×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सचेत सेवाग्राही

  •  गोरखा समाचार
  • शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/12/Tilak_paudel_Lekh.wav

    तिलक पाैडेल

    विदेशमा रहनुभएका आफन्तको प्रोभिजनल सर्टिफिकेट निकालेर प्रमाणित गरी पढाउने कार्य जिम्मेवारी निर्वाह गर्न बिहान कान्छो बाबुको लिफ्टमा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुको प्रवेश क्षेत्र (गेट) मा ओर्लिएँ । ९:४५ नबजी सेवाग्राहीलाई प्रवेश निःषेध रहेछ । परिणाम आ-आफ्नै काममा आएका नौजवानको हुलमा म पनि मिसिएर पौने दशको प्रतीक्षा गरेँ ।

    अनियोजित प्रतिक्षाको घडी लामो हुँदोरहेछ क्यारे ! उभिइरहन नसकेर गेटका सिँढीमा शरीरलाई बिसाएँ । आँखा सोझै अगाडिको भित्तामा ठोकिए, जहाँ घामले उग्लिसकेका सूचनाहरूले ढाकेको देखिन्थ्यो । सबैले आ-आफ्नो कामका चर्चा गर्दा कुनै अनुभवीले यसो-यसो गर्नुपर्छ भनेका स्वरहरू कर्णपटमा गुञ्जिए । मलाई पनि आफ्नो कामको बारेमा सोच्न मन पल्हायो । अस्तिनै आएर लाग्ने दस्तुर बैङ्कमा बुझाएको भौचर त छ, तर यो कति नम्बर कोठामा लगेरे पेश गरी प्रोभिजनल सर्टिफिकेट सङ्कलन गर्ने ? अनि त्यस‌लाई प्रमाणित कसरी गर्ने होला ? जस्ता जिज्ञासाहरूले मास्तिष्कको मूल स्थान ओगटे । तब मनमा यदि त्यो सूचना पाटीको रूप लिएको भित्तोमा यहाँ बस्दा पढ्न सकिने हिसाबका अक्षरमा :-
     यहाँ भित्र प्रवेश गरेपछि पाइने सेवाहरू र सो सेवा प्राप्तिका लागि आवश्यक प्रमाणहरूको विवरण लेखेको भए;
     सो सेवा पाउनका लागि सम्पर्क गर्नुपर्ने कक्षहरू/व्यक्तिहरू‌को क्रमानुसारको चार्ट (कार्य-प्रवाह तालिका) पनि स्पष्ट देखिने गरी राख्न पाए;
     अनि सम्पर्क गरिनुपर्ने शाखा, कक्ष/कोठाहरूको अवस्थिति झल्किने अवस्थिति (लेआउट) नक्सा पनि त्यहाँ राखेको भए -यहाँ प्रतिक्षा गरेर बसेको समयमा आफूले लिनुपर्ने सेवाका लागि –

    o यी-यी प्रमाणहरू चाहिने रहेछ, आफूसँग सबै छन् कि छैनन ?
    o यतिको भौचर भर्नुपर्ने रहेछ, त्यति पैसा साथमा छ कि छैन ?
    o त्यो-त्यो ठाउँमा क्रमशः सम्पर्क गर्नु पर्ने रहेछ ।

    भन्ने जस्ता व्यहोराहरू मनमनै प्रष्ट हुने थिए, जसबाट सेवाग्राही र सेवाप्रदायी बीचमा अन्यौलता हट्ने थियो जस्तो लाग्यो र करिब समवयी एकजना सेवाग्रहीसँग सेयर गरी त्यहीं ब्यागमा रहेको बैङ्क भौचरको पृष्ठभागमा –
    • उपलब्ध सेवा र आवश्यक प्रमाणहरू
    • कार्य प्रवाह तालिका (work flow chart)
    • अवस्थिति नक्सा (Layout map) को ढाँचा तयार पारेँ ।
    गेट खुल्ने समय भएछ, खुलेपछि सबै आ-आफ्नो काममा सरिकिए। म सरासर सोधपुछ कक्षमा गएँ, यसको कारण माथि उल्लिखित व्यवस्थाको कमी थियो । सो कक्षका २ जना कर्मचारीलाई जिज्ञासाका घान ठूला भएको प्रतीत हुन्थ्यो रपनि म लाइनमै बसेर आफ्नो पालोमा अमुक कोठा नम्वरमा जानु भन्ने जानकारी लिएँ ।

