×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भगवत् गीताको दर्शन पढेपछि … २

  •  गोरखा समाचार
  • शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    ३) लोभ, मोह, माया :
    • बुद्धिमान हुनु भनेकै लोभ, मोह र द्वेषबाट टाढा रहनु हो ।
    • लोभ र मोह एक अर्काका परिपुरक हुन्‌ ।
    • लोभ, मोह र क्रोध तीनवटै आत्मा प्रदुषण गर्ने कारक तत्त्वहरू हुन्‌ ।
    • जति मन भाग्छ त्यति नै लोभ, मोह र द्वेष मनमा आएर मन प्रदुषित हुन्छ ।
    • अज्ञानता, घमण्ड, लोभ, मोह र द्वेष आध्यात्मिक ज्ञानलाई छोप्ने मयल हुन्‌, धुँवा हुन्‌ र साल हुन्‌; जसले सत्यलाई छोपेर राख्छ ।
    • चिन्छन् भनेर लोभ, मोह र द्वेषले मखुण्डो लगाएर आउँछन्‌ । तीनीहरूले नै म, मेरो, मपाई भन्न सिकाउछन्‌ ।
    • प्राप्तिको चाहना नभए पछि लोभ, मोह र द्वेष हुने कारण नै भएन ।
    • यदि मानिसमा लोभ, मोह र द्वेष नहुने हो भने शान्ति र आनन्द प्राप्त हुन्छ; जसलाई दिगो शान्ति र आनन्द भनेर पनि बुझिन्छ ।
    • मानिसमा जतिखेर लोभ, मोह र द्वेष बाट उ मुक्त हुन्छ, कुनै भगवान विशेष वा शुन्यतामा मन बस्छ, उसले क्षणिक रूपमा मुक्ति नै प्राप्त गर्छ ।
    • लोभ, मोह वस्तुमा होइन, मनमा हुन्छन्‌ । त्यसैले मन पनि प्रकृतितत्त्व नै मानिन्छ ।
    • मानिस प्रवृत्तितत्त्वमा रहदा रहदै पनि लोभ, मोह र द्वेषलाई क्रमश: दान, त्याग र ध्यानबाट कम गर्नुपर्छ । जसबाट कर्म गरे पनि कर्मबन्धनमा बाँधिदैन ।
    • जसरी नरिवलको फल र रस प्राप्त गर्न ३ वटा बोक्राहरू हटाउन आवश्यक छ त्यसै गरी आत्मा र परमात्मा चिन्हका लागि क्रोध, लोभ र मोहका बोक्राहरू यो मनबाट हटाउन जरुरी छ।
    • परमेश्वरले मानिसमा चाहनाको बीउ रोपिदिनु भएको छ ।
    • लोभ, मोह र द्वेषको कारक तत्त्व भनेको चाहना नै हो ।
    • सत्य कहलाउनु भनेको लोभ, मोह र द्वेषबाट मुक्त हुने उपाय जान्नु हो।
    • लोभ, मोह र द्वेषबाट मुक्ति नलिई कुनै पनि व्यक्ति सन्यासी हुन सक्दैन ।
    • व्यक्तिको मनमा लोभ, मोह, द्वेष, क्रोध, इर्ष्या छ भने पहेँलो वा गेरु वस्त्र लगाएर सन्यासी हुन सक्दैन ।
    • परमात्माले जब लोभ, मोह र क्रोध बढ्छ, अनि वैराग्यता बढाई दिनु हुन्छ । अथवा साङ्ख्य ज्ञानका कारण सकाम कर्मयोगलाई सीमित गरिदिनु हुन्छ ।
    • मोह त केबल मिथ्या कुरा मात्र हो ।
    • मोहबाट आशक्ति बढ्छ । मोहले मानिसलाई अन्धो बनाउँछ ।
    • माया भनेको वास्तवमा भ्रम मात्र हो ।
    • मायालाई यदि मायाले गुणन गर्‍यो भने योगफल क्रोध हुन जान्छ ।
    • मायाले आत्मा र परमात्माको ज्ञानलाई छोपेर राखेको हुन्छ ।
    • मोहमा मोहले गुणन गर्दा क्रोध हुन्छ ।
    • जब भौतिक बस्तु त्याग गर्दै जान्छौं मानिसमा लोभ कम हुँदै जान्छ ।
    • लोभको विपरीत कुरा दान हो ।
