×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपाली परम्परागत खेलहरू (भाग-४)

  •  गोरखा समाचार
  • आइतबार, फागुन १०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    १८) ठ्याक लगाउने :

    स्कूल छुट्टिका दिन गाईवस्तु चराउन लग्दा खेत/बारीमा यो खेल खेलिन्छ । लारी-लौरी प्रकृतिको यो खेलमा दुईटा लट्ठी चाहिन्छन् । एउटालाई अर्कोको माथि घुमाएर छाडेपछि अर्को लट्ठीले नखसाली सकेसम्म बढी ठ्याक लगाउनु पर्दच । ठ्याकको संख्या गन्ने गरिन्छ । खेल्ने बेलासम्म जसले बढी ठ्याक लगायो, उही विजयी हुन्छ ।

    १९) डण्डिवियो (लारी-लौरी) :

    यो खेलमा करिब एक बित्ताको लारी/डण्डी र डेड हात करिबको लौरी/वियोको व्यवस्था मिलाइन्छ । एउटा एकबित्ते लाम्चो खोपी बनाई लारीलाई एउटा छेउमा करिब साठी डिग्रीको कोणमा रहने गरी राखेर लौरीले हानेर उरालिन्छ । उरालेको लारीलाई लौरीले ठ्याक लगाएर सकेसम्म पर फालिन्छ । लारी पुगेको ठाउँबाट एक ठ्याक लगाए लौरीको लम्बाइको नापो गणना गरिन्छ, दुई ठ्याक लगाए लौरीको नापोको दुईगुना गणना हुन्छ, तीन ठ्याक लगाए लारीले नै दुरी नापी गणना गरिन्छ । त्यसैगरी चार ठ्याक लगाएमा लारीकै गणनाको दुईगुना कायम गरिन्छ । गणना बीस पुगेपछि एक भकारी मानिन्छ । बीस मुनिका गणनालाई पाथी भन्ने गरिन्छ । थुक कि सुकको आधारमा पहिला खेल्ने पालो निर्धारण गरी अन्तिममा जसको गणना धेरै हुन्छ, उसैलाई विजयी घोषित गरिन्छ ।

    २०) दौडने/दगुर्ने :

    खेत वा चौरमा एउटा सरल रेखा खिची सहभागी खेलाडीहरूलाई उभिन लगाई एक जना रेफ्री बनी ‘रेडी, सेट, गो’ अतवा एक, दुई, तीन भनेपछि सबै दगुरेर तोकिएको ठाउँ छोएर फर्कनुपर्दछ । जो पहिला फर्कन सक्छ, त्यो प्रथम अनि क्रमश: दोस्रा, तेस्रासम्म घोषणा गरिन्छ । यदि दुईजना सँगै फर्के भने ‘री’ परेको भनी पुन: ती दुईलाई वा री पर्नेलाई दौडन लगाई फस, सेकेन, थड कायम गरिन्छ ।

    २१) थिथिरी लौरी :

    यो खेलका लागि डेड दुई हातको लौरी चाहिन्छ । पालो निर्धारण उही थुक कि सुकबाट गरी क्रमश: लौरीलाई हातका औंलामा थिर्याइन्छ । सबै औंलाहरूमा सार्दै थिर्याउने व्यक्ति/खेलाडी जान्ने ठहर्छ । रपनि लौरी थिर्याउँदा गणना गरिन्छ, जसले धेरै गणना हुने बेलासम्म लौरी झर्न दिंदैन, उसैलाई विजयी घोषणा गरिन्छ । एउटाले लौरी झरालेपछि अर्को खेलाडीको पालो हुन्छ । क्रमश: दोहोर्याएर, तेहोर्याएर पनि खेल्न सकिने यो खेलमा दोस्रो पटक थिर्याउँदा पहिलाको गणना क्रमश: गरी गणना गर्ने गरिन्छ ।

    २२) धनुकाँढ :

    निगालाको फित्कौलीका दुई टुप्पाहरूमा एउटा रसी/डोरी बाँधेर ‘डि’ आकारको धनु बनाइन्छ । अनि निगालकै काँढ/वाणहरू बनाएपछि खेलाडीहरूले आ-आफ्ना धनुकाँढ लिएर खेलमा सहभागी हुन्छन् । निश्चित दुरीमा रहेको निशानालाऐ काँढ/वाण चलाएर टोल्नु पर्दछ । जसले टोल्न सक्छ, त्यही विजयी हुन्छ । दुई वा दुईभन्दा बढीले टोलेमा निशानाको दुरी बढाउँदै लगेर अन्तत: एकजना छानिन्छ । यो खेलमा खेलाडी र निशानाको दिशामा अरू दर्शक वा खेलाडीलाई बस्न/उभिन दिइँदैन । यो व्यहोरा वाण लागेर कुनै दुर्घटना नहोस् भनी गरिएको प्रतीत हुन्छ ।

