×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपाली परम्परागत खेलहरू (भाग-१)

  •  गोरखा समाचार
  • शनिबार, माघ १७, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2026/01/nepali-khel-lekh-tilak-paudel.wav

     

    तिलक पाैडेल

    सामान्यतया: खेलहरूलाई कोठामित्र (Indoor) र कोठाबाहिर (Outdoor) खेलिने गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ । हुन त राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले खेलकुद शब्दलाई परिभाषित गर्ने क्रममा परम्परागत खेललाई समेत खेलकुदभित्र समेटेको छ । रपनि, यस विषयमा तीन दशकअघि खोजी भएपनि पछिल्लो समय मन्त्रालयले परम्परागत खेलबारे कुनै चासो दिने गरेको पाइँदैन ।

    विकास, अनुशासन र गतिशिलताको नाराबाट वर्तमानमा खेल जगतले आफ्नो गतिलाई अग्रगमन गराइरहेकोछ । कतिपय हाम्रै धर्तीमा खेलिने खेलको परिमार्जित रूपजस्तो लाग्ने र कतिपय नितान्त मौलिक र बाल्यकालमा खेलिने प्रकृतिका – जुनपनि अचेल बिर्सिइसकेको लाग्न थालेकोले, गण्डकी प्रदेशको मूलत: स्याङ्जा जिल्लाको अन्धाअन्धी क्षेत्रमा खेलिने खेलहरूको संक्षिप्त परिचय लेखी खेललाई जीवन्तता प्रदान गर्ने सद्प्रयास यहाँ गरिएकोछ ।

    कतिपय खेलहरू त बिस्मृतिइसकेको जस्तो लागेकोछ, तापनि सरोकारवाला बृद्ध-बृद्धाहरूसँग समेत खेल एवम् खेलिने व्यहोराबारे सोधनी गरी सम्पूर्णको जानकारीका लागि सम्भव भएसम्म वर्णानुक्रममा निम्नानुसारको व्याख्या पस्कने चेष्टा गरिएकोछ । विज्ञजनहरूले अरू थप गरी हाम्रा परम्परागत खेलहरूको जगेर्नामा सहयोग पुर्‍याउनुहुन पनि हार्दिक आग्रह गरिन्छ ।

    ओरोडोरो (डुम) :
    यो खेल कोठाबाहिर खेलिने खेल हो । खेतको गराको दुईतिरका डीलहरूलाई सुरक्षित ठाउँ मानिन्छ । गराको बीचमा जम्मा भएका खेलाडीहरूलाई (संख्या यतिनै हुनुपर्ने भन्ने छैन) एकजना मुली बनेर एक-एकलाई ईङ्गित गरेर तलको व्यहोरा भट्याउँछन् र अन्तिममा जसलाई ईङ्गित गरेर ‘डुम’ – जात विशेष नभै उसले/उनले जसलाई ईङ्गित गरेर छुन्छन् उही ‘डुम’ हुन्छ । सबैजना दौडेर दुईतिरका सुरक्षित ठाउँतर्फ दौडन्छन् । सबैजना डुमबाट जोगिएर ओहोर-दोहोर गरिरहन्छन् । यो क्रममा डुमले कसैलाई छोयो भने डुम सामान्य खेलाडीमा परिणत हुन्छ भने छोइएको खेलाडी डुम हुन्छ । प्राय: जाडो मौसममा दौडेपछि ज्यान तात्ने हुँदा यो खेल मूलत: केटाकेटीहरूबीच प्रसिद्ध रहेकोछ । भट्याउने व्यहोरा ‘ओरो, डोरो, काँसी, खोरो, बनमा, बस्ने, बाघको, छोरो, इली, मिली, दही, छिली, काँचो, रङ्ग, खैरे, पानी, लसुन, काटी, महादेव, चम्फे, डुम’ हो ।