    • जब सबै जीवहरूले अरूको हित हुने काम कर्तव्य गर्छन्‌ भने उनीहरूबीच द्वन्द हुँदैन । व्यक्तिगत स्वार्थ हुँदैन । घमण्ड हुँदैन । प्रेम हुन्छ । जब प्रेमको संचार सबैमा बढछ अनि क्रोध, मोह, लोभ कम हुँदै जान्छ ।
    • ज्ञानले ती लोभ, मोह, द्वेष, घमण्ड र आलस्यलाई भष्म पारिदिन्छ ।
    • जीव वैज्ञानिक आधारमा भगवत गीतालाई अध्ययन गर्ने हो भने मष्तिस्क परमात्माको गुण भएको अवयव हो भने अरू बुद्धि जीवात्माका गुण भएको अवयव हो । इन्द्रिय, मन र तृष्णा प्रकृतिजन्य हुन्‌ । इन्द्रियहरू स्वच्छन्दता चाहन्छन्‌ तर बुद्धि तत्त्वले तिनीहरूलाई नियन्त्रण गर्छ ।
    ४) क्रोध र प्रेम :
    • क्रोध अरूको कारण उत्पन्न हुँदैन । आफ्नै कारण उत्पन्न हुन्छ ।
    • बढी काम, वासना वा कामना भयो भने क्रोधको उत्पत्ति हुन्छ ।
    • क्रोधले गर्ने हानी भनेको क्रोध गर्नेलाई नै हो ।
    • जब व्यक्तिमा इच्छा बृद्धि भयो भने बुझे हुन्छ, अब क्रोध पनि बढ्छ । जब इच्छाहरू सीमित हुन्छन्‌; तब क्रोध पनि घट्दै जान्छ । क्रोध घटाउने हो भने आफ्ना इच्छा, आकाङ्क्षा र अपेक्षालाई सीमित गर्न आवश्यक छ ।
    • क्रोध गर्नु भनेको विषपान गर्नु समान हो; जसले शरीरको सबै अङ्गलाई बिस्तारै नष्ट गर्दै जान्छ ।
    • क्रोध छिट्टै लाग्ने विष हो भने मोह चाही मन्द विष हो, यसले विस्तारै लट्ठ बनाउँछ ।
    • क्रोधले हानी शिवाय केही पनि गर्दैन ।
    • क्रोधमा क्रोधले गुणन गरियो भने महाक्रोध हुन्छ ।
    • काम, क्रोध नै पापको स्रोत हो ।
    • क्रोध अथवा रिस रजोगुण प्रधान मानिसमा बढी हुन्छ ।
    • क्रोध र माया एउटै रथका दुई पाँग्रा हुन्‌ ।
    • क्रोधको प्रतिरोध क्रोधबाट सम्भव छैन । क्रोधको प्रतिरोध प्रेमबाट गर्न सकिन्छ ।
    • चाहे त्यो व्यक्तिप्रेम होस्‌, चाहे परमेश्वरप्रेम नै किन नहोस्‌, क्रोधको प्रतिरोधी तत्त्व भनेको प्रेम नै हो ।
    • प्रेम यस्तो औषधी हो जसले क्रोधको उपचार गर्न सक्छ ।
    • लोभ, मोह र क्रोध सबै ज्ञानका शत्रुहरू हुन्‌ ।
    • रिस गर्नु वा माया गर्नु नै बेकार कुरा हो ।
    • क्रोध निरोधक भनेको फेरी पनि अध्यात्म ज्ञान नै हो । त्यसैले मानिसलाई सानैदेखि अध्यात्म ज्ञान दिन जरुरी छ।
    • जो सँग काम, क्रोध, लोभ छैन उ मुक्ति पाएको व्यक्ति हो ।
    • जसले काम र क्रोधको वेग रोक्न सक्छ त्यही कर्मयोगी हो ।
    • मनमा क्रोध, हिंसा अथवा रजोगुण रहेसम्म समाधिमा बस्न सकिदैन । समाधि विना प्रज्ञा र ज्ञान उत्पादन हुन सक्दैन । ज्ञान र प्रज्ञा विना मुक्ति वा निर्वाण प्राप्त गर्न सकिदैन ।
    ५) भावहरू :
    • ध्यान र योग समभाव अभिवृद्धि गर्न अति उपयोगी साधनहरू हुन्‌ ।
    • जब मानिस पूर्ण विद्यामा डुब्छ तब पूर्ण समानता सम्भव हुन्छ । विद्यामा डुब्नु भनेको पढ्नु होइन, साधना गर्नु हो ।
