×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपाली परम्परागत खेलहरू (भाग-३)

  •  गोरखा समाचार
  • आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    ९) ग्याम खेल :
    कम्तीमा छजना खेलाडी उही राजा-रानी, घाम-पानी जस्ता जोडी मिलेर नामका आधारमा तीन-तीन जनाका दुई पक्षमा बाँडिइन्छ । पुन: सदा झैं थुक कि सुक गरेर कसले पहिले ग्याम हान्ने भन्नाले भकुण्डोले तुल्याइएका ढ्याकहरू ढलाउने भन्ने टुङ्गो लगाइन्छ ।यो खेलमा एउटा भकुण्डो र कम्तीमा बाह्रवटा ढुङ्गाका ढ्याक आवश्यक हुन्छ । ढ्याकहरूलाई तुल्याएर ठड्याइन्छ र ग्याम हान्नेले सकेसम्म थोरै ढ्याक ढल्ने गरी भकुण्डोले टोल्नुपर्छ । त्यो ग्याम हान्ने पक्षका खेलाडीले भकुण्डो टाढा भएका बेलामा ढलेका ढ्याकहरूलाई पूर्ववत् तुल्याउने गर्नुपर्छ र सबै तुल्याएमा त्यो टीम विजयी हुन्छ । अर्को टीमलाई भकुण्डोले ग्याम हान्ने पक्षका खेलाडीलाई ताकेर हान्नुपर्छ । हातमा लाग्यो भने त्यो खेलाडी मर्छ अर्थात् खेलबाट बाहिरिन्छ । त्यही रीतले सबै मरे भने यो टीम विजयी हुन्छ । जीत-हारमा पाँच-पाँच पटक पिट्ने वा पाँच-पाँच पैसा बाजी थाप्ने गरिन्छ र विजयीले पैसा लिने वा विपक्षी अर्थात् पराजयीलाई पिट्न पाउने नियम हुन्छ ।

    १०) गंगैरानी :
    यो खेल प्राय: हिउँद अर्थात् धान काटेर खेतका गह्राहरू खाली भएको समयमा खेल्ने गरिन्छ । स्कुलबाट छुट्टी भएर घरमा झोला राखेर जाँघेको खल्तीमा मकै, भट्टका खाजा हालेर सबै साथीहरू खेतको ठूलो गह्रामा जम्मा भएर चिसो भगाउने हिसाबले कपर्दी, राजा, ओरोडोरो, रुमाल लुकाइ जस्ता खेलहरू खेलिन्छन् । जाडो समय भएकाले कुनैदिन खेल्न इच्छुक साथीहरूमध्ये ठूलो स्वर भएको साथीलाई बीचमा राखी अरूहरूले एकापसमा हात समाई वृत्ताकार घेरो बनाइन्छ । त्यसपछि बीचका साथीले ‘यति-यति पानी’ भन्दै खुट्टादेखि शिरसम्मका भागहरू देखाउँदै भट्याउँछ भने घेराका साथीहरूले एकैस्वरमा ‘गंगैरानी’ भन्दै वरिपरि घुम्छन् । ‘गंगैरानी’ भनेर कराउँदै वरिपरि घुम्दा जाडो भागेर न्यानो महसुस हुन्छ र बीचका साथीले ‘आकाश जति पानी’ भनेपछि अरूले ‘गंगैरानी’ भनेर खेल समापन हुन्छ ।

    ११) घैँटो फुटाउने :
    एक ठाउँमा माटोको घैंटोलाई घोप्ट्याएर राखिन्छ । यसमा आँखा छोपिदिने व्यक्तिको आवश्यक हुन्छ । जसले प्रतियोगीहरूका आँखा छोपी दिई खेलाडीलाई एक-दुई फन्को गुमाई घैंटो भएकै दिशातिर उन्मुख गराई हातमा लट्ठी दिइन्छ । खेलाडीले लट्ठीले घैंटोलाई फुटाएमा खेल समाप्त हुन्छ र त्यसो गर्नसक्ने खेलासीलाई तोकिएको पुरस्कार दिइन्छ । लट्ठी एकपटक उठाएर हानेपछि पुन: हान्न पाईंदैन । घैंटोलाई छोएर मात्र हुँदैन, फुट्नै पर्दछ । खेलाडीको पालो चिट्ठाद्वारा निर्धारण गरिन्छ । एकतिर घैंटो तर खेलाडी लट्ठी उचालेर दर्शकहरूतिर आउँदा हाँसो चल्छ । अझैपनि नै उत्सवहरूमा यो खेल खेलाउने गरेको पाइन्छ ।