    २३) तास :

    केटाकेटीमा खास गरेर तिहारका बेलामा अग्रजहरू खेलेको देखासिकी गरेर तास खल्ने गरिन्छ । सामान्यत: जुटपत्ती, सत्र, काटपत्ती, घप्पुजस्ता खेलहरूलाई बालद्यूतक्रीडाका रूपमा लिइन्थ्यो । जुटपत्ती भन्नाले सबैजनालाई सात-सात पत्ती बाँडिन्थ्यो र बाँकी रहेको सिरानको पत्तीलाई उल्ट्याएर जोकर बनाइन्छ । उल्टिएको भन्दा एकतह माथिको पत्तीहरू जोकर मानिन्थे र जुनसुकै पत्तीसँग पनि मिसिएर त्यही पत्तीको जुट बनाउन सकिन्छ । त्यसैले सात पत्तीमा एउटा थपेर, थुतेर वा वायाँ साथीले फालेको लिएर चार जुट/जोडा जसले पहिला बनायो, उही विजयी हुन्छ । त्यस्तै सत्र भनेको सबैलाई एकुन्टा पत्ती बाँडेपछि दायाँतर्फका खेलाडीलाई थप पत्ती दिइन्छ । गुलाम झिकेर खेलिने यो खेलमा बासालाई बाह्र र मिसीलाई एघार जस्तै एक्कालाई एक र अरूलाई पत्ती अनुसार दुवालाई दुई, दहललाई दश अङ्कका रूपमा गणना गरिन्छ । यदि सत्र पुग्यो भने जितिहालिन्छ भने त्योभन्दा कममा बसेमा अर्को खेलाडीलाई पत्ती थपिन्छ । यही रीतले सबैजना खेलाडीहरू बसेमा सबैको खुलाउँदा जसको सत्रको नजिक छ, उसैलाई विजयी मान्यता पाउँछ । त्यसैगरी काड्पत्तीमा तासको बुकबाट अर्को खेलाडीले केही तास काट्छ, अनि हातमा तास भएको खेलाडीले पहिला बाहिर अनि भित्र भनेर साथी र आफूलाई तास उल्टा राख्दै जान्छ । काटिएको तासको पत्ती जुन छ, त्यो पत्ती बाहिर परे काट्ने खेलाडीले त भित्र परे खेलाउने खेलाडीको विजय हुन्छ । त्यस्तै घप्पुमा तासको बुकबाट सबै खेलाडीले तलको पत्ती नहेरी दश-आठोटा काटेर आफ्नो अगाडी घोप्टै राखिन्छ र ठिनी अनुसारको पैसा राखेर सबैले उल्ट्याइन्छ, जसको पत्ती ठूलो हुन्छ उसैले जित्छ र सबैको ठिनी आफूले पाउँछ । यसमा हुकुमको एक्कालाई सबैभन्दा ठूलो मानिन्छ ।

    २४) परेड/पि.टी. :

    स्कूलमा प्रार्थना गर्दा खेलकूद शिक्षकले परेड/पिटी खेलाउँदा सिकिएका शारीरिक अभ्यासलाई जीत-हारको हिसाबले भन्दा पनि सबै मिलेर सिकाएकै क्रममा गर्ने गरी सामूहिक रूपमा खेलिन्छ । जाडो भगाउन, ज्यान तताउन यो खेल विशेष रूपमा खेल्ने गरिन्छ । अचेल परेड/पि.टी. योगाभ्यासको रूपमा कतिपय स्कुलहरूमा योग गुरूद्वारा गराउने गरिन्छ । शारीरिक तन्दुरुस्तीका लागि यसलाई अति महत्त्वपूर्ण मानिन्छ ।

    २५) पौँठा खेल्ने :

    सामान्यतया बाराबर बल भएका दुईजनाबीच यो खेल खेलिन्छ । पहिला एकजनाले अर्कोको नाडीमा जोडले समाउँछ, तब अर्कोले त्यसलाई फुत्काएर आफूले पहिलो खेलाडीको नाडीमा जोडले समाउँछ । यो क्रम कसैले नाडी समाएको फुत्काउन नसकुञ्जेल चलिरहन्छ । जसले समाइएको आफ्नो नाडी फुत्काउन सक्दैन, उ हरल अर्थात् पराजयी हुन्छ भने जोडसँग अर्थात् फुत्काउन नसकिने गरी समाउने खेलाडी जित्तल अर्थात् विजयी घोषित हुन्छ । यसमा पनि कसले पहिले नाडी समाउने भन्ने पालो निर्धारण पूर्ववत् थुक कि सुकबाट गरिन्छ ।

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#
    क्रमश:…

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, फागुन १०, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.