×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • २ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ४ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ५ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

भगवत् गीताको दर्शन पढेपछि …१

  •  गोरखा समाचार
  • शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    देवीप्रसाद प्रसाईद्वारा लिखित ‘भगवत् गीताको दर्शन’ कृतिमा छुटाउने खालका वाक्यै रहेनछन् एकातर्फ भने अर्कोतर्फ हरेक वाक्यको प्रसङ्गले छुट्टै लेख लेख्ने ‘प्लट’ तयार हुने महसुस भयो । परिणाम, मैले अद्योपान्त पढेपछि समीक्षासम्म लेख्न मन लागेको परिणाम यो कार्याग्रसर भएको हुँ । उचाइ-निचाइउपर अग्रिम यथोचित याचना गर्दै अघि बढ्ने अनुमति चाहन्छु ।

    लेखक स्वयंले प्रकाशन गरेको कुल १२६ पृष्ठको प्रस्तुत कृतिमा श्रीमद्भगवत् गीताका अठारै अध्यायहरूको दर्शनलाई संक्षिप्त विश्लेषण गरी संलग्न गरिएकोछ । कृतिमा लेखिएका सन्दर्भहरूबाट मेरो सोचाइ र तहमा मन परेका व्यहोरालाई चिन्ह लगाउँदै, पढ्दै गरेँ । कतिपय वाक्यहरूलाई मन नलाई-नलाई छाडेँ, अन्यथा पुस्तकै सारेजस्तो हुने भयो । रपनि समग्र टिपोटलाई निम्नानुसार एकीकृत गर्दा आफ्नो मनमाफिक लाग्यो । बरू कतै खसेका टङ्कन त्रुर्टिहरूलाई कताकति मिलान गरेपनि समीक्षाका खाँतिर उद्धृत गरेकाले अधिकांशत: यथारूपमै राखेकोछु । विज्ञचक्षुलाई बिझाएमा अग्रिम क्षमा चाहन्छु । विद्वतजनहरूलाई यो वर्गीकरण क्षुद्रप्रकृतिको लाग्न सक्छ, तापनि मेरो लेखकप्रतिको सम्मानस्वरूप अभिव्यक्तिएको व्यहोरा ठानी स्वीकारिदिन सदाग्रह गर्दछु ।

    जस अनुसार  :

    १) योग, ध्यान र वैराग्य : उल्लिखित पुस्तकमा योग, ध्यान र वैराग्यका सन्दर्भमा निम्नानुसारका व्यहोराहरू उल्लेख भएको देखिन्छ 
    • चाहनालाई नियन्त्रित गर्नु नै योग हो ।
    • जसले प्राण र अपान वायुलाई सन्तुलित गर्छ त्यो नै योगी हो ।
    • योगद्वारा शरीर, मन र आत्मालाई जोडन सक्छौं ।
    • गृहस्थ अवस्थामा विषयगत चाहना नहुनु भनेको कर्मयोगबाट विमुख हुनु हो ।
    • कर्मयोगमा चाहनाहरूलाई नियन्त्रित गर्नुपर्ने हुन्छ भने कर्म सन्यासमा चाहनाहरूलाई मनबाटै निर्मूल गर्न जरुरी हुन्छ ।
    • कर्मयोग साङ्ख्ययोग बिना कानो बन्न पुग्छ भने साङ्ख्ययोग कर्मयोग बिना लङ्गडो बन्छ । साङ्ख्यले चेतना प्रदान गर्छ भने त्यो चेतनालाई कर्मयोगले मूर्त रूप दिन्छ ।
    • कर्मयोग भित्रको कर्मसन्यास भनेको यही हो, जहाँ कर्म सँगसँगै कर्म सन्यास पनि गरिरहेको हुन्छ ।
    • जब व्यक्तिमा बढी वैराग्य वा सन्यासी भाव बढ्छ, पुरुषोतम भगवानले कर्मयोग बढाई दिनुहुन्छ र मानिस सकाम र निष्काम कर्मयोग गर्छन्‌ ।
    • साङ्ख्ययोग अध्ययन गर्दा ज्ञान नै सर्वोच्च योग हो जस्तो लाग्छ । कर्मयोग पढ्दा, साधना गर्दा, कर्म नै सर्वोच्च, ध्यानयोगमा प्रज्ञा र ज्ञानको सर्वोच्चता अनुभूती हुन्छ भने अध्याय १२ मा भक्तियोग पढ्दा यो नै सर्वोच्च योग हो जस्तो लाग्छ ।
    • साङ्ख्य र कर्मलाई विपरीत ध्रुव देख्नु अल्पज्ञानको परिचायक हो भने साङ्ख्य र कर्म एक अर्काका पूरक देख्नु ज्ञानको परिचायक हो । त्यो भन्दा पनि माथि साङ्ख्य र कर्मलाई एउटै देख्नु पूर्णज्ञानको वा बुद्धिमानीको परिचायक हो ।
    • जति ध्यानमा डुब्दै जान्छ, उति उसले भूत शरीर छाड्दै आत्मा तत्त्वलाई समाउँदै जान्छ ।
    • वैराग्य आउनु भनेको चाहना नआउनु होइन, बरु चाहनाहरूमा ह्रास आएको चाही पक्का हो ।
    • वैरागीमा चाहना सीमित हुन्छ, तर सन्यासीमा चाहना एउटा मात्र हुन्छ – त्यो हो परब्रह्ममा ध्यान लगाउनु र आध्यात्मिक शान्ति र आनन्द प्राप्त गर्नु ।
    • सबै वैरागी वा वैराग्य आउने मानिस सन्यासी हुन सक्दैनन्‌ ।
    • सन्यासी त्यो हो; न त उसमा द्वेष छ, न त चाहना नै ।

