×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १२ घण्टा अघि

आज कुशे औँसी
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

के हामी कुकुर जत्तिकै पनि छैनौँ ?

  •  गोरखा समाचार
  • मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    कुरा २०४६/४७ तिरको हो । मेरो जेठो छोरा १ वर्षजतिको थियो । हामी सुर्खेत बस्थ्यौँ । सरकारी जागीर – त्यो पनि अधिकृत स्तरमा प्रवेश गरेको एक डेडवर्ष भएको समय । उही कवि विन्दुराज सिग्देलले जागीरे जीवनमा भने झैँ –
    गर्थे काम अफिसको रुची लिई, छिटो छरितो सित ।
    फूर्ति फार्ति थियो उमङ्ग उतिकै ठान्थें झुकौं को सित ?
    गतिलै काममा छिरेको छु । आफ्नो बुता वर्कतले भ्याएसम्म गर्न सक्नु पर्छ, मान-मनितो, धन-सम्पत्ति पूर्ण हुने नै छ भन्ने दृढता थियो । संयोग, हाम्रो अञ्चलबासीहरूको मिलन-परिचय कार्यक्रम राख्ने कार्यक्रम तय भयो । संयोजन गर्ने जिम्मा म र बाँस्तोलाजीले पाएऊँ । म राष्ट्रिय योजना आयोगको क्षेत्रीय कार्यालय र वहाँ जिल्ला हुलाक कार्यालयमा काम गर्थ्यौँ । वास्तवमा दुवै फुर्सदका कार्यालय भएकाले हुनसक्छ अन्यान्य रहरालु मित्रजनहरूले तदार्थिक ढङ्गले उक्त जिम्मेवारी हामीलाई सुम्पेको । खैर ! जसरीसुकै भएपनि नववर्षको शुभोपलक्ष्यमा कार्यक्रमको आयोजना गराउनै पर्ने थियो र चैत्रको दोश्रो हप्ताको शुक्रबार कार्यक्रम तय गर्न वास्तोलाजीको कार्यालयमा, कार्यालय समयपछि भेट हुने कार्यक्रम साताको पूर्वार्द्धमै म आफैँले तय गरी छाडेको थिएँ ।

    संयोग, त्यसैदिन – याने शुक्रबारका दिन सवावर्षे छोरा पखालाले पीडित हुन पुगेछ । परिणाम अर्धाङ्गिनीले कार्यालयमा फोन गरी कार्यालयसमय सकिनु पहिल्यै कोठामा आई, बाबुलाई डक्टरकहाँ देखाउन लाने कुरा गरिन् र मैले हार्दिकतापूर्वक स्वीकार गरेँ र व्यहोरा कार्यान्वयन पनि गरेँ । भला ! पौने तीन बजेतिर वास्तोलाजीले मलाई स्मरण गराउनु भएको थियो, तापनि मैले यथार्थ व्यहोरा निःसङ्कोच उद्धृत गर्दै सहभागिताप्रतिको असक्षमता प्रकट गरेथेँ ।

    कुरा भोलीपल्ट शनिबारको हो । मैले आफ्नो प्रातकालीन खाना खाई बाबुलाई अलि सञ्चो लागेकोले निर्धारित समय पहिल्यै, क्षमा याचना गर्दै लाए/अह्राएको काममा सरिक हुने गरी, हुलाक कार्यालयतिर रमाना भएँ । त्यसपछि, वास्तोलाजीको व्याख्यानको सारांश हो – उल्लिखित शिर्षक – के हामी कुकुर जत्तिकै पनि छैनौँ वा रहेनौँ ?

