×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

८७ वर्षे कविको एकल कविता वाचन

  •  
  • शनिबार, पुष १८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    किरण लोहनी

    गोरखा, पुस १८ –

    गोरखाको इतिहास सुन्दर नयाँ गम्काउने गोरखा
    हाम्रो इज्जत आबरु जति छ त्यो चम्काउने गोरखा
    पाल्पा, पर्वत बाजूरा धनगढी फर्माउने गोरखा
    थापा भीम र रामशाह पृथ्विी जन्माउने गोरखा

    ८७ वर्षको उमेरमा एकल कविता बाचनका लागि मञ्चमा उक्लिनासाथ कवि नेत्रमणि आचार्यले आफ्नै जन्मथलोको कवितात्मक वर्णन गर्नुभयो । दर्शकदीर्घाबाट गडगडाहट तालिकाको साथ पाएपछि हौसिएका बृद्धवयका कविले लगातार ५ वटा कविता वाचन गर्नुभयो । कविता लेखनमा ५ दशकको साधनाबाट निखारिएका आचार्यले वाचन गरेका कविता फरक फरक छन्दका त छँदै थिए, तिनका विषयवस्तु पनि विविधतायुक्त थिए । नाकावन्दी र भूकम्पले देशको अर्थतन्त्र डामाडोल भैरहेको बेला कवि आचार्यले कृषिमा ब्यवसायीकरण गर्दै आत्मनिर्भर बन्ने बाटोतिर लाग्नुपर्ने बताउनुभयो । त्यसै मेसोमा कृषकप्रति सम्मान गर्दै उहाँले शिखरिणी छन्दमा रचिएको कविता सुनाउनुभयो ।

    किसानीनै दिन्छन् मधुमय मीठो खाद्य नमुना
    किसानी सिर्जन्छन् मरुमूभी महाँ अमृत सुन
    किसानी के भन्छन् ? निज पयरमै बाँच जनता
    किसानीमै हुन्छन् निज मुलुकको प्रेम ममता

    कविता वाचनकै क्रममा कुरीति, कुसंस्कार र पुराना बिचारलाई बूढो रुखको प्रतीक बनाउँदै कविले नयाँ विरुवा उमार्नु पर्ने बताउनुभयो । यथास्थितिवादी राजनीतिलाई ब्यंग्य गर्दै आचार्य कवितामा यसो भन्नुहुन्छ ।

    आरो फलाँसी अझ तिब्र बञ्चरो
    मच्चाई थोत्रा रुखमा दिने गरो
    बेकार थोत्रा रुखनै नभैदिए
    मुनाहरुले गति क्यै लिने थिए

    नेत्रमणि आचार्यको कविताका पारखीमध्ये धेरैजसो युवा पुस्ताकै छन् । र, एकल कविता वाचनमा सहभागी धेरैजसो युवा पुस्ताका सर्जक र साहित्यप्रेमी थिए । आचार्यका कविताहरुको गहिरो गरि अध्ययन गरेका युवा पुस्ताका कवि तथा समालोचक सुरेन्द्र देवकोटा उहाँका कवितामा सरलता र सौन्दर्यचेत पाउनुहुन्छ । आचार्यका कविताहरुलाई ५ अलग विशेषता भित्र समेट्न सकिने देवकोटाको भनाई छ । “उहाँका कवितामा क्रान्तिकारी भावना, बेथितिप्रति चोटिलो ब्यंग्य, नैतीक शिक्षा, सनातन धर्म लगायतका विशेषता छन् ।” देवकोटाले बताउनुभयो ।

    कवि आचार्यको पदचाप पछ्याउँदै छन्द अर्थात पद्यमा कविता लेख्दै आएका अर्का गोरखाली कवि नारायणप्रसाद पोखरेल ९० वर्षको हाराहारीमा पनि उत्तिकै सक्रिय आचार्य युवा पुस्ताले आचार्यबाट धेरै उत्साह लिन सक्नुपर्ने बताउनुहुन्छ । साहित्ययात्राका आचार्यले पहिलो पटक एकल कविता वाचन गर्नुभएको हो । यसले गोरखाली साहित्य र सर्जकलाई निकै सकारात्मक सन्देश दिने उहाँको विश्वास छ ।

    उमेरमा पाका भएपनि समाजको अग्रगमनका पक्षमा कविता लेख्दै आएका आचार्यले नयाँ पुराना गरि २० भन्दा कविता सुनाउनुभयो । २०३१ सालबाट लेखनकार्यमा सक्रिय रहँदै आउनुभएका उहाँका १३ वटा कृति प्रकाशित भैसकेका छन् । उमेर र समयले साथ दिए अझै केही संग्रह प्रकाशित गर्ने उहाँको सोच छ ।

    जिल्लामा हुने कुनै पनि साहित्यिक कार्यक्रममा नछुटाईकन सहभागी हुने उहाँले दर्जनौं सम्मान र पुरस्कार पाउनुभएको छ । हालसालै उहाँकै नाममा स्थापित नेत्रमणि आचार्य साहित्य सदनले एकल कविता वाचनको चाँजोपाँजो मिलाएको हो । छन्द परम्परालाई युवा पुस्ताले पछ्याईदिए आफूलाई सन्तोष लाग्ने उहाँको भनाई छ ।

    तर कवि आचार्यलाई कहिलेकाहिँ भने राजधानीबाट पर रहेर सिर्जनाकर्ममा लाग्दा ओझेल परिने र पारिने गरिएको जस्तो पनि लाग्छ । राजधानीले त्यति धेरै वास्ता नगरेको भएपनि आचार्यको गोरखा प्रेम भने अनुकरणीय छ । दुई तीन वटा कविता लेखेर आफूलाई वरिष्ठ कवि ठान्नेहरुको भाऊ बढिरहेका बेला आचार्यलाई भने गृहजिल्लाभित्रै रहेर सिर्जनाकर्म गरिरहँदा पनि चित्त बुझेको छ ।

    काठमाण्डौं नि खोजिन भो
    पोखरा नि रोजिन हो
    यहीँ बसे राम्रो ठानी
    यै हो मेरो जिन्दगानी ।।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष १८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.