×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १२ घण्टा अघि

आज कुशे औँसी
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपाली परम्परागत खेलहरू … (भाग-५)

  •  गोरखा समाचार
  • सोमबार, फागुन २५, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    २६) बल दाँज्ने/जोरी खेज्ने/हात ढल्काउने :
    यो पनि बराबर जस्तो बल/शक्ति भएका खेलाडीहरूकाबीच खेलिने खेल हो । सम्म परेको सतह – टेबल वा चौतारीको ढुङ्गामा कुहिना टेकाएर पञ्जा जोलटिन्छ । रेफ्रीले शुरु भनेपछि खेलाडीहरूले वायाँ हात प्रयोग गरी खेलिएकोमा दायाँतिर र दायाँ हात प्रयोग गरी खेलिएकोमा वायाँतिर ढल्काउने प्रयास गर्दछन् । जसले सोही बमोजिम ढल्काएर अर्को खेलाडीले उठाउन नसक्ने बनाउँछ, उसलाई विजयी घोषणा गरी बाजी थापिएको भए बाजी मार्दछ । उसलाई बलियो रहेको पनि प्रमाणित गरिन्छ ।

    २७) बाघ-गोटे :
    यो खेल बुद्धिचाल (चेस) को प्रारूपका रूपमा पनि लिने गरिन्छ । पच्चीस बिन्दुहरूलाई जोडेर संलग्न अनुसारको कोट बनाइन्छ । काठको छेस्का वा ठूला ढुङ्गालाई बाघको रूपमा र साना ढुङ्गाका गोटीलाई गाई/बाख्राका रूपमा मानिन्छ । बाघलाई कोटको चार कुनामा राखेपछि क्रमश: बिन्दु-बिन्दुमा गोटी राख्दै र बाघ चाल्दै गइन्छ । एक बिन्दु बाँकी रहेपछि सरल रेखामा चाल चलिन्छ । बाघ रहेको सरल रेखामा गोटीपछि खाली छ भने बाघ उफ्रेर अघिल्लो बिन्दुमा सरी नाघिएको गोटी/बाख्रालाई खाएको मानी कोटबाट हटाइन्छ र खाली बिन्दुको सङ्ख्या बढ्दछ । यो खेलको बीचमै पनि लागू हुनसक्छ ।

    सामान्यत: पाँच-छवटा बाख्रा बाघले खायो भने बाघ पक्ष विजयी हुन्छ । त्यसैगरी माथि भनिए बमोजिम चल्न मिल्ने सरलरेखाका बिन्दुमा चल्दै गर्दा यदि बाघलाई सरल रेखामा नजिकैको बिन्दुमा ठाउँ बाँकी रहेन, अर्थात् खाली कायम भएका बिन्दुहरूमा बाघ जान नसक्ने भएमा गोटी/बाख्रा पक्षको विजय हुन्छ । कसले बाघ, कसले गोटी लिने भन्ने व्यहोरा थुक कि सुक, गाई कि त्रिशुल भनी पैसा उरालेर भुईंमा खस्दा जसले भनेको पर्छ, उसले रोजेको पक्ष लिन पाउँछ । यो खेल बाजी थापेरभन्दा पनि समय कटाउने, बुद्धि लडाउने खेलको रूपमा लिइन्छ । प्राय: गाईगोरू चराउन जाँदा फुक्काहार खेत वा चउरमा गाईगोरू लगाई चौतारीमा बसेर खेल्ने गरिन्छ ।

    २८) भकुण्डो खेल्ने :
    यो खेल भलिबलकै प्रारूप हो । विद्यालयमा ठूला-ठूला विद्यार्थीहरू खेलेको सिको गरी निगालाका पोल, हत्यौरीको नेट र झुम्राको बल बनाई उपस्थित सङ्ख्याका जोडी बनाई दुईजना मुली बनेर आएका जोडीको विकल्प (राजा-रानी, ढुङ्गा-माटो, आगो-पानी अर्थात् जे नाम आफूबीचमा राखिएको हुन्छ) रोजी मुलीहरूले जोडीका आलोपालो रोज्दछन् र दुई टिममा विभाजित भई भलिबल खेलकै नियममा उपलब्ध स्थान बमोजिमको कोटमा खेलिन्छ । गणनादेखि खेलका नियम सम्झेसम्म भलिबलकै लागू गरेर खेलिन्छ ।

    २९) राजा :
    उपस्थित खेलाडीको सङ्ख्यालाई दुईजना मुलीले भकुण्डो खेलकै विधिमा मिल्दा-मिल्दा साथीहरूबीचको जोडीबाट दुई समूहमा बाँडिन्छ । एक समूह राजा बन्ने (सानो बाटुलो घेराभित्र उभिने/बस्ने) र उसका साथीहरू प्रजा बनी निश्चित दुरीमा चौघेराभित्र रहन्छन् । अर्को समूहका खेलाडीहरूले राजालाई प्रजा भएको ठाउँमा जान नदिने गरी पहरा दिन्छन् । राजाका समूहका प्रजाले आलोपालो कपर्दी-कपर्दीको उच्चारण गरी अर्को समूहकालाई धपाउँछन्, यदि विपक्षीलाई छोएर कपर्दी भन्दै आफ्नो चौघेराभित्र आउन सकेमा छोइएको खेलाडी मर्छ अर्थात् उसले त्यसपटकको खेलमा सहभागिता जनाउन पाउँदैन । यदि छोएर कपर्दी-कपर्दी भन्दै आफ्नो कोटमा नपुग्दै सास छाड्यो भन्नाले कपर्दी भनिरहन सकेन बने उ मर्छ अर्थात् राजापक्षको त्यस खेलाडीले त्यसपटकको खेलमा सहभागिता जनाउँन पाउँदैन अर्थात् खेलबाट बाहिरन्छ । राजा प्रजा भएको ठाउँमा जाँदा विपक्षी समूहका खेलाडीले छोएमा राजापक्षको हार हुन्छ भने कसैले/सँग नछोइकन प्रजा भएको चौघेराभित्र राजा पुगेमा राजापक्षको विजय हुन्छ । यो बाजी थापेरभन्दा पनि स्कूलबाट घर फर्कंदा फुकाहार (फुक्का) भएका खेतका गह्रामा मनोरञ्जनका लागि खेलिने खेल हो ।

