×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ३ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

नेपाली परम्परागत खेलहरू (२)

  •  गोरखा समाचार
  • आइतबार, माघ २५, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    खोपी :
    यो खेल कोठाबाहिर खेलिने खेल हो । केटाकेटीमा ढुङ्गाका निश्चत आकारका बाटुला बोटहरू
    आ-आफैंले बनाउँछन् र त्यही बोटको साइजमा खोपी (खाल्टी) तयार पारिन्छ । बोट बनाउने राम्रो सीप भएका खेलाडी साथीले एउटा अलि ठूलो आकारको ढ्याक बनाउँछन् । सबै खेलाडीहरूबाट एकेक बोट जम्मा पारी करीब ५/६ फिटको दूरीबाट त्यही खोपीमा सबै बोटहरू फालिन्छ । यसरी फाल्दा खोपीमा परेका बोटहरू सम्बन्धित खेलाडीका हुन्छन् । बाहिर रहेकाहरूमध्ये कुनै एउटालाई टोल्न भनेर खेलाडीलाई दिइन्छ । खेलाडीले टोल्न दिएको बोटलाई ढ्याक फालेर टोलेमा उसले सबै बोटहरू जित्छ र पुन: बोट उठाएर उसैबाट खेल अघि बढाइन्छ, दिइएकोभन्दा अर्को टोलेमा एक बोट सजाँय तिर्नुपर्छ र केही भएन भने खोपीमा परेका उसले लिन पाउँछ र अर्को खेलाडीको पालो आउँछ । तर यही खेललाई अलि ठूला फुर्सदिलाहरूले रुपैयाँका सिक्काहरूको बोट राखेर उपर्युल्लिखित विधिबाटै खेल्दछन् । अझ टोल्न दिएकोलाई टोले वा नटोलेमा यति बाजी भनेर खेलाडी-खेलाडी वा दर्शककाबीचमा समेत थप मौखिक बाजी थाप्ने गरिन्छ । अलि टोल्न सिपालु खेलाडीको विपक्षमा बाजी थाप्नेहरू हुँदै हुँदैनन् वा कम हुन्छन् । यस्तो बाजीमा पनि नटोलेमा मौखिक बाजी बराबरको रकम खेलाडीले बाजी थाप्नेलाई तिर्नु पर्दछ भने टोलेमा खेलाडीले थापेको बाजी पनि मार्छ र खालको पनि विजय पाउँछ । अनि फेरि बोट उठाएर खेल दोहोरिन्छ । यसले निशाना टोल्ने अभ्यासलाई चुस्त एवम् दुरुस्त बनाउन सहयोग मिल्छ ।

    गुच्चा :
    गुच्चा भनेको सिसाको गोलो अर्थात् गोली जस्तै चीज हो । कालो, रङ्गीन एवम् पानी रङ्गका डल्लाका रूपमा पाइने गुच्चाहरू दुई वा दुईभन्दा बढी साथीहरू मिलेर खेलिन्छ । एउटा खोपिल्टो बनाइन्छ र करिब चार-पाँच फिटको दुरीमा दाउ/दाग लगाइन्छ । त्यही दाउमा उभिएर आफ्नो-आफ्नो गुच्चा सकेसम्म खोपिल्टोमा पर्ने गरी फालिन्छ । सबैले फालिसकेपछि खोपिल्टोको नजिक परेको गुच्चावालाले अर्को खेलाडीको टोल्न सकिने गुच्चालाई ताकेर हान्छ । यस खेलमा ताकेर हान्दाखेरि टोल्यो भने त्यसपछि गुच्चालाई खोपिल्टोमा छिराउनु पर्दछ, जसलाई ‘पिलाउने’ भनिन्छ । यदि पिलाइयो भने जितिन्छ नत्रभने त्यो जितेको ठहरिन्न । अथवा पहिला खोपिल्टोमा छिराउने र त्यसपछि टोलेमा पनि जितिन्छ । तर टोलिएका गुच्चाहरू एकै ठाउँमा जोडिएर रहन हुँदैन । त्यसकारण टोल्नेवालाले हान्नु पहिले ‘तोइ आत विशे है, जनजिब्रोमा दानविशेहै’ भन्दछ । यो गुरुङ्भाषाको शब्दावली हो र यसको अर्थ गुच्चा सँगै भएपनि ‘केही हुँदैन भनें है’ भनेको हो । यो खेलमा गुच्चाले गुच्चा टोल्दाखेरि न्यूटनको तेस्रो नियम आकर्षित हुन्छ । जति जोसले जुन दिशाबाट टोल्यो, त्यत्तिकै जोडले विपरीत दिशामा आफ्नो गुच्चा फर्केर आउँदा र त्यो पनि खोपीमा छिराउन सजिलो हुँदा बहुत आनन्ददायक हुन्छ । अर्काको गुच्चालाऐ ताकीसकेपछि हिर्काउनु पहिले कुनै सिपालु खेलाडीले आफ्नो गुच्चालाई बहुत मजासँग आफ्नै नजिकमा रिंगाउँछन्, जुन पनि दर्शकलाई बहुत रोचक बन्दछ । टोल्ने काम सकिएपछि त्यो राउण्डको खेल समाप्त हुन्छ र नयाँ खेल पुन: शुरु गरिन्छ । बाजी भनेको टोलेवापत एक थप्पड (?) देखि पाँच पैसा ठिनी थाप्ने गरिन्थ्यो ।

