×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

ठन्डीले भूकम्पपीडित बिरामी

  •  
  • बुधबार, पुष २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – सुदीप कैनी/हरिहरसिंह राठौर, गोरखा/धादिङ
    पुस २९, २०७२- महाभूकम्पपछि विस्थापित भई गोरखाका लाप्राक र बारपाकका अस्थायी शिविरमा बसिरहेका पीडितहरू बिरामी पर्ने क्रम बढेको छ । अस्थायी शिविर हिउँले ढाकेको छ । वृद्धवृद्धा र बालबालिकालाई निमोनिया र दमको समस्या देखिएको छ । अधिकांशमा आँखा पाक्ने र दुख्ने समस्या रहेको स्थानीय साइँली गुरुङले जानकारी दिइन् ।

    ‘एक घण्टा हिउँ पर्दा अस्थायी टहरो पुरियो,’ उनले भनिन्, ‘पहिले जस्तो अझै २/४ दिन हिउँ परे मरिन्छ ।’ ३/४ वटा सिरक खापेर सुत्दा पनि जाडो नथेगेको उनले बताइन् ।

    विस्थापित परिवारमा रुघाखोकी, हाडजोर्नी दुख्ने, चिसोले पखाला लाग्ने समस्या देखिएको डा. विन्दु पाण्डे केसीले जानकारी दिइन् । चिसोका कारण शरीरभरि घाउखटिरा आएकी ३० महिने बालिका गंगा गुरुङलाई सेनाको हेलिकप्टरबाट सदरमुकाम ल्याइएको छ । हिउँले ढाकेको बस्तीमा पालमुनि बस्नु परेकाले बिरामी हुनेको संख्या बढेको हो ।

    लाप्राकको गुप्सीपाखामा मंगलबार नेपाली सेनाको टोलीले दुई सय बिरामीको उपचार गरेको छ । हिमपातग्रस्त बस्तीमा न्यानो कपडासहित राहत सामग्री आउन थालेको गुप्सीपाखाका गणेश गुरुङले जानकारी दिए । लाप्राकमा राहत सामग्री कम पुगेको छ । मौसम खराबीका कारण राहत र उद्धार प्रभावकारी बन्न सकेको छैन ।

    सेनाको टोलीले बारपाक र लाप्राकका पीडितलाई पाँच सय थान स्लिपिङ ब्याग, आठ सय थान कम्बल, एक सय १५ थान त्रिपाल, ३५ प्याकेट खानेकुरा र पानी भर्ने जर्किन वितरण गरेको भैरवी दल गणका प्रमुख शिवराज पन्तले जानकारी दिए ।

    स्वास्थ्यकर्मी र राहत लिएर मंगलबार बिहान हेलिकप्टर गुप्सीपाखा ओर्लेको थियो । थप दुई पटक राहत लिएर सदरमुकामबाट उडेको हेलिकप्टर खराब मौसमका कारण बस्न नसकेर गुप्सीपाखामै अलपत्र पर्नु परेको पिन नामक संस्थाका प्रतिनिधि सुदीप जोशीले बताए ।

    सेनाको टोली भने हिँडेर बारपाक आएपछि हेलिकप्टरले त्यहाँबाट सदरमुकाम ल्याएको थियो ।
    हिमपातपछि पानीको समस्या भएको स्थानीय डम्बर गुरुङले बताए ।

    ‘मुहानमा हिउँ जमेपछि धारामा पानी झरेन,’ उनले भने, ‘हिउँ पगालेर पानी पिउने गरेका छौं ।’ पानी तताउन पनि घण्टौं लाग्ने गरेको विषमाया गुरुङले बताइन् । ‘दाउरा पनि हिउँले भिजेर बल्दै बल्दैन,’ उनले भनिन् । अस्थायी शिविरको शौचालयमा समेत हिउँ जमेर ट्यांकी भरिन थालेको छ ।

    हिउँ पग्लिन थालेपछि अवरुद्ध बारपाक–लाप्राक–गुम्दा सडक भने सुचारु भएको छ । राहत बोकेर गएका सवारी आउजाउ गरिरहेका छन् । हिमपातले अवरुद्ध टेलिफोन सेवा मंगलबार दिउँसोदेखि सुचारु भएको छ ।