    ३०) रुमाल लुकाइ :
    यो कम्तीमा पाँच-छजना जति सहभागीहरू भएर खेलिने खेल हो । सहभागीहरू गोलो आकारमा बस्दछन् । एकजनाले हातमा रुमाल लिएर सहभागीहरूको पछाडिबाट घुम्दछ र एकजनाको पछाडि रुमाल खसाली दिन्छ । जसको पछि रुमाल छ, उसले थाहा पाई खसाल्नेले एकचक्कर लगाउँदा सम्ममा रुमाल लिएर पुन: अरू सहभागीका पछिबाट चक्कर लगाई एक जनाका पछाडि खसाली दिनुपर्छ । यदि रुमाल आफ्नो पछि भएको थाहा नपाएमा खसाल्नेवालाले आएर मुक्कीले पिठिउँमा पिटेर उठाई ठाउँ खाली गराएर बस्नुपर्छ । रुमाल आफ्नो पछाडि हुँदाहुँदै छैन भन्नु लुकाउनु हो बन्ने अर्थमा यस खेललाई रुमाल लुकाइ भनिएको हो । रुमाल खसाल्नेले पूरा चक्कर नलगाउँदै आफ्नो पछाडि रुमाल भएको थाहा पाई उठेर पहिलाको साथीका पछि लगेर खाली ठाउँमा बस्न नभ्याउञ्जेल रुमाल लिएका साथीले पिट्ने गर्दछन् ।

    ३१) लङ्गुर-बुर्जा :
    तासका चार रङ् – हुकुम, पान, चिडी, ईटा र लङ्गुर अनि बुर्जा गरी छवटा कोठामा सबै चिन्हहरू एउटा ठूलो कागजमा बनाइन्छ । केटाकेटीमा सिपालुले काठको लङ्गुर-बुर्जाका तीनवटा गोटी बनाई कलमले लेखेर, बेसारले रङ्ग्याएर तयार पार्छन् । अरू खेलाडीले उल्लिखित चिन्हका कोठामा आफूले बाजी राख्न चाहेको पैसा राख्छन् । खेलाउनेले एउटा थोत्रो बटुकोमा तीनवटा गोटी राखेर हल्लाई घोप्ट्याउँछ । बटुको उठाउँदा जुन-जुन चिन्ह माथि परेका छन् तिनमा थापेको पैसा बराबर तिर्नुपर्दछ भने अरू चिन्हमा थापेको पैसा खेलाउनेको हुन्छ ।

    ३२) साँढे जुधाइ :
    एकखुट्टे खेलमा जस्तै एउटा खुट्टको भरमा उभिई अर्को खुट्टालाई पट्याएर दुबै हातले पैताला, गोलीगाँठातिर समाइन्छ र आफ्नो प्रतिस्पर्धीसँग कुम-कुम ठोक्याएर जुधिन्छ । जुध्ने क्रममा पट्याइएको खुट्टाको समाइ फुत्क्यो भने वा खेलाडी पल्ट्यो भने त्यो खेलाडी पराजित हुन्छ । साँढेहरू बीचको जुधाइमा जसरी जित-हात नभएसम्म खेलिइरहने खेल भएकोले हुनसक्छ – यो खेललाई साँढे जुधाइ भनिएको । जेहोस्, विजयी खेलाडीसँग अर्को खेलाडीले प्रतिस्पर्धा गर्दछ । एवम् रितले पराजित खेलाडी बाहिरिन्छ र विजयीसँग अर्कोले खेल्दछ । यो वैयक्तिक प्रकृतिको खेल हो । सबैलाई जित्ने खेलाडी सम्मानित हुन्छ ।

    ३३) सिलिमिलि :
    हातमा एउटा पैसा वा सानो ढुङ्गा लिएर दुई हातहरू रगडेजस्तै गरी चलाइन्छ । त्यसरी चलाउँदा सिलिमिलि-सिलिमिलि भनिन्छ । हात चलाउन रोक्दा दुबै हात मुठी पारिन्छ र कुनमा छ ? भनेर अर्कोलाई सोधिन्छ । समग्रमा सिलिमिलि-सिलिमिलि कुनमा छ ? भन्ने खेलको रूपमा यो परिचित थियो । अचेल त कसले पो खेलुन्/खेलाउन् र ! अनि सोधिएको व्यक्ति/खेलाडीले यसमा छ भनी देखाएको हात खोल्दा त्यसैमा रहेछ भने उसले जित्यो, रहेनछ भने सोध्ने/खेलाउनेले जित्छ । साविकमा बाजीका रूपमा पाँच पैसादेखि थप्पड हान्नेसम्म थापिन्थ्यो ।

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

    २०७६ मार्ग २१ गते शनिबार
    कीर्तिपुर, काठमाडौँ ।

     

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, फागुन २५, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.