    गुलेली :
    काठको Y आकारको टुक्रामा माथिल्ला दुई टुप्पाबाट रबर बाँधिएको हुन्छ, जुन सामान्यत: डेड-दुई फिट लामो हुन्छ । त्यसको बीच भागमा अलि चाक्लो छालाको टुक्रा बाँधिएको हुन्छ । अब मिल्दो आकारका ढुङ्गा वा मट्याङ्ग्रालाई छालाको त्यही भागमा राखी एउटा हातले Y को तल्लो भागमा समा अर्को हातले रबरको तन्काइ तन्काएर जोडले छाडिन्छ । परिणामस्वरूप त्यो मट्याङ्ग्रा वा डु,गा न्यूटनको तेस्रो नियमानुसार जोडसँग अर्कोतिर फालिन्छ । केटाकेटीहरूले यसबाट फलफूल झार्ने, चराचुरुङ्गीहरूलाई हान्ने जस्ता काम गर्ने गर्दछन् । अचेल गुलेली बजारमा किन्न पनि पाइन्छ ।

    गोटा :
    ढुङ्गा वा किटका पाँच वटा करिब बाटुलो आकारका गोटाहरू बनाइन्छ । दुई वा दुईभन्दा बढी खेलाडी मिलेर कोठाभित्र बसेर खेलिने खेल हो – यो । एकण्टी अर्थात् सबै गोटाहरू छरेर एउटा लिई माथि उराल्ने र छिएकोमध्ये एउटा टिप्ने र यो क्रममा सबै टिपी सकेपछि अर्को चरण दुईटिपुमा प्रवेश हुन्छ । दुईटिपुमा पनि गोटा छिरलेर एउटा गोटा लिई उरालेर भुईंका चारवटामध्ये ऐकपटक दुईटा र अर्को पटक दुईटा टिपिन्छ । त्यसपछि तीनटिपुमा गोटा छिरलेर एउटा गोटाले पहिला एउटा अनि तीनवटा एकैचोटी टिप्नुपर्छ । यसो गरेर यो चरण पार गरेपछि ढाप अर्थात् हारमा पाँच गोटा लिने र एउटा उरालेर अरू चारवटा भुईंमा राक्ने फेरि त्यो उरालेको समाएर पुन: उराली भुफंका सबै गोटाको साथमा उरालेको पनि समाउने चरणमा पुगिन्छ । एकुण्टीदेखि ढापसम्म यदि अर्को गोटा छोइयो वा समाउनुपर्ने छुट्यो भने मरिन्छ अर्थात् त्यसपटकको पालो अर्को साथीमा सर्दछ । आफ्नो पालो फेरि आउँदा पहिले जुन चरणमा मरेको हो, त्यसैबाट निरन्तरता दिनुपर्दछ ।

    त्यसपछि फर्काउने चरणमा प्रवेश हुन्छ । यस चरणमा गोटाहरू हातमा लिई उरालेर हातको उल्टो भागमा थापिन्छ, एउटै पनि नपरे मरिन्छ र अर्को साथीले खेल्ने अवसर पाउँछ । अन्यथा पछाडि परेका गोटालाई पुन: उरालेर अगाडि हारमा ल्याउनुपर्छ, यसलाई फर्काउने भनिन्छ ।
    फर्काउनेपछि छिन्के भन्ने चरण आउँछ । यो फर्काउने जस्तै तर पछाडिबाट अगाडि ल्याउँदा उरालेका गोटा नखसाली भलिबलको सट हानेजस्तो पारामा समाउनु पर्दछ । त्यसपछि कापेभन्ने चरणमा प्रवेश हुन्छ । जुनपनि उही पर्काउने र छिन्केमा जस्तै सबै गोटाहरू उरालेर हातको उल्टो भारमा थापिन्छ । दुई वा दुईभन्दा भडी गोटा रहेमा अर्को खेलाडीले कुनै एउटालाई तोकिदिन्छ र त्यो बाहेक अरूलाई खसाली होकिएको गोटालाई माझीऔंला र चोरऔंलाले च्यापी अरू गोटाहरूलाई अर्को हातले सम्हालेर त्यही हातमा राखी माझीऔंलाले भुईंमा सरल रेखा खिचेर त्यो च्यापेको गोटा उरालेर समाउनु पर्दछ । यी कुनै पनि कर्ममा भनेजस्तो नभए मरिन्छ ।

