×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १२ घण्टा अघि

आज कुशे औँसी
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दाल भातको ब्रेकफाष्ट

  •  गोरखा समाचार
  • बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    उमेर ढल्केर हो वा मगज सन्केर, हाम्रै रहरले हो वा करले आज पुर्खाको उखान “आफू त माथि-माथि, चाक त छारा माथि” हुवहु लागू गरेको महसूस भयो । किनभने, म जागीरका धेरै दिनरातहरू राजधानी बाहिरका जिल्लाहरूमा बिताएको एउटा जागीरे हुँ । मन ताजै/ठिटै भए पनि शारीरिक शैथिल्यताको सन्देश मष्तिष्कले श्रवण गरेको परिणाम एक चौमासिकदेखि यहाँ राजधानीमा सरुवा भई दैनन्दिक जागीरे अनुशासन पूरा गरिरहेकै छु । दिनचर्या नियाल्दा यस्तो पाउँछु ।

    अचेल रामदेवजी महाराजले बिहान जाँगर चलाएर उठाउने गर्दा रहेछन् । ‘सबैका श्रीमान/श्रीमती नै पाँचै बजे उठेर सँगै रामदेवजीले अर्थ्याएका कर्महरू सम्पादन गर्ने गर्दछन्, हजुर त भो सुत्न पाएपछि घाम विस्तारामा परुञ्जेल सुत्नु हुँदोरहेछ । आफू भने कहिले आफ्ना पनि पतिदेव यही सरुवा हुनुहोला र जोरीपारीका मुखिञ्जेल होमाहो मिलाएर रामदेवजीका गफ हाँकुला भन्ने थियो ……..’ जस्ता पत्नीवाणीले वाध्यतापूर्वक सबेरै विस्ताराबाट अलग्याउँदछ । एकाध घण्टाका नित्यकर्म सकाएर प्रात:कालीन हिँडाइमा भाग लिएर फर्कंदा दालभातको ब्रेकफाष्ट अर्धाङ्गिनीले तयार पारी सकेकी हुन्छिन् । मन लागोस्-नलागोस् खपाखप एकथाल डकारेर, हतार-हतार पोशाक पैरेर बाहिरिँदा पनि उही भानुभक्तको “पथ सात फुटे बस नौ गजको, सीट बीस भए भीड शौ तकको” श्लोक कार्यान्वयन नभएमा वा बाटोमा हुने ट्राफिक जामले अनुकूलता सिर्जना नगराएमा हाकीमको छड्केमै नपरे पनि छड्के नजरमा परिहालिने अवस्था आइपर्दछ ।

    एका बिहानैको दालभातले शरीरमा आलस्यता ल्याउँछ । तैपनि ‘राजाको काम कहिले जाला घाम’ भनेझैँ गरेर दिन बिताउने कर्मठ कर्मचारीमा नाम दर्ता भैहाल्दछ । सूचना प्रविधिका सुविधा भने मनग्गे भएछन् । हरेक कोठामा इन्टरनेटको पहुँच रहेछ । कोठामा छिर्ने वित्तिकै इन्टरनेट खोली हाल्यो, भए इमेल जाँच्यो, नभए हुँदानखाँदाका वेभहरूमा क्लिक गरेर मन बहलायो । बाहिरफेरबाट आउने सेवाग्राहीलाई विचरा कम्प्युटरमा केकेन काम गर्दै रहेछन् भने झैँ पार्‍यो । नियमित ‘लञ्च आवोर’ पनि भन्नु मात्रै रहेछ, बिरलैले लञ्च खाँदा हुन्, नत्र सबैले सञ्च चिउरा तरकारी, छोला समोसा, चाउचाउ-चाउमीन, मम जस्ता परिकार ज्युनार गरेर टहलिँदै कार्यकक्षमा फर्क्यो । वास्तवमा हप्ताको दुई दिन बिदा ‘ह्याप्पी विकेण्ड’को शुभकामनामा शुक्रबार बिदावादी भयो । आहा ! नेपाली पश्चिमा संस्कार एवम् रीति बोल्दा पनि कताकती अंग्रेजीका शब्दहरू घुसायो, चाक छारामाथि नै भएपनि आफू त ग्लोबल मानव बनिइहालिँदो रहेछ नि ! तर म त भरखर-भरखर राजधानीको जागीर खान थालेको न बिहान दालभातको ब्रेकफाष्ट रुच्छ, न मिलाएर बोल्नै जानिन्छ । ‘खाऊँ भने कान्छा बाबुको अनुहार, नखाऊँ भने दिनभरीको शिकार’ भने झैँ पो हुँदो रहेछ त ।

