×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भियतनाम यात्राको स्मरण गर्दा … (भाग ४)

  •  गोरखा समाचार
  • आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/11/Tilak_Paudel_Lekh.wav

    तिलक पाैडेल

    मार्ग १६ गते शनिबार अलि ढिला उठियो । हिजो बेलुका बोगटीसरले खुट्टा फुलेमा फलेकमा पसारेर हल्लाउने आसन सुनाउनु भएकोले संक्षिप्तमा व्यहोरा कार्यान्वयन गरेँ । स्नानालयका कार्यहरू सम्पादनका क्रममा जुँगाहरू मिलाउने चेष्टा गर्दा बिग्रेकोले Clean Shave गर्दो भएँ । आफैँलाई Get Up फरक भएको महसुस भयो । प्रात:कालीन नास्ता गर्न जाँदा अरूणजी, रमेशजी, निवेदनजी र हेमन्तजीहरू बिहानी उडानबाट होचिमिन्ह जाने चाँजो मिलाउनु भएको जानकारी गराउनु भयो । आयोजक अनि निजि क्षेत्रका समन्वयकर्ता बनेका अगुवा साथीहरूले अरूलाई समेत चाँजो मिलाई व्यहोरा अवगत गराउने, आवश्यक व्यवस्था मिलाउने गर्नुपर्नेमा आफूहरू मात्रै हिँडेकोमा एक मनले हत्तेरी भन्न खोज्यो, फेरि अर्को मनले सबैलाई नमिले पनि १६ प्रतिशतले (४।२४ ले) त होचिमिन्हको पनि अवलोकन गर्नु हुने भयो सोचेर चित्त बुझायो; जसका फोटा एवं मुवीहरू हेर्न अवसर त मिल्ने भयो । कोठामा जाँदा अस्ति मार्वलका मुर्ति बनाउने उद्योगमा दिएको उपहार GIZ लाई उपलब्ध गराउने गरी हिजो बेलुका झोला मिलाउँदा सल्लाह गरी बाहिर राखेको वहाँहरू त हिँडी पो सक्नु भएछ के गर्ने भन्दा अन्य साथीहरूले आफैँले लग्ने सुझाव गरे बमोजिम पुनः झोलामा मिलान गरेँ । वास्तवमा हिजो १२:०० बजेदेखिको समय अपेक्षित उपलब्धिपूर्ण भएको महसुस भएन ।

    बरु हिजै होचिमिन्ह आउने व्यवस्था सुरुमै मिलाएको भए आज साँझ ६:०० बजेसम्म होचिमिन्हको अवलोकन गर्न हुने थियो । तर समय  चुकेपछिको बुद्धि नकाम हुने भो । जेहोस्, रेसिप्सनमा सोधनी गरी नजिकै रहेको टिपिकल खाना खान भनेर १०:१५ बजे बाहिरियौँ । वरका रूखमा उपरजराहरू अनपेक्षित धेरै देखिन्थ्यो । हामी तोकिएको रेष्टुरेण्ट (?) पुग्यौँ । सानो ग्याँस सिलिन्डर जडिएको चुल्हो र भाँडाकुँडा अनि अनुरोध अनुसारका काँचा सामग्रीहरू उपलब्ध हुँदोरहेछ र आफैँले पकाएर खाने प्रबन्ध रमाइलो लाग्यो । सागहरू काट्न पनि कैँची उपलब्ध हुँदो रहेछ । डोटेलसर, भगवानसरहरू पकाउन अग्रसर हुनुभयो । बहुत रमाइलोसँग मनचिन्ते भोजन गरी होटेल फर्क्यौँ ।

    अस्ति मलेसिया हुँदै आउनु भएका ४ जना साथीहरू आज दानाङ्गकै त्यही होटलमै रहनुहुन्छ अरू ४ जना बिहानको उडानबाट होचिमिन्ह गईसक्नु भयो । बाँकी हामी १६ जना सहभागीहरू सहजकर्ता हा र चुराङसाथ दुईवटा माईक्रोबसमा १:३० बजे रमाना भई १:५० बजे विमानस्थल आईपुग्यौँ । सहजकर्ताहरू हनोई तर्फ र हामी होचिमिन्ह तर्फ भएकोले चेक-इन पूर्व नै बिदाबादी भइयो । मैले नेपाली रुपैयाँ र Visiting Cards दिँदै ईकोनोमिका प्रमुख लगायत अन्य (दानाङतर्फ VCCI को चुवाङ र मार्कर) समेतलाई वितरण गर्ने गरी भनेर दिँदो भएँ । समस्त प्रतिनिधि मण्डलका साथीहरूबाट अनजानमा भएका कुनै कामबाट केही असुविधा महसुस भएको भए टोली प्रमुखका नाताले क्षमयाचना गरी हान गेप लाई (फेरी भेटौंला) र ताम वियात (वाईवाई) भन्दै बिदा भई चेक-इन तर्फ लाग्यौँ । नेपाली रुपैयाँहरू बसका चालक, सहचालकहरूलाई दिँदै गर्दा सकिएकाले होटलको रेसिप्सनमा काम गर्ने, रेष्टुरेण्टमा काम गर्नेहरूलाई पनि दिने मन हुँदाहुँदै दिन सकिन । VCCI को चुवाङलाई पनि प्रत्यक्ष दिन पाइएन । वास्तवमा उनी भारतको गुजरात आएकी रहीछन् – नमस्कार भन्दथिन्, उदार पनि लाग्दथ्यो ।

