×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मृत्युशय्याबाट गंगामाया: न्याय आखिरी इच्छा

  •  
  • बुधबार, फागुन २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दीपा दाहाल

    छोराको हत्यारालाई कठघरामा उभिएको हेर्ने अनि चिसो घर्रामा संरक्षण गरिएको पतिको लासलाई दाहसंस्कार गर्ने इच्छा बलियो छ उनमा । यद्यपि दुर्वल शरीर कति दिन टिक्ला ? अनिश्चित छिन् उनी ।
    आँखाहरू अनुहारमै गाडिएका छन्, कालो–नीलो हुँदैछन् । बर्षौदेखि ओभानो हुन नसकेका ती आँखा उघार्न धेरै बल गर्नुपर्छ । कलेँटी परेका ओठहरू विरलै जोडिन्छन् । रगतका कोषिकाहरू नै नभएझै सेतै भएर सुन्निएको अनुहारमा निराशा प्रष्ट देखिन्छ ।
    पटकपटकका लामा सुस्केराले यी सत्याग्रही थाकेजस्तो पनि लाग्छ । उनलाई भेट्न आउनेहरू बिस्तारै पातलिँदै छन् । शरीरसँगै उनको मन पनि दिनप्रतिदिन गल्दै छ । न्याय पाउने हक र संकल्पबाट भने डगेकी छैनन् । न्याय वा मृत्यु जुन छिटो हुन्छ त्यसको चाहना बढ्दै छ उनमा ।
    छोरा कृष्णप्रसादका हत्यारालाई कानुनी कारबाहीको माग गर्दै पति नन्दप्रसादसँगै झन्डै पाँच वर्षअघि अहिंसात्मक आन्दोलनमा होमिएकी गोरखा फुजेलकी सत्याग्रही गंगामाया अधिकारी, जो बाँच्नका लागि हर्लिक्स, पानी र जुस होइन छिट्टै मृत्यु दिने औषधिका लागि वीर अस्पतालको एउटा शैय्याबाट चिकित्सक, स्वास्थ्य र नर्सहरूलाई अपिल गरिरहेकी छिन् ।
    अचम्मको विडम्बनामा छन् उनी: अस्पताल मृत्यु दिन सक्दैन र सरकार न्याय दिन चाहँदैन । पाँच वर्षअघि सत्याग्रह सुरु गर्दा न्याय नपाएरै आँखैअघि श्रीमान् नन्दप्रसादको ज्यान जान्छ । म पनि न्यायभन्दा बढी मृत्युको अपिल गर्नेछु भन्ने सोचेकै थिइनन् गंगामायाले ।
    शिरको ‘सिउँदोसहितको मृत्यु’ उनको चाहना थियो । तर, अहिले पनि नन्दप्रसादकै ‘सर्ट’ लगाएर उनीसँगै सामीप्य महसुस गरेको देख्छिन् गंगामाया । उनको आत्मविश्वाससँगै शरीर पनि दिनप्रतिदिन गल्दै जानुमा सहयात्री नन्दप्रसादले युद्ध नजित्दै संसार छोड्नु पहिलो कारण हो । संसार छोडिसकेपछि पतिको दाहसंस्कार गर्ने अवस्था वा सर्त पूरा नहुनु अनि बचेको परिवार भताभुंग हुनुले उनको पीडा झन् बढ्न थालेको छ ।
    राज्य र मानवअधिकारबादी दुवैप्रति उनको विश्वास टुट्दो छ । ‘सुनको चुरा मागेको थिइनँ मैले । न त धनको रास नै । मात्र न्याय मागेको हुँ’, भावविह्वल हुँदै उनले भनिन्, ‘त्यही पनि दिन सकेन यो देशले ।’अन्तर्राष्ट्रिय नारी दिवसको छेकोमा उच्चपदस्थ नारीहरूले नै आफू र आफूजस्तै नारीका हक–हित र न्यायका लागि पाँचतारे होटेललगायत सर्वत्र चर्का भाषणबाजी गरिरहेका छन् । तर गंगामाया त्यहाँ अट्न सकेकी छैनन् ।
    ‘आमा पानी खाने हो ? सक्नुहुन्छ भने एकछिन खुट्टा चलाउनुहोस् न । तपार्इं हिँड्नु भएन भने झन् रगत जम्छ ।’ नर्सहरूका यी र यस्तै सल्लाह कानमा ठोक्किँदा बेलाबेला सकिनसकी आँखा खोल्छिन् उनी । बेसुरमै उनका निरीह आवाजबाट उल्टै प्रश्न आउँछन्, ‘मलाई केही पनि गर्ने ताकत छैन, कसरी चलाउँ म यो भारी खुट्टा ? ’ उपचारमा संलग्न चिकित्सक, नर्स र सुरक्षार्थ खटिएकी एक महिलामात्रै उनलाई बेलाबेला भेट्न आउँछन् । त्योबाहेक अचेल कोही पनि देखा परेका छैनन् गंगामायाका अगाडि ।
    उनले धेरै नेता, मानवअधिकारवादी, कानुनविद्, सामाजिक कार्यकर्ताको नाम लिँदै भनिन्, ‘ठाउँमा, कुर्चीमा पुगेपछि तपाईंलाई न्याय दिलाउनेछु भन्दै सबैले गफ लाउँथे, तपाईंलाई बचाउने कर्तव्य हो भन्थे तर खै ती सबै कहाँ गए अहिले ? कोही फर्खेर आएनन्, अब मेरो सास गएपछि मात्रै जम्मा भएर दुःख मानेझै गर्छन् होला ।’
