×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भियतनाम यात्राको स्मरण गर्दा … (२)

  •  गोरखा समाचार
  • शनिबार, कार्तिक २२, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    २०६९ साल मार्ग ११ गते सोमबार बिहान उठी स्नानादि कार्यहरू सम्पादन गरेँ । झ्यालबाट बाहिर नियाल्दा स्वच्छ, स्निग्ध शहरका बीचतिर पेनेन्सुला (समुद्रको पानी होचो जमिनतिर पसेर बनेको नदी जस्तै) देखिन्थ्यो । त्यसमाथि पुल रहेछ, हिजो साँझ हेर्दा रङ्गीचङ्गी बत्तीहरूको तिखे चुली जस्तै देखिन्थ्यो । प्रातःकालीन नास्ता खायौँ । मनचिन्ते प्रकृतिको सेवामा मैले जाम, बटर, पाउरोटी, अमलेट, कुन्नी केको हो बोक्रैसितका, काटेका, हेर्दाखेरी कुखुराकै अण्डाजस्तै लाग्ने, चिकन, फिस र गाँजरको जुस खाँए । साना तर वियासमेत नभएको सुन्तला र अम्बा खाई यथासमयमा कपडा लगाई नेपाली पोशाक दौरा र सुरुवाल लगाएर लबीमा उपस्थित भएँ ।

    ९:०० बजे VCCIDB (Vietnam Chamber Of Commerce and Industry, Danang Branch) मा पुग्नुपर्ने भएकोले ८:४५ बजे जति जना भएपनि यात्रारम्भ गर्ने सल्लाह अनुसार यात्रारम्भ गर्‍यौँ । ४ जना साथीहरू उद्योग मन्त्रालयका २ जना अनि राजेशजी र कृष्ण बहादुर महराजीहरू छुट्नु भयो । VCCIDB मा पुगेपछि मैले हा लाई होटलको रेसिप्सनमा सम्पर्क गरी छुटेका साथीहरूलाई ट्याक्सीबाट आउने व्यहोरा सुझाव गर्न आग्रह गरेँ । सोही बमोजिम साथीहरू पनि आउनु भयो ।

    हिजको विलम्ब सुताइको परिणाम होला सबै सहभागीहरू झुलिरहनु भएको थियो । म पनि दायाँतिर मध्यस्थकर्ता दोभाषे (अंग्रेजी – भियतनामी) अनि बायाँपट्टि उक्त संस्थाका निर्देशकका बीचमा बसेर करिब १ घण्टाको अनवरत लेक्चर सुन्दा अनियन्त्रित निद्राको चपेटामा पिसिएको पाउँदा आत्मग्लानी भइरहेको थियो । वास्तवमा निद्रा भनेको मानिसको काबु बाहिरको प्रसङ्ग रहेछ, स्वयं प्रस्तोताले समेत लामो यात्रा पार गरेर आउनु भएको यहाँहरूलाई थकाइ पनि छ…..जस्तो कुटनैतिक भाषा प्रयोग गरी आफ्नो प्रस्तुतिलाई संक्षिप्त्याएको जनाए । निदाइरहेको साथीहरूले समेत प्रश्न गर्दा कतै असान्दर्भिक सोधनी हुने त हैन ? बहुत सन्त्रस्तता थियो । मायाको चिनोको रूपमा सुदूरपश्चिम नाउँमा प्रकाशित Wonderful Far West नामक पुस्तकको दुबैभाग र नेपाल उद्योग वाणिज्य सङ्घका तर्फबाट देसीमरूझ्या प्रदान गरियो । येनकेन कार्यक्रम सकाएर उनीहरूलाई पनि हामीसँगै दिवाकालीन खाना खाने निम्ता गरी हामी बाहिरियौँ ।

    बाहिरपट्टि एक सामुहिक तस्वीर खिच्ने भनेकोमा सिढीमा व्यवस्थित हुन सकिने भएपनि आफूखुसी जम्मा भएजति मात्रै समेटेर कर्म पुर्‍याइयो । हिँडेर भ्याइने दुरीमा रहेको अप्सरा नामको होटलमा गयौँ । वास्तवमा नेपाली नाम लाग्ने सो होटेल पनि भियतनामी खानाको प्रसिद्ध होटल रहेछ । पर्यटकहरू पनि टनाटन थिए । सुनियो भियतनामा वर्षेनी २३ लाखको हाराहारीमा पर्यटकहरू भित्रिने रहेछन् । जुन हामी कहाँ नेपाल भ्रमण वर्ष होस् वा नेपाल पर्यटन वर्ष कुल लक्ष्य १० लाखमात्रै हुन्थ्यो, जुन प्राप्ति पनि हुँदैनथ्यो । हामीले सोचेभन्दा मिठा धेरै परिकारहरू खायौँ । VCCIDB का निर्देशक र हामी सम्मुखै भएपनि भाषाको तगाराले भने बाँधको काम गरिरहेको थियो ।