    हुन पनि मानवीय शरीरका लागि आवश्यक ‘क्यालोरी इन्टेक’ गराउन बिहानमा रामदेवजीको चेलामा नाम दर्ता गरे वा नगरे पनि हलुका कार्वोहाइड्रेट, नजानिँदो प्रोटिन, आवश्यक मात्रामा भिटामीनको आपूर्ति पो गरिनु पर्दछ त ! हेरौँ न हाम्रा हिसाबका सम्पन्न विदेशी महानुभावहरूको प्रातकालीन खाना – हलुका पाउरोटी, जाम, बटर, मुसुली, दूध, ताजा फलफूल वा जुस आदि सुन्दै खेरी जीउ चङ्गा भएर आउने खाना ! सररर आफ्नै गाडीमा यथासमयमा कार्यालय अनि समय तालिका बमोजिमका कामकुरा, सधैँको नियमित लञ्च ब्रेक, स्वच्छ सफा र यथावश्यक इन्धनको सरसिलो आपूर्ति, कार्यालय समयपछि सपरिवारको हाँसीखुसीको डिनर, त्यतिका लागि पर्याप्त आय ।

    तर हामीकहाँका ठूलाबडाको नक्कले बानीले चारहजारले कम्तिमा ६ जनाको परिवार धान्न पर्ने वाध्यताका कर्मचारीहरूलाई पनि उक्त व्यहोरा लागू गर्न/गराउन बाध्य पारिरहेको देख्दा कतै अनाचार गर भन्न खोजिएको त हैन ? जस्तो अनुमान गर्न सकिन्छ । जेहोस्, हामी हाम्रो परिस्थिति अनुकूल चल्नुमा जति फलदायक होला, उही ‘अरूका बुद्धिमा राजा भन्दा, आफ्ना बुद्धिले ज्यामी जाति’ भने झैँ, अरूको इसारामा ‘दालभातको ब्रेकफाष्ट’ले सभ्यताको बीजारोपाण पक्कै गर्दैन । आखिर हामीले सेवा दिने सेवाग्राहीहरू त विदेशी नियोगका मात्र त हैनन् होला नि ! अनि हामी, हाम्रा सेवाग्राहीहरूको सुविधा सुचारू प्रवाह गर्न नसक्ने र उनीहरूले राम्रो र नियमित काम गर्दा हाम्रो मेसिनरी बेकम्वा सावित गर्न लागी परेका त हैनौँ होला नि ! कि भोको गोरु र अघाएको गोरुले समान रूपमा हलो तान्न सक्छ भन्ने भ्रमबाट व्यावहारिक मुक्ति पाउन सकेकै छैनौँ ? हैन भने ‘दालभातको ब्रेकफाष्ट’ले शारीरिक इञ्जिनलाई केही प्रतिकूलता पनि सिर्जन सक्छ कि भन्ने विषय पनि एकमाना खान नपुग्नेका हिसाबले नीति निर्माताहरूले सोचिदिन पर्दैन र ? कि त्यही विश्वाव्यापीकरणको अन्धानुकरणले साप्ताहिक दुई दिन बिदा हुँदा केन्द्रिकृत हाम्रा हरेक संस्थाहरूमा काम लिएर आउने राजधानी बाहिरका जनताहरूमा शुक्रबार काम नसकिँदा सोमबारसम्म कुर्नु पर्ने वाध्यता सिर्जाएर राजधानीलाई प्रदूषित गराउन सघाएका हौँ ?

    हुन त वर्तमानमा इन्धन सङ्कटको परिणति सरकारी बाहनहरूको कमसेकम उपयोग हवोस् भनेर यो व्यवस्था लागू गरिएको हो भन्ने पनि सुन्नमा आएको छ । नि:सन्देह यो व्यहोरा अन्तर्राष्ट्रिय अभ्यास अनुकूल छ नै । कतै फेरि पहिलेको अवस्थामा फिर्ता हुँदा दातृ निकायको चित्त दुख्ने पो हो कि ?

    जेहोस्, कि त सेवा प्रदायीसम्मलाई भए पनि बिहान बेकफाष्ट, दिउँसो लञ्च साँझ डिनर खान पुग्ने व्यवस्था मिलाउनु पर्‍यो ! हैन भने गाउँघरका सेवाग्राही भनेको बिहान पशुवाहनलाई घाँसपात पुर्‍याएर खाना खाई फेरि साँझ तिनै पशुहरूलाई दुहुन पुग्नै पर्ने बाध्यताका हुन्छन् भन्ने हेक्का यस्तो नीति निर्माताले ख्याल गर्नुपर्ने हैन र ! सहरमै पनि सेवाग्राही उही दश बजेमात्र सेवा खोज्न आउने हुँदा उही शुन्य समयको रूपमा दिमागी विक्रीतिहरूको पसल थाप्न सहयोग पुग्नु बाहेक त खासै सिर्जनशील कार्यमा त्यो समय प्रयोग भएको विरलै अनुभविएको छ । यसउसले गर्दा दालभातको ब्रेकफाष्ट खानु पर्ने बाध्यताबाट छुटकारा दिलाउने तर्फ सोच्ने हो कि ! बालकृष्ण समले त मुटुको व्याथा कल्पना गर्न सकेको इतिहासको धरोहर बोकेका हामी खान नपुग्नेहरूको उल्लिखित व्याथा मनन गर्दा के नै खेर जाला र !

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

    २०६१ माघ २३
    निर्मल बेहोशी
    कलङ्कीस्थान, काठ्माण्डौं ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.