    एकखुट्टे :
    यो पनि कोठाबाहिर खेलिने खेल हो । यसमा तीन चरणहरू हुन्छन् । यसका लागि ढुङ्गाको बाटुलो ढ्याक बनाइन्छ । खेतमा तीखो लट्ठी आदिले छेउमा देखाए जस्तै कोट बनाइन्छ । यो ठाउँ हेरी ६ देखि १२ सम्म बनाउने चलन छ । को पहिले खेल्ने भनी पालो निर्धारण गर्न ‘थुक कि सुक’ भनी ढ्याकको एकातर्फ थुक हालिन्छ र दुईजनाको बीचमा ‘थुक’ वा ‘सुक’ रोजेर ढ्याक माथि उरालिन्छ । भूईंमा खस्दा जे माथि पर्छ, त्यो रोजेको खेलाडी पहिला खेल्न पाउँछ ।
    त्यसपछि कोटका कोठामा कतैपनि रेखा नछुने गरी क्रमश: ढ्याक फाल्ने र एउटा खुट्टा खुम्च्याएर उचाली एउटा मात्र खुट्टाले त्यो ढ्याकलाई सोझो दिशाबाट बाहिर निकाल्नु पर्दछ । खुट्टा गलेर वा झुक्किएर दुइटै खुट्टाले टेकेमा, फल्दा वा निकाल्दा ढ्याकले कतै रेखा छोएमा, खुट्टाले ढ्याक बाहिर फाल्दा बाङ्गिएर बाहिरिएमा, एक खुट्टाले उफ्रँदा कतै रेखा छोइएमा खेलाडी ‘मर्छ’ अर्थात् उसको त्यसपटकको खेल्ने पालो सकिन्छ र अर्को खेलाडीको खेल्ने पालो शुरु हुन्छ ।

    यस प्रकारले एकैपटक वा पटक-पटक गरी जसले १२ वटै कोठाबाट विधिपूर्वक ढ्याक बाहिर निकाल्छ, उसले खेलको दोस्रो चरणमा प्रवेश पाउँछ । यदि पहिलोपटक ५ कोठासम्म ठीक तरिकाले पूरा गरेकोछ भने दोस्रो पटकको पालोमा उसले छैठौं कोठाबाट खेल अघि बढाउँछ ।
    दोस्रो चरणमा खेलाडीले आँखा चिम्लेर रेखा नछुने गरी दुबैतिरका कोठाहरूमा हिंड्नु पर्दछ । त्यसबेला खेलाडीले ‘आउरीन्यास’ भन्छ र अरू खेलाडीले ‘यस’ भने अघी बढ्छ भने ‘नो’ भने मर्छ अर्थात् उसको पालो सिद्धिन्छ । वास्तवमा ‘नोअरयस’ को अपभ्रंसित रूपमा प्रयोग भएजस्तो लाग्ने ‘आउरीन्यास’मा सफल भएपछि निज खेलाडी तेस्रो चरणमा प्रवेश हुन्छ ।

    तेस्रो चरणमा कोटतिर पिठ्यूँ फर्काई ढ्याकलाई टाउका माथिबाट कोटमा फाल्नु पर्दछ । ढ्याक कोटभन्दा बाहिर परे वा रेखाको बीचमा परे वा पहिले अर्को खेलाडीले जितेको कोठामा परेमा मरिन्छ । नमरेमा, जति नम्बरको कोठामा ढ्याक अडिन्छ, त्यो कोठा उक्त खेलाडीको बिसौनी बन्दछ । भन्नाले त्यो कोठामा सो खेलाडीले ढ्याक पुर्‍याएपछि मजाले दुबै खुट्टले टेक्न पाउँछ, बिसाइ मारेर खुट्टैखुट्टाले ढ्याक मिलाएर पैताला माथि राखी सोझै हुर्र्‍याएर बाहिर पुर्‍याउन पाइन्छ । अर्को खेलाडीको ढ्याक फाल्दा वा बहिर्‍याउँदा त्यो कोठामा परे, उ मर्छ । उसले त्यो कोठा फड्कनु पर्छ, झुक्किएर टेकियो भने पनि मरिन्छ । तेस्रो चरणमा टाउका माथिबाट ढ्याक फाल्दा पनि विपक्षीको त्यो कोठामा परेमा वदर हुन्छ अर्थात् मर्छ भने आफूले फाल्दा परेमा अरू तीन पटकसम्म ढ्याक फाल्ने अवसर प्राप्त हुन्छ । केही बाजी थापेर खेलिएको रहेछ भने जसले पहिला तीनवटै चरणहरू पूरा गर्दछ उसके बाजी मार्छ । यो पनि केटाकेटीहरूबीचमा सारै मनपर्ने खेल हो । वास्तवमा जुत्ता चप्पल चाँडै फाट्ने हुँदा अभिभावकहरूले केटाकेटीहरू नखेलुन् भन्ने चाहना राख्दछन् । नाङ्गो खुट्टाले खेल्दा ढ्याक र खुट्टाका औंलाको जोडले घाउ हुनसक्ने खतरा पनि हुन्छ ।