    त्यही अप्सरा होटलमा अप्सराजस्तै लाग्ने युवतीहरूले सेवा उपलब्ध गराइरहेका थिए । हाले भियतनामको पोशाक लगाएकी एक वयेरासँग म पनि आफ्नो देशको राष्ट्रिय पोशाकमा भएकोले फोटो खिच्ने प्रस्ताव गरेपछि निर्देशकसमेत भई तस्विर खिचाउने कार्य भयो । एक सिताको पनि मुल्य हुन्छ भन्ने मलाई त्यहाँ खानेकुराहरू फलिएको देख्दा मन खिन्न भएर आयो । व्यहोरा सेयर गरी चित्त बुझाएँ । टेवुलमै एम्बल कपुर बालेर सुप उमाल्दै गेडागुडीका मुना, साग र अन्य परिकारहरू पकाई चाउचाउ जस्तो परिकारसँग खाई अन्तिममा कडा हरियो चिया पिएर हामी बसेको टेबुल अरूका लागि आवश्यक परेकोले ४५ मिनेट अघि नै बाहिरियौँ । लगानी तथा योजना विभाग (Department Of Investment And Planning – DIP) मा २:०० बजे पुग्नुपर्ने र हामी १:१५ बजे नै निस्किएकाले बसबाटै संक्षिप्त परिक्रमा (Sightseeing) गर्‍यौँ । वास्तवमा दानाङ सहर हाम्रो काठमाडौँभन्दा चाक्लो र समथर रहेछ, सडक सञ्जालहरू पनि चाक्ला र व्यवस्थित लागे ।

    DIP मा उपनिर्देशक उपस्थित भई पावरप्वाइन्टमा प्रस्तुतिकरण गर्दा भए । जुन तुलनात्मक रूपमा सुरुची नै लाग्दथ्यो तरपनि आफ्नो काबुबाहिरको व्यहोराले सताउँदा नमज्जा महसुस भरदिन भैरह्यो । हुनपनि म त ३ घण्टासम्म पनि सुत्न नपाएको कारण भनेर चित्त बुझाउँथेँ, तर भियतनामीका अगाडि भने हामी कुम्भकर्णको परिभाषामा समेटिएजस्तो लाग्दथ्यो । प्रत्येकको परिचय कार्यक्रमबाट ढिलो शुरु भएको कार्यक्रम स्वभावत: आधाघण्टा जति ढिलो भयो भने अन्त्य पनि सोही बमोजिम ढिलै भयो । सरकारी अड्डा भएकोले होला बैठक कक्ष पनि उपयुक्त लाग्दथ्यो । त्यहाँको कार्य समापन पछि हामीहरू लगानी प्रवर्द्धन केन्द्र (Investment Promotion Centre- IPC) मा गई यथासमयमा सम्पन्न हुने हिसाबले कार्यारम्भ गर्‍यौँ । एक जना भद्र महिलाले अङ्ग्रेजीमै आफ्नो प्रस्तुती टुङ्याएपछि सधन्यवाद मायाको चिनो हस्तान्तरण गरी बिदा भयौँ र सोझै होटेलमा आई दैनिक समीक्षा (Reflection Of the Day) गरी आ-आफ्नो पाराले सामयकालीन कर्महरू गरी आराम गरियो ।
    मार्ग १२ गते मङ्गलबार यथासमयमा उठी शारीरिक कर्म बाहेकका नित्यकर्महरू गरी रेष्टुरेण्टमा गयौँ । वास्तवमा हिजो अवलोकनिएको पुल रातिको समयमा पानी जहाज आउँदा बत्तीको सिङ्गनलका लागि तिखेचुली जस्तो बनाइएको रहेछ र जहाज आउँदा पुल बीचबाट छुटेर दायाँ-वायाँ सर्ने व्यवस्था मिलाइएको रहेछ । जेहोस्, अमलेट लगायत लसुनको फेदको डण्डीमा बेरेर पकाएको, फ्राई गरेको फ्राईड माछा, चिकन ससेज, जाम, बटर र पाउरोटी, चिकनसुप र नुडल, सुन्तलाको रस र खरबुजा, तरबुजा खाई चिया पिएर प्रात:कालीन नास्ताको खवाइ अन्त्य गरियो ।