    २) कर्म, अकर्म र विकर्म : प्रस्तुत कृतिमा कर्म, अकर्म र विकर्मका सम्बन्धमा तपसील बमोजिमका व्यहोराहरू मलाई मननीय र अभिलेखनीय लागे

    • मन, वचन र शरीरद्वारा यो लोक र परलोकमा फल दिने क्रियालाई नै कर्म भन्दछन्‌ ।
    • ध्यान गर्नु, योग गर्नु, तपश्या गर्नु पनि कर्म नै हो ।
    • अर्थशास्त्रीहरू भन्छन्‌ चाहना बिना कर्म हुँदैन ।
    • कर्म नै जीवन हो भन्ने सन्देश गृहस्थी अवस्थाले दिन्छ ।
    • भौतिक संसारमा उद्देश्य विना कर्म हुँदैन ।
    • शरीरले पवित्र कर्म नगर्ने हो भने आत्माले मुक्ति पाउन सक्दैन ।
    • मानिसले खाने भोजनले दृष्टिकोणमा प्रभाव पार्दछ । दृष्टिकोणले विचार र विचारले कर्ममा प्रभाव पार्दछ ।
    • कुनै पनि फल नदिने क्रियाकलापलाई अकर्म र खराब फल उत्पन्न गर्ने क्रियाकलापलाई विकर्म भन्दछौँ ।
    • मनले इन्द्रिय र शरीरलाई, बुद्धिले मनलाई, बुद्धिलाई आत्माले नियन्त्रण गरेन भने अपवित्र कर्म गर्दछौँ ।
    • कर्म गर्दा फलको आशा नगर्नु, निष्काम कर्म गर्नु र ज्ञान वा प्रज्ञा प्राप्ति गर्दा पनि कर्मको प्रबर्धन गर्ने हेतुले गर्नु, साङ्ख्यलाई कर्मयोग देख्नु र कर्मलाई पनि साङ्ख्य नै देख्नु श्रेयस्कर छ ।
    • निष्पाप हुन अकर्म हुन जरुरी छ ।
    • जुन कर्मबाट कुनै प्रतिक्रिया प्राप्त हँदैन, त्यस्तो कर्म अकर्म हो ।
    • अकर्म न त कर्म बन्धनमा बाँधिन्छ, न त विकर्म अथवा विपरीत कर्मतिरै लाग्छ ।
    • कर्म गर्दा पनि अकर्म गरेको मानी गरेमा पुण्य र पापबाट छुटकारा पाइन्छ ।
    • कर्ममा अकर्म र अकर्ममा कर्म देख्नु नै वृद्धिमानी हो अथवा त्यो नै उत्कृष्ट ज्ञान हो।
    • पापी सोच मनमा आउनु भनेको विकर्म हो ।
    • कसाईले श्रीकृष्णलाई संझेर हात मुख जोर्न पुग्ने मात्र नाफा लिएर आपूर्ति गरिएको मासु काटेर बेच्छ भने हेर्दा त्यो विकर्म जस्तो भए पनि कर्म नै हो ।
    • जुन हिंसात्मक कार्यको उद्देश्य पवित्र छ, विकर्म भित्र कर्म देख्न सकिन्छ ।
    • कर्ममा अकर्म, अकर्ममा कर्म, विकर्ममा कर्म र कर्ममा विकर्म देख्नु भनेको समदर्शी हुनु हो अथवा हृदयमा नकारात्मक

    कुराभित्र पनि सकारात्मक पक्ष देख्नु र सकारात्मक कुराभित्र पनि नकारात्मक पक्ष देख्नु नै भावातीत (Transcendental) अथवा उत्कृष्ट भावातीत हुनु हो । विकर्ममा अकर्म, अकर्ममा विकर्म देख्नुलाई सार्थक नभएपनि परिभाषामा समेट्दा के हुन्थ्यो होला ?

