तिलक पाैडेल
टोपी छ हिउ्ँको सुकिलो, पहाडी दौरा कसिलो ।
कछाड्को फेरो झैँ तराइ्को, उब्जउ माटो मलिलो ।।
कोतर्छौं भर्दिन् छातीलाई्, जननी अन्नकी पालक ।
रुखो र सुखो खाँदैछौँ, कोखमा रमाई बालक ।।
दूध् भात मात्रै चाहिन्न, सन्तोष् छौँ ढिँडो र आटोमा ।
जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा ।।१।।
उई माटो ढुङ्गो दार्पात, फरकाकार भए’नि ।
सिकर्मी डकर्मी ठाउँ-ठाउँमा, जन्मेर हुर्की बढे’नि ।।
जाहान एकै घर् एउटै, हर्ता र कर्ता भू-पति ।
धुरी मुनिका घरै हुन्, बलेँसी माथि छन् जति ।।
बास् ढुक्क पाउँछु भन्ने छ, हिँड्दा रात् परे बाटोमा ।
जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा ।।२।।
धेर् वरापैरी चाहिन्न, हड् ढाक्न एक् जोर लाए भो ।
काम् छाडी डुल्न कैँ जाँदा, जुता वा चप्पल पाए भो ।।
चाइ्ँदैनन् ओड्ने मुलायम्, ओच्छ्याउने गुन्द्री ठीकै छ ।
निवेक बाउरो थाप्न’नि, पोड्का मजेत्रो ठीकै छ ।।
रुपैयाँ जतन्ले थन्क्याउँछौँ, भोटाको सुर्केनी गाँठोमा ।
जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा ।।३।।
निरक्षर् आफू भए’नि, छोर्छोरी स्कूल पढाउ्न ।
पठा’छौँ शिक्षाको लहर्ले, विकास्को गति बढाउ्न ।।
निःशुल्क पाठ्य सामग्री, तराइ्-पहाड्का लेक्-लेक्मा ।
शैक्षिक् चेतना फैलाउ्ने, बीउ् उम्री सक्यो भेक्-भेक्मा ।।
अझैसँ ल्याप्चे ठाउँ-ठाउँमा, लाए’नि गनिननौँ लाटोमा ।
जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा ।।४।।
जाल् छल कपट् केइ् छैन, मन्मुटाव् कैल्यै हुँदैन ।
अनायास् कसैको प्रगति, भए’नि डाहाले छुँदैन ।।
पुलिस् छन् वर्दिमा नागरिक्, विना पोशाके प्रहरी ।
प्रगति पथ्मा लम्किन्छौँ, कल् राल कैल्यै नगरी ।।
जोसँ’नि मैत्री हात् बढाउँछौँ, झग्डिनुको साटोमा ।।
जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा ।।५।।
ठीम्राले शरीर् गलाउँछ, भन्ने छ मन्मा ठोकुवा ।
आँठे र ज्वरो सन्निपात्, कुफत्को दवाइ् घोटुवा ।।
खाँदा’नि तङ्ग्रिला काम्काज्मा, बिहान देखि राती’सँ ।
चाहिन्न तागत्का भिटामीन्, के कम् छ ? भनौँ न दूध्मा हँ ।।
राता र पीरा अनुहार्, कम् छैनौँ दाँजिदा मोटामा ।
जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा ।।६।।
स्वास्थ्य सुरक्षा गास्बास, कपास शिक्षा सबैलाई् ।
दुई्हजार् सन्सम्म पुर्याउँछौँ, एक्जुट भई दाजूभाइ् ।।
पहाड पर्वत फोरेर, विकास्को रेखा कोर्ने छौँ ।
होष्टेमा हैँसे गरेर, काँध-मा-काँध जोर्ने छौँ ।।
पहाड्लाई पशु र फल्फूल्ले, अन्नले मधेस्लाई भर्ने छौँ ।
यही छ राज्यको सपना, अवस्य पूरा गर्ने छौँ ।।
विश्वास्’लि यात्रामा चल्दैछौँ, पन्छाइ काँढा बाटोमा ।
जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा ।।७।।
रचनाकाल र स्थान – २०४७ फागुन
क्षेत्रीय योजना कार्यालय
सुर्खेत ।




















