तिलक पाैडेल
३) लोभ, मोह, माया :
• बुद्धिमान हुनु भनेकै लोभ, मोह र द्वेषबाट टाढा रहनु हो ।
• लोभ र मोह एक अर्काका परिपुरक हुन् ।
• लोभ, मोह र क्रोध तीनवटै आत्मा प्रदुषण गर्ने कारक तत्त्वहरू हुन् ।
• जति मन भाग्छ त्यति नै लोभ, मोह र द्वेष मनमा आएर मन प्रदुषित हुन्छ ।
• अज्ञानता, घमण्ड, लोभ, मोह र द्वेष आध्यात्मिक ज्ञानलाई छोप्ने मयल हुन्, धुँवा हुन् र साल हुन्; जसले सत्यलाई छोपेर राख्छ ।
• चिन्छन् भनेर लोभ, मोह र द्वेषले मखुण्डो लगाएर आउँछन् । तीनीहरूले नै म, मेरो, मपाई भन्न सिकाउछन् ।
• प्राप्तिको चाहना नभए पछि लोभ, मोह र द्वेष हुने कारण नै भएन ।
• यदि मानिसमा लोभ, मोह र द्वेष नहुने हो भने शान्ति र आनन्द प्राप्त हुन्छ; जसलाई दिगो शान्ति र आनन्द भनेर पनि बुझिन्छ ।
• मानिसमा जतिखेर लोभ, मोह र द्वेष बाट उ मुक्त हुन्छ, कुनै भगवान विशेष वा शुन्यतामा मन बस्छ, उसले क्षणिक रूपमा मुक्ति नै प्राप्त गर्छ ।
• लोभ, मोह वस्तुमा होइन, मनमा हुन्छन् । त्यसैले मन पनि प्रकृतितत्त्व नै मानिन्छ ।
• मानिस प्रवृत्तितत्त्वमा रहदा रहदै पनि लोभ, मोह र द्वेषलाई क्रमश: दान, त्याग र ध्यानबाट कम गर्नुपर्छ । जसबाट कर्म गरे पनि कर्मबन्धनमा बाँधिदैन ।
• जसरी नरिवलको फल र रस प्राप्त गर्न ३ वटा बोक्राहरू हटाउन आवश्यक छ त्यसै गरी आत्मा र परमात्मा चिन्हका लागि क्रोध, लोभ र मोहका बोक्राहरू यो मनबाट हटाउन जरुरी छ।
• परमेश्वरले मानिसमा चाहनाको बीउ रोपिदिनु भएको छ ।
• लोभ, मोह र द्वेषको कारक तत्त्व भनेको चाहना नै हो ।
• सत्य कहलाउनु भनेको लोभ, मोह र द्वेषबाट मुक्त हुने उपाय जान्नु हो।
• लोभ, मोह र द्वेषबाट मुक्ति नलिई कुनै पनि व्यक्ति सन्यासी हुन सक्दैन ।
• व्यक्तिको मनमा लोभ, मोह, द्वेष, क्रोध, इर्ष्या छ भने पहेँलो वा गेरु वस्त्र लगाएर सन्यासी हुन सक्दैन ।
• परमात्माले जब लोभ, मोह र क्रोध बढ्छ, अनि वैराग्यता बढाई दिनु हुन्छ । अथवा साङ्ख्य ज्ञानका कारण सकाम कर्मयोगलाई सीमित गरिदिनु हुन्छ ।
• मोह त केबल मिथ्या कुरा मात्र हो ।
• मोहबाट आशक्ति बढ्छ । मोहले मानिसलाई अन्धो बनाउँछ ।
• माया भनेको वास्तवमा भ्रम मात्र हो ।
• मायालाई यदि मायाले गुणन गर्यो भने योगफल क्रोध हुन जान्छ ।
• मायाले आत्मा र परमात्माको ज्ञानलाई छोपेर राखेको हुन्छ ।
• मोहमा मोहले गुणन गर्दा क्रोध हुन्छ ।
• जब भौतिक बस्तु त्याग गर्दै जान्छौं मानिसमा लोभ कम हुँदै जान्छ ।
• लोभको विपरीत कुरा दान हो ।
