×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

” कारागार भित्रको यथार्थ र वर्तमान”

  •  गोरखा समाचार
  • सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्र.व.उ केदार खनाल

    अपराध समाजमा हुन्छ, अपराधमा संलग्न हुने व्यक्ति वा समुहलाई राज्यले  दोषी करार गरि सजाय दिने  प्रचलन
    आदिकाल देखि कै हो । यसैको निरन्तरतासंगै  हामी २१ औं शताव्दीमा  हिडिरहदा  मानवीय संवेदनाका  कुरा होलान, व्यक्तिका मानव अधिकार देखि संवैधानिक अधिकारका कुरा होलान । यस्ता विषयमा राज्यले गर्ने  हरेक कार्यहरु ऐना जस्तै छर्लङ्ग र पारदर्शी हुनु पर्दछ । यसै अन्तर्गत रहि समाजमा  गलत काम गर्ने,  कानून विपरित कार्य गर्ने व्यक्तिहरुलाई  कानून सम्भत ढंगबाट सजाय दिलाउनको लागि निश्चित अवधी राखिने ठाउँ कारागार तथा सुधार केन्द्र नै हो ।  विभिन्न काल खण्डमा  मानिस भित्र पलाउने अपराधिक सोच र कार्यबाट उत्पन्न परिस्थितीजन्य घटना र घटनामा पिडित व्यक्ति एवं समाजलाई न्याय  दिलाउने राज्यको दायित्व भित्र कारागार एउटा भौतिक साधन हो । मुलुलको विद्यमान कानुनको वर्खिलाप हुँदाका बखत न्यायपालिका मार्फत गरीने न्यायोचित सजाय कटाउने थलो पनि कारागार हो । कारागार कानुन कार्यान्वयन गर्ने आधारशिला पनि हो । तसर्थ कारागार भित्र सजाय भोक्दै गरेका व्यक्तिहरु आफुले गरेको अपराधको कवुलका साथ कुनै काल खण्डमा जानेर नजानेर हेल्चक्रयाईले भएका अपराधको प्रायाश्चित गर्दै सुधार र आफूलाई परिवर्तन गर्ने ठाँऊ पनि कारागार नै हो ।

    कारागार भित्रका वेथितीहरु धेरै नै छन् । राज्य पक्षबाट र स्वयम कैदिबन्दीका तर्फबाट हुने क्रियाकलापहरुले नजानिदो ढंगबाट थप अपराधको जन्म भई रहेको तथ्य सबैले स्वीकार गर्नु पर्दछ । राणाकालमा बनेका कारागारहरुको तत्कालिन क्षमता र अहिले रहने कैदिबन्दीहरुको चाप यो पनि चुनौतीको विषय हो । जिर्ण कारागारमा कैदिबन्दीका चाप बढी हुँदा सुरक्षा चुनौती त्यति कै थियो । विगतमा विभिन्न कारागारहरु बाट सुरुङ्ग खनेर, जेलका भित्ता फोडेर कैदिबन्दी नभागेका होइनन् । तर पनि जिर्ण कारागारको सुधारमा राज्यको ध्यान नपुग्नाले समस्याले निरन्तरता पाएकै हो । यहि भित्र विश्लेषण गर्नु जरुरी छ ।  विगत देखि नै कारागारबाट कैदिबन्दी भाग्ने, कारागार भित्रै झडप भई कैदिबन्दीहरुको मुत्यु हुनु पछाडीको दोष केवल त्यहाँ खटिने कर्मचारी र सुरक्षाकर्मीहरुलाई दिनु र सजायको भागेदार बनाउने कार्यले यसको अवस्था सुधारमा पनि वेतिथी बढ्न गयो । तसर्थ यसमा को कस्को  गल्ति, कमजोरी, लापरबाही भए भन्ने भन्दा पनि यसलाई सुधार गर्न कहाँ-कहाँ वाधा व्यवधान रहे भन्ने कुरा महत्वपुर्ण हुन्छ ।