    १२) चङ्गा उडाउने :
    बाँस निगालोका सिन्काहरूमा भातको माड वा गहुँको पीठोको सहायताले कपीका पाना जमाई जनैको वा कुनै गोलीधागोलाई सानो टिनको बट्टालऐ तलमाथि छेडेर प्वाल पारी सानो लट्ठी घयसाइर लट्टाई (?) बनाएर त्यसैमा छागो बेरिन्छ र चङ्गालाई जोडेर चङ्गा तयार बनाइन्थ्यो/बनाइन्छ । हावा चलेका बेलामा चङ्गालाई आकाशमा उडाउँदा धागो थोरै भएर धेरै माथिसम्म उडाउन नपाउँदा मन खिन्न हुन्थ्यो । अचेल त शहरमा प्लाष्टिकका हलुका खालका चङ्गाहरू र सिसाको धुलो घसिएको धागो लट्टाईमा बेरेर मनलागे हति माथि चङ्गा उडाउने गरिन।छ । जसले धेरै माथि पुर्‍यायो – उही विजयी खेलाडी जस्तो बन्दछ भने दुईजना मिलेर ‘चङ्गाचेट’ अर्थात् माथि उडेका चङ्गाहरूका धागा जुधाएर जसले चुँडाई दिन्छ – उसलाई विजयी घोषित गरिन्छ ।

    १३) चिट्ठा :
    यो खोपी जस्तै खेल हो । कागजका मूलत: तिनताका आशा चुरोटको कडा खोलका पट्याएर चिट्ठा बनाइन्थ्यो र सहभागी हुनेहरूले एकुन्टा चिट्ठा जम्मा गरी एउटा खोपी = खाल्टी, बनाई त्यसैको डिलमा तुल्याएर राखिन्छ । अनि एउटा ढुङ्गाको ढ्याकबाट निश्चित दुरी टाढाबाट चिट्ठालाई टोलिन्छ । टोल्दा चिट्ठा खोपीमा परे सजाय स्वरूप एउटा चिट्ठा त्यही खालमा थप्नुपर्दछ । नत्र उछुट्याएर खोपीमा नपारी टोलेमा उसले सबै चिट्ठा जित्छ अर्थात् लिन पसउँछ । पुन: खेलका लागि सबैले एकुन्टा चिट्ठा जम्मा गर्नुपर्छ । कसले पहिला ठ्याकले हान्ने भन्ने पालोको निर्दारण ‘थुक कि सुक’ भन्नाले ढ्याकको एकातिर तुक राखी माति उराल्ने र भुईंमा खस्दा थुकको भाग माथि देखिए थुक रोज्ने पहिला नत्र सुकवाला पहिला हुने गरी पालो निर्धारण गरिन्छ । खेल्दै गर्दा कुनै साथीको चिट्ठा सकियो भने अर्कोसँग सापटी लिने चलन पनि हुन्छ । यसमा टुङ्गो लाग्ने प्रकृतिको जीत-हार भने हुँदैन तापनि धेरै चिट्ठा जम्मा पार्नेले जीतेको र सबै चिट्ठासम्म गुमाउने वा भएभन्दा कम पार्नेलाई हारेको मानिन्छ ।

    १४) जुवा/त्रिपासा :
    मूलत: हरेक वर्षको तिहारमा तीन दिन खेल्दा दोष नलाग्ने र भाइटीकाको दिनमा जुवा, जीमका हाड छोएमा गति परिने मान्यता रहेको पाइन्छ । यमराजका हाडबाट बनाइएका भनी मानिएका तीनवटा हाडका चारपाटे, चार अङ्गुल/अमल लामा खेलौनालाई त्रिपासा भनिन्छ । चारपाटामा पहिलो पाटोमा एकवटा र त्यसको विपरीत तेस्रो पाटोमा छवटा, अनि दोस्रो पाटोमा दुईवटा र त्यसको विपरीत चौथो पाटोमा पाँचवटा थोप्लालाई रेखाको गोलोले घेरिएका चिन्ह अङ्कित हुन्छन् । त्यस्ता त्रिपासालाई एकैचोटी सतरञ्जामा पल्टाइन्छ । सरर पासा फल्दा रोकिएपछि माथि देखिने पाटोमा तीन, चार, छ, नौ वटा चिन्ह देखा परेमा कुहिन्छ अर्थात् हारिन्छ भने तेह्र, पन्ध्र,सत्र, अठार वटा चिन्ह देखिएमा चितेको वा मारेको भनिन्छ । हार्नु भनेको थापेको बाजी बराबर त्रिपासा फाल्नेले तिर्नुपर्छ भने जित्नु भन्नाले त्यो थापेको बाजी आफूले पाउनु हो । यदि मारियो भने पुन: पासा फाल्न पाइन्छ र त्यसबेला बाजी थाप्नेले पहिलेको दोब्बरसम्म बाजी थाप्न सक्छ र यो क्रम मारिरहेसम्म सक्नेले दोब्बर-दोब्बर बाजी थाप्ने चलन हुन्छ । यदि पासा कुहेमा यसरी अघि बढ्दा बाजी थाप्नेले शुरुमा थापे बराबरको रकम जितेको हुन्छ भने यदि मार्ने वा पर्ने दाउ नपरी अरू दाउ परेमा अर्थात् धानेमा थाप्नेले हार्दछ र पासा हान्नेले जितेको हुन्छ । धान्ने भन्नाले त्रिपासामा हुने उल्लिखित चिन्हहरूको जोडफल मार्ने र हार्ने दाउ बाहेकका पाँच, सात, आठ, दश, एघार, बाह्र, चौध, सोह्रका दाउलाई बुझिन्छ । जम्मा तीनदेखि अठारसम्म देखापर्ने दाउमध्ये चारवटा मार्ने/जित्ने, चारवटा कुहिने/हार्ने र आठवटा धान्ने दाउहरू हुन्छन् । पासा मिलाएर गुर्र्‍याउन सक्नेले मारिसकेर धान्न सक्छ भनिन्छ । एघार दुईलाई कोखे, बाह्र एकलाई टीके तेह्र, पन्ध्रलाई पन्ध्रीपातली – जसमा त्रिपासा मालिकलाई भाडा दिने चलन हुन्छ, र अठारलाई छक्कैछक्का वा बुढो अठार भन्ने चलन छ ।