    त्यहाँ जाँदा बाहिरपट्टि बस्नका लागि फलामे बेञ्च पनि रहेछन् । बार्द्धक्य उमेरको भएकाले लाइनमा उभिएका नौजवानलाई ‘तिमी पछि म भएँ, उभिइरहन घुँडा दुखेको छ कि ! उ… त्यहाँ बेञ्चमा बस्छु है ?’ भनेँ – मनले ढाँट्न जानेन र मानेन पनि । आफ्नो उमेरसँगै हड्डी खिएर भएको घुँडाको पीडाबोध ! नभन्दै १५/२० मिनेटपछि सेवाग्राही मूलतः विद्यार्थीहरूको हुल आई लाइनमा मिसियो । मैले मेरो अगाडिको विद्यार्थी बाबु झ्यालको मुखैमा पुगेपछि उठेर ‘अब त उभिन सक्नु पर्‍यो’ भन्दै उनका पछाडि गएँ; सबैले अन्यमनस्कभाव प्रकट गर्दा उनले ‘मेरो पछि अङ्कल नै हो है साथी हो !’ भने । सबैले स्वीकारोक्ति प्रकट गर्दैगर्दा मैले पनि ‘यसबाट पर्न गएको सुविधाका लागि यथोचित याचना गर्दछु’ भनेर औपचारिकता निर्वाह गरेँ । झ्यालबाट भौचरभित्र दिँदै सेवा माग गरेँ । सेवाप्रदायी नानीले ६ महिना कटेपछि प्रोभिजनल सर्टिफिकेट लिन पाइँदैन, यो लब्धाङ्कपत्र यहाँबाट गरिदिएँ, अर्को अमुक कोठामा लगेर प्रमाणित गरी सुशोभन कार्यक्रमका लागि आवेदन गर्नु होला भन्दै ट्रान्स्क्रिप्टमा छाप लगाएर मलाई थम्याइदिइन् ।

    निर्देश गरिएको कोठामा जाँदा एकजना मेडमले हस्ताक्षर गरी सुशोभन आवेदन फाराम दिँदै ‘भरेर यहीँ पेश गर्नु’ भन्नुभयो । मैले प्रमाणित भइसकेको ट्रान्स्क्रिप्ट देखाउँदै ‘यस्तो काम त सकिएको थियो, आज त प्रोभिजनल सर्टिफिकेट निकाली प्रमाणित गरेर बाहिर विदेश पठानु पर्ने हो/थियो, के गर्नुपर्ने होला’ भन्दोभएँ । तब ‘ए… तल अमुक कोठामा गएर प्रमाणपत्र निकाल्नुहोस् र फोटोकपी गरेर प्रमाणित गराउनु होला, ठीक छ यो पनि लिनुहोस् । अन्तिममा खामबन्दी गराउन यहीँ ल्याउनु होला है’ भन्ने सुझावसहित ट्रान्स्क्रिप्टको अर्को प्रमाणित प्रति दिनुभयो, जुन पहिल्यै निकाली सकिएको थियो ।