    कपर्दी :
    यो पनि कोठा बाहिर खेलिने खेल हो । यसलाई नेपालको राष्ट्रिय खेल मानिएकोछ । उल्लिखित क्षेत्रका गाउँघरमा निम्नानुसार खेल्ने गरिन्छ । कुनै खेतको गह्रामा वा चौरलाई सामान्यत: बराबर हुने गरी बीचबाट रेखा खिचिन्छ । खेल्न तयार खेलाडीमध्ये मिल्दा-मिल्दा व्यक्तिहरूबीच जोडी बनाइन्छ । बलिष्ठ/वरिष्ठ खेलाडीलाई मुख्य मानी रेखाको दुईतिर बसालिन्छ । यसमा पनि कुनतिरको कोट रोज्ने विषयमा थुक कि सुकको विधि प्रचलित छ । अन्य जोडीहरू एकान्तमा गई आपसी सल्लाहमा दुई नाम (राजा-रानी, ढुङ्गा-माटो, हावा-पानी …) तय गर्छन् र मुली खेलाडीसामु आई को हावा, को पानी भन्ने आभाष नदिई आफ्ना विकल्पमा रोज्न लगाइन्छ । मुलीले ‘हावा’ रोजेमा जोडीमध्ये जसको नाम ‘हावा’ राखिएको छ, उ उही मुलीतर्फ र ‘पानी’ अर्को मुलितिरको सह-खेलाडी बन्दछ । पटक-पटक सबै जोडीहरूबाट रोज्ने व्यवस्थाले निष्पक्षताको प्रत्याभूति दिन्छ । खेलाडीको संख्या यत्तिनै हुनुपर्ने भन्ने छैन, सबैजना दुई टोलीमा विभाजित भएपछि खेल शुरु हुन्छ ।

    बीचको रेखाबाट विपक्षीतर्फ कपर्दी-कपर्दी भन्दै त्यताका कसैलाई छोएर सास नछाडी अर्थात् निरन्तर कपर्दी भन्दै आफ्नो कोटमा आउन सकेमा विपक्षीतर्फ जति खेलाडीहरू छोइएका छन्, त्यति खेलाडी ‘मरेको’ अर्थात् ‘खेल्न नपाउने’ मानिन्छ । यसको विपरीत त्यो छुन गएको खेलाडीलाई विपक्षका खेलाडीहरूले समाई आफ्नै कोटमा उसको सास सकाए अर्थात् कपर्दी भन्न टुट्यो भने त्यो खेलाडी ‘मरेको’ अर्थात् ‘खेल्न नपाउने’ मानिन्छ । यो क्रममा विपक्षको खेलाडी मरेमा आफ्नो पक्षको मरेको खेलाडी ‘बाँच्छ’ अर्थात् पुन: खेल्न पाउँछ, यो बँचाउने व्यहोरा मरेको क्रममा लागू हुन्छ ।

    यसरी खेल्दै गर्दा जुनबेला कुनैतर्फका सबै खेलाडीहरू मर्छन्, तब अर्को तर्फकाले जितेको मानिन्छ । गाउँघरमा यसरी खेलिएपनि राष्ट्रिय खेलको रूपमा निर्धारित आकारको कोट बनाई तोकिएका खेलाडीबीचमा प्रतिस्पर्धा गराइन्छ । कतै ‘कपर्दी-कपर्दी’ भन्नुको सट्टा ‘हुतुतु …’ को उच्चारण गरेर पनि यो खेल खेल्ने गरिन्छ ।

    कौडा :
    यो कोठाभित्र खेलिने खेल हो । यसमा चारजना दाउ हान्ने गरी खालमा बस्ने र अरू सबै च्याँखे थाप्ने हुन्छन् । ४ दाऊ (तिया, चौका, पञ्जा र छक्का) बाँडेर लिन्छन् | तिया-पञ्जा र चौका-छक्का दाउ लिएका खेलाडीहरू आम्ने-साम्ने मिलेर बस्दछन् | त्यसपछि ठिनी निर्धारण गरिन्छ । पहिला तिया दाऊ लिने खेलाडीले खेल सुरु गर्दछन्, त्यस खेलाडीलाई हाते अर्थात् कौडा फाल्ने भनिन्छ । सबैले न्युनतम ठिनी राख्नै पर्दछ ।