    यो खालमा रहेर त्रिपासा फाल्नेमध्ये निश्चित व्यक्तिसँग मात्र खेल्न सक्छ, जसलाई ‘घाइते’ भन्ने गरिन्छ भने अर्को ‘लक्कु थाप्ने’ तर पासा नहान्नेहरूले बाजी थापेर खेल्ने गरिन्छ, जसलाई ‘लक्कु हान्ने’ भनिन्छ । पासा गुर्रिएर रोकिंदा सतरञ्जा बाहिर पुगेमा वा कुनै पाटो स्पष्ट नभएमा अमान्य घोषित गरेतापनि पुन: उसैलाई पासा हान्न दिइन्छ । यो बाह्रै महिना खेल्ने गरिंदैन । केटाकेटीमा पाँच पैसा ठिनीमा खेल्ने गरिन्थ्यो । जसमा सबैले बोट हाल्ने र मारेमा दश पैसा थुत्ने अनि हारेमा त्यही बोटमा पाँच पैसा थप्ने, सकिएपछि पुन: बोट हाल्ने गरेर खेलिन्थ्यो । यो कोठाभित्र खेलिने प्रकृतिको खेल हो ।

    १५) झुम्रो लुकाइ :
    गाईवस्तुलाई फुकाहार चराउन जाँदा प्राय: समय कटाउन यो खेल खोलिने गर्दछ । जोडीका बीचमा लुकाएको झुम्रो (थोत्रो कपडाको टालो) प्राप्त गरेमा विजयी हुन्छ भने पाउन नसकेमा पराजयी ! कुनै साथीले जोडीको एकजनालाई हातले आँखा छोपीदिन्छ र अर्कोले गह्रामा लट्ठीले खनेर समान प्रकृतिका खाल्टा बनाउँछ र एउटामा झुम्रो राखेर र अरू यसै पुरेर पहिलाको जस्ताको तस्तै बनाएपछि आँखा खोलिदिइन्छ । अब त्यस खेलाडिले पहिल्यै पटकमा छानेको खाल्टोमा खनेर हेर्दा झुम्रो पाएमा जित्तल र नपाएमा हरल भएपछि थापेको बाजी जीतहार हुन्छ । गाउँघरमै पनि अचेल यो खेल खेल्न छाडिसकियो । पूरानो पुस्तालाई मात्र अड्कल हुनसक्छ ।

    १६) टोल्ने :
    प्राय:जसो स्कूलबाट घर फर्कंदा बाटामा खेलिनि खेल हो – यो । आ-आफ्नै जिम्मामा हुन्छ जीत-हार । एकजनाले एउटा ढुङ्गा/ढ्याक बाटामै अगाडि फाल्छ अनि अर्कोले त्यसलाई टोल्ने कोसिस हुन्छ । टोलेमा विजयी र नटोलेमा पराजयी हुने हुन्छ । विजयीले राखेको ठिनी बराबर जित्छ । यो दुई जनाका बीचदेखि समहमै पनि पालोपालो खेल्दै हिंड्ने चलन हुन्छ । परिणाम टोल्नेतिर ध्यानकेन्द्रित हुने हुँदा बाटो काटेको थाहा हुँदैनथ्यो ।

    १७) ठेट्ने :
    भरखर धन काटिएका ओसिला गरामा यो खेल खेलिन्छ । गाईवस्तु हेर्न जाँदा लगिएका लट्ठीको एकातिरको धेउलाई ताछेर तीखो बनाइएको हुन्छ । भाला जस्तै भुईंमा गाडिने गरी लट्ठी हान्न पर्दछ । अब अर्को खेलाडीले त्यो पहिलाको लट्ठी ढल्ने गरी आफ्नो लट्ठी गाड्न सक्नु पर्दछ, तब जितिन्छ । नत्र फेरि अर्कोले हान्छ, क्रम निरन्तर चलिरहन्छ । जसले जसको गाडिएको लट्ठी ढाल्न सक्छ उसले अर्कोबाट बाजी थापेको भए ठिनी बराबरको पैसा पाउँछ । तर यस्ता खेलहरूमा बाजी थापेरभन्दा पनि मनोरञ्जनका लागि खेल्ने गरिन्थ्यो ।

     

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#
    क्रमश:…

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.