    पति अनशनमा होमिँदा उनीसँगै खान छोडेकी थिइन गंगामायाले । ‘पाँच वर्ष भयो नानी अन्न मुखमा हालेको छैन’, गंगामायाले भनिन्, ‘उनले छोडेर गएपछि झनै खान मन लागेन । डाक्टरले जबर्जस्ती खुवाउन खोज्छन् तर घाँटीबाट छिर्दैन ।’ अनशनको क्रममा हत्याको अभियोग बोकेका शक्तिशाली माओवादी र त्यस पार्टीका नेताहरू एकातिर र अर्कोतिर सरकारका तर्फबाट प्रहरीको खेदाइ, पागलको संज्ञा अनि पुछताछका लागि कठघरा पतिसँगै उनले झेलिन् ।
    ‘गाउँमा बाल्यकालदेखि दुखजिलो गरेका उनी मभन्दा बलिया थिए, निरोगी थिए, न्याय नदिएर मारे उनलाई, अब मलाई पनि उनलाई जस्तै त्यसैगरी यहीँ मार्छन्, बरु बचाउने औषधि दिनुभन्दा मर्ने औषधि दिएको भए मेरो आत्मालाई शान्ति मिल्थ्यो,’ दबिएको आवाज निकाल्दै गंगामायाले भनिन, ‘नानी म अब यही मर्छु ।’
    ‘लड्दालड्दै हारेँ म, साथ दिने अब कोही छैन । कसको आसमा म बाँचौं र ? ’ उनले यसो भनिरहँदा नजिकै रहेकी सुरक्षार्थ खटिएकी एक महिलाका आँखा रसाए । चिकित्सकका अनुसार, मानसिक रूपमा विक्षिप्तजस्तै हुँदै छिन् उनी । शरीर अनेकौं समस्याले घेरिन थालेको छ । गंगामायाको उपचारमा संलग्न वीर अस्पतालका डा. मनेन गोर्खाली पनि उनको स्वास्थ्य जोखिममा पर्दै गएको बताउँछन् । उनका अनुसार, लामो समयदेखि हिँडडुल गर्न नसक्दा खुट्टाहरूका नसाहरूमा बाक्लो रगत जमेको छ ।
    खुट्टाहरू चल्न छोडेपछि उहाँलाई ‘डिभेनोस थर्मोसिस’ भएको छ । रगतका फोका मुटु, मिर्गौला, फोक्सोमा वा अन्य संवेदनशील अंगमा पुग्ने जोखिम हुँदा गंगामायालाई जतिबेला जे पनि हुन सक्छ’, डा. गोर्खालीले भने, ‘तर पनि उनको उपचारमा हामीले कुनै कसुर बाँकी राखेका छैनौं, उनलाई बचाएकै उपचारले हो ।’ उनका अनुसार, डिभेनोस थर्मोसिस भएका बिरामीको स्वास्थ्यमा पटकपटक परिवर्तन आइरहने हुँदा उनलाई जतिबेला जे पनि हुने स्थिति छ ।
    जमेको रगतलाई पातलो बनाउन चिकित्सकले औषधि चलाइरहेका छन् । तर पनि उनको शरीरका हरेक अंग करकर खाइरहन्छ । जति प्रयास गरे पनि निदाउन सक्दिनन् । न त उनलाई केही खाउँझै हुन्छ । मुटुमा समस्या आएपछि सहिद गंगालाल हृदय रोग केन्द्रमा लगी पाँच दिन राखेर पुनः वीरमा ल्याएर भर्ना गरिएको छ उनलाई ।
    ‘मेरो बालखालाई सुराकी भनेर कस्तरी चँडिदिए, त्यही बालखाको पिरमा डुबेका श्रीमान्लाई पनि लगिदिए । उनीहरूका आत्मा म नजिकै घुमिरहेको देख्छु कहिलेकाहीँ ।’ बारम्बार उनी बर्बराइरहँदा ‘ड्युटी’मा रहेका नर्सहरू पनि निराश हुन्छन् । बाँचेको अर्को छोरा नूरप्रसाद पीडा, डर र छट्पट्हटले सडकमा भौंतारिरहेको उनी बताउँछिन् ।
    ‘छोरोले पनि कति सहोस् यी सबै पीडा मलाई हेर्न सक्दिनँ भन्छ रे,’ उनी फेरि भक्कानिन थालिन्, ‘कठै, मेरो परिवारमाथि अपराधी र उनीहरूलाई संरक्षण गर्ने माओवादी कति निर्दयी बन्यो ।’ कल्पिएर रुनुबाहेक अरू अब केही नसक्ने स्थितिमा छिन् उनी ।
    सरकारले सुरक्षासहित उनको स्वास्थ्य उपचारको जिम्मा लिएको छ । माओवादी दबाबमा धेरै दिन ओझेलमा पारिएको उनको छोराको हत्यारा खोज्ने अनुसन्धान अझै टुंगो लागेको छैन । नन्दप्रसाद बारम्बार भन्ने गर्र्र्र्र्थे ‘हाम्रो अभिभावक मानिएको राज्यको नाम हामी मरेर रहन्छ भने रहोस् तर न्यायमात्रै हाम्रो आखिरी इच्छा हो ।’ र गंगामाया बेहोसीमा पनि पनि त्यही मन्त्र जप गरिरहेकी छिन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.