गोरखा । गण्डकी प्रदेश साइक्लिङ्ग संघमा गोरखा २ जना सर्वसम्मत रुपमा चयन भएका छन् । संघको उपाध्यक्षमा प्रमिला गुरुङ राना र धिरज थापा सर्वसम्मत रुपमा चयन भएका हुन् ।
पोखरामा भएको प्रथम बार्षिक साधारण सभा तथा अधिवेशनमा पालुङटार नगरपालिका–२ आँपपिपलकी प्रमिला गुरुङ्ग राना उपाध्यक्षमा र ५ का धिरज थापा सदस्यमा चयन भएको संघले जनाएको छ ।
पोखरा महानगरपालिका–१० को रङ्गशालामा रहेको गण्डकी प्रदेश खेलकुद बिकाश परिषदमा भएको अधिवेशनले अध्यक्षमा अशोक चालिसे, पुरुष उपाध्यक्षमा भिमबहादुर सुनार, सचिवमा वामन चालिसे, सह–सचिवमा डा.पदम घले र कोषाध्यक्षमा रविश्वर आचार्य समेत सर्वसम्मत रुपमा चयन भएका छन् ।
संघको सदस्यहरुमा ध्रुवराम प्रधान, केवी शाही, अरुण पौडेल, संजोग लामिछाने र कपिल सिग्देल चयन भएका छन् ।
संघ प्रदेश भित्र रहेको ११ जिल्लामा साइक्लिङ्ग विकाशका लागि काम गर्ने गरी गठन भएको हो ।