    उल्लिखित बमोजिमका व्यवस्थापकीय कमजोरीका अलावा पहिलो दिन एकजना सरलाई बैङ्ककमा वान्ता भए बाहेक कोही, कसैलाई केही बिमार नहुनु; आपसी मनमुटाव/वैरभाव नहुनु भ्रमणका अति सन्तुष्टिका प्रसङ्ग हुन् । बरु मेरै खुट्टाहरू फुलेका छन् । सबै जिल्लाका लागि भ्रमणबाट भएको सिकाइका आधारमा कार्ययोजना बन्नुलाई भ्रमणको मुख्य उपलब्धिका रूपमा लिन सकिन्छ । कार्ययोजनालाई सरोकारीजनले यथासमयमा कार्यान्वयनमा लग्नुहुने अपेक्षा गर्नै पर्छ । हुन त यस भ्रमणलाई थप व्यवस्थित गर्न सकिन्थ्यो । जस्तै हिजै होचिमिन्ह आई त्यहाँको साइटसिइङले पनि I Hear, I Forget;;;;;;; I See, I Remember; I Do, I Understand भनेझैँ I See, I Remember हुनेथियो । आखिर खर्च उस्तै हुन्थ्यो । उही रेडियो खोलेर छाडेपनि बेट्री खर्च उत्तिनै हुन्छ र स्टेशन मिलाएर गीतहरू वा समाचारहरू सुनेपनि बेट्री बढी खर्च हुँदैन भने जस्तै । शिव खेडाले यसैलाई Winners को संज्ञा दिँदै Winners Do not Do The Different Thing, But They Do The Thing, Differently भनेको व्यहोरा यहाँ सान्दर्भिक ठहर्‍यो । भनिन्छ नि फुत्केको माछो ठूलो लाग्छ । आखिर व्यवस्थापक साथीहरूबाट मनोनयन भएको कार्य यथासमयमा नसकिँदा टिकटै एकैतिरको मिलाउन नसक्दा ४ जना साथीहरू मलेसियाबाट जानु परेको छ/थियो । हुन त फर्कंदाको यो समय बारेमा भने वहाँहरू अनभिज्ञ हुनुहुन्नथ्यो र वहाँहरूको जस्तै इच्छा अन्य सहभागीको पनि छ/थियो होला सोचेर एकपटक टोली समन्वयकर्तासँग बोधार्थसम्म गर्नुभएको भए आज यो तर्कबझान जरुरी हुने थिएन । जानकारी नै नगराई जानुले शेष सबै सहभागीहरूमा आयोजक साथीहरू प्रायोजकमात्र बनेको आभाष हुन पुग्यो । दवाडीसरले समन्वय कत्तिको गर्नुभयो त्यो त निजिक्षेत्रका साथीहरू के भन्छन्/ठान्छन्, बरु आज बिहान मैले नै सोधनी गरेथेँ । सबै जाने ठाउँहरूमा उपहार त दियौँ, तर सहजीकरण गर्ने ईकोनोमिकालाई नै केही रहेनछ । धन्य बोगटीसरले बुद्घमुर्तिको Miniature ल्याउनु भएको रहेछ र दिन पाउँदा खासै नमज्जा भएन । फेरी भगवानजीले नेपाली टोपी ल्याउनु भएकोले होईआनमा जनसमिति प्रमुखलाई लगाउन पाइएथ्यो । जुन व्यहोरा कार्यक्रम संक्षेपीकरणका समयमा बरु सहभागीहरूलाई साझा रकम उठाएर भएपनि लैजाऊँ भनिए बमोजिमको ठोस कार्यरूपको कमीले व्यवस्थित बन्न नसकेको हो ।