    सामान्य देखि जघन्य अपराधका कैदि बन्दीहरु कारागार भित्र रहेका हुन्छन् । बिभिन्न कालखण्डमा राजनैतिक व्यक्तीहरु समेत कारागार बास गरेका धेरै उदारणहरु छन । कारागारमा रहेको अवस्थामा उनीहरु आफ्नो राजनैतिक अभिष्ठ पुरा गर्न कैदिबन्दीहरुलाई उस्काउने काममा समय खर्चियर हाम्रो सरकार आए पछि तपाईहरुलाई आममाफी दिन्छौ भन्दै उक्साएको पनि देखे कै हो । अहिले आएर तिनै राजनैतिक नेता तथा दलका प्रतिनिधीहरुले त्यहाँ भित्र वेतिथीलाई बुझकै कारण आज पनि यो मेरो मान्छे हो यसलाई चौकीदार, नाईके, भाई नाईके बनाई दिनु पर्‍यो भन्ने दबाव सम्बन्धीत ठाउँमा दिई राखेका हुन्छन् । कतिपयले त्यसैबाट रिसवत लिएर पनि गुजारा गरेको तथ्यहरु बाहिर नआएका होइनन् । अपराधमा राजनिति र राजनितिमा अपराधिकरणका कारणले प्रश्रय पाएकाले नै अहिलेको अवस्था सिर्जना भएको हो भन्न धक मान्नु पर्दैन ।

    अर्को एउटा महत्वपुर्ण पक्षलाई पनि यहाँ उजागर गर्न आवश्यक छ । कारागार भित्र आज पनि अधिकांश कैदिबन्दीहरु हत्या, बलत्कार, डाँका गरेका र लागु औषध सेवन तथा कारोबारीहरु रहेका छन । यिनीहरू आज पनि सुध्रने भन्दा पनि ईश्या, आवेक र कुण्ठोमा रहेका छन । सुध्रनुका अलबा आफ्नो पुराना गतिबिधीको पुनरावृत्ति मै रमाउने बढि छन, त्यसका लागि त्यहाँ भित्र राजनितिको प्रवेशले मलजल गरेको छ । त्यसका अलबा लागु औषध प्रयोगकर्ताहरुलाई बिभिन्न प्रकारका लागु औषध अनेक बहाना र तरिकाबाट भित्र पुर्‍याउने अभिभावकहरु पनि दोषि छन् । यस्ता क्रियाकलापले कारागार भित्र प्रश्रय पाँउदा नसाको सुरमा विभिन्न स्थानमा झड्प भएका पनि छन् । यसले उनीहरुलाई सुधार्न भन्दा पनि त्यहि कर्ममा राख्न र अपराधलाई नै बढवा दिन मद्दत गरेको छ ।

    हालै भएको जेन जी को आन्दोलनको मौका पारी देशभर बाट केदीबन्दीहरु जेल तोडेर भागेका छन । लगभग १४ हजार कैदिवन्दीहरु फरार भएका र त्यसमध्य कर्णाली प्रदेशबाट १२९ जना रहेकोमा ९२ जना पक्राउ परी सकेका छन् । नेपालभर अझै नौ हजारको हारहारीमा भागेमा कैदीबन्दीहरू राज्यको नियन्त्रणमा आइसकेका छैन्न् । यसले विद्यमान शान्ति सुरक्षा प्रत्यक्ष असर पार्ने कुरामा दुईमत रहेन । विभिन्न ठाउँबाट भागेका कैदिबन्दीहरु आफ्नो गाउँ घर छिमेक तिर लुकिछिपी बसेका र तिनीहरुबाट तिनीहरुले गरेका पुर्वकर्मको पुनारावृत्ति गरी  अर्को ठुला अपराध गर्न सक्ने हुँदा सुरक्षा चुनौती बढेको छ । त्यसमा पनि दशै, तिहार , छठ जस्ता चाडपर्वको मुखमा भएको यस्ता घटनाबाट जनता सचेत र राज्य थप संवेदनशील बन्न जरूरी छ । थप अपराध नहोस भन्नेमा सबै सजक बनौ, सचेत रहौ र समाजलाई त्रासमुक्त गराऔं ।

    लेखक खनाल अहिले कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा प्रहरी बरिष्ठ उपरिक्षकमा कार्यरत हुनुहुन्छ

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, असोज ०६, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.