्थिक विपन्न परिवारलाई सहयोग गर्ने उनको सपना शिविरमै टुटेको थियो। तर, उनी घर फर्किनन्। सिन्धुलीमै रहेर एसएलसी उत्तीर्ण गरिन्। १८ महिने कृषि पनि पढिन्।
    शिविरमा छँदा पीएलए स्पोर्ट्स क्लबले सञ्चालन गर्ने हरेक खेलमा सहभागी भइन्। कराँते, फुटबल, भलिबल, कपर्दी र एथलेटिक्स खेल्न भ्याइन्। उनी पैसा कमाउन वैदेशिक रोजगारमा जाने सोचसहित राजधानी प्रवेश गरेकी थिइन्। मलेसियाका लागि भिसा पनि लगाइन्। तर, कराँते प्रशिक्षक ध्रुवविक्रम मल्लको सल्लाहमा त्यो पासपोर्ट थन्क्याएर उपत्यकाका डाँडातिर छिटोछिटो पाइला चाल्न थालिन्।

    उनी ९ चैत, २०७० मा हिमालयन आउटडोर फेस्टिबलको ५० किमि रेसमा दौडिइन् पनि। फूलबारी गेटदेखि हात्तीवन (मकवानपुर) सम्मको रेसमा पहिलो नै भइन्। त्यही दिन दौडिनुपर्ने थाहा नपाए पनि पहिलो भएपछि उनको जीवनको बाटो नै मोडियो। बन्दुक समातेर समाज परिवर्तन गर्न हौसिएकी उनी हतियाररहित सफलताका लागि दौडिन थालिन्।

    हिमालयन आउटडोरको सफलतापछि उनी उच्च पहाडी–हिमाली क्षेत्रमा हुने अल्ट्रा रेसमा एकाग्र भइन्। हिमालयन, मुस्ताङ र मनास्लुका स्वदेशी डाँडापाखामा मात्र होइन, इटाली र हङकङसहित लगातार ६ रेस जितिन्। स्वदेशका पाँचै रेसमा पहिलो भएकी उनले विदेशमा सहभागी १४ मध्ये आठमा स्वर्ण जितेकी छन्।

    माघ, २०७१ मा हङकङमा भएको एसियाली स्काई रनिङ च्याम्पियनसिप जितेकी उनले वैशाखमा भएको स्काइरनर वल्र्ड सिरिजअन्तर्गत मोन्ट–ब्लान्क (फ्रान्स) रेसमा स्वर्ण जितिन्। अल्ट्रा रेसमा नेपालले पाएको यो नै सबैभन्दा ठूलो सफलता हो।

    अल्ट्रा रेसको आयोजना र प्रवद्र्धन गर्ने संस्था ट्रेल रन नेपाल र स्पोर्ट्स वेयर कम्पनी ‘सलोमन’ को सहयोगमा दौडिंदै आएकी उनी कोर्स रेकर्डसहित मोन्ट ब्लान्कको सफलतासँगै चर्चित भएकी थिइन्। सन् २०१५ को स्काइरनर वल्र्ड च्याम्पियनको होडमा स्वीडेनकी एमिली फोर्सबर्गसँग पछाडि परेकी उनी २०१६ मा विश्व च्याम्पियन बन्ने अभियानमा छिन्। त्यसका लागि उनी दुई सातापछि युरोप प्रस्थान गर्दैछिन्।

    ‘यो वर्ष च्याम्पियन बन्ने कोसिस गर्नेछु र त्यसैको लागि अहिले मिहिनेत गरिरहेकी छु,’ यो सिजन वल्र्ड सिरिजका ५ रेसमा दौडिने योजना बनाएकी २७ वर्षीया उनले सोमबार बताइन्। हिमालयन आउटडोरमा सहभागी हुँदा उनलाई अल्ट्रा रेस के हो भन्ने पनि थाहा थिएन। ‘मुस्ताङमा दौडेपछि अल्ट्रा भनेको यही हो भन्ने थाहा भयो,’ उनले भनिन्। कमब्याटमा करिअर बनाउन असफल भएकी उनलाई अल्ट्रा रेसले विश्वमै प्रख्यात बनाएको छ। अहिले राजनीतिबाट टाढा रहेकी उनी दौडमै एकाग्र छिन्। उनले भविष्य पनि अल्ट्रा रेसमै देखेकी छन्।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.