    बाबुलाई आराम लाग्यो ? भाउजू हुनुहुन्थेन कि क्या हो ? हिजो, कि तपाइँले डाक्टरलाई चिनेको हुँदा, बाबुलाई क्लिनिकमा तपाइँले नै लग्नु परेर हो ? विवेकजी ! सामान्य अभिभादन पछिका प्रश्नहरूको झटाराहरू हुन् – मप्रति वास्तोलाजीका । सोचेँ, वास्तोलाजी सान्दर्भिक प्रवचन दिने मूढमा हुनुहुन्छ, म मात्र श्रोता बन्नु बुद्धिमानी हुनेछ, जस्तो लाग्यो र गरेँ पनि त्यस्तै । वास्तोलाजी अघि बढ्दै जानु भो –
    विवेकजी ! कुकुर्नीले एक बेतमा ७/८ वटा बच्चाबच्ची (छाउरा/छाउरी) जन्माउँछे, हैन त ? त्यसको लोग्नेको ठेगान हुँदैन हो ! आफ्नो बासस्थानको ठोस निधो पनि छैन । आफ्नो भण्डारबाट निकालेर खाउँला – सोच्नु सम्म छैन । हल ! पैसा छँदैछ, खरिद गर्न के पाईंदैन र ? भन्नु पनि छैन रपनि प्रकृतिले त्यस स्तनधारी स्त्रीलिङ्गीलाई स्तनपान गराउन सक्षम बनाइदिएकोछ । भला “चे-चे” शब्दोच्चारणमात्र उसको “कलो” खाने शुभावसरको खुसखवरी किन नहोस् । हैन त ? अब त्यतिका छाउरा-छाउरी बिरामी पनि त हुँदा हुन् ! तर न कसैले डाक्टरकहाँ लग्न सहयोग पुर्‍याउँछ ? न यातायातका साधन छन् – त्यसका लागि ! न लोग्नेको सहयोग नै अपेक्षित छ ? न बाकसमा पैसा छ नै – टेम्पो/टेक्सीलाई भनेर क्लिनिक लैजाऊँ त नि ! भन्नु छ । कसो विवेकजी ? तापनि, अस्तित्वका लागि सङ्घर्ष (Struggle for Existance) को नियम प्रकृतितः पालना भैरहेछ । कुन्नी ! हामीमात्रै हो कि क्या हो ? मख्ख पर्ने । जव कि एक कविले –
    जो पालीकन पालिदैन कहिले, फालिन्छ जो दैवले ।
    जो फालीकन फालिंदैन कहिले, पालिन्छ जो दैवले ॥
    कोही जीवित छन् अनाथ वनमा, जो फालिएका पनि ।
    मर्छन् ती घरमा बडा जतनले, सम्भार गर्दा पनि ॥
    भनेको पाइन्छ । हैन र ? खैर ! जेसुकै होस्, मैले अलि तातो र तिक्ताभिव्यक्ति गरेँ क्यारे ! माइण्ड नगर्नु होला । तर वास्तविकता के चाहिँ हो भने – “तपाइँ छोराछोरीलाई आफ्नो खुट्टामा उभिउन् भन्ने चाहनुहुन्छ भने, केही न केही जिम्मेवारी सुम्पनुहोस्” भन्ने विद्वत् भनाइको व्यावहारीकरण गर्नु/गराउनु । यो व्यहोरा अन्य नातेदारहरूमा पनि लागू नहुने कुरै भएन । जहाँपनि र जुनपनि काममा आफैँ तम्सिने बानीले परिवारका सदस्यहरूमा परावलम्बिताको विकास हुनजान्छ । फेरि, तपाइँ हाम्रो लेवलमा त हाम्रा अर्धाङ्गिनीहरूलाई हाम्रो नाउँ विनिमय गर्न सजिलो पनि छ; यदि उनीहरू आफैँले सक्षमता दर्शाउन असमर्थ भैहाले भने पनि । हैन त ?

    अब, हिजोको उदाहरण लिऊँ न – तपाइँ यता निर्धारित कार्य सम्पादनमा आउनु भएको भए, के घरमा पैसा थिएन ? भाउजूले जावो हजार/पाँचसयको जोहो मिलाउन सक्नु हुन्थेन र ? तेइपनि, क्वाटरमा सहयोगी छँदै थियो हैन त ? त्यसमा पनि पैसा भएपछि रेक्सावालले “तिम्रो लोग्ने नभै म कतै पनि लग्दिन भन्छ/भन्थ्यो होला र ?” अस्पताल वा क्लिनिकमा चिनेको मान्छे बेगर अरूको उपचारमा लापरवाही गर्नु/गराउनुलाई तपाइँ हामीले पनि डाक्टरी धर्म भनेर परिभाषा गर्नु पटमूर्ख्याइँ हैन र !? डाक्टरले सिफारिश गरेको औषधी के, कसरी, कहिले ख्वाउने भन्ने पढालेखा म्याडमले नपाउलिन् ठान्दा वहाँको नारी स्वावलम्बिताप्रति ठेस नपुग्ला त ? माथिल्ला प्रकरणमा उल्लेखिएका कुकुर्नीको जत्तिको दायित्वसम्म हाम्रा श्रीमतीहरूले निर्वाह गर्न सक्दैनन् ठान्नु हामीहरूको कत्तिको उदारता ठहर्ला ? कि हामी कुकुरहरू (कुकुर्नीका लोग्नेहरू) जत्तिकै पनि सोच्न वा कुकुर्नीलाई जत्तिको जिम्मा दिन नसकेका हौँ/सक्दैनौँ ? आदित्यादि ।

    मेरो मनले व्यहोरा नाजायज पनि ठहर्‍याउन सकेन । त्यसैले “आफ्नो भूल स्वीकार गर्न हिच्किचाउनु हुँदैन, किनभने हिजोको गल्ती आज सँच्याउनु/स्वीकार गर्नु भनेको हिजोभन्दा आज बुद्धिमान हुनु भनेको हो” भन्छन्, मैले पनि भूल स्वीकार गर्दछु र यहाँप्रति हार्दिक धन्यवाद दिन चाहन्छु । किनभने, यस्तो सोदाहरण व्याख्या गरिदिनु भो-प्रासाङ्गिक ढङ्गले, म यथासम्भव लिपिबद्ध गरी सरोकारवालाहरूका सामु पुर्‍याउने प्रण गर्दछु । बरु, हिजो के-कस्तो कार्ययोजना बन्यो र के-कति-कस्ता कार्यहरू, क-कसको समूहमा, मेरा जिम्मा परेकाछन् ?” भनी सुध्याउँदो भएँ ।

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#
    ‘नीरूलाई पत्र’बाट लिपिकाल – २०५७/५/५ दुल्लु, दैलेख

     

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.