    सुझाउन भएको कोठा सोधपुछ कक्षभन्दा पनि तल रहेछ । घुँडा दुखेको मलाई खुट्किलामा तलमाथि गर्दा असजिलो हुँदा अनि सम्पर्क गर्न भनिएको कोठा, कहाँ छ ? भन्ने जानकारी कोठाहरू पनि क्रम मिलाएर नराखिएको हुँदा – हुन त सम्बन्धित कोठामा पुगेपछि दिइने सिवा विवरणको सूचना बोर्ड राखिएका थिए, उपर्युल्लिखित व्यहोरा यसरी लेखमा मात्र नभै परीक्षा नियन्त्रकज्यू वा प्रवक्ता वा सूचना अधिकरीलाई पृष्ठपोषण स्वरूप सेयर गर्ने सोच बनाएँ । सम्बन्धित कोठामा गएर भौचर दिएपछि २० मिनेटमा आउन भनियो । म बाहिर बरण्डामा गई बिसाएर समय घटाएँ । २० मिनेटपछि जाँदा ‘मूलप्रतिमै प्रमाणित गर्ने हो कि प्रतिलिपिमा ?’ सोधनी भयो । पोखरा सम्पर्क गरी फोटोकपीलाई प्रमाणित गर्ने जानकारी लिएँ । सोही अनुसार जानकारी गराउँदा ‘गेट बाहिर गएर फोटोकपी गरी ल्याउनु’ भन्नुभयो । ओह्रालाका खुट्किलामा हिँड्न घुँडा दु‌‌खेकालाई वास्तवमै गाहो हुँदो रहेछ, प्रत्यक्ष अनुभव गर्दै फोटोकपी गरेँ – रु.५/- । सामान्यतया रु.2/- प्रति कपीका दरले फोटोकपी गरे/गराएर पनि कतिपयले आफ्नो पेशा बनाएका छन् । त्यहाँ प्राय: मैजस्ताले १/२ प्रति गराउने र साहुजीले पाँच मागेपछि केही नबोली पाँच रुपैयाँ दिएर जाने गरिँदो रहेछ । म पनि छुचो हुन चाहिन र मागको पैसा दिई पुनः मूलप्रति लिएको कोठामा सम्पर्क गरेँ । अब मनले यो फोटोकपी सुविधा पनि परीक्षा नियन्त्रण कार्यालयले नै एउटा कोठा उपलब्ध गराई सेवा करारमा आफ्नै कर्मचारी वा निजी क्षेत्रलाई सेवै करारमा दिँदा उपयुक्त हुने व्यहोरा आफैँले २०५४/५५ तिर लेखनाथ नगरपालिकामा गरेको व्यवस्था स्मरण हुँदा माथिका सुझावमा यो पनि थप गर्ने सोच बन्यो ।

    ‘एकप्रति मात्रै हो, प्रमाणित हुने’ भन्दै एकप्रति मलाई फर्काइदिनु भयो । अर्को प्रतिमा प्रमाणित गर्नेको र त्रिभुवन विश्वविद्यालयको छाप लगाई अर्को कोठामा गएर ‘मेडमसँग सही गराउनु’ भन्दै हात पारिदिनु भयो । मैले पनि अनुशासित विद्यार्थीले गुरुको आदेश जस्तै पालना गरेँ । अर्को कोठामा भित्रै जाने भनियो र जाँदा २/४ जना मात्र रहेछन् – सेवाग्राही । सहजै प्रमाणित गरेको दस्तखत गरिदिनु भएपछि पुनः माथि खामबन्दीका लागि डाकिएको कोठामा जाँदै गर्दा चिया पिउने मन पल्हाउँदा संयोग ‘परिक्षा क्यान्टिन’ लेखिएको बोर्डमा आँखा पर्‍यो । तर काम नसकी नखाने सोचले स्थान खोजी नगरेपनि ‘परिक्षा’ देख्दा ‘यो विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय हातामा यस्तो अशुद्ध नेपाली र सँगै नेपालीमा अङ्ग्रेजी शब्द देख्दा ‘परीक्षा चमेना गृह’ लेख्दा के नै बिग्रन्थ्यो र ! चमेनागृह सञ्चालकलाई बोर्ड शुद्ध लेख्नु है भन्दा बित्तिकै तुरुन्त सम्पर्क गरी हाल्थ्यो’ जस्तो सोच्दै सम्बन्धित कोठामा पुगेँ ।