    त्यसपछिको चरणलाई घोडे भनिन्छ । यसमा माझीऔंला र चोरऔंला जोलटेर बुढीऔंला र माझीऔंलालाई भुईंमा टेकाई गेट जस्तो बनाइन्छ र अर्को हातले पाँचवटै गोटालाई त्यही गेट अगाडि छिरलिन्छ । अब अर्को खेलाडीले कुनै ऐउटालाई तोकिदिन्छ । त्यसपछि एउटा गोटालाई समाएर उराल्दै, त्यही समयमा गोटालाई गेटभित्रबाट छिराउने गर्नुपर्छ । तर तोकिएको गोटालाई सबैभन्दा पछि र एकैपटकमा छिराउनु पर्दछ । यसमा यदि दुईटा छोइएका गोटाहरूमध्ये चलाउँदा अर्को हल्लियो मात्र भने अथवा उरालेको गोटो समाउन सकिएन भने कुहिन्छ अर्थात् मरिन्छ र अर्को साथीले पालो पाउँछ ।

    त्यसपछिको खेल अन्तिम हो । त्यसलाई खोपे भनिन्छ । एउटा हातलाई भुईंमा खोपोजस्तो पारेर राखिन्छ र गोटाहरू त्यसको अघि छिरलिन्छ । उही घोडेमा जस्तै अर्को साथीले तोकिदिएकोलाई अन्तिममा वा सबैलाऐ एकैचोटी एउटा उरालेर खोपामा छिराई उरालेको समाउनु पर्दछ र पुन: उरालेर भुईंमा हत्केलाले छोई समाउनु पर्दछ । यसमा सफल भइयो भने आफूले एकबाजी जितिन्छ र पुन: एकण्टीबाट नमरुञ्जेल खेलीरहन पाइन्छ । यो दोस्रो पुस्ताले गोटा खेल्ने विधि हो ।

    गोटा खेलकै पहिलो पुस्तामा, उही पाँचवटा गोटा हुन्छन् र ढापबाट खेल शुरु हुन्छ । सबै चरणहरूलाई पाँच-पाँच पटक खेल्नु पर्दछ । ढापपछि तीनटिपु, दुईटिपु हुँदै एकटिपुमा पुगिन्छ । त्यसपछि फर्काउने अनि छिन्के खेलिन्छ । यस विधिमा दुबै हात प्रयोग गर्न पनि छुट हुन्छ ।त्यसपछिको चरणमा नयाँ दुईवटा खेल हुन्छन्, जसलाई लचकचे र ढोंड्के भनिन्छ । लचकचेमा सबै गोटाहरू छिरलेर एउटा समाई उरालेर अर्को समाइन्छ । अब हातमा दुईटा गोटा हुने भए । त्यसपछि एउटा उराल्ने र अर्को भुईंमा भएको कुनै एउटासँग साट्ने र उरालेको छोप्ने गर्नुपर्दछ । यो क्रम तलका तीनवटै गोटामा पाँच-पाँच पटक गर्नुपर्दछ र अन्त्यमा एउटा उरालेर सबै सोहोर्नु पर्दछ ।

    अनि ढोंड्के भनेको ढाप जस्तै तर उरालेको गोटालाई तलका चारवटा समाएको हातका चोर र बुढीऔंलाको मिलनबाट प्वाल अर्थात् ढोंड बनाई समाउनु पर्दछ । ढोंड्कामा छिराउनु पर्ने भएकोले खेलको नामै ढोंड्के राखिएको हुनसक्छ । यसपछि अघिल्लो पानामा उल्लेख भएजस्तै पछिल्लो पुस्ताको कापे, घोडे, खोपे खेलिन्छ र नमर्दासम्म अर्थात् खेल विधि अनुसार अघि बढिरहँदासम्म उल्लिखित चरणहरू पूरा गरिरहन्छ । एक चरण पूरा भएपछि एकबाजी जितिन्छ ।

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#
    क्रमश:…

    लेखकबाट थप:

    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    • चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    आइतबार, माघ २५, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. शायद गाउँ सुनसान भएछ !

    • ४. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ५. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.