• जब सबै जीवहरूले अरूको हित हुने काम कर्तव्य गर्छन् भने उनीहरूबीच द्वन्द हुँदैन । व्यक्तिगत स्वार्थ हुँदैन । घमण्ड हुँदैन । प्रेम हुन्छ । जब प्रेमको संचार सबैमा बढछ अनि क्रोध, मोह, लोभ कम हुँदै जान्छ ।
• ज्ञानले ती लोभ, मोह, द्वेष, घमण्ड र आलस्यलाई भष्म पारिदिन्छ ।
• जीव वैज्ञानिक आधारमा भगवत गीतालाई अध्ययन गर्ने हो भने मष्तिस्क परमात्माको गुण भएको अवयव हो भने अरू बुद्धि जीवात्माका गुण भएको अवयव हो । इन्द्रिय, मन र तृष्णा प्रकृतिजन्य हुन् । इन्द्रियहरू स्वच्छन्दता चाहन्छन् तर बुद्धि तत्त्वले तिनीहरूलाई नियन्त्रण गर्छ ।
४) क्रोध र प्रेम :
• क्रोध अरूको कारण उत्पन्न हुँदैन । आफ्नै कारण उत्पन्न हुन्छ ।
• बढी काम, वासना वा कामना भयो भने क्रोधको उत्पत्ति हुन्छ ।
• क्रोधले गर्ने हानी भनेको क्रोध गर्नेलाई नै हो ।
• जब व्यक्तिमा इच्छा बृद्धि भयो भने बुझे हुन्छ, अब क्रोध पनि बढ्छ । जब इच्छाहरू सीमित हुन्छन्; तब क्रोध पनि घट्दै जान्छ । क्रोध घटाउने हो भने आफ्ना इच्छा, आकाङ्क्षा र अपेक्षालाई सीमित गर्न आवश्यक छ ।
• क्रोध गर्नु भनेको विषपान गर्नु समान हो; जसले शरीरको सबै अङ्गलाई बिस्तारै नष्ट गर्दै जान्छ ।
• क्रोध छिट्टै लाग्ने विष हो भने मोह चाही मन्द विष हो, यसले विस्तारै लट्ठ बनाउँछ ।
• क्रोधले हानी शिवाय केही पनि गर्दैन ।
• क्रोधमा क्रोधले गुणन गरियो भने महाक्रोध हुन्छ ।
• काम, क्रोध नै पापको स्रोत हो ।
• क्रोध अथवा रिस रजोगुण प्रधान मानिसमा बढी हुन्छ ।
• क्रोध र माया एउटै रथका दुई पाँग्रा हुन् ।
• क्रोधको प्रतिरोध क्रोधबाट सम्भव छैन । क्रोधको प्रतिरोध प्रेमबाट गर्न सकिन्छ ।
• चाहे त्यो व्यक्तिप्रेम होस्, चाहे परमेश्वरप्रेम नै किन नहोस्, क्रोधको प्रतिरोधी तत्त्व भनेको प्रेम नै हो ।
• प्रेम यस्तो औषधी हो जसले क्रोधको उपचार गर्न सक्छ ।
• लोभ, मोह र क्रोध सबै ज्ञानका शत्रुहरू हुन् ।
• रिस गर्नु वा माया गर्नु नै बेकार कुरा हो ।
• क्रोध निरोधक भनेको फेरी पनि अध्यात्म ज्ञान नै हो । त्यसैले मानिसलाई सानैदेखि अध्यात्म ज्ञान दिन जरुरी छ।
• जो सँग काम, क्रोध, लोभ छैन उ मुक्ति पाएको व्यक्ति हो ।
• जसले काम र क्रोधको वेग रोक्न सक्छ त्यही कर्मयोगी हो ।
• मनमा क्रोध, हिंसा अथवा रजोगुण रहेसम्म समाधिमा बस्न सकिदैन । समाधि विना प्रज्ञा र ज्ञान उत्पादन हुन सक्दैन । ज्ञान र प्रज्ञा विना मुक्ति वा निर्वाण प्राप्त गर्न सकिदैन ।
५) भावहरू :
• ध्यान र योग समभाव अभिवृद्धि गर्न अति उपयोगी साधनहरू हुन् ।
• जब मानिस पूर्ण विद्यामा डुब्छ तब पूर्ण समानता सम्भव हुन्छ । विद्यामा डुब्नु भनेको पढ्नु होइन, साधना गर्नु हो ।