    • सन्यास लिँदा मनको र बुद्धिको परीक्षा नलिई दीक्षान्त दिनु पुण्य कर्म नभएर पाप कर्म नै हो ।
    • मानिस कामना साथ कर्म गर्दछ तब कर्मफलको बन्धनमा बाँधिन्छ ।
    • कर्मफल त्याग गरेमा न पुण्य आर्जन गर्ने लोभ हुन्छ; न त पाप लाग्ला भन्ने डर नै ।
    • भगवानले हाम्रो पवित्र कर्मलाई नजरअन्दाज गर्न सक्नुहुन्न । न त अपवित्रता वा पाप नै पखाल्न सक्नुहुन्छ ।
    • कर्मबन्धनबाट मुक्त हुनु भनेको आत्मा र परमात्मालाई बुझनु हो वा ज्ञान प्राप्त गर्नु हो ।
    • कर्म बन्धनबाट पूर्ण रूपमा मुक्ति हुनु भनेको जन्मनु तथा मर्नु नपर्ने अवस्था हो ।
    • सुख-दु:खबाट मुक्त हुनु भनेको कर्मबन्धनबाट मुक्त हुनु हो।
    • कर्मबन्धनबाट मुक्त हुनु भनेको कर्म नगर्नु भनेको होइन, फलको कामना गर्नु वा फल सहित सम्पूर्ण कुरा परमेश्वरमै समर्पण गर्नु हो ।
    • जब सफलता भित्र असफलता देख्छ अथवा असफलता भित्र पनि व्यक्तिले सफलता देख्छ उ कर्मबन्धनबाट मुक्त हुन्छ ।
    • जब कर्मबन्धनबाट कोही व्यक्ति मुक्त छ भने न त उसबाट पाप कर्म हुन्छ, न त पुण्य कर्म नै ।
    • मनबाटै चाहना ननिस्कने हो भने उ कर्मबन्धनमा पर्दैन ।
    • कर्मबन्धनबाट मुक्त हुने हो भने आफू कर्ता होइन सबै परमेश्वरबाट गराइएको हो म त केबल माध्यम अथवा रचिएको पात्र मात्र हुँ भनी कर्म सम्पादन गर्नु पर्छ ।
    • आत्मा परमात्माको अंश हो र आफू भगवानको अंश हुँ भन्ने कुरा बुझेपछि व्यक्ति कर्मबन्धनमा पर्दैन । सुख, दुखको चक्करमा पर्दैन । जन्ममृत्युको बन्धनबाट मुक्त हुन्छ ।
    • सन्यास भनेको कर्मबन्धनबाट छुटकारा हो ।
    • कर्मसन्यास भनेको नियन्त्रित चाहना भएको अवस्था हो ।
    • ज्ञानमा आशक्ति बढ्नु भनेको कर्मसन्यासी हुनु हो ।
    • कर्मसन्यास लिएँ भनेको फलको इच्छालाई त्यागी दिएको हो ।
    • कर्मसन्यास भनेको ज्ञान हो । सकाम कर्म भनेको ज्ञानलाई छोप्ने बर्को हो ।
    • कर्मसन्यास गर्नु भनेको काम्यक कर्म मात्र छोडनु हो । आध्यात्मिक कर्म छोड्नु भनेको होइन ।
    • कर्म गर्नेले नै कर्मसन्यास गर्न सक्छन्‌ । यदि कर्म नै नगरी सन्यास गर्‍यो भने कर्मसन्यासी हुन सक्दैन ।
    • कर्मसन्यास धारण गरेका व्यक्तिमा पनि यौन चाहना हुन्छ नै ।
    • कर्मसन्यास लिएका अथवा सन्यासी अवस्थामा चाहनाहरूको उत्पादन नै नहुनु राम्रो हो ।
    • वास्तवमा जसले कर्म गरेकै छैन भने कर्मसन्यासको अर्थ के ?
    • साङ्ख्ययोग बिनाको कर्म अन्धो हुन्छ अथवा कर्म त गर्छ तर चेतना हुँदैन । त्यस्तै कर्म विनाको साङ्ख्य हातखुट्टा विनाको टाउको हो, जुन अरूको सहारा बिना अगाडि बढ्न सक्दैन ।
    • जसले फलाशक्ति अथवा फलको कामना नलिई अथवा निष्काम कर्म गर्छ, पवित्र कर्म गर्छ, उसले एउटै कर्म राम्ररी पूरा गरेमा साङ्ख्य वा कर्मसन्यास दुवैको फल पनि प्राप्त हुन्छ ।
    • कर्म र साङ्ख्यलाई एउटै रथका दुई पाँग्राको रूपमा हेर्ने, एउटै सिक्काका दुई पाटाको रूपमा हेर्ने दृष्टिकोण बढी व्यावहारिक हुन्छ र सत्य पनि त्यही हो ।
    • साङ्ख्य अथवा कर्म सन्यास निवृत्ति मार्ग हो; त्यागको मार्ग हो र मुक्तिको मार्ग हो ।

    क्रमश: …
    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#
    २०८२ भाद्र २१ गते शनिबार
    कीर्तिपुर-२, अमृतनगर, काठमाडौँ ।

     

    लेखकबाट थप:

    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    • चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.