    • जति बढी साधना गर्‍यो त्यति नै मात्रामा समदृष्टि, समभाव, समविचार र सम व्यवहार बढ्दै जान्छ ।
    • पूर्ण समभाव राख्नु भनेको आत्मासाक्षात्कार हुनु हो किनकि परमेश्वरले सबै प्राणीप्रति समभाव राख्दछन्‌ ।
    • समभाव राख्नु भनेको मूल्यबाट स्वतन्त्र (Value Free) हुनु हो ।
    • जब व्यक्ति सफलतामा खुशी र असफलतामा दु:खी हुँदैन तब उसमा समभाव आउँछ ।
    • समभावमा गाई, हात्ती, कुकुर, चाण्डाल र विद्वान्, ब्राह्मणबीच कुनै भेदभाव हुँदैन ।
    • समभाव, समदृष्टिकोण राख्नु र समव्यवहार गर्नु भनेको साङ्ख्य हो अथवा कर्मसन्यासको अवस्था हो ।
    • समभाव यस्तो अदृश्य शक्ति हो जसले क्रूरलाई दयालु, चोरलाई साधु र वैरीलाई मित्रमा परिवर्तन गरिदिन्छ ।
    • न्युट्रल अवस्था भनेको आध्यात्मिक साम्यवादी अवस्था हो, जहाँ ठूलो र सानोको बीचमा भेदभाव हुँदैन ।
    • निरपेक्ष समानता चाहि परमेश्वरको राज्यमा मात्र हुन्छ ।
    • जब व्यक्तिले जन्मलाई मृत्युको रूपमा र मृत्युलाई पनि जन्मको रूपमा बुझ्छन्‌ । जन्म र मृत्युमा फरक देख्दैनन्‌ । यसलाई समअवस्था भनिन्छ ।
    • जब हामीमा विषम भावना आउँछ, तब मनमा विषम दृष्टिकोण बन्छ । जब विषम दृष्टिकोण बन्छ तब स्वतः हाम्रा व्यवहारमा भेदभाव आउछ ।
    • विषम भावना राख्नु नै दुःखलाई निम्त्याउनु हो ।
    • कसैले परमेश्वर भनेको के हो ? भनेर सोध्दा दिइने साझा उत्तर भनेको “समानता” हो । वास्तवमा चेतना सहितको समानता भनेको नै आत्मा हो । चेतना नै आत्मा हो । समानता नै आत्मा हो । तटस्थता नै आत्मा हो । समदृष्टि, समभावना, समविचार, समव्यवहार नै आत्माका गुण हुन्‌ ।
    • जति जति अविद्या बढ्यो त्यति नै असमानताको बृद्धि हुन्छ ।
    ६) गुणहरू :
    • प्रकृतिबाटै गुणहरू उत्पन्न हुन्छन्‌ । तीनै गुणहरूका कारण मानिस कर्म गर्दछ र कर्ता हुन पुग्दछ ।
    • कर्ता बनाउने कारक तत्त्व भनेको त्रिगुणमयी माया हो ।
    • सत्व गुणलाई पनि छोडी परमेश्वर बुझ्नु आत्मा साक्षात्कारका लागि तयार हुनु, प्रमोद हो अथवा सत्‌चिदानन्द नै हो ।
    • सत्वगुण प्रधान भएको व्यक्तिमा ‘यश’ को आशक्ति हुन्छ, जुन तमोगुण भएका व्यक्तिमा भएको मद्‌को आशक्तिजस्तै हुन्छ ।
    • रजोगुण बढ्नु भनेको जति पाए पनि तृप्त नहुने महापाप हो ।
    • रजोगुण र तमोगुण दुवैले सत्व गुणलाई दबाएर राख्छन्‌ र उठ्न नै दिदैनन्‌ ।
    • जब सचेतना प्राप्त हुन्छ अथवा बोध हुन्छ; तब राजसी हिंसा बन्द हुन्छ । तर सात्विक हिंसा मनबाट आएकोले चित्त शुद्ध नगरी हट्नै सक्दैन ।
    • शान्ति र आनन्द प्राप्त गर्नु भनेकै रजोगुणलाई शून्य झार्नु हो । चित्त शुद्ध गर्नु हो ।

    क्रमश: …
    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

     

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.