• जति बढी साधना गर्यो त्यति नै मात्रामा समदृष्टि, समभाव, समविचार र सम व्यवहार बढ्दै जान्छ ।
• पूर्ण समभाव राख्नु भनेको आत्मासाक्षात्कार हुनु हो किनकि परमेश्वरले सबै प्राणीप्रति समभाव राख्दछन् ।
• समभाव राख्नु भनेको मूल्यबाट स्वतन्त्र (Value Free) हुनु हो ।
• जब व्यक्ति सफलतामा खुशी र असफलतामा दु:खी हुँदैन तब उसमा समभाव आउँछ ।
• समभावमा गाई, हात्ती, कुकुर, चाण्डाल र विद्वान्, ब्राह्मणबीच कुनै भेदभाव हुँदैन ।
• समभाव, समदृष्टिकोण राख्नु र समव्यवहार गर्नु भनेको साङ्ख्य हो अथवा कर्मसन्यासको अवस्था हो ।
• समभाव यस्तो अदृश्य शक्ति हो जसले क्रूरलाई दयालु, चोरलाई साधु र वैरीलाई मित्रमा परिवर्तन गरिदिन्छ ।
• न्युट्रल अवस्था भनेको आध्यात्मिक साम्यवादी अवस्था हो, जहाँ ठूलो र सानोको बीचमा भेदभाव हुँदैन ।
• निरपेक्ष समानता चाहि परमेश्वरको राज्यमा मात्र हुन्छ ।
• जब व्यक्तिले जन्मलाई मृत्युको रूपमा र मृत्युलाई पनि जन्मको रूपमा बुझ्छन् । जन्म र मृत्युमा फरक देख्दैनन् । यसलाई समअवस्था भनिन्छ ।
• जब हामीमा विषम भावना आउँछ, तब मनमा विषम दृष्टिकोण बन्छ । जब विषम दृष्टिकोण बन्छ तब स्वतः हाम्रा व्यवहारमा भेदभाव आउछ ।
• विषम भावना राख्नु नै दुःखलाई निम्त्याउनु हो ।
• कसैले परमेश्वर भनेको के हो ? भनेर सोध्दा दिइने साझा उत्तर भनेको “समानता” हो । वास्तवमा चेतना सहितको समानता भनेको नै आत्मा हो । चेतना नै आत्मा हो । समानता नै आत्मा हो । तटस्थता नै आत्मा हो । समदृष्टि, समभावना, समविचार, समव्यवहार नै आत्माका गुण हुन् ।
• जति जति अविद्या बढ्यो त्यति नै असमानताको बृद्धि हुन्छ ।
६) गुणहरू :
• प्रकृतिबाटै गुणहरू उत्पन्न हुन्छन् । तीनै गुणहरूका कारण मानिस कर्म गर्दछ र कर्ता हुन पुग्दछ ।
• कर्ता बनाउने कारक तत्त्व भनेको त्रिगुणमयी माया हो ।
• सत्व गुणलाई पनि छोडी परमेश्वर बुझ्नु आत्मा साक्षात्कारका लागि तयार हुनु, प्रमोद हो अथवा सत्चिदानन्द नै हो ।
• सत्वगुण प्रधान भएको व्यक्तिमा ‘यश’ को आशक्ति हुन्छ, जुन तमोगुण भएका व्यक्तिमा भएको मद्को आशक्तिजस्तै हुन्छ ।
• रजोगुण बढ्नु भनेको जति पाए पनि तृप्त नहुने महापाप हो ।
• रजोगुण र तमोगुण दुवैले सत्व गुणलाई दबाएर राख्छन् र उठ्न नै दिदैनन् ।
• जब सचेतना प्राप्त हुन्छ अथवा बोध हुन्छ; तब राजसी हिंसा बन्द हुन्छ । तर सात्विक हिंसा मनबाट आएकोले चित्त शुद्ध नगरी हट्नै सक्दैन ।
• शान्ति र आनन्द प्राप्त गर्नु भनेकै रजोगुणलाई शून्य झार्नु हो । चित्त शुद्ध गर्नु हो ।
क्रमश: …
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#





