    यथासमयमा छिट्टै हिँड्नुपर्ने रायानुसार ८:०० बजेतिरै लबीमा गयौँ । तर नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका सुनिलजीले बिलम्ब गर्नु भएकोले प्रतिक्षा गरियो । त्यतिका समय प्रतिक्षा गरी हिँड्ने आजको व्यहोरा हिजो लागु हुन नसकेकोमा हिजो छुट्नुभएका साथीहरूमध्ये तुलसी गैरे र लक्ष्मीजीले आपत्ति गर्नु भयो । डोटेलजीले अब नपर्खौ हिडौँ भन्दै गर्दा ड्राईभर पनि नभएकोले अन्तत सुनिलजी पनि आउनुभएपछि सबैले तालीबाट व्यङ्ग गर्दै यात्रा अघि बढ्यो । वास्तवमा यस्ता सहयात्राका सुन्दर पक्ष भनेका पनि यस्तै हँसिमजाकहरूको समायोजन हो ।

    पहिले हामी धातु र काठको उद्योगमा पुग्यौँ । मिठो कफी, सनातनी रूपको पानी गिलास अनि मीठो ठूलो कालो अङ्गुर (बोक्रा पनि गुदीसँगै सजिलै चपाइने) र स-साना मुन्तला जस्ता तर बियाँसमेत नभएको मीठो सुन्तलाहरू समेतको सेवामा आरम्भ भएको प्रस्तुती वास्तवमा राम्रो रह्यो । प्रस्तुती र छलफल पछि कारखानाको अवलोकन गरियो । हामी यतिका व्यक्ति त्यो पनि नामै नसुनेका मुलुकका आउँदा हामीकहाँ भए हेर्नको ताँती लाग्ने थियो । तर यहाँ भने सबैजना आ-आफ्नो कार्यमै तल्लीन रहेको देखिँदा हाम्रो अवस्थासँग तुलना गर्न मन लाग्यो । त्यसबेला सहभागीहरू मध्येबाट बैद्यजीले हामीकहाँ जीत-हार नहुनु दुर्भाग्य भएको मिलापत्रले पूर्ववत् अवस्थामा थप अटेरी भएको व्यहोरा जनाउनु भयो । वास्तवमा त्यतिका व्यक्तिहरूको बलिदान पछि पुनस्थापनाका नाउँमा पूर्ववत् ठाउँमा फर्किएपछि त्यहाँ अटेरी र खुच्चिङ् थप हुनु र आपसमा तुस बढेर आउनु स्वभाविकै देखिन्छ । जेहोस सामूहिक तस्वीर खिचेर बिदा भई मनोवञ्छित हिसाबको खानाका लागि होटेलमा फक्यौं । विश्व, भगवान समेत भई ड्राईफुडको सदुपयोग गरियो ।

    दिवाकालीन भोजनको उत्तरार्द्धमा हामीहरू समुन्द्रको तीरैतीर मार्वलबाट विभिन्न मूर्तिहरू बनाएको ढुङ्गामा बुट्टा भर्ने सम्बन्धी उद्योगमा गयौँ । उद्योग सम्बन्धी छलफल पछि मार्वलका मालहरू उपहारका रूपमा खरिद गरी सोही प्रकृतिको अर्को उद्योग समेत अवलोकन गरियो । त्यसपछि समुद्रि तटमा अवस्थित होटेलमा समूहगत बसाइमा खाना खायौँ । सामुहिक तस्वीर खिची हामीहरू होटल तर्फ फर्क्यौं । बाटोमा ठट्टा मस्करीहरू सुनाउँदै भोलिको प्रभातकालीन सूचना सुनाएर कोठामा आई समयकालीन कर्महरू संलग्न रहेँ । भगवानजी आएपछि Front Desk मा गई फेसबुक खुलाउने प्रयास गरेर खोली बाबुहरूको समाचार पढी अन्यान्य चर्चा गरेर आराम गरेँ ।

    …सके सपरौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

    क्रमश:…

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, कार्तिक २२, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.