    हातेले कौडा थर्कीमा फालेपछि पहिलो पटक मार्‍यो भने १ ठिनी बराबर कौडाको घण्टी बुझाउनु पर्ने मान्यता चलिआएकोछ । एकपटक मारेपछि पुन: उही खेलाडीले कौडा फाल्न पाउँछ । मारेपछि हरेक पटकमा ठिनीको दोब्बर गर्दै जाने चलन छ । मारेन भने दाऊ सर्छ अर्थात् आडैको दायाँतिरको खेलाडी हाते हुन्छ । यहि प्रक्रिया खेल कायम रहुञ्जेल चलिरहन्छ । खेलको अन्त्य गर्नुपरेमा चौका दाऊमा पुग्नुपर्छ अन्यथा कौडाले पिर्छ भन्ने प्रचलन रहिआएकोछ । हातेले ठिनी बराबरको च्याँखे जुन दाऊमा पनि हान्नै पर्नेहुन्छ । ठिनीभन्दा बढि राख्न परेमा च्याँखे र हातेको समझदारी अनुसार गर्न सकिन्छ । हातेले कौडा सतरञ्जामा छिरल्दा चित्रमा देखाए बमोजिम आफूले लिएको दाउ पर्‍यो भने मारेको भनिन्छ र थापेको सबै पैसा लान्छ, आफ्नो दाउ परेन भने पर्छ अर्थात् कुहिन्छ, त्यसो हुँदा आफ्नो सम्मुखको दाउलाई ठिनी बराबरको रकम र च्याँखेमा थापिएको रकम बराबर पैसा तिर्नुपर्दछ । कौडाहरू आफूलाई सजिलो हुने दायाँ वा वायाँ एउटा हातले १६ ओटै कौडा एकैपटकमा थर्कीमा छिरल्नु पर्दछ | कौडा छिरलेपछि सबैले गनिसकेपछि र मारेको वा परेको व्यहोराको टुङ्गो लागेपछि ठिनी हिसाब गरेरमात्र उठाउनु पर्छ अन्यथा यदि कसैले गणना पूरा नहुँदै कौडा उठायो भने उठाउनेले सबैलाई त्यो पटकको ठिनी तिर्नु पर्ने हुन्छ । कौडा फाल्दा यदि कुनै कौडोमाथि अर्को कौडो परेमा कौडोको पुरै दाँत देखिएनभने त्यो कौडो घोप्टोमा गणना हुन्छ । यसप्रकारको कौडा सामान्यतया तिहारमा जुवाको रूपमा पाकामान्छेहरूले खेल्दछन् ।

    अर्कोतर्फ केटाकेटीहरू आरुका बियालाई फोरेर अथवा चिलाउनेका गेडा फोरेर या सिङ्गै गेडालाई भाँचभुँच पारेर पाँचको सङ्ख्यामा तयार पार्दछन् । त्यसपछि खेलाडीहरूले दाउ रोजिन्छ । कौडाको उत्तानो र घोप्टो परेको सङ्ख्याको आधारमा एक्का, दुक्का, तिया, चौकाका दाउहरूमध्ये रोज्न पाइन्छ । जस्तै घोप्टे दुक्का भनेको उत्ताना तिया सरह हो र खेलाडीको सङ्ख्या धेरै भएमा दुबै दाउ कायम गरिन्छ । त्यसपछि बाघचालको कोट बनाई खेल शुरु गरिन्छ । को पहिले खेल्ने भन्ने टुङ्गो उही ‘थुक’ कि ‘सुक’को विधिबाट गरिन्छ । आ-आफ्ना गोटीहरूलाई एकमुष्ठ केन्द्रमा राखिएर खेल शुरु हुन्छ । कौडा छिरलेपछि आफ्नो दाउ पर्‍यो भने आफ्नो गोटी केन्द्रबाट बाहिरिन्छ । बाहिरिएपछि उत्तानो दाउ लिएकाले जति उत्ताना पर्छन् त्यति स्टेप अघि बढ्न पाइन्छ भने पाँच उत्ताना वा घोप्टा परेमा बीस बराबरको स्टेप चल्न पाइन्छ । आफ्नो दाउ पर्दा र पाँच उत्ताना वा घोप्टा पर्दा पुन: खेल्न पाइने व्यवस्था हुन्छ । सबै स्टेप पूरा गरी पुन: केन्द्रमा गोटी प्रवेश गरेपछि जितिन्छ ।
    फेरि कसैको गोटी पुगेको ठाउँमा अर्को खेलाडीको गोटी पुगेमा पहिलाको गोटी क्रसमा परी पुन: केन्द्रमा फिर्ता हुन्छ र फेरि पहिलेकै विधिबाट बाहिरिई सबै स्टेप पूरा गर्नुपर्दछ । यो खेल केटाकेटीमा गणना सिक्ने प्रयोजनमा पनि उपयोगमा आएको पाइन्छ भने जुवाको रूपमा भने खेलिँदैन ।

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#
    क्रमश:…
    (आँधीखोले संस्कृति र स्मृतिबाट)

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, माघ १७, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.