    त्रिपाल र टेन्टको साटो स्थायी प्रकृतिको घर वा अस्थायी टहरो तत्काल बनाउनु पर्ने मार्सिङ गुरुङले बताए । ‘लत्ताकपडा र खाद्यान्न दिएर मात्र हुँदैन,’ उनले भने, ‘घर बनाइदिए चार हातखुट्टा खियाएर खान्छौं ।’

    अस्थायी टहरो बनाउन सरकारले दिएको १५ हजार रुपैयाँले जस्तापाता किन्न पनि नपुगेको स्थानीय तुलबहादुर गुरुङले गुनासो गरे । ‘हिउँ र हावाहुरीलाई त्रिपालको टहरोले धान्दैन,’ उनले भने ।

    पाँच दिनदेखि हिमपात क्षेत्रमा खटिएका असई कुलबहादुर गुरुङले स्थानीयवासीलाई मजबुत टहरो आवश्यक रहेको बताए । ‘हिउँ थपियो भने पाल च्यातिन्छ,’ उनले भने । पैसा अभावले स्थायी घर बनाउन नसकेको कुम्नी गुरुङले गुनासो गरिन् ।

    लाप्राकमा चिसोका कारण हिमपात क्षेत्रका विद्यालय खुल्न सकेका छैनन् । सरकारको आशमा टहरो र त्रिपालमा बस्नु पर्दा हिमपात सहनु परेको गुम्दा सिङलाका कुमार गुरुङको गुनासो छ ।

    चालक धनराज गुरुङका अनुसार गुम्दासम्म पुग्ने सडक सुचारु भए पनि सवारी साधन चिप्लिने र फस्ने समस्या छ । हिमपात भइरहेका क्षेत्रमा न्यानो कपडा र राहत सामग्री पुर्‍याउन गैरसरकारी संघसंस्था परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले बताए ।

    पीडितहरूले भने सरकारले समयमा समस्या बुझ्न नसकेको बताए । ‘कात्तिकदेखि जाडो सुरु भयो, हिमपात भएपछि मात्रै न्यानो कपडा पाउन थालियो,’ ७० वर्षीया चिमाया गुरुङले भनिन् ।

    आगो तापेर रात काटदै
    धादिङको उत्तरी भेगका पाँच गाविसका ६ हजार भूकम्पपीडित परिवार हिमपातले अत्यधिक चिसो भएकाले रातभर आगो तापेरै बिताउँछन् ।

    गत साता दुई दिनसम्म परेको हिउँ बिस्तारै पग्लिन थाले पनि चिसो अत्यधिक छ । भूकम्पपीडितलाई न्यानो कपडा किन्ने रकम हेलिकप्टरबाट पुर्‍याइएको छ । तर, खरिद गर्न जान नपाइएको सेर्तुङ–६ खर्चगाउँका धनवीर लामाले बताए ।

    तिप्लिङ, झार्लाङ, सेर्तुङ रिगाउँका पाँच हजार तीन सय ७४ घरधुरीलाई न्यानो कपडाका लागि पाँच करोड ३७ लाख ४० हजार रुपैयाँ रकम वितरण गरिसकिएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।

    जिल्लाका उत्तरी बस्ती रिगाउँ र लापाबाट खाद्यान्न, लत्ताकपडा खरिद गर्न दुई दिन हिंडेर गुम्दीको सातदोबाटो र अन्य तीन गाविसबाट दार्खाको फेदीसम्म पुग्नु पर्छ । सडक सञ्जालले नछोएका ती बस्तीमा खाद्यान्न अभाव भने छैन ।

    विश्व खाद्य संगठनको कामका लागि खाद्यान्न कार्यक्रमले पाँच गाविसलाई सात सय मेट्रिक टनमध्ये करिब पाँच सय मेट्रिक टन दाल, चामल बस्तीमै पुर्‍याएको छ । ‘दाल–चामल भए पनि नुन–तेलको समस्या रहेछ,’ सेर्तुङ पुगेका स्थानीय विकास अधिकारी भगवान अर्यालले भने ।

    •     निमोनियाँ र दमले सतायो
    •     हिउँले आँखा पाक्ने र दुख्ने रोग पनि बढ्दो
    •     मंगलबार मात्रै दुई सयको उपचार
    •     चिसोले ३० महिने बालिकाको शरीरभरि खटिरा

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.