    उडेको ४२ मिनेट भयो, होचीमिन्हमा अवतरण गर्ने सूचना जारी गरियो । त्यहाँको तापक्रम ३०० सेल्सियस छ रे ! वास्तवमा गर्मी नै रहेछ, भियतनाम । पाङग्रा खसाले जस्तो लाग्यो । शायद अब केही क्षणमा अवतरण गरिनेछ । म भने RVWRMP को Visit मा होचिमिन्ह आइसकेको थिएँ । विष्णु सरले पनि आफू दानाङ आइसकेको जनाउनु भएको छ । तर नयाँ साथीहरूका लागि हिजो आएर आज Sightseeing गर्नु वास्तवमा राम्रो हुन्थ्यो । किनभने यस्तो अवसर फेरि-फेरि नआउन सक्छ । जेहुनु भयो, यो त मात्रै समीक्षा हो, ताकी आगामी कार्यक्रममा आयोजकले ध्यान पुर्‍याउन सकुन् ।

    समुद्री किनारामा अवस्थित भएको पुरानो राजधानी सहर हो – होचिमिन्ह । Anti light परेकाले राम्रो रिकर्ड गर्न सकिएन । हामीहरू ५५ मिनेटको उडाइ पछि विमानस्थलमा अवतरण गर्‍यौँ । बाहिर निस्केर झोलाहरू सङ्कलन गरी अन्तर्राष्ट्रिय उडानका लागि दुईतला माथि गयौँ । थाई एयर वेजको काउन्टर नै खुलेको थिएन । सोधनी गर्दा डि कक्षमा खुल्ने र ६:३० बजे बाट चेकिङ सुरु हुनेरहेछ । सोही बमोजिम चेक-इनका कार्यहरू सकाएर अध्यागमनबाट विमानस्थल भित्रियौँ । सो पूर्व आफूसँग भएका भियतनामी द्वाङलाई यूएस डलर वा यूरोमा परिवर्तन गर्ने कार्य भयो । खरिद प्रति युरो २७,७४५ र बिक्री २६,७०० द्वाङ रहेछ । १५ हजार द्वाङको सार्थक अङ्क नआउँदा फिर्ता प्राप्त भयो, जसलाई सङ्कलनमा राखिने सोच बनाएँ । अध्यागमन सुरक्षा जाँचमा लाईटर, कैँची, ब्लेड मात्र हैन पानी, चुरोट पनि लिन नपाइने गरी चेक गरिँदो रहेछ । १८ नम्बर काउन्टरबाट विमानमा जाने इजाजत प्राप्त भयो । चेकिङको सुरुमै बैङ्कक-काठमाडौँको उडानका लागि झ्यालको सीट अनुरोध गर्दा नभएकोले Next To Window.को ५८ बि र अहिलेको उडानमा ४० ए को सीट उपलब्ध गराइयो । झोलामा झोल वस्तुहरू पनि भएकोले Fragil ट्याग लगाउन लगाँए । सबै चेकिङ्गका कार्यहरू सकी १८ नम्बर काउन्टरमा आएर प्रतिक्षामा बसेको समयमा डोटेलसरले आफूले ल्याएको खजुरी वितरण गर्नुभयो, सबैले नेपाली स्वादको पारख गर्‍यौँ । अब ८:५५ बजे (भियतनामी समयानुसार) बैङ्कक रमाना भइन्छ र १०:२२ मा वहाँ पुग्ने व्यहोरा टिकटमा उल्लेख छ । मैले जीवनको अनुभव सङ्कलनको क्रम जारी राखेँ ।

    नेपाली समयानुसार ७:४० बजे जहाज प्रवेश गरियो । अन्तत: एक हफ्ताको भियतनाम यात्राको समापन गर्दै होचिमिन्हको टान्सोन्हट अन्तर्राष्ट्रिय विमानस्थलबाट भियतनामलाई बाई-बाई गर्दै उडान सुरु भयो । विमानमा अवधि पनि छोटो रहेको र निन्द्रा पनि लागेको कारण लेख्ने काम गरिन । उडेको केही समयपछि ग्रिनसलाद, सुन्तलाको जुस, पानीको कप सहितको नास्ता पकेट वितरण भयो । नास्ता खाई सकेर चियाको सेवा उपयोग गरेँ । नेपाली समयानुसार ९:०७ बजे सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थल, बैङ्ककमा अवतरण गरियो ।

    साथीहरूलाई एयरपोर्ट होटलमा बस्ने सुझाव गर्दै आफूले यो छोटो अवधिको बसाई एयरपोर्टकै विश्रामकक्षमा गई बिताउने राय गरेँ र ई क्षेत्रको विश्राम कक्षमा आई भएको ड्राईफुड्स खाई आराम गरेँ । दुःखको कुरा फोन, क्यामरा र अन्तत: ल्यापटपमा पनि चार्ज सकियो । जापानमा जस्तो प्रतिक्षा कक्षमै चार्जरको व्यवस्था रहनेछ । सबै तस्विरहरूलाई व्यवस्थित गर्ने रहरलाई विवसतापूर्वक थुम्थुम्याई भोलि घरजहानसँग प्रत्यक्ष हुने कल्पना गर्दै आराम गरेँ ।

    …सके सपरौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

    क्रमश:…

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.