    प्रमाणित कागजातहरू दिँदै खामबन्दीको अनुरोध गर्दा ‘के-के राख्ने हो खाममा ?’ भन्ने व्यहोराको पुनः पोखराबाट जानकारी लिई तिनै कागजातहरू खामबन्दी गरिदिन आग्रह गरेँ । भिड थिएन, सहजै कार्यसम्पादन गरी परीक्षा नियन्त्रकज्यू रहनुहुने प्रशासकीय भवनको सोधनी गरी त्यतै लागेँ । संयोग नियन्त्रकज्यू बैठकमा हुनुहुँदो रहेछ । बैठक लामै चल्यो, झण्डै डेड दुई घण्टाको समय कटाउन सामाजिक सञ्जाल‌को कर्द प्रयोग गरेँ । अचेल वास्तवमा यो सञ्जालले सबैलाई समय कटाउन सहज पारिहेछ ।

    कार्यकक्षमा फर्कँदा बित्तिकै ४/५ जना युवा विद्यार्थीहरू प्रवेश गरे । म पृष्टपोषणका लागि गएकाले त्यो समूहसँग मिसिइन । करिब आधा घण्टामा सबै निस्किएपछि म पनि इजाजत मागेर परीक्षा नियन्त्रक ‘लक्ष्मण पौडेल’कहाँ प्रवेश गरेँ । सौहार्दतापूर्वक ‘के काम थियो हजुरको – भयो ?’ भनी सोधनी गर्दै आफ्नो कुर्चीमा बस्नुभयो । मैले आफ्नो काम यथासमयमा सम्पादन भएकोमा सेवा प्रवाह‌प्रति हार्दिक धन्यवाद प्रकट गरेँ । तदुपरान्त माथिको व्यहोराको संक्षेपीकाण गर्दै रेडियो बजिरहेको अर्थात् सेवा प्रवाह भैरहेकोमा थोरै स्टेशन मिलाउँदा अझ प्रष्ट सुनिने अथवा चुस्त सेवा प्रवाहबाट सेवाग्राही सहज लाभान्वित हुन सक्ने देखेकाले यो पृष्ठपोषण सरलाई टक्र्याउन यो समय माग गरेको जनाएँ । मैले भन्दै गर्दा रिपोट गर्दै जानुभएकोमा मैले खेस्रा स्केच पनि बनाएको जनाउँदा त्यो नै मागी लिएर कार्यान्वयनमा लैजाने जनाउनु भयो । वहाँ पनि पोखराको हुनुहुँदो रहेछ, मेरो पोखरा उपमहानगर र लेखनाथ नगरपालिकाको बसाइसँग सगोत्री परिचय गरी एउटा सचेत सेवाग्राहीको कर्तव्य निर्वाह गरेको महसुस हुदाँ रमाइलो लागिरहेछ । संयोग टिपोटमा त्रिभुवन विश्व विद्यालय जस्तो प्राज्ञिक परिस‌रमा नेपाली शुद्ध लोखन उपयुक्त हुने र यथोचित मूल्यमा फोटोकपी सुविधा पनि उपलव्ध गराउने प्रसङ्ग नटिपिएकाले व्याख्या पनि गरिनछु । त्यसैले यो व्यहोरा पनि नियन्त्रकज्यू मार्फत सरोकारी निकायबाट कार्यान्वयन भई सम्बन्धित सेवाग्राही लाभान्वित हुने अपेक्षा गरौँ ।

    …सके सपारौँ, नासके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#
    २०८२/७/२५ मङ्गलबार
    कीर्तिपुर-२, मध्यनगर, काठमाडौँ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.