×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • २ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ४ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ५ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

नेपालमा सञ्चार विकास : कटुवालदेखि मोबाइल फोनसम्म

  •  गोरखा समाचार
  • शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/12/Katwol-Dekhi_Teliphone_Samma.wav

    तिलक पाैडेल

    आधुनिक सभ्यताको मेरुदण्ड भन्नु सूचना तथा सञ्चार प्रविधि हो । मानव समाजको विकाससँगै सञ्चारका माध्यमहरू पनि क्रमशः विकसित हुँदै आएका छन् । नेपालमा पनि सञ्चारको इतिहास परम्परागत सन्देशवाहक ‘कटुवाल’ देखि लिएर चिट्ठी-पत्र, तारयुक्त टेलिफोन, रेडियो, टेलिभिजनहुँदै आजको स्मार्ट मोबाइल फोनसम्म आइपुगेको छ ।

    साविकमा गाउँ पञ्चायतका सूचनाहरू सर्वसाधारणसम्म पुर्‍याउने काम टोल-टोलमा तोकिएका कटुवालहरूले कर्नाल वा दमाहा बजाएर ‘घोक हालेर’ गर्ने परम्परा थियो । देश विदेशमा रहे/भएका आफन्तहरूलाई चिठीपत्रको माध्यमबाट भलाकुसारी हुन्थ्यो । २०३८/३९ सालतिर मुगु जिल्लाको धैनकोटबाट लेखेको चिठी स्याङ्जाको चिलाउनेवासमा आइपुग्न डेड-दुई महिना लाग्दथ्यो । त्यसपूर्व जिल्ला-जिल्लामा आकाशवाणी कार्यालयहरू थिए र जरुरी पर्दा त्यसैको उपयोग गरिन्थ्यो । अक्षर गनेर पैसा लिने भएकाले सकेसम्म थोरै शब्दबाट सन्देश पठाउन ‘तुरुन्तको तु, कप्तानको क…’ जस्ता शब्दावलीहरू प्रयोग हुन्थे ।

    हुन त तत्कालीन राणा प्रधानमन्त्री श्री चन्द्रशमशेर जबराले सिंहदरबार र नारायणहिटी दरबारबीच पहिलो पटक वि.सं. १९७० सालतिर टेलिफोन जडान गराएका थिए । तिनताका त्यो सेवा शासक वर्ग, दरबार र प्रशासनिक निकायमा मात्र सीमित थियो । आम सर्वसाधारण बिच यो सेवालाई अत्यन्तै दुर्लभ र विलासिताको साधन मानिन्थ्यो ।

    सञ्चार क्षेत्रको विस्तार प्रजातन्त्र स्थापनासँगै वि.सं. २००७ सालपछि भएको हो । सञ्चारका साधनहरूमध्ये यहाँ टेलिफोनको सन्दर्भमा केही नियाल्ने कोशिष गरिएको छ । यो सेवालाई व्यवस्थित गर्न वि.सं. २०३२ सालमा नेपाल दूरसञ्चार विभाग स्थापना भएपछि नेपाल दूरसञ्चार संस्थान हुँदै हाल नेपाल टेलिकमका रूपमा सोही जिम्मेवारी निर्वाह गरेको छ ।

    नेपालका —काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज जस्ता प्रमुख सहरहरूमा तीसको दशकमा तारयुक्त (ल्याण्डलाइन) टेलिफोन विस्तार भएको हो । त्यतिखेर टेलिफोन जडानका लागि निवेदन दिएर वर्षौं कुर्नुपर्ने अवस्था थियो । २०४५ सालतिर सुर्खेरमा डायल टेलिफोनको व्यवस्था नहुँदा सेटबाट रिसिभर उठाएपछि एक्सचेन्जमा अपरेटरमार्फत कुरा भई फलानो मान्छेलाई सम्पर्क गरिदिनु भनेपछि सोही बमोजिम कुरा हुन पाउँथ्यो । त्यसपछि हातले सबै अङ्कहरू घुमाउनुपर्ने खालका सेटहरूबाट सम्पर्क गर्न खोजेको व्यक्तिको फोन नम्बरमा डायल गरी सोझै कुरा गर्न सकिने भयो । गाउँ-गाउँमा भिएचएफ (Very High Frequency) सेटहरू राखिएका थिए । ८-१२ वटा बुथ राख्न सकिने सो व्यवस्थामा दुर्गममा काम गर्नेहरूले आफन्तसँग कुरा गर्न सकिने थियो । तर, सेटमा गएर लाइन लागेर आफ्नो पालोमा फोन रिङ गरेपछि ‘टुक, टुक…’ आवाजपछि बल्ल सम्पर्क टोन सुनिन्थ्यो । मुस्किलले सम्पर्क हुँदा आफन्त घर फर्केर कुराकानी गर्नै सकिन्नथ्यो ।

    टेलिफोन सेवामा वि.सं. २०५० दशकताका डिजिटल प्रविधिको प्रवेशसँगै राम्रो सुधार आयो । एक्सचेन्जमा अपरेटरमार्फत सम्पर्क हुनुको सट्टा स्वचालित सम्पर्क सुरु भयो । २०४९ तिर पोखरामा अङ्क थिचेर कल गरी कुरा गर्न सकिने सुविधाका टेलिफोन सेटहरू र सोही बमोजिमको सेवा सञ्चालन थियो । त्यही समयमा एसटीडी (Subscriber Trunk Dialling) र आईएसडी (International Subscriber Dialling) को सेवा सुरु भएपछि देश र विदेशमा समेत केही हदसम्म सम्पर्क सहज बनेको हो । तर, म आफैँ विदेश गएको समयमा सम्पर्कको कोसिस गर्दा रिङटोन बजेको मात्र पनि धेरै पैसा तिर्नुपरेको तीतो अनुभव छ । तिनताका कर्डलेस सेटहरू पनि प्रचलनमा आएका थिए ।

    सबैभन्दा पहिले युरोपमा वि.सं. २०४८ तिर प्रयोगारम्भ भएको मोबाइल फोन सेवा वि.सं. २०५६ सालबाट नेपालमा पनि भित्रियो । नेपाल टेलिकमले जीएसएम (Global System for Mobile communication) प्रविधिमा आधारित मोबाइल सेवा प्रारम्भ गरेपछि सञ्चार क्षेत्रमा युगान्तकारी परिवर्तन भयो । सुरुमा मोबाइल फोन सेट, सिमकार्ड, र कलदर महङ्गो हुँदा सर्वसाधारणको पहुँचभन्दा बाहिर थियो । वि.सं. २०६२ सालबाट एनसेल (पहिले स्पाइस नेपाल) ले मोबाइल सेवा सुरु गरेपछि निजी क्षेत्रको प्रवेशसँगै प्रतिस्पर्धा बढ्दा सेवाको गुणस्तर सुधार र सेवा शुल्क घटाउन ठूलो योगदान पुग्यो र समयसँगै प्रविधि सस्तो हुँदै गयो । मोवाइल सेटको कुरा गर्दा नोकिया, मोटरोला जस्ता कम्पनीका अङ्क थिचेर डायल गर्ने सेटहरूले पहिले प्रवेश पाएका थिए, जसमा समय, बत्ती, एफएम रेडियो, गेमहरू हुन्थे ।

    २०६० को दशकपछि मोबाइल फोन नेपालमा तीव्र गतिमा फैलियो । पहाड, हिमाल र तराई सबै क्षेत्रमा मोबाइल टावर विस्तार भए । आज मोबाइल फोन नेपालका दुर्गम गाउँसम्म पुगेको छ । टेलिफोन लाइन तान्न नसकिने ठाउँमा पनि मोबाइल सिग्नल पुग्न थालेको छ ।
    साधारण कल र एसएमएसबाट सुरु भएको मोबाइल सेवा अहिले इन्टरनेट, भिडियो कल, मोबाइल बैंकिङ, अनलाइन शिक्षा, स्वास्थ्य परामर्श, ई-सेवा र सामाजिक सञ्जालसम्म विस्तार भएको छ । स्मार्टफोनको आगमनसँगै मोबाइल फोन केवल सञ्चारको साधन मात्र नभई बहुउपयोगी उपकरण बनेको छ । टच स्क्रिन मोवाइल सेटहरूमा उपलब्ध क्यामेरा (स्थिर र चल) को सुविधा, भ्वाइसरिकर्ड, भिडियो रिकर्ड र प्ले, हृद‌यगति मापन, विश्व घडी, हिँडाइ‌का पाइला र दुरी गणना, मौसम भविष्यवाणि, पत्रपत्रिका, टेलिभिजन, युट्युब आदिको सुविधाले आवश्यकता पूर्तिका अधिक हिस्सा मोवाइलले ओगटेको छ । हाल नेपालमा सामसुङ्, झियाओमी, रेडमी, पोको, रियलमी, भिभो, इन्फिनिक्स, अनर, टक्नो, वन प्लस जस्ता कम्पनीका मोवाइल सेटहरू प्रचलित छन् ।

    यसरी मोवाइलको प्रयोगले विदेशमा रहेका आफन्तसँगको दूरी घटाएको छ । व्यापार व्यवसायमा पनि यसको उपयोगले सहज बनाएको छ । विद्यार्थीले अनलाइन माध्यमबाट अध्ययन गर्न पाएका छन् । केटाकेटीलाई मोवाइल देखाएर फुल्याउने, खाना खुवाउने गर्न थालिएको छ । किसानले आफ्नो उत्पादनको बजार मूल्य थाहा पाउन सक्छन् । विपद् व्यवस्थापन, आपतकालीन सूचना प्रवाह र सरकारी सेवामा पनि मोबाइल फोन अपरिहार्य बनेको छ । मानवीय आवश्यकताका सबै पहलुहरूमा मोवाइल फोनको उच्च प्रयोग हुन थालेको छ ।
    रपनि, मोबाइलको प्रयोगबाट विभिन्न चुनौतीहरू पनि थपिएकाछन् । इन्टरनेट दुरुपयोग गरी अश्लील सामाग्रीहरू हेर्ने गर्दा हत्या, बलात्कार बढ्दै गएको छ । चोरी, डकैतीका सिनेमा आदिबाट साइबर अपराध जन्मिएको छ । सञ्जालको समाजमा नकारात्मक प्रभाव, वैयक्तिक हिसाबले डिजिटल लतजस्ता समस्या देखिएका छन् । यस्ता चुनौतीहरुको सामना गर्दै भविष्यमा ५जी प्रविधि, डिजिटल नेपाल अभियान, ई-गभर्नेन्स र स्मार्ट सेवा विस्तार हुँदै जाँदा मोबाइल प्रयोगले विकासमा समीचिन योगदान पुर्‍याउने सम्भावना नकार्न सकिन्न ।

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

    २०८२ मङ्सिर २९ गते सोमबार
    आँधीखोला-२, चिलाउनेवास, स्याङ्जा

    लेखकबाट थप:

    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    • चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.