×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • ११ घण्टा अघि

आज कुशे औँसी
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १५ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

  •  गोरखा समाचार
  • शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    टोपी छ हिउ्ँको सुकिलो, पहाडी दौरा कसिलो ।
    कछाड्को फेरो झैँ तराइ्को, उब्जउ माटो मलिलो ।।
    कोतर्छौं भर्दिन् छातीलाई्, जननी अन्नकी पालक ।
    रुखो र सुखो खाँदैछौँ, कोखमा रमाई बालक ।।
    दूध् भात मात्रै चाहिन्न, सन्तोष् छौँ ढिँडो र आटोमा ।
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा ।।१।।

    उई माटो ढुङ्गो दार्पात, फरकाकार भए’नि ।
    सिकर्मी डकर्मी ठाउँ-ठाउँमा, जन्मेर हुर्की बढे’नि ।।
    जाहान एकै घर् एउटै, हर्ता र कर्ता भू-पति ।
    धुरी मुनिका घरै हुन्, बलेँसी माथि छन् जति ।।
    बास् ढुक्क पाउँछु भन्ने छ, हिँड्दा रात् परे बाटोमा ।
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा ।।२।।

    धेर् वरापैरी चाहिन्न, हड् ढाक्न एक् जोर लाए भो ।
    काम् छाडी डुल्न कैँ जाँदा, जुता वा चप्पल पाए भो ।।
    चाइ्ँदैनन् ओड्ने मुलायम्, ओच्छ्याउने गुन्द्री ठीकै छ ।
    निवेक बाउरो थाप्न’नि, पोड्का मजेत्रो ठीकै छ ।।
    रुपैयाँ जतन्ले थन्क्याउँछौँ, भोटाको सुर्केनी गाँठोमा ।
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा ।।३।।

    निरक्षर् आफू भए’नि, छोर्छोरी स्कूल पढाउ्न ।
    पठा’छौँ शिक्षाको लहर्ले, विकास्को गति बढाउ्न ।।
    निःशुल्क पाठ्य सामग्री, तराइ्-पहाड्का लेक्-लेक्मा ।
    शैक्षिक् चेतना फैलाउ्ने, बीउ् उम्री सक्यो भेक्-भेक्मा ।।
    अझैसँ ल्याप्चे ठाउँ-ठाउँमा, लाए’नि गनिननौँ लाटोमा ।
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा ।।४।।

    जाल् छल कपट् केइ् छैन, मन्मुटाव् कैल्यै हुँदैन ।
    अनायास् कसैको प्रगति, भए’नि डाहाले छुँदैन ।।
    पुलिस् छन् वर्दिमा नागरिक्, विना पोशाके प्रहरी ।
    प्रगति पथ्मा लम्किन्छौँ, कल् राल कैल्यै नगरी ।।
    जोसँ’नि मैत्री हात् बढाउँछौँ, झग्डिनुको साटोमा ।।
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा ।।५।।

    ठीम्राले शरीर् गलाउँछ, भन्ने छ मन्मा ठोकुवा ।
    आँठे र ज्वरो सन्निपात्, कुफत्को दवाइ् घोटुवा ।।
    खाँदा’नि तङ्ग्रिला काम्काज्मा, बिहान देखि राती’सँ ।
    चाहिन्न तागत्का भिटामीन्, के कम् छ ? भनौँ न दूध्मा हँ ।।
    राता र पीरा अनुहार्, कम् छैनौँ दाँजिदा मोटामा ।
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा ।।६।।

    स्वास्थ्य सुरक्षा गास्बास, कपास शिक्षा सबैलाई् ।
    दुई्हजार् सन्सम्म पुर्‍याउँछौँ, एक्जुट भई दाजूभाइ् ।।
    पहाड पर्वत फोरेर, विकास्को रेखा कोर्ने छौँ ।
    होष्टेमा हैँसे गरेर, काँध-मा-काँध जोर्ने छौँ ।।
    पहाड्लाई पशु र फल्फूल्ले, अन्नले मधेस्लाई भर्ने छौँ ।
    यही छ राज्यको सपना, अवस्य पूरा गर्ने छौँ ।।
    विश्वास्’लि यात्रामा चल्दैछौँ, पन्छाइ काँढा बाटोमा ।
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा ।।७।।

    रचनाकाल र स्थान – २०४७ फागुन
    क्षेत्रीय योजना कार्यालय